काठमाडौं– धन कमाउन अफगानिस्तान पुगेका पति मधुसूदन आतंककारीको आत्मघाती हमलामा परे । त्यसयता घरी मूच्र्छित हुने त घरी झस्किएर कराउनु मैयाँको नियति बनिरहेछ ।बालाजु हाइटको लोलाङ बस्ती । भुइँतलाको बाहिरपट्टि एक हुल पुरुष छन् । सबै मलीन, कोही कसैसँग बोल्न सकिरहेका छैनन् । भित्र कोठामा महिलाहरू छन्, ती पनि मौन । सबैका आँखा रसाएका देखिन्छन् ।
शोकको माहोलबीच अर्धचेत अवस्थामा बर्बराइरहेकी छन्, मैयाँ कोइराला ।
सोमबार दिउँसो जीवनकै सबैभन्दा अप्रिय खबर सुनिन् उनले । उनी हत्ते गर्छिन्, ‘तिमीलाई सधैं एक्लै छोडें, एक–डेढ वर्षपछि सधैं सँगै बसौंला भन्नुहुन्थ्यो तर कहिल्यै नआउने गरी कहाँ जानुभयो तपाईं !’ यति भनिनसक्दै उनी फेरि अर्धचेत भइहालिन् ।
लामो समयपछि होसमा आउँदा पतिले गरेको यही वाचाले उनको दिमाग खलबल्याउँछ । फेरि बर्बराउन थाल्छिन्, ‘भूकम्पले छोराछोरी खोस्यो, भगवान्ले श्रीमान् !’ यति भनिनसक्दै फेरि लल्याकलुलुक भएर ढलिहाल्छिन् ।
उनलाई सहारा दिन बसेका छन्, प्रमिला, कविता, रञ्जिता र मनीषा । तर, उनीहरू आफैं ओइलाएका छन् । आँखामा आँसु कति बेलै टुट्दैन । घरीघरी सम्हालिएर एकअर्कासँग बोल्न खोज्छन् तर सक्दैनन् ।
विस्फोटमा परी मृत्यु हुने १२ नेपालीमध्ये मधुसूदन कोइरालाको परिवार केही महिनायता नुवाकोटबाट काठमाडौं आई बालाजु बस्न थालेको थियो । मैयाँ मधुसूदनकी पत्नी हुन् भने प्रमिला, कविता, रञ्जिता र मनीषा छोरी ।
नेपाली सेनाबाट निवृत्तिभरण भएपछि मधुसूदन चार वर्षअघि रोजगारीका लागि अफगानिस्तान गएका थिए । ‘वर्षदिनमा आउँदै, जाँदै गर्नुहुुन्थ्यो,’ मधुसूदनका भाइ नरहरिले भने, ‘गत वर्ष भूकम्पमा छोरा र छोरी घरले किचेर मा¥यो, अहिले दाइ बित्नुभयो ।’
गत वर्षको शक्तिशाली भूकम्पले मधुसूदनको नुवाकोटस्थित घर गल्र्याम्मै ढाल्यो । त्यही घरले किचिएर ११ वर्षीया छोरी स्वस्तिका र ९ वर्षीय छोरो शिशिरको प्राण गयो । यो घटनापछि बिरक्तिएको परिवार पुख्र्याैली थलो छाडेर काठमाडांै झ¥यो । भूकम्पपछि मधुसूदन नेपाल आएर केही समयपछि फेरि अफगानिस्तान फर्के । गत वैशाखमा परिवार भेट्न फेरि काठमाडौं आए । दुई साताअघि मात्र अफगानिस्तान फर्किएका थिए । परिवारका अनुसार उनले अब केही समय काम गरेर सधैंका लागि नेपाल फर्कने योजना सुनाएका थिए । ‘एकडेढ वर्ष काम गरेपछि फेरि नजाने गरी आउने भन्नुभएको थियो,’ नरहरि सम्झन्छन्, ‘तर, कहिल्यै नआउने गरी जानुभएछ ।’
अफगानिस्तानको कमाइले काठमाडौंमा घडेरी जोडिसकेका थिए, मधुसूदनले । अब घर बनाउने योजनामा थिए । नरहरिका अनुसार मधुसूदनकै आम्दानीमा सम्पूर्ण परिवार आश्रित छ । ‘गाउँमा जग्गा छैन, काठमाडौंमा पनि आम्दानीको कुनै स्रोत छैन,’ उनले भने, ‘यस्तो बेला
सरकारले उपस्थिति जनाएर केही व्यवस्था गरिदिए मन बुझाउने बाटो हुन्थ्यो !’
अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान विस्फोटमा परी मृत्यु हुने सबैका परिवारको अहिले उही मनोदशा छ । पर्वतका नवीनसिंह क्षत्रीकी पत्नी माया पनि दुई दिनदेखि अर्धचेत छिन् । क्षत्री परिवार बालाजुमा डेरा लिएर बस्दै आएको छ । मायाको वनस्थली चोकमा फेन्सी पसल छ । पसलमै बसिरहेका बेला उनले पतिलाई सधैंका लागि गुमाउनुपरेको दुःखद खबर सुनेकी थिइन् । क्षत्री दम्पतीकी एक छोरी छिन्, सोनु । उनी सिद्धार्थ वनस्थली स्कुलमा कक्षा ९ मा पढ्छिन् । पिताको मृत्युको खबरले उनी पनि होस हराएझैं छिन् । मंगलबार उनी आँखाभरि आँसु पार्दै घरी भित्र घरी बाहिर गरिरहेकी थिइन् ।
केही बोल्न सकिरहेकी छैनन् ।
नवीनसँग अघिल्लो दिन राति १२ बजे कुरा भएको मायाले छिमेकीलाई बताएकी रहिछन् । छिमेकीले जनाएअनुसार नवीनका साथीले पत्नीलाई फोन गरेर घटनाबारे जानकारी गराए । तिनै साथीकी पत्नीले मायालाई खबर गरिन् । त्यसलगत्तै अर्धचेत भएकी माया बौरिन सकेकी छैनन् ।
२०५७ सालमा सशस्त्र प्रहरीको हवल्दारमा भर्ती भएका नवीनलाई द्वन्द्वकालमा घाइते भएकाले अवधि नपुग्दै एक तह बढुवा गरेर अवकाश दिइएको थियो ।
काठमाडौं, १२ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. गोविन्द केसीले केसीको मानसिक स्वास्थ्य अवस्थाप्रति प्रश्न उठाउँदै कडा विज्ञप्ति जारी गरेको छ ।
डा. केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलगायत आयुक्तहरुमाथि भ्रष्टाचारको आरोप लगाउँदै कारवाहीको माग गरेको केही घण्टा नबित्दै आयोगले विज्ञप्ति जारी गर्दै कडा शब्दमा भत्सर्ना गरेको हो ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करले विज्ञप्ति जारी गर्दै डा. केसीको मानसिक स्थिति ठीक नभएका कारण त्यस्तो आरोप लगाइएको बताएको हो ।
अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ,
‘डा. गोविन्द केसीद्वारा आज जारी प्रेस-विज्ञप्ति मार्फत नेपाल सरकारसँग प्रस्तावित बिभिन्न मागको फेहरिस्तमा आयोगका माननीय प्रमुख आयुक्त तथा माननीय आयुक्तहरु माथि मनोगत लाञ्छना सहित महाभियोग एवं कारबाहि प्रक्रिया आघि बढाउन राखेको मागप्रति आयोग कडा शब्दमा भर्त्सना गर्दछ । भ्रष्टाचार, अनाचार एवं सबैखाले बिसंगति बिरुद्दको महाअभियानमा क्रियाशील आयोगका माननीय प्रमुख आयुक्त र आयुक्तहरु प्रति लक्ष्यित डा. केसीको सो माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो भन्ने आयोगको ठम्याई छ ।’
डा. गोबिन्द के.सी. द्वारा आज जारी प्रेस-बिज्ञप्ति मार्फत नेपाल सरकारसँग प्रस्तावित बिभिन्न मागको फेहरिस्तमा आयोगका माननीय प्रमुख आयुक्त तथा माननीय आयुक्तहरु माथि मनोगत लाञ्छना सहित महाभियोग एवं कारबाहि प्रक्रिया आघि बढाउन राखेको मागप्रति आयोग कडा शब्दमा भर्त्सना गर्दछ । भ्रष्टाचार, अनाचार एवं सबैखाले बिसंगति बिरुद्दको महाअभियानमा क्रियाशील आयोगका माननीय प्रमुख आयुक्त र आयुक्तहरु प्रति लक्ष्यित डा. के.सी.