संसारकै सबैभन्दा खतरनाक युवती, १६ वर्षकै उमेरमा गरेकी थिइन् यस्तो अपराध !

अमेरिकाको टेक्सासकी एरिन क्याफीलाई संसारकै सबैभन्दा खतरनाक युवतीकोरुपमा लिइन्छ । कारण, उनले १६ वर्षको उमेरमा नै आफ्नो पूरा परिवारको हत्या गरेकी थिइन् । यो हत्याकाण्डपछि एरिन ८ वर्षदेखि जेलमा बन्द छिन ब्रिटेन गट ट्यालेण्टका पूर्वजज पियर्स मोर्गनले हालै यी युवतीको अन्तर्वार्ता लिएका छन् । 

उनी पनि आफूले अहिलेसम्म देखेका तथा सुनेकामध्ये एरिन सबैभन्दा खतरानक अपराधी भएको मान्छन् । एरिन २००८ देखि टेक्सासको गेट्सभिलेस्थित हिलटप सेक्युरिटी जेलमा छिन् । आफ्नो नयाँ टिभी शो ‘किलर वुमन’का लागि अन्तर्वार्ता लिन पियर्स जेलमा पुगेका थिए । यस दौरान उनी खुबै डराएको देखिन्थे । 

 आफू नर्भस भएको कुरा पिर्यस पनि स्वीकार्छन् । ‘हो साँच्चै म नर्भस थिएँ । सोच्दै थिएँ, एउटा परीजस्तो देखिने युवतीले कसरी आफ्नो पूरै परिवारको हत्या गर्न सक्छिन् ।’ पियर्स अघि भन्छन्, ‘म उसँग डराएको होइन, किनकी जेलमा त उसँग कुनै हतियार थिएन । नजिकै सेक्युरिटी गार्ड पनि थिए । तर, आजसम्म मैले जति पनि मानिसँग भेटेको छु, त्यसमध्ये एरिन सबैभन्दा खतरानक लाग्यो । देख्दा कत्ति पनि लागेन कि उनलाई आफ्नो परिवारको हत्या गरेकोमा पश्चाताप छ ।’ एरिनले आफ्नी आामा र ३ भाइको हत्या गरेकी थिइन् । उनी अब जेलमुक्त हुँदा ५९ वर्षको पुग्नेछिन् । यद्यपी आमा र भाइहरुको हत्या गरेपनि उनलाई भेट्न बाबु भने बेला-बेला जेल पुग्ने गर्छन् ।

, , , , ,

0 comments

Write Down Your Responses