‘जी स्पट’ जर्मन गाइनाकोलोजिस्ट अन्स्र्ट ग्राफेनबर्गका नामबाट राखिएको हो । त्यसैले यसलाई ग्राफेनबर्ग स्पट पनि भनिन्छ । यो महिलाको योनीको दुई इन्च भित्र हुन्छ ।
क्लिटोरिसको पछाडितिर योनीको अगाडिको भित्तातिर हुन्छ । यो सिमी आकारको हुन्छ ।
सिमी आकारको र स्पन्जजस्तो हुन्छ यो । सम्भोगको बेला ‘जी स्पट’ उत्तेजित हुनेगर्छ । ‘जी स्पट’ रगतका नसा र स्नायुहरुको जालोले बनेको हुन्छ । यो अति नै संवेदनशील हुन्छ ।
सम्भोगको बेला पुरुषको लिंगको घर्षणले यो चरम उत्तेजित हुन्छ र महिलालाले चरम सुख पाउने गर्छन् ।
बझाङ, असार १७ – सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा बुधबार लगातार भूकम्प गएका छन् । बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा पहिलो भूकम्प गएको र ५ बजेर ५१ मिनेटमा १३ औँ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको, ३ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको र ३ बजेर २९ मिनेटमा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएका हुन् ।
तेह्रवटै भूकम्पको केन्द्रविन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्वको मयानामा परेको छ । भूकम्पपछि स्थानीय बासिन्दा घरबाहिर र खुला ठाउँमा जम्मा भएका थिए ।
काठमाडौं– धन कमाउन अफगानिस्तान पुगेका पति मधुसूदन आतंककारीको आत्मघाती हमलामा परे । त्यसयता घरी मूच्र्छित हुने त घरी झस्किएर कराउनु मैयाँको नियति बनिरहेछ ।बालाजु हाइटको लोलाङ बस्ती । भुइँतलाको बाहिरपट्टि एक हुल पुरुष छन् । सबै मलीन, कोही कसैसँग बोल्न सकिरहेका छैनन् । भित्र कोठामा महिलाहरू छन्, ती पनि मौन । सबैका आँखा रसाएका देखिन्छन् ।
शोकको माहोलबीच अर्धचेत अवस्थामा बर्बराइरहेकी छन्, मैयाँ कोइराला ।
सोमबार दिउँसो जीवनकै सबैभन्दा अप्रिय खबर सुनिन् उनले । उनी हत्ते गर्छिन्, ‘तिमीलाई सधैं एक्लै छोडें, एक–डेढ वर्षपछि सधैं सँगै बसौंला भन्नुहुन्थ्यो तर कहिल्यै नआउने गरी कहाँ जानुभयो तपाईं !’ यति भनिनसक्दै उनी फेरि अर्धचेत भइहालिन् ।
लामो समयपछि होसमा आउँदा पतिले गरेको यही वाचाले उनको दिमाग खलबल्याउँछ । फेरि बर्बराउन थाल्छिन्, ‘भूकम्पले छोराछोरी खोस्यो, भगवान्ले श्रीमान् !’ यति भनिनसक्दै फेरि लल्याकलुलुक भएर ढलिहाल्छिन् ।
उनलाई सहारा दिन बसेका छन्, प्रमिला, कविता, रञ्जिता र मनीषा । तर, उनीहरू आफैं ओइलाएका छन् । आँखामा आँसु कति बेलै टुट्दैन । घरीघरी सम्हालिएर एकअर्कासँग बोल्न खोज्छन् तर सक्दैनन् ।
विस्फोटमा परी मृत्यु हुने १२ नेपालीमध्ये मधुसूदन कोइरालाको परिवार केही महिनायता नुवाकोटबाट काठमाडौं आई बालाजु बस्न थालेको थियो । मैयाँ मधुसूदनकी पत्नी हुन् भने प्रमिला, कविता, रञ्जिता र मनीषा छोरी ।
नेपाली सेनाबाट निवृत्तिभरण भएपछि मधुसूदन चार वर्षअघि रोजगारीका लागि अफगानिस्तान गएका थिए । ‘वर्षदिनमा आउँदै, जाँदै गर्नुहुुन्थ्यो,’ मधुसूदनका भाइ नरहरिले भने, ‘गत वर्ष भूकम्पमा छोरा र छोरी घरले किचेर मा¥यो, अहिले दाइ बित्नुभयो ।’
गत वर्षको शक्तिशाली भूकम्पले मधुसूदनको नुवाकोटस्थित घर गल्र्याम्मै ढाल्यो । त्यही घरले किचिएर ११ वर्षीया छोरी स्वस्तिका र ९ वर्षीय छोरो शिशिरको प्राण गयो । यो घटनापछि बिरक्तिएको परिवार पुख्र्याैली थलो छाडेर काठमाडांै झ¥यो । भूकम्पपछि मधुसूदन नेपाल आएर केही समयपछि फेरि अफगानिस्तान फर्के । गत वैशाखमा परिवार भेट्न फेरि काठमाडौं आए । दुई साताअघि मात्र अफगानिस्तान फर्किएका थिए । परिवारका अनुसार उनले अब केही समय काम गरेर सधैंका लागि नेपाल फर्कने योजना सुनाएका थिए । ‘एकडेढ वर्ष काम गरेपछि फेरि नजाने गरी आउने भन्नुभएको थियो,’ नरहरि सम्झन्छन्, ‘तर, कहिल्यै नआउने गरी जानुभएछ ।’
अफगानिस्तानको कमाइले काठमाडौंमा घडेरी जोडिसकेका थिए, मधुसूदनले । अब घर बनाउने योजनामा थिए । नरहरिका अनुसार मधुसूदनकै आम्दानीमा सम्पूर्ण परिवार आश्रित छ । ‘गाउँमा जग्गा छैन, काठमाडौंमा पनि आम्दानीको कुनै स्रोत छैन,’ उनले भने, ‘यस्तो बेला
सरकारले उपस्थिति जनाएर केही व्यवस्था गरिदिए मन बुझाउने बाटो हुन्थ्यो !’
अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान विस्फोटमा परी मृत्यु हुने सबैका परिवारको अहिले उही मनोदशा छ । पर्वतका नवीनसिंह क्षत्रीकी पत्नी माया पनि दुई दिनदेखि अर्धचेत छिन् । क्षत्री परिवार बालाजुमा डेरा लिएर बस्दै आएको छ । मायाको वनस्थली चोकमा फेन्सी पसल छ । पसलमै बसिरहेका बेला उनले पतिलाई सधैंका लागि गुमाउनुपरेको दुःखद खबर सुनेकी थिइन् । क्षत्री दम्पतीकी एक छोरी छिन्, सोनु । उनी सिद्धार्थ वनस्थली स्कुलमा कक्षा ९ मा पढ्छिन् । पिताको मृत्युको खबरले उनी पनि होस हराएझैं छिन् । मंगलबार उनी आँखाभरि आँसु पार्दै घरी भित्र घरी बाहिर गरिरहेकी थिइन् ।
केही बोल्न सकिरहेकी छैनन् ।
नवीनसँग अघिल्लो दिन राति १२ बजे कुरा भएको मायाले छिमेकीलाई बताएकी रहिछन् । छिमेकीले जनाएअनुसार नवीनका साथीले पत्नीलाई फोन गरेर घटनाबारे जानकारी गराए । तिनै साथीकी पत्नीले मायालाई खबर गरिन् । त्यसलगत्तै अर्धचेत भएकी माया बौरिन सकेकी छैनन् ।
२०५७ सालमा सशस्त्र प्रहरीको हवल्दारमा भर्ती भएका नवीनलाई द्वन्द्वकालमा घाइते भएकाले अवधि नपुग्दै एक तह बढुवा गरेर अवकाश दिइएको थियो ।
असार-१४,दोलखा । ‘दुई सन्तान, ईश्वरका बरदान’ भन्ने नारा टिभिमा देखाइएकै छ । शहरमा स्मार्ट दम्पत्तिको नारा चर्काे छ । सुनौलो परिवार भनेर सुन्दर कुरा गरेको पनि शहरमै सुनिन्छ । सरकारले परिवार नियोजन र परिवार स्वास्थ्यका लागि भनेर महाशाखा नै खोलिदिएको छ । यतिले नपुगेर दातृ निकायले पनि लगानी गरिरहेकै छन् ।
दोलखाको उत्तरी भेगमा रहेको एक गाविस कालिन्चोकका एक ‘सुत्केरी’ आमा छोरीको तस्बिर हो यो । आमाछोरी नै काखे बच्चासहित काममा थिए । आमा धनमाया थामीले बच्चा जन्माएको ६ महिनापछि छोरी कुमारी थामीले पनि बच्चा पाइन् ।
धनमायाले जन्माएको यो नवौं सन्तान हो । यसअघि नै ४ छोरा र ४ छोरी जन्माइसकिन् उनले । उनीहरुलाई भूकम्पले घरबार बिहीन बनाएको थियो अघिल्लो वर्ष । यसवर्ष खडेरीले उब्जनीबिहीन बनाएको छ ।
त्यसैले उनीहरुका दुःख यतिमै सकिदैनन् । ११ दिनकी सुत्केरी कुमारी थामी झण्डै १ घन्टाको दूरीमा रहेको अर्काे गाविस खोपाचाकुमा पर्ने बारीमा मकै गोड्न गएकी थिइन्, सन्तानसहित । पिठ्युमा कोक्रो र हातमा कोदालो थियो उनको । पहेंलै थियो, हातखुट्टा र आठेको कलेटी गएको थिएन ।
९ सन्तानकी आमा बनेकी कुमारीकी आमा धनमायासँग पनि उस्तै दुःख छन् ।
खेतीको उब्जनीले ११ जनाको जहान परिवार पाल्न मुश्किल भएपछि उनका श्रमिान् दार्जिलिङतिर गएका छन् कामको खोजीमा । बाँकी मेलापात ८ जना छोराछोरीको हेरबिचार उनकै थाप्लोमा छ ।
दुःखमा पनि ओठको हाँसो भने हराएको छैन । दुःख बिर्सेर उनीहरुले हाँस्ने यो हाँसोले सरकार र सरोकारवालालाई गिज्याइरहेको छ ।
हस्तमैथुन सामान्य, आनन्ददायक र स्वस्थ प्रक्रिया हो । हस्तमैथुनबारे पुरुष खुल्ने गरेपनि महिलाहरु भने यसमामलामा त्यति खुल्न चाहँदैनन् । नर्थवेस्ट्रन युनिभर्सिटीकी स्त्रीरोग विशेषज्ञ डा. लौरेन स्ट्रिचरका अनुसार महिलाका लागि हस्तमैथुनका धेरै फाइदा छन् । यसले तनाव कम गर्न, निद्रा लगाउन र स्वस्थ रहन मद्दत गर्छ ।
अध्ययनहरुका अनुसार १८ वर्षमाथिका अधिकांश महिलाले कम्तीमा एकपटक हस्तमैथुन गर्छन् । अमेरिकाको इण्डियाना विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार २५देखि २९ वर्षसम्मका महिलामा ७.९ प्रतिशतले हप्तामा तीनपटक हस्तमैथुन गर्छन् । हस्तमैथुन गर्ने पुरुषको संख्या भने २३.४ प्रतिशत थियो ।
१. खुशी दिन्छ
‘हामी सबैलाई थाहा छ, आनन्दले मानिसलाई खुशी दिन्छ’, स्ट्रिचर भन्छिन्, ‘यो वास्तवमै सजिलो पनि छ ।’ चरमोत्कर्षले इण्डोर्फिन डोपामाइन र अक्सिटोसिन उत्पादन गर्छ, जसले मानिसको मूड अझ राम्रो बनाउछ ।
२. शरीरसंग अझ सहज हुन सकिन्छ
शरीर तपाईंको असल साथी हुनुपर्छ– जीवनभर साथ रहने यो मात्र एउटा कुरा हो । त्यसैले आफ्नै शरीरबाट के–के प्राप्त गर्न सकिन्छ, त्यस उपायबारे खोजबिन गर्नुहोस् । ‘कसरी आत्म–मनोरन्जन लिन सकिन्छ भनेर महिलाले आफ्नै शरीरको मुल्यांकन गर्नु महत्वपूर्ण हो ।’स्ट्रिचर भन्छिन् ।
३. सेक्स लाइफमा सुधार ल्याउन सक्छ
हस्तमैथुनले शरीरलाई कुन चिज सही हुन्छ भनेर पत्ता लगाउन सहयोग गर्छ । यसबाट आत्मविश्वास बढ्छ र पार्टनरसंगको संबन्ध सुमधुर हुन्छ । आफ्ना शरीरको स्थानबारे पार्टनरलाई पनि भन्न सकिन्छ ।
४. निद्रा लाग्छ
हस्तमैथुनबाट चरमोत्कर्षमा पुगिसकेपछि राम्रोसंग निद्रा पर्छ । चरमोत्कर्षले शारीरिक र भावनात्मक रुपमा तनावरहित बनाउछ, जसले चाँडो निद्रा पर्छ । स्ट्रिचर भन्छिन्, ‘सामान्यतः हस्तमैथुनपछि मानिस राम्रोसंग सुत्छन्, यसले तनावरहित र सन्तुष्ट बनाउँछ ।’ उनका अनुसार सुत्नुअघि पुस्तक पढ्नुजस्तै हो, जसले निद्रा लाग्छ ।
५. यौनिक तनाव घटाउने महत्वपूर्ण उपाय
यदि सेक्स नगर्ने निर्णय गरिएको छ भने यौनसम्बन्धी तनाव हटाउने र सेक्स सन्तुष्टि प्राप्त गर्ने महत्वपूर्ण उपाय हो ।
६. महिनावारीको समयमा हुने पीडा हटाउछ
हस्तमैथुन शरीरमा भएको पीडा हटाउन र महिनावारीको समयमा हुने पीडा हटाउन लाभदायक मानिन्छ । स्ट्रिचरका अनुसार आवश्यक परे महिनावारीको समयमा पनि हस्तमैथुन पनि गर्न सकिन्छ । उनका अनुसार हिटिङ प्याडभन्दा पीडा घटाउन यो राम्रो उपाय हो ।
७. तनाव घटाउँछ
यसले योगा गरिएजस्तो र खुट्टाको मसाज गरिएजस्तै तनावबाट मुक्त गराउछ । सेक्स र आत्मउत्तेजना तनाव घटाउने एउटै उपाय हो ।
८. शरीरलाई यौनिक बनाइराख्छ
सेक्स नगर्दा पनि हस्तमैथुनले शरीरलाई यौनिक बनाइराख्न मद्दत गर्छ । यसले तन्तुहरुलाई लचिलो र स्वस्थ बनाउछ । शरीरमा रक्तसञ्चार बढाउछ ।
९. हस्तमैथुनका साधन उपलब्ध हुन्छन्
युवतीहरुका लागि बजारमा हस्तमैथुनका साधन उपलब्ध हुन्छन् । जसलाई प्रयोग गरेर यौनिक आनन्द लिन सकिन्छ ।
१०. चरमोत्कर्ष प्राप्त गर्न सकिन्छ
शरीरलाई कसरी प्रयोग गर्दा आनन्द आउछ, त्यसलाई राम्रोसंग बुझनुपर्छ । पुरुषका लागि चरमोत्कर्ष छिट्टै प्राप्त हुन्छ भने महिलालाई चरमोत्कर्षमा पुग्न समय लाग्छ ।
सोमबार, १३ असार
काठमाडौ । ‘ग्लोबल हाइड्रोलोलिजकल मोडेलहरुले घनघोर वर्षापछि बाढीको आंकलन गरेकाले हामीले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाएका छौं,’ शाखाका बाढी भविष्यवाणी विज्ञ विनोद पराजुलीले भने,‘सकेसम्म सर्वसाधारण सचेत होऊन् र धनजनको क्षति नहोस भन्ने हाम्रो उदेश्य हो ।’
भारी वर्षासँगै आउँदो साता देशैभरका नदीमा बाढी आउन सक्ने ‘ग्लोबल हाइड्रोलोजिकल मोडेल’ले भविष्यवाणी गरेको छ ।
कोसी, नारायणी, गण्डकी, कर्णाली,पश्चिम राप्ती, महाकाली, वागमतीलगायत सवै नदीमा बाढी आउन सक्ने ग्लोबल हाइड्रोलोजिकल मोडेलको प्रक्षेपण छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी भविष्यवाणी शाखाले गत वर्षको मनसुनदेखि नक्सालस्थित कार्यालयबाट २४ सै घण्टा देशका मुख्य मुख्य नदीमा आउन सक्ने बाढीको अनुगमन गर्दै सर्वसाधारणलाई सतर्क गराउँदै आएको छ ।
आउँदो साताको भविष्यवाणीपछि विभागले सर्वसाधारणलाई बाढीको पूर्वसूचना दिन काम थालेको छ । आजको कान्तिपुरमा समाचार छ ।
असार-१३, आउनुस्, यहाँ हामी मात्रै ५ रुपैयाँमा किड्नी सफा गर्ने घरेलु उपाय सिकाउँदैछौं । यसरी सफा गर्नुहोस् किड्नी तरकारी बजारमा जानुहोस्, ५ रुपैयाँमा एक मुट्ठी धनियाँ पाइन्छ । किड्नी मानव शरीरको एकदमै महत्वपूर्ण फिल्टर हो । यसले हाम्रो शरीरलाई अति नै आवश्यक तत्वलाई राखेर अनावश्यक विकारलाई पिसाब हुँदै बाहिर पठाउन फिल्टरको काम गर्छ । सोच्नुस् त, विकार पदार्थ छान्दा-छान्दै यो पनि त फोहोर हुन्छ ।
हामीले पानी राख्ने फिल्टर जस्तै यसलाई पनि सफा गर्ने हो भने अझ राम्रोसँग काम गर्ने निश्चित छ । साथै किड्नी सम्बन्धी जटिल समस्याहरुबाट पनि छुटकारा पाउन सकिन्छ । त्यसलाई खरिद गर्नुहोस् । अब राम्रोसँग पखालेर सफा बनाउनुस् । अनि मसिना टुक्रा बनाएर काट्नुहोस् ।
यसरी तयार भएको टुक्रालाई एक लिटर पानीमा हालेर धिमा आगोमा उम्लिन दिनुहोस् ।
अब यसलाई सेलाउनका लागि छाड्नुस् । सेलाएपछि खाली पेटमा पिउनुस् । तपाईंले तत्काल यसको सकारात्मक प्रभाव देख्न थाल्नुहुनेछ । तपाईंको किड्नीमा जम्मा भएर रहेका विकार पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन थाल्नेछ ।
यसरी तयार पारेको एक गिलास पानी हरेक दिन बिहान पिउने हो भने किड्नी सफा रहनेछ । साथै किड्नीसम्बन्धी समस्याहरुले पनि छुन सक्नेछैन । ।
काठमाडौं, १२ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. गोविन्द केसीले केसीको मानसिक स्वास्थ्य अवस्थाप्रति प्रश्न उठाउँदै कडा विज्ञप्ति जारी गरेको छ ।
डा. केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलगायत आयुक्तहरुमाथि भ्रष्टाचारको आरोप लगाउँदै कारवाहीको माग गरेको केही घण्टा नबित्दै आयोगले विज्ञप्ति जारी गर्दै कडा शब्दमा भत्सर्ना गरेको हो ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करले विज्ञप्ति जारी गर्दै डा. केसीको मानसिक स्थिति ठीक नभएका कारण त्यस्तो आरोप लगाइएको बताएको हो ।
अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ,
‘डा. गोविन्द केसीद्वारा आज जारी प्रेस-विज्ञप्ति मार्फत नेपाल सरकारसँग प्रस्तावित बिभिन्न मागको फेहरिस्तमा आयोगका माननीय प्रमुख आयुक्त तथा माननीय आयुक्तहरु माथि मनोगत लाञ्छना सहित महाभियोग एवं कारबाहि प्रक्रिया आघि बढाउन राखेको मागप्रति आयोग कडा शब्दमा भर्त्सना गर्दछ । भ्रष्टाचार, अनाचार एवं सबैखाले बिसंगति बिरुद्दको महाअभियानमा क्रियाशील आयोगका माननीय प्रमुख आयुक्त र आयुक्तहरु प्रति लक्ष्यित डा. केसीको सो माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो भन्ने आयोगको ठम्याई छ ।’
डा. गोबिन्द के.सी. द्वारा आज जारी प्रेस-बिज्ञप्ति मार्फत नेपाल सरकारसँग प्रस्तावित बिभिन्न मागको फेहरिस्तमा आयोगका माननीय प्रमुख आयुक्त तथा माननीय आयुक्तहरु माथि मनोगत लाञ्छना सहित महाभियोग एवं कारबाहि प्रक्रिया आघि बढाउन राखेको मागप्रति आयोग कडा शब्दमा भर्त्सना गर्दछ । भ्रष्टाचार, अनाचार एवं सबैखाले बिसंगति बिरुद्दको महाअभियानमा क्रियाशील आयोगका माननीय प्रमुख आयुक्त र आयुक्तहरु प्रति लक्ष्यित डा. के.सी.को सो माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो भन्ने आयोगको ठम्याई छ । आयोग, मागको फेहरिस्तमा समुल्लेखन भएजस्तो आफ्ना कुनैपनि पदाधिकारीद्वारा आफ्नो र आफन्तको निहित स्वार्थका लागि चिकित्साक्षेत्रमा भर्ना गरेको, स्वास्थ्य तथा चिकित्सा क्षेत्रको सुधारको प्रक्रिया अबरुद्द तुल्याएको, भ्रष्टहरुलाई संरक्षण दिएको र कुनै पदाधिकारी बिशेषलाई सौदाबाजीमार्फत राजीनामा दिन वाध्य तुल्याएको भन्ने जस्ता तुच्छ अभियोगको तथ्यगत परिपुष्टीका लागि डा. के.सी.लाई चुनौति दिन चाहन्छ । जहाँसम्म काठमाण्डौं विश्वबिद्यालयको प्रवेश परिक्षामा हस्तक्षेप गरेको भन्ने थप आक्षेपको प्रश्न छ सो विषयमा सरोकारवालाहरुको असीमित उजुरीपछि आयोगले सम्बद्द नियामक निकाय “मेडिकल काउन्सिललाई” परिक्षाको निष्पक्षता परिक्षणका निम्ति निर्देशन दिएको तथ्य आयोग स्पष्ट पार्न चाहन्छ । प्रमुख आयुक्तले “व्यापारिक स्वार्थ” राखेको भन्ने जस्तो घृणित र निकृष्ट आक्षेपका हकमा त्यस्तो अमुक व्यापारिक स्वार्थमा उहाँको संलग्नता सावितीका लागि आयोग, डा. के.सी. लाई थप चुनौति दिन चाहन्छ र उहाँको व्यापारिक स्वार्थको सप्रमाण पुष्ट्याईं गरिदिएको खण्डमा उहाँले पदीय जिम्मेवारीबाटै सन्याश लिने उहाँको निजी घोषणा समेत सार्वजनिक गर्दछ । डा. के.सी. का तमाम गतिबिधिलाई आयोगले आफ्नो स्मृतिमा राखेको छ । यताका दिनमा चिकित्सा एवं स्वास्थ्य क्षेत्रको सुद्दताका लागि आयोगले आफ्नो कारवाहीधिकार भित्रै रहेर गरेको पहलबाट उत्तर्सिएका मेडिकल माफियाहरुसँगको डा. के.सी.को सानिध्यता, आयोगको अनुसन्धान प्रक्रियामा रहेका एकथरी स्वघोषित नागरिक अगुवा तथा संगठित अपराधी र भ्रष्टहरुसँगको उहाँको साँठगाँठ आयोगको दृष्टिबाट ओझेलमा छैनन् । वस्तुत: आयोग पदाधिकारीहरु बिरुद्द केन्द्रित पछिल्लो प्रस्तावलाई डा. के.सी.का यिनै सन्देहास्पद गतिबिधीका आलोकमा हेरिनुपर्दछ भन्ने आयोगको आग्रह छ । चिकित्सा तथा स्वास्थ्य क्षेत्रको सुधारका नाममा स्वास्थ्य क्षेत्रलाई नै बन्धक बनाउँदै डा. के.सी.ले गरेका विगतका प्रत्येक आन्दोलनले यस क्षेत्रलाई विकास र उत्थानको मार्गतर्फ नभई बिनाश र अबन्नतिको दिशातर्फ प्रवाहित गरेको आमबुझाई भन्दा पृथक आयोगको अभिमत छैन । अद्याबधी राष्ट्रसेवकको आवरणमा रहे पनि राष्ट्रसेवकको न्यूनतम् आचरण र पेशागत धर्म परिपालना नगर्ने र किस्ताबन्दीको उदण्डताको आडमा राज्यलाई धम्क्याउने जस्ता डा. के.सी.का कार्य प्रवृत्ति आफैंमा खेदजनक छन्। आयोग, डा. के.सी. लाई नेपाली चिकित्सा क्षेत्रको बिनाशको प्रतिनिधी बाहक नबन्न बरु आफूमा निहीत चिकित्सकीय योग्यतालाई उपचारका क्षेत्रमा भरपूर सदुपयोग गर्न सुझाब दिन चाहन्छ । सँगसँगै बारम्बार आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट बिमुख डा. के.सी.को मानसिक उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्थाका लागि समेत आयोग सरकारसँग आग्रह गर्दछ । डा. के.सी. ले स्वास्थ्य क्षेत्रको सुधारका नाममा उचो स्वर गरिरहँदा वहां आफैं कार्यरत त्रि.बि.शिक्षण अस्पतालको जर्जर अबस्थितिलाई झाँकेर हेर्नु वाञ्छित हुनेछ र वहाँमा सेवारत संस्थाप्रतिको न्यूनतम् दायित्वोध भएको खण्डमा शिक्षण अस्पतालको अस्वस्थताको उपचारका लागि आफूलाई तैनाथ गर्नु बुद्दिमानी हुनेछ । भ्रष्टहरुको माखेसाङ्गलोमा जेलिएका डा. के.सी. लाई कुसंगत परित्याग गर्न र प्रायोजित अभियन्ता नबन्न समेत आयोग थप सुझाब दिन चाहन्छ । वस्तुत: नेपाली स्वास्थ्य क्षेत्रको सुधार र विकासका सन्दर्भमा डा. के.सी.का खोक्रा अभियानबाट होइन आयोगको दृढ प्रतिबद्दता र पहलबाट निश्चित उपलब्धि हासिल भएको तथ्य आम नेपाली दाजुभाई दिदीबहिनीहरुमा बिदितै छ । साथै आयोग नेपाली स्वास्थ्य क्षेत्रमा बिद्यमान अराजकता, दण्डहिनता, माफियातन्त्र र सबै प्रकृतिका असंगतिहरुको अन्त्यका निम्ति सर्वथा क्रियाशील रहने दृढता व्यक्त गर्दछ । आयोग यस्ता कुनैपनि काल्पनिक र निराधार आक्षेपहरुको भ्रममा नपर्न आम-जनमानसमा आग्रह गर्दछ । साथ-साथै आयोग, भ्रष्टहरुद्वारा प्रायोजित मनोगत लाञ्छनाकै आधारमा भ्रष्टाचार बिरुद्दको आफ्नो कर्तव्यपथबाट किंचित बिचलित नहुने तथ्य समेत स्पष्ट पार्न चाहन्छ ।
तालिबानले पहिलेदेखि नै सुरक्षा थ्रेट दिइरहेको रहेछ । यो कुरा कम्पनीले हामीसँग लुकायो । सुरक्षा प्रवन्ध पनि केही गरेन । हामीले बेलाबेलामा सुरक्षाको माग गर्थेउँ तर कहिल्यै सुनवाई गरेनन् । मेरो घर नुवाकोटको त्रिशुलीमा छ । परिवारमा एउटा छोरा, एउटी छोरी र श्रीमती छन् ।
पहिले रोजगारीका लागि अरब गएको थिएँ । त्यहाँबाट फर्केपछि कुनै काम भएन ।
त्यसपछि अफगानिस्तान पठाउने एजेन्ट देवीरामलाई भेटेँ । त्यहाँ असुरक्षा छ भन्ने थाहा थियो । तर कमाई राम्रै हुने भनेपछि जोखिम मोलेर गएँ । म २०१२ मा अफगानिस्तान गएको हुँ । जाँदा करिब साढे तीन लाख खर्च भएको थियो । काबुलमा रहेको क्यानेडियन एम्बेसीको सुरक्षामा अरु नेपालीहरुसँगै म खटिएँ ।
एम्बेसीबाट करिब ३ किलोमिटरको दुरीमा हामी बस्ने लज थियो । त्यहाँबाट बिमानस्थलसम्म सामान्य बसमा ओहोरदोहार गराइन्थ्यो ।
त्यतिबेला हामीलार्इ सुरक्षित महसुस हुन्थ्यो । एम्बेसीमा काम गर्दा असुरक्षा थिएन, तर लजमा बस्दा र बसमा ओहोरदोहार गर्दा ९५ प्रतिशत असुरक्षा थियो ।
हाम्रो तलव मासिक ९ सय ५० डलर हुन्थ्यो । अरु सुविधा केही थिएन । ड्युटी आवर आठ घन्टा हो । लजबाट हामी बाहिर निस्कन पाउँदैन थियौं । हाम्रो संसार भनेकै कि लज र कि एम्बेसी थियो । त्यसबाहेक बसमा हिँड्दा बाहिर जति देखिन्थ्यो त्यही हो । हामी एक दिन पनि बाहिर घुमेर हिँड्न पाउदैनथ्यौं ।
विष्फोट हुँदा म ड्यूटीमा थिएँ । ड्याम्म आवाज आएको सुनियो । कता विष्फोट भयो भन्ने भयो । विष्फोटको आवाज त्यहाँ हाम्रो लागि नौलो थिएन । बेलाबेलामा नेपालीहरु पनि त्यसमा पर्थे । तर, यसपटक नेपालीहरु चढेकै बसमा विष्फोट भएछ ।
मेरो ड्यूटी ६ बजेसम्म थियो । ५ः२० तिर हानेछन् । त्यसपछि हामी बाहिर निस्कन सकेनौं । केही घन्टा त्यहीँ बितायौं । त्यसपछि आर्मोर्ड भेइकलबाट हामीलाई लजमा पुर्याइयो ।
एम्बेसीले केही दिनलाई आर्मोर्ड भेइकलको व्यवस्था मिलाएको छ ।
विष्फोटमा मेरो दाइ (ठुलोबाको छोरा) लिलबहादुर गुरुङ पनि पर्नुभएछ । अरु पनि मिल्ने साथीहरु थिए । साह्रै अत्यास लाग्यो । काम गर्न सक्ने अवस्था भएन । त्यसैले नेपाल फर्किने सोच बनाए ।
नेपालको सरकारले हामीलाई जहाजबाट ल्याउने व्यवस्था मिलायो । सरकारलाई धेरै धन्यवाद छ । आउँदा हामीले काम गरेको २० दिनको तलव छोड्नुपर्यो । जे होस आफ्नो देश फर्किन पाएकोमा खुशी छु ।
तर, यहाँ लामो समय बस्न सक्दिन होला । यहाँ काम पाइँदैन । अब सुरक्षित ठाउँ खोजेर जान्छु । अफगानिस्तानबाट फर्केका प्रेमबहादुर तामाङ बयान
असार-११। आमनेपालीहरुको साझा रोग हो,पायल्स! लोकलाजका कारण हामीहरु यस रोगले सताउँदा पनि चुपचाप छौं,यो रोग कसरी लाग्छ ? लक्षणहरु के के हुन ? घरेलु उपचार कसरी गर्न सकिन्छ ? पुरा पढ्नुहोस र धेरै नेपालीहरु यो रोगले पिल्सिएका छन त्यसैले तपाईंको एक शेय र पनि रोगीको लागि अ मुल्यको सहयोग हुनसक्छ त्यसै कृपया एक शेय र अवश्य गर्नुहोला । मानिसहरुको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ । यसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या भएको छ । लोकलाजका कारण धेरै मानिसहरुले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन । सामान्यतया पायल्स रोग त्यस्तो रोग हो जुन मलद्वारसँग सम्बन्धित छ । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ । पायल्स रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ । यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन ।
कसरी हुन्छ पायल्स?
पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो । पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुछ, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग
कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ ।
दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि यसको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।
पायल्स रोगीले के खाने ?
हरियो सागपात काँचै खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने, पानी प्रशस्त पिउने, फलफुल को सेवन पनि प्रशस्तै गर्ने ।
खाना खाँदा मुला, काँक्रो, गाँजर खाने ।
नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौकाले पनि पायल्स रोगीहरुलाई निकै फाइदा पुर्याउँछ ।
घरेलु उपचारः
एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा कसै कसैलाई रगत तथा पिप आउने जस्ता समस्या ठीक भएका छन् ।
कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ ।
नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा सन्चो भएको पाइएको छ ।
मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउने गर्दा पनि कसैलाई राहत मिल्दछ ।
आफ्नो पिसाबले गद्द्वार धुने ।
नियमित रुपमा योग र शारीरिक व्यायाम गर्दा पनि सन्चो हुन्छ । यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ । औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया पनि अन्तिम उपचार भने होइन । कहिलकोही शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ ।
पायल्सका बिरामीले के खाने के नखाने ?
अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, चना, भन्टा, आलु, बोतलबन्द खानेकुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिने । यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।
विशेष ध्यान दिनुपर्ने कुराः
पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम राम्रो विधि हो । एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ ।
हप्तामा दुई तीनदिन शुरुमा रोग बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ । डाक्टरको सल्लाहअनुसार केही राम्रो भएपछि बिस्तारै काँचै खानेकुरा खाएर बस्ने, पेटलाई हलुंगो बनाएर औषधि गर्दै जाने । यस्तै, पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा पलाएको मासु बिस्तारै सुक्दै जान्छ र पायल्स पनि बिस्तारै कम हुँदै जान्छ ।

असार-९, रामेछाप । रामेछाप जिल्लामा एउटा शिक्षाको अग्रणी संस्थाको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल र शिक्षा बिभाग प्राविधिक तथा व्यवसायिक शिक्षा शाखा सानोठिमी, भक्तपुरबाट सम्बन्धन प्राप्त डहु उ. मा. वि. को बिद्यालय भवन को माननिय शिक्षामन्त्री गिरीराजमणी पोख्रेलबाट भब्य रुपमा असार ११ गतेको दिन बिहान १० बजे समुद्घाटन हुने जानकारी बिद्यालयका प्रधानाध्यापक श्री दल बहादुर वलले दिनुभयो ।
असार -८,काठमाडौं । सन् २०१० डिसेम्बरको एक साँझ । सोमबार अफगानिस्तानको काबुलमा तालिबानी आक्रमणमा परी १२ नेपालीको मृत्यु भयो । यही अफगानिस्तान हो, जहाँ ६ वर्षअघि एक वीर नेपालीले तालिबानको सिङ्गो फौजलाई एक्लै परास्त गरेका थिए ।
रोयल गोर्खा राइफल्सका हवलदार दिपप्रसाद पुन अफगानिस्ताको हेल्मन्ड प्रान्तमा एक चौकीमा तैनाथ थिए । त्यत्तिकैमा बाहिर हल्लाखल्ला सुनियो । पुनले बाहिर नियाले । त्यहाँ तालिबानी विद्रोहीहरु सडकमा विस्फोटक पदार्थ बिछ्याउँदै थिए । नजर डुलाए ।
उनीसहितको चौकीलाई तालिबानी लडाकुले चारैतिबाट घेरिसकेका रहेछन् । दिप एक्लै थिए । सोचे, यसै पनि मर्नु नै छ, यत्तिकै आत्मसमर्पण गरेर किन मर्ने ? त्यसपछि उनले एक्लै भएपनि परिस्थितिको सामना गर्ने मनस्थिति बनाए ।
लडाकुहरुले फायर खोले । पुन आत्तिएनन् । उनले पनि आफूसँग रहेको मेसिन गनबाट फायर गर्न थाले । चारैतिर फर्किएर अन्धाधुन्द गोली बर्साए ।
घटनाबारे स्मरण गर्दै पुन भन्छन्, ‘त्यतिबेला म निरास थिइनँ । किनकी लड्नेभन्दा मसँग अरु कुनै विकल्प पनि थिएन । तालबानीहरुले चारैतिरबाट मलाई घेरेका थिए र म एक्लो थिएँ । मलाई थाहा थियो, म मर्ने निश्चित छ । तब लाग्यो सकेसम्म धेरैलाई मारेर मात्र मर्छु ।
काठमाडौं, ८ असार । एउटा लहडमा प्रेम बस्छ र अर्को मोडमा साइबर क्राइमले एउटालाई प्रहरीको खोर, अर्कोलाई विरहको पोखरीमा पुर्याउँछ ।शहरतिर आजकल ‘ब्रोइलर’ मायाका अनेकन व्यथा छन्, फेसबुक, टुवीटर र ह्वाट्समार्फत गाँसिने । दक्षिण कोरियामा थिए, अभय बाँस्कोटा । १२ घण्टा काममा जोतिएपछि फुर्सदमा फेसबुक खोल्थे । त्यहीँ भेटे विनिता लामा (नाम परिवर्तन) लाई ।
शरीर सुन्दर थियो, उमेर सुहाउँदो । अभयले फ्रेण्ड रिक्वेस्ट पठाए । विनिताले स्वीकारीन् । दुई महिनामै ‘मन’ साटासाट चल्न थाल्यो । करिब एक वर्ष अफेयर चल्यो । शरीर भेट नभए पनि एकापसबिना बाँच्नै नसक्ने स्थिति भयो ।
अभय दुई महिना अघि स्वदेश फर्किए ।
मुख्य उद्देश्य थियो विनितासँग वैवाहिक सम्बन्ध गाँस्ने । फेसबुकमा मात्र कुरा भएको जोडीलाई कतिबेला भेटौं भन्ने हुने नै भयो ।
विनिता अभयलाई रिसिभ गर्न एयरपोर्ट पुगिन् । अभय काठमाडौं फिरेको एक हप्ता रात र दिन साथै बिताए । मदहोस् प्रेम न थियो, कच्चा उमेरको ।
तनमन साटेर आफूलाई मात्र भुलाएनन्, ती दृश्यलाई आ–आफ्ना मोबाइलमा कैद गर्न पनि भ्याए । सम्बन्धलाई विधिपूर्वक सम्पन्न गर्न दुवै आ–आफ्ना परिवार कहाँ गए । तर, गाउँ पुगेपछि कथाले अर्को मोड लियो ।
विनिताले कुरा फेरिन् । घरपरिवारले रोजेको जातकै केटासँग बिहे गर्ने भइन् । अभय विरक्तिए । कहिले मर्न तम्सिए त कहिले विनितालाई मार्न ।
फकाए । तर, अहँ, विनिता कसै गरी मानिनन् । दुईबीचको सहमतिमा खिचिएको सेक्स टेप अभयसँग थियो ।
पहिला आफ्नो कुरा नमानेमा त्यो सार्वजनिक गर्ने धम्की पनि दिए । तर, धम्कीले छोएन । नभन्दै अभयले रंगिन रातका दृश्य युट्युबमा हालिछाडे ।
यतिबेलासम्म विनिता गाउँमै थिइन् । सेक्स टेपले हंगामा मच्चियो । गाउँबाट काठमाडौं फर्किइन् । अपराध महाशाखा पुगिन् । एसएसपी सवेन्द्र खनाललाई सुनाइन् ।
प्रहरीले खोज्न थालेपछि अभय काठमाडौंमा भाग्दै हिँडे । तर, अहिलेको प्रहरी न हो, मान्छे धर्तीमा बाँचेसम्म किन छाड्थ्यो र ? मदिराको प्यालाले जीवनका विरह साँटिरहँदा अभयको आँखा अगाडि झल्यास्स केही मान्छे प्रकट भए ।
ती मान्छेसँग टलक्क टल्किने फलामे हत्कडी थियो । त्यही हत्कडी बाँधियो । ‘मैले माया गरें । मायाको बन्धनले होइन, हत्कडीको साँचोले मलाई कैद गर्यो,’ भन्दै रुन थाले ।
एक जना प्रहरीले ‘बढ्ता बोल्छस् साले’ भन्दै पछाडीबाट भुक्क हानी हिरासतमा कोचिदिए । जनआस्था साप्ताहिकमा खबर छ ।
८-असार । माग घटेपछि उत्पादक कम्पनीले धमाधम कामदार काटौती गर्न थालेका छन् । कोरियामा पानीजहाजको मागमा उच्च गिरावट आएपछि त्यसको प्रत्यक्ष असर नेपाली कामदारमा पर्ने भएको छ । ती कम्पनीमा ठूलो संख्यामा नेपाली काम गर्छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
हुन्डाई इन्डस्ट्रिज कम्पनी, सामसुङ हेभी इन्डस्ट्रिज कम्पनी र डेउ सिपबिल्डिङ एन्ड मेरिन इञ्जिनियरिङ कम्पनीमा जहाज उत्पादनमा यस वर्ष गिरावट आएको छ ।
रोजगार अनुमति प्रणालीमार्फत आएका आठ सय २५ नेपाली कामदार डेउ सिपबिल्डिङ एन्ड मेरिन इन्जिनियरिङ कम्पनीमा कार्यरत छन् ।
अहिले ती कम्पनीले कामदार कटौती सुरु गरेका छन् ।
हुन्डाई इन्डस्ट्रिज कम्पनीले मे महिनाको पहिलो साता मरिब तीन हजार कामदार कटौती गरेको छ भने सामसुङ हेभी इन्डिस्ट्रिज कम्पनीले स्वेच्छिक अवकाशको योजना ल्याएको छ ।
डेउ सिपबिल्डिङ एन्ड मेरिन इञ्जिनियरिङ कम्पनीले यही जुलाईदेखि मजदुरको सेवा सुविधा कटौतीको नयाँ नियम लागू गर्दैछ । ठूलो संख्यामा डेउ कम्पनीप्मा आश्रित नेपाली कामदार परिवर्तित प्रावधानको मारमा पर्नेछन् ।
२०१६ को सुरुवातदेखि पानी जहाजको मागमा गिरावट आएको थियो। माग घटेपछि जहाज उत्पादक कम्पनीले गत मार्चदेखि जनशक्ति घटाउँदै लगेका छन् ।
पानी जहाज उत्पादनमा उल्लेख्य कमी र मूल्य घटाउने दबाबका कारण थप जनशक्ति घट्ने निश्चित छ ।
८ असार, । डोटीको पचनाली गाविस तलकोटमा भएको हत्याको रहस्य प्रेम सम्बन्ध रहेको प्रहरीले पुष्टि गरेको छ ।
करिब १२ दिनको सफल प्रहरी अनुसन्धान पछि सो तथ्य सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी सो घटनाको प्रमाणसहित हत्यारालाई सार्वजनिक गरेको छ । करिब पाँच वर्षको लामो प्रेम सम्बन्ध डेढ वर्ष यता टुटेपछि(ब्रेकअप) त्यसले हत्याको रुप लिएको प्रहरीको भनाइ छ ।
विंसं २०६७ साल मङ्सिर २७ गतेदेखि पचनाली गाविस तलकोटमा रहेको हरिहर उमाविमा अङ्ग्रेजी विषय अध्यापन गराउँदै आएका ३७ वर्षका शिक्षक लालबहादुर चन्दले सोही ठाउँ निवासी वर्ष २१ की मीना साउदको गोली हानी हत्या गरेको स्वीकार गरेका छन् ।
चन्दले गत जेठ २८ गते मीनाको गोली हानी हत्या गरेको स्विकारेका छन् । चन्द विसं २०६८ सालबाट मृतक मीनाको घरमा डेरामा बस्दै आएका थिए ।
दोषी ठहरिएका हत्यारा चन्दविरुद्ध जिल्ला अदालत डोटीमा कर्तव्य ज्यान मुद्दा दायर भएको र हतियार तथा खरखजनाविरुद्धको मुद्दासमेत चल्ने उपरीक्षक दिल्लीराज विष्टले जानकारी दिए ।
असार-८,काठमाडौ । धनी बाउकी एक्ली छोरी अनामिका पैसाको उनलाइ कुनै खाँचो छैन । उनलाई जे गर्न पनि खुल्ला छ । आमाको माया गुमाएकी अनामिका बाबुको मायामा हुर्क्न्छिन ।
उनलाई केहीमा रोकावट हुदैन मोज मस्ती र रमाइलोमा उनको जीवन वित्ने क्रममा अर्जुन न्यौपानेलार्ई उनले मनपराउछिन । अर्जुनलाई आफनो बहसमा ल्याउन हर प्रयास गर्छिन । जब अर्जुन अनामिकाको मायाजालमा फस्छ त्यसपछि ………
माथिको कथा कसैको जीवन होइन अरुण फिल्मको ब्यानरमा निर्माण हुदै चलचित्र ‘साथी तिमि नै होउ’ मा अनामिकाले गरेको अभिनय हो ।
चलचित्रमा अनामिकाको ग्ल्यामर र रोमान्स प्रस्तुत गरिएको छ । यस चलचित्रमा अनामिकालाइ ग्ल्यामर नायिकाको रुपमा देखाइएको छ । यतिबेला उक्त चलचित्र छायाँकनको अन्तिम चरणमा पुगेको छ ।
अर्जुन न्यौपाने सन्तोष माझी र लिलाराजले निर्माण गरेका यस चलचित्रमा हरी उदासीले निर्देशन गरेका छन ।
चलचित्रमा अर्जुन न्यौपान, झरना थापा, रविन्द्र खड्का, पल्पसा डंगोल, सुरबीर पंण्डित, अनामिका चौलागाई, सरु पोखरेल, लीला र सन्तोष माझीले अभिनय गरेका छन ।
यस चलचित्रमा अनामिकाले प्रस्तुत गरेको ग्ल्यामर हेर्न भने अब चलचित्र हलमा आउन्जेल कुर्नु पर्ने हुन्छ
काबुल, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा घाइते भएका एक नेपालीको पहिचान खुलेको छ । उनले आफू सकुशल रहेको भन्दै घर फर्किने बताएका छन् ।
अमृत रोकाया ‘क्षेत्री’ नामका ति नेपाली सुरक्षा गार्डले अस्पतालको शैयाबाटै एसोसिएटिड प्रेसलाई बताएअनुसार उनीहरु क्यानेडियन दूतावासमा कार्यरत थिए ।
दूतावासतर्फ जाँदै गरेका बेला नेपाली सुरक्षा गार्ड चढेको बस आक्रमणमा परेको हो ।
‘धेरैजना मरे,’ टाउकोमा ब्याण्डेज बाँधेका क्षेत्रीले अस्पतालको बेडबाट भने, ‘मेरो परिवारलाई भन्न चाहन्छु ‘म सुरक्षित छु, घर फर्किन्छु ।’