को सो माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो भन्ने आयोगको ठम्याई छ । आयोग, मागको फेहरिस्तमा समुल्लेखन भएजस्तो आफ्ना कुनैपनि पदाधिकारीद्वारा आफ्नो र आफन्तको निहित स्वार्थका लागि चिकित्साक्षेत्रमा भर्ना गरेको, स्वास्थ्य तथा चिकित्सा क्षेत्रको सुधारको प्रक्रिया अबरुद्द तुल्याएको, भ्रष्टहरुलाई संरक्षण दिएको र कुनै पदाधिकारी बिशेषलाई सौदाबाजीमार्फत राजीनामा दिन वाध्य तुल्याएको भन्ने जस्ता तुच्छ अभियोगको तथ्यगत परिपुष्टीका लागि डा. के.सी.लाई चुनौति दिन चाहन्छ । जहाँसम्म काठमाण्डौं विश्वबिद्यालयको प्रवेश परिक्षामा हस्तक्षेप गरेको भन्ने थप आक्षेपको प्रश्न छ सो विषयमा सरोकारवालाहरुको असीमित उजुरीपछि आयोगले सम्बद्द नियामक निकाय “मेडिकल काउन्सिललाई” परिक्षाको निष्पक्षता परिक्षणका निम्ति निर्देशन दिएको तथ्य आयोग स्पष्ट पार्न चाहन्छ । प्रमुख आयुक्तले “व्यापारिक स्वार्थ” राखेको भन्ने जस्तो घृणित र निकृष्ट आक्षेपका हकमा त्यस्तो अमुक व्यापारिक स्वार्थमा उहाँको संलग्नता सावितीका लागि आयोग, डा. के.सी. लाई थप चुनौति दिन चाहन्छ र उहाँको व्यापारिक स्वार्थको सप्रमाण पुष्ट्याईं गरिदिएको खण्डमा उहाँले पदीय जिम्मेवारीबाटै सन्याश लिने उहाँको निजी घोषणा समेत सार्वजनिक गर्दछ । डा. के.सी. का तमाम गतिबिधिलाई आयोगले आफ्नो स्मृतिमा राखेको छ । यताका दिनमा चिकित्सा एवं स्वास्थ्य क्षेत्रको सुद्दताका लागि आयोगले आफ्नो कारवाहीधिकार भित्रै रहेर गरेको पहलबाट उत्तर्सिएका मेडिकल माफियाहरुसँगको डा. के.सी.को सानिध्यता, आयोगको अनुसन्धान प्रक्रियामा रहेका एकथरी स्वघोषित नागरिक अगुवा तथा संगठित अपराधी र भ्रष्टहरुसँगको उहाँको साँठगाँठ आयोगको दृष्टिबाट ओझेलमा छैनन् । वस्तुत: आयोग पदाधिकारीहरु बिरुद्द केन्द्रित पछिल्लो प्रस्तावलाई डा. के.सी.का यिनै सन्देहास्पद गतिबिधीका आलोकमा हेरिनुपर्दछ भन्ने आयोगको आग्रह छ । चिकित्सा तथा स्वास्थ्य क्षेत्रको सुधारका नाममा स्वास्थ्य क्षेत्रलाई नै बन्धक बनाउँदै डा. के.सी.ले गरेका विगतका प्रत्येक आन्दोलनले यस क्षेत्रलाई विकास र उत्थानको मार्गतर्फ नभई बिनाश र अबन्नतिको दिशातर्फ प्रवाहित गरेको आमबुझाई भन्दा पृथक आयोगको अभिमत छैन । अद्याबधी राष्ट्रसेवकको आवरणमा रहे पनि राष्ट्रसेवकको न्यूनतम् आचरण र पेशागत धर्म परिपालना नगर्ने र किस्ताबन्दीको उदण्डताको आडमा राज्यलाई धम्क्याउने जस्ता डा. के.सी.का कार्य प्रवृत्ति आफैंमा खेदजनक छन्। आयोग, डा. के.सी. लाई नेपाली चिकित्सा क्षेत्रको बिनाशको प्रतिनिधी बाहक नबन्न बरु आफूमा निहीत चिकित्सकीय योग्यतालाई उपचारका क्षेत्रमा भरपूर सदुपयोग गर्न सुझाब दिन चाहन्छ । सँगसँगै बारम्बार आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट बिमुख डा. के.सी.को मानसिक उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्थाका लागि समेत आयोग सरकारसँग आग्रह गर्दछ । डा. के.सी. ले स्वास्थ्य क्षेत्रको सुधारका नाममा उचो स्वर गरिरहँदा वहां आफैं कार्यरत त्रि.बि.शिक्षण अस्पतालको जर्जर अबस्थितिलाई झाँकेर हेर्नु वाञ्छित हुनेछ र वहाँमा सेवारत संस्थाप्रतिको न्यूनतम् दायित्वोध भएको खण्डमा शिक्षण अस्पतालको अस्वस्थताको उपचारका लागि आफूलाई तैनाथ गर्नु बुद्दिमानी हुनेछ । भ्रष्टहरुको माखेसाङ्गलोमा जेलिएका डा. के.सी. लाई कुसंगत परित्याग गर्न र प्रायोजित अभियन्ता नबन्न समेत आयोग थप सुझाब दिन चाहन्छ । वस्तुत: नेपाली स्वास्थ्य क्षेत्रको सुधार र विकासका सन्दर्भमा डा. के.सी.का खोक्रा अभियानबाट होइन आयोगको दृढ प्रतिबद्दता र पहलबाट निश्चित उपलब्धि हासिल भएको तथ्य आम नेपाली दाजुभाई दिदीबहिनीहरुमा बिदितै छ । साथै आयोग नेपाली स्वास्थ्य क्षेत्रमा बिद्यमान अराजकता, दण्डहिनता, माफियातन्त्र र सबै प्रकृतिका असंगतिहरुको अन्त्यका निम्ति सर्वथा क्रियाशील रहने दृढता व्यक्त गर्दछ । आयोग यस्ता कुनैपनि काल्पनिक र निराधार आक्षेपहरुको भ्रममा नपर्न आम-जनमानसमा आग्रह गर्दछ । साथ-साथै आयोग, भ्रष्टहरुद्वारा प्रायोजित मनोगत लाञ्छनाकै आधारमा भ्रष्टाचार बिरुद्दको आफ्नो कर्तव्यपथबाट किंचित बिचलित नहुने तथ्य समेत स्पष्ट पार्न चाहन्छ ।
काठमाडौं, ८ असार । एउटा लहडमा प्रेम बस्छ र अर्को मोडमा साइबर क्राइमले एउटालाई प्रहरीको खोर, अर्कोलाई विरहको पोखरीमा पुर्याउँछ ।शहरतिर आजकल ‘ब्रोइलर’ मायाका अनेकन व्यथा छन्, फेसबुक, टुवीटर र ह्वाट्समार्फत गाँसिने । दक्षिण कोरियामा थिए, अभय बाँस्कोटा । १२ घण्टा काममा जोतिएपछि फुर्सदमा फेसबुक खोल्थे । त्यहीँ भेटे विनिता लामा (नाम परिवर्तन) लाई ।
शरीर सुन्दर थियो, उमेर सुहाउँदो । अभयले फ्रेण्ड रिक्वेस्ट पठाए । विनिताले स्वीकारीन् । दुई महिनामै ‘मन’ साटासाट चल्न थाल्यो । करिब एक वर्ष अफेयर चल्यो । शरीर भेट नभए पनि एकापसबिना बाँच्नै नसक्ने स्थिति भयो ।
अभय दुई महिना अघि स्वदेश फर्किए ।
मुख्य उद्देश्य थियो विनितासँग वैवाहिक सम्बन्ध गाँस्ने । फेसबुकमा मात्र कुरा भएको जोडीलाई कतिबेला भेटौं भन्ने हुने नै भयो ।
विनिता अभयलाई रिसिभ गर्न एयरपोर्ट पुगिन् । अभय काठमाडौं फिरेको एक हप्ता रात र दिन साथै बिताए । मदहोस् प्रेम न थियो, कच्चा उमेरको ।
तनमन साटेर आफूलाई मात्र भुलाएनन्, ती दृश्यलाई आ–आफ्ना मोबाइलमा कैद गर्न पनि भ्याए । सम्बन्धलाई विधिपूर्वक सम्पन्न गर्न दुवै आ–आफ्ना परिवार कहाँ गए । तर, गाउँ पुगेपछि कथाले अर्को मोड लियो ।
विनिताले कुरा फेरिन् । घरपरिवारले रोजेको जातकै केटासँग बिहे गर्ने भइन् । अभय विरक्तिए । कहिले मर्न तम्सिए त कहिले विनितालाई मार्न ।
फकाए । तर, अहँ, विनिता कसै गरी मानिनन् । दुईबीचको सहमतिमा खिचिएको सेक्स टेप अभयसँग थियो ।
पहिला आफ्नो कुरा नमानेमा त्यो सार्वजनिक गर्ने धम्की पनि दिए । तर, धम्कीले छोएन । नभन्दै अभयले रंगिन रातका दृश्य युट्युबमा हालिछाडे ।
यतिबेलासम्म विनिता गाउँमै थिइन् । सेक्स टेपले हंगामा मच्चियो । गाउँबाट काठमाडौं फर्किइन् । अपराध महाशाखा पुगिन् । एसएसपी सवेन्द्र खनाललाई सुनाइन् ।
प्रहरीले खोज्न थालेपछि अभय काठमाडौंमा भाग्दै हिँडे । तर, अहिलेको प्रहरी न हो, मान्छे धर्तीमा बाँचेसम्म किन छाड्थ्यो र ? मदिराको प्यालाले जीवनका विरह साँटिरहँदा अभयको आँखा अगाडि झल्यास्स केही मान्छे प्रकट भए ।