अफगानिस्तानको गृहमन्त्रालयले घटनामा १४ जना नेपाली मारिएको र ५ नेपालीसहित ९ जना घाइते भएको पुष्टि गरेको छ । तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहिदले घटनाको जिम्मेवारी लिएका छन् ।
ओखलढुगा, असार ६ – श्रीमतीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत ओखलढुंगाले एक पुरुषलाई ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
आफूलाई बलात्कार गरेको भन्दै श्रीमतीले दिएको जाहेरीमा सुनुवाइ गर्दै जिल्ला अदालत ओखलढुंगाका न्यायधीश उद्धवप्रसाद भट्टराईको इजलासले च्यानम गाविस ८ का २९ वर्षे नारायणबहादुर वस्नेतलाई तीन वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।
अदालतकोआदेशले आरोपित बस्नेत यसअघि नै पुर्पक्षका लागि थुनामा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक दिपककुमार शाहले जानकारी दिनुभयो ।
श्रीमान्ले रक्सीले मातेर कुटपिट गर्नुका साथै यौनजन्य हिंसा गर्ने गरेकाले उजुरी दर्ता गरेको पीडित महिलाले बताएकी छन् । पीडितले ०७२ चैत १५ जवरजस्ती करणी गरेको जाहेरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरि चैत १८ गते जवरजस्ती करणी मुद्दा दर्ता गरेको थियो । ओखलढुंगामा श्रीमान्लाई श्रीमतीमाथि बलात्कार आरोपमा मुद्दा दर्ता भइ सजाय भएको पहिलो पटक हो ।
असार ६ – ‘कहिले हो उहाँ विदेश जानुभएको ?’ यो प्रश्न गर्ने वित्तिकै गिरीजा थापा र उहाँका श्रीमान जितबहादुरले एक अर्कालाई हेर्दै भन्नुभयो ‘खै गएको ठ्याक्कै वर्ष त बिर्सिनै सकेछौँ ।’छोरा कहाँ छौ ? घर नआउने हो र ? कोहि पुग्यो कि सुनसरीको इनरुवा-७ मगर टोलकी गिरिजा थापा मगर छोरालाई यही खबर सुनाउन खोज्नुहुन्छ । तर न आमाको खबर छोराले सुन्छन न त खबर कसैले उहाँका छोरासम्म पुर्याइदिन नै सक्छ ।
छोरा सन्तोष ६२ सालमा हो कि ६३ मा हो विदेश गएको त्यो पनि बिर्सिसक्नुभयो आमाबुवाले । मलेसिया गएका सन्तोष किङ्स कन्फेक्सनरी, तमान, केफोन कम्पनीमा काम गर्नुहुन्थ्यो । चार वर्षसम्म घरमा फोन पनि हुन्थ्यो । महिनामा ४ सय ८० रिंगिट कमाउने सन्तोषले घरमा पैसा चाहिँ पठाउनुभएको थिएन । चार वर्षपछि सन्तोष एकाएक सम्पर्कविहीन हुनुभयो । ‘कहाँ गयो केहि पत्तै नपाएपछि खोज्ने मेलो पनि नपाएर के गर्ने के गर्ने भनेर बस्यौँ’ गिरिजा भन्नुहुन्छ ।
त्यसको एक वर्षमा सन्तोषले फोन गर्नुभयो ।
एक वर्ष हराएको छोराले फोन गर्दा भएको खुसी को सीमा थिएन गिरीजासँग । तर फोनमा घर फर्किने होइन कम्पनीले घर जान टिकट दिएपनि आफू टिकट च्यातेर एयरपोर्टबाटै भागेको जानकारी गराउनुभयो बुवाआमालाई । त्यसपछि फेरि सम्पर्क विहीन हुनुभयो । त्यसको चार वर्षसम्म सम्पर्क विहीन भएका सन्तोषले गएको वर्षको दसैँभन्दा अघि फोन गर्नुभयो तर घर आउन पैसा नभएकाले नआएको हो भन्नुभयो ।
छोरासँग आउने खर्च रहेनछ भन्ने थाहा पाएपछि परिवारले त्यहाँको एक हजार रुपैयाँ पैसा पनि पठाइदिए । मलेसियामै भएका छिमेकीको परिवारलाई सन्तोषको परिवारले पैसा बुझाए अनि ती छिमेकीले सन्तोषलाई भेटरै पैसा दिए । तर पैसा पाइसकेपछि सन्तोष घर फर्किनुभएन फेरि सम्पर्क विहीन हुनुभयो । गिरिजाले भन्नुभयो ‘त्यसपछि के भयो अहिलेसम्म थाहा छैन ।’
सन्तोषका बुवा जितबहादुर क्षयरोगको बिरामी हुनुहुन्छ । सन्तोष गएको तीन वर्ष पुगेपछि उहाँलाई बिरामले निक्कै च्याप्यो । त्यसैले कतारमा रहेको सन्तोषका भाइ घर आउनुभयो । झण्डै दुई महिना घर बसेर फर्किंदा पनि सन्तोष घर आएनन् । उल्टै पैसा छैन भन्नुभयो ।
त्यसैले भाइले पनि पैसा पठाइदिनुभएको थियो फर्किनलाई तर सन्तोष फर्किनुभएन ।
छोरा हराउँदाको चिन्ताले सताएका मगर दम्पतिलाई छोरो घर आउन नखोज्नुको कारण के होला भन्ने कुराले छक्क पारेको छ । सन्तोष किन फर्किएनन त ? यो प्रश्नमा बुवाआमा दुवै जनाको उत्तर अनुमानमा आउँछ । ‘जेल पर्यो कि बिरामी भयो कि के भयो केहि थाहा छैन’ बुवा जितबहादु भन्नुहुन्छ । फेरि आमाको अनुमान अर्कै छ । उहाँ भन्नुहुन्छ ‘मलेसिया गएकाहरु धेरैले उतै बिहे गरेर पनि बस्छन भने बा त्यसले पनि उतैको केहि पो बिहे गर्यो की ?’
अड्कल जे गरेपनि गिरीजाको मनमा छोरो आइदियोस आशा मरेको छैन । बुवालाई त कहिलेकाहिँ पैसा पठाइदिँदा पनि नआएको छोरो नआओस के गर्नु त जस्तो पनि लाग्छ तर आमाको मन मान्दैन ।
‘जे गर्दा पनि त्यसै याद आउँछ’ छोराको यादको कुरा सुनाउन नपाउँदै गिरीजाका आँखा भरिए । आमा रुँदै उठेपछि बुवा जितबहादुरले छोरालाई आग्रह गर्नुभयो ‘आमासँगै हामीलाई यसरी नरुवा जहाँ छस फर्केर आइज ।’
छोरालाई खोज्ने आफूहरुको प्रयास सफल नभएपछि सन्तोषका बुवाआमा इनरुवामा रहेको सूचना केन्द्रमा पनि आउनुभयो । उहाँहरुले छोरा खोजिदिन आग्रह गर्दै निवेदन पनि दिनुभएको छ । तर सम्पर्क गर्ने कुनै माध्यम नभएकाले अहिलेसम्म केहि गर्न नसकिएको केन्द्रले जनाएको छ ।