ती मान्छेसँग टलक्क टल्किने फलामे हत्कडी थियो । त्यही हत्कडी बाँधियो । ‘मैले माया गरें । मायाको बन्धनले होइन, हत्कडीको साँचोले मलाई कैद गर्यो,’ भन्दै रुन थाले ।
एक जना प्रहरीले ‘बढ्ता बोल्छस् साले’ भन्दै पछाडीबाट भुक्क हानी हिरासतमा कोचिदिए । जनआस्था साप्ताहिकमा खबर छ ।
८ असार, । डोटीको पचनाली गाविस तलकोटमा भएको हत्याको रहस्य प्रेम सम्बन्ध रहेको प्रहरीले पुष्टि गरेको छ ।
करिब १२ दिनको सफल प्रहरी अनुसन्धान पछि सो तथ्य सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी सो घटनाको प्रमाणसहित हत्यारालाई सार्वजनिक गरेको छ । करिब पाँच वर्षको लामो प्रेम सम्बन्ध डेढ वर्ष यता टुटेपछि(ब्रेकअप) त्यसले हत्याको रुप लिएको प्रहरीको भनाइ छ ।
विंसं २०६७ साल मङ्सिर २७ गतेदेखि पचनाली गाविस तलकोटमा रहेको हरिहर उमाविमा अङ्ग्रेजी विषय अध्यापन गराउँदै आएका ३७ वर्षका शिक्षक लालबहादुर चन्दले सोही ठाउँ निवासी वर्ष २१ की मीना साउदको गोली हानी हत्या गरेको स्वीकार गरेका छन् ।
चन्दले गत जेठ २८ गते मीनाको गोली हानी हत्या गरेको स्विकारेका छन् । चन्द विसं २०६८ सालबाट मृतक मीनाको घरमा डेरामा बस्दै आएका थिए ।
दोषी ठहरिएका हत्यारा चन्दविरुद्ध जिल्ला अदालत डोटीमा कर्तव्य ज्यान मुद्दा दायर भएको र हतियार तथा खरखजनाविरुद्धको मुद्दासमेत चल्ने उपरीक्षक दिल्लीराज विष्टले जानकारी दिए ।
ओखलढुगा, असार ६ – श्रीमतीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत ओखलढुंगाले एक पुरुषलाई ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
आफूलाई बलात्कार गरेको भन्दै श्रीमतीले दिएको जाहेरीमा सुनुवाइ गर्दै जिल्ला अदालत ओखलढुंगाका न्यायधीश उद्धवप्रसाद भट्टराईको इजलासले च्यानम गाविस ८ का २९ वर्षे नारायणबहादुर वस्नेतलाई तीन वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।
अदालतकोआदेशले आरोपित बस्नेत यसअघि नै पुर्पक्षका लागि थुनामा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक दिपककुमार शाहले जानकारी दिनुभयो ।
श्रीमान्ले रक्सीले मातेर कुटपिट गर्नुका साथै यौनजन्य हिंसा गर्ने गरेकाले उजुरी दर्ता गरेको पीडित महिलाले बताएकी छन् । पीडितले ०७२ चैत १५ जवरजस्ती करणी गरेको जाहेरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरि चैत १८ गते जवरजस्ती करणी मुद्दा दर्ता गरेको थियो । ओखलढुंगामा श्रीमान्लाई श्रीमतीमाथि बलात्कार आरोपमा मुद्दा दर्ता भइ सजाय भएको पहिलो पटक हो ।
असार ४, काठमान्डौ। यस्तो पनि हुँदो रहेछ दुनियाँमा । जहाँ छोरीको घर बसाउने आमा नै छोरीकी सौता बनेकी छिन् ।
घटना भारतको विहार राज्यस्थित मधेपुरा जिल्लाको हो । जहाँको पुरैनी गाउँमा एक महिलाले आफ्नै छोरीका श्रीमान (ज्वाई)सँग प्रेम गर्दै विहेसम्म गरेकी छिन् ।
आशा देवी नामकी यी महिलाले केही वर्ष पहिला मात्र आफ्नो छोरीको विहे धुमधामका साथ गरेकी थिइन् ।
तर, अहिले उनले ज्वाईसँगै पूर्णिया कोर्ट (अदालत)मा विहे गरेकी छिन् ।
यो सम्बन्ध थाहा पाएपछि छोरी बेहोस भएकी छिन् । त्यसपछि होसमा आएकी उनले सोच्न सकिरहेकी छैनन् कि जून आमाले उनको घर बसाएकी थिइन् त्यही आमाले घर बाड्न सक्छिन् र ?
यसरी बस्यो सासु र ज्वाईको प्रेम
छोरी विहे गरेर पठाएको केही दिनमै ज्वाई विरामी परे । यो खबर सुनेर सासु ज्वाईको हेरचाँह गर्न छोरीको घर पुगिन । फेरि एक–अर्काबीच प्रेमको टुसा पलायो । उनी आफ्नो घर फर्किइन् तर, ज्वाई र उनको प्रेम झन झन बढ्दै गयो । दुबै घण्टौसम्म एक–अर्काबीच फोनमा कुरा गर्न थाले ।
गाउँलेले सासु र ज्वाईले विहे गर्न लागेको थाहा पाएपछि उनीहरुले पञ्चायतबाट सासु र ज्वाई सँगै बस्ने निर्णय गराए । पञ्चायतले सासु र ज्वाईबीच गहिरो प्रेम भए दुबैलाई एक साथ बस्न दिनुपर्छ भन्यो । पञ्चायतको फैसलाले सासु र ज्वाई खुसी भए । त्यसको भोलिपल्ट ससुराले छोरीलाई घर लिएर आए ।
(भारतीय सञ्चारमाध्यमको सहयोगमा)
आफ्नी पत्नीसँग यौनसम्बन्ध राखेको आशंकामा छ महिना पहिले एक व्यक्तिले आफ्नै भाइको हत्या गरेको खुलासा भएको हो । भारतको मध्यप्रदेशमा एकपटक फेरि देबर भाउजुको पवित्र सम्बन्धमा आशंका गरेर भयानक घटना बाहिर आएको छ । हत्या गर्नुअघि ती व्यक्तिले आफ्नै भाईको नाक काटिदिएका थिए ।
पाटन थाना क्षेत्रको मोरझरी गाउँका ३५ वर्षीय कालु पुत्र वालजी आफ्नो काकाको छोरा रालु पुत्र नाथुसँग सेमलिया गाउँमा गएका थिए ।
दाई रालुले आफ्ना साथीसँग मिलकर पत्नीसँग अवैध सम्बन्ध राखेको आशंकामा कालुलाई कुटपिट गरेर हत्या गरेको स्थानीय पुलिसले जनाएको छ।रालुले भाई कालुको नाक काट्नुका साथै लठ्ठीले होनर कुटपिट गरेको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ।
आफ्नै दाई र उनका साथीको कुटपिटबाट गम्भीर चोट लागेका कालु अचेत भएका थिए ।
तत्काल सूचना पाएको थांदला थाना पुलिसले कालुलाई उद्दार गरेर स्थानीय चिकित्सालयमा भर्ती पनि गराएको थियो । कालुलाई थप उपचारका लागि महात्मा गांधी चिकित्सालयमा लगियो।उपचारका क्रममा कालुको स्वास्थ्यमा सामान्य सुधार भएपछि आफन्तले उदयपुरस्थित घर लगेका थिए । तर, १५ दिनअघि घर लगिएका कालुको मंगलवार राति अचानक मृत्यु भएको प्रहरीले जनाएको छ । – एजेन्सी
जेठ -३२ / प्रहरी ईन्काउन्टर मारिएका राजधानीका कुख्यात गुण्डा नाईके घैंटे भनिने कुमार श्रेष्ठको ५० करोडको सम्पत्ती नेता देखि गुण्डका अन्य सदस्य र ठेकदारलाई अपुताली परेको छ । अवैध कालो धनलाई सेतो बनाउन घैंटेले आफ्नो करोडौ रुपैंया आफू निकटलाई व्यापार व्यवसायी गर्न तथा लुकाउन उनिहरुको नाममा राखेका थिए ।
जुन एक्कासी घैंटे ईन्काउन्टरमा मारिएपछि उनिहरुलाई आपुताली परेको हो ।प्रहरी स्रोतका अनुसार घैंटेका अबैध सम्पत्ती नेता देखि गुण्डा र ठेकदारले समेत चलाउँदै आएका छन् । सम्पती शुद्धिकरणको डरले घैंटेले आफ्नो नाममा केही नराखी आफ्ना सहयोगी तथा व्यसायीक साझेदारको नाममा सञ्चालन गर्दै आएका थिए ।
जसको फाईदा घैंटे ईन्काउटर पछि उनीहरुलाई भएको प्रहरी स्रोत बताउँछ ।
गजुरमुखी निर्माण सेवामा घैंटेको पैसामा नेता जगदिशनरसिंह केसीको श्रीमतीको नाममा शेयर राखेको पुष्टि भईसकेको छ भने केही शेयर शान्ता महर्जनको नाममा राखिएको भेटिएको छ । त्यस्तै लाजिम्पाटमा रहेको फ्राइडे नामक रेष्टुरेन्टमा डन घैंटेको ६० लाख लगानी रहेको पारिवारीक स्रोतले बताएको छ ।
तर उनको पार्टनर राजेश काफ्ले भने घैंटेले उल्टै आएर आफ्नो रेष्टुरेन्टमा थर्काएर खाने गरेको बयान प्रहरी समक्ष दिएका थिए । मकाउ जानु अगाडी घैंटेकै श्रीमती पिङ्की शेर्पाले उक्त रेष्टुरेन्टको हरहिसाब राख्दै आएकी थिईन् । योबाट पनि उक्त रेष्टुरेन्ट घैंटेको भएको पुष्टि हुन्छ । त्यस्तै काफ्लेको नाममा एयर एशियामा करोडौ लगानी रहेको प्रहरीको दाबी छ ।
उक्त लगानीको बारेमा समेत अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
यस्तै घैंटेका सहयोगी शान्त महर्जनको नाममा करोडौं रुपैंया तथा बसपार्कमा २६ आना जग्गा घैंटेले महर्जनको नाममा राखेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । बाफलका डन समिरमान बस्नेतले एक करोड भन्दा बढी घर बनाउन सापटि लगेको घैंटे निकट स्रोत बताउँछ ।
सिफलका गुण्डा हबल्दार भन्ने प्रतिक श्रेष्ठको नाममा तीनवटा ट्रिपर र ५० लाख भन्दा बढी रकम रहेको स्रोतको दाबी छ ।अन्य ठेकदारसँग पनि घैंटेको ठूलो लगानी रहेको प्रहरी स्रोतको दाबी छ । प्रहरीका अनुसार घैंटेको लगानी रहेको व्यक्ति र व्यसायी माथि अनुसन्धान भईरहेको छ । लगानी गरेका व्यक्तिले त्यसको आयस्रोत देखाउन नसकेको खण्डमा सम्पती शुद्धिकरण अन्तरगर्त मुद्दा चलाईने प्रहरीले बताएको छ ।
३२ जेठ, काठमाडौं । ‘प्लस टु अध्ययन गर्दा गर्दै बेरोजगारीका कारण आफन्तलाई काम खोजिदिनु भनेको थिएँ, विदेश पठाइदिन्छु भन्दै भारतमा लगि बिक्री गरेछन्’, बेचिएकी ती युवतीले भनिन् । १८ वर्षको उमेरमा बेचिएकी एक किशोरीले बेचिएको स्थानबाट फर्किएर जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोमबार उजुरी दिएकी छिन् ।
काभ्रे पाँचखाल नगरपालिका–११ तत्कालीन बालुवा गाविस घर भएकी १८ वर्षीया युवतीलाई दलालहरुले २०७१ साल बैशाख २० गते घरबाटै फकाएर दिल्ली पुगाएका थिए । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
‘आफू बेरोजगार रहेकाले आफन्तहरुलाई जागिर खोजिदिन भनेको थिएँ, जागिर राम्रो छ, कमाई राम्रो छ विदेश जानुपर्छ भन्दै उनीहरुले नै निःशुल्क पासपोर्ट बनाइदिए पीडितले भनिन्,‘पासपोर्ट बनाएको कुरा घरमा बुबा आमालाई समेत थाहा दिएको थिइन ।’ कक्षा ११ को अध्इयन गर्दै गर्दा आफन्त नाता पर्नेले उनलाई ललाईफकाई गरी भारतसम्म पुगाई बिक्री गरेर फर्किएका थिए ।
भारत हुँदै अबुधाबी पुर्याएकी उनलाई घरेलु कामदारको रुपमा एक अरबीको घरमा राखिएको थियो ।
घरेलु कामदारका रुपमा राखिएकी बालिकालाई घरका मालिकले अभद्र व्यवहारमात्रै गरेनन् दैनिक शारीरिक शोषण गर्न थाले ।
‘बच्चै छु, यस्तो काममा मलाई नलगाउनुस्, म सक्दिँन भन्दा पनि उसले मानेन’, युवतीले भनिन्, ‘तँलाई ६ लाख रुपैयाँमा किनेर ल्याएको पूजा गर्न होर ?’
खान लगाउन समेत नदिइकन एकोहोरो शोषण मात्रै गरेपछि बालिकाले भाग्ने प्रयास गरिन तर सफल भइनन् ।
करिब एक महिनापछि राति घरमा कोही नभएको मौका छोपी उनी अरबीको घरबाट त भागिन् तर जाने ठाउँ कहीँ भएन ।
२०७१ असोजमा नेपाली दूताबासको शरणमा पुगेकी उनलाई सिन्धुपाल्चोक समाजले सहयोग रकम संगलन गरेर पठाएपछि २०१४ डिसेम्बर १९ मा उनी बल्ल नेपाल फर्कन सफल भइन् ।
१८ वर्षमा बेचिएकी बालिका अहिले २० वर्षकी भएकी छिन् ।
भनिन्छ वैवाहिक सम्बन्ध भनेको पवित्र सम्बन्ध हो । दुई आत्मा तथा मनको मिलन हो । तर, भनाईलाई भारतको यूपीमा भएको एक घटनाले झुटो ठहर गरिदिएको छ । यूपीको बाराबंकी भन्ने ठाउँमा श्रीमान श्रीमतीको सम्बन्धलाई लज्जित बनाउने घटना भएको छ । जहाँ एक पुरुषले विहे गरेर भित्र्याएकी श्रीमतीलाई पहिला आफ्नो साथीसँग यौनसम्बन्ध राख्न बाध्य पारेका छन् ।
त्यसपछि मात्रै आफूले सुहागरात मनाएका छन् । पीडित महिलालाई माईती र उनलाई मारिदिने धम्की दिँदै उनका श्रीमानले आफ्ना साथीसँग अवैध सम्बन्ध राख्न बाध्य पारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
श्रीमानले जबरजस्ती परपुरुषसँग शारीरिक सम्बन्ध राख्न बाध्य पारेपछि महिला एक हप्तापछि मात्रै प्रहरीको शरणमा पुगेकी छिन् । उनले डीएम (जिल्ला प्रमुख)लाई भेटेलगत्तै प्रहरीमा उजुरी दिएपछि यो लज्जास्पद घटना बाहिर आएको हो ।
यसरी भयो घटनाः
पीडित महिलाका अनुुसार राजमल गौतम नामका युवक उनको छिमेकी थिए । एक दिन कुनै कुराको विवादले उनका पिताले राजमललाई थप्पड हानेका थिए । त्यो थप्पडको बदला लिन राजमहलले मसँग प्रेमको नाटक गरेको रहेछ । मैले प्रेममा परेर विश्वास गरेर उसँग भागेर विहे पनि गरे ।
विहेपछि हामी परिवार छाडेर दुबै लुकेर लखनउमा बस्न थाल्यौं । त्यहाँ गएकै दिन राजमल आफ्नो साथी लिएर आए । र मलाई आफ्नो साथीसँग शारीरिक सम्बन्ध बनाउन भन्न थाले । जब मैले विरोध गरे उनले मलाई र मेरो परिवारलाई मारिदिने धम्की दिए । परिवारका लागि मैले सहेर उसको साथीसँग सम्बन्ध बनाउन बाध्य भए । एजेन्सी
जेठ २६,काठमाडौं–डन गणेश लामाले गृहमन्त्री शक्ति बस्नेतसँग यस्तो पहुँच बनाएका छन् कि ? कसैले पत्याउँदैनन् । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य रहेका लामा उक्त पार्टीमा असुरक्षित महसुस गरेपछि माओवादी छिर्ने तयारीमा लागेका छन् ।
काभ्रेमा माओवादी नेता लालध्वजमार्फत उनले पार्टीका ठूला नेताहरुसँग भेटघाट गरी सुधार सम्बन्ध बनाएका छन् ।
ती नेताहरुमार्फत लामाले गृहमन्त्रीसम्म समेत आफ्नो पहुँच बनाइसकेका छन् ।
अवैध गतिविधिमा संलग्न व्यक्तिहरुको संगत र प्रभावकै कारण मन्त्री बस्नेत माओवादी मन्त्रीहरुमध्ये सबैभन्दा अलोकप्रिय भएका छन् । प्रचण्डकै निकट भएकाले मात्र अहिलेसम्म उनको पद बचेको माओवादी नेताहरु बताउँछन् ।मन्त्री बस्नेत भन्दा पनि उनकी श्रीमती पहाडीले उनी मन्त्री भएको फाइदा धेरै लिएकी छिन् । प्रहरीका सरुवा बढुवादेखि गुप्तचरको भर्नासम्मको डिल खासगरी सशस्त्र प्रहरीको सरुवा र ठेक्का पहाडीले आम्दानीको स्रोत बनेको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
२३ जेठ । घटना भारतमा घटेको भएपनि नेपालमा पनि सतर्कता अपनाउनु पर्ने अवस्था छ ।भारतको बिहारस्थित जोधपुरमा एटीएम ह्याक गरेर पैसा चोरी गर्ने गिरोहको खुलासा भएको छ । उनीहरुले सानो सेफ्टी पिनको प्रयोग गरेर ग्राहकहरुको खाता रित्याउँदै आएका थिए । जसमा एसबीआई र एसबीबीजे बैंकका एटिएम सामेल थिए । भारत र नेपालमा हुने आपराधिक घटनाको प्रकृति लगभग उस्तै हुन्छ । कुनै पनि अपराधमा संलग्न गिरोहहरु एउटा देशमा कडाई भएपछि अर्को देशमा पुग्ने गरेका छन् ।
खुल्ला सिमानाका कारण पनि नेपाल र भारतबीच आवतजावतमा कुनै समस्या छैन ।
कसरी ह्याक भयो पिनको सहायताले ?
प्रहरी अनुसन्धानका क्रममा उनीहरुले एटीएम ह्याक गर्ने तरिकाको पनि खुलासा भएको छ । यो गिरोह निकै चलाखीका साथ एटिएम मेसिनको आसपासमा नै रहने गर्दथ्यो । गिरोहको एक सदस्यले एटिएम मेसिनमा रहेको क्यान्सिल बटनको मुनी पिन घुसार्ने काम गर्दथ्यो, ताकि ग्राहकले क्यान्सिल बटन थिच्दा ट्रान्जिक्सन क्यान्सिल नहोस् ।
यसैक्रममा ग्राहक आउँथे । कार्ड मेसिनमा हालेपछि पैसा निकाल्नका लागि पिन नम्बर पनि थिच्दथे । तर, एटिएमले काम गर्दैन थियो ।
त्यसैक्रममा एटिममा पालो कुरेजस्तै गरी ढोकामा बसेर अर्कोले पिन नम्बर नियाल्दथ्यो । त्यसपछि एटिएमको बटनमा सेप्टी पिन राख्ने साथीलाई उसले सो पिन नम्बर एसएमएस गरिदिन्थ्यो ।
उता ग्राहक भने क्यान्सिल बटन थिचेपछि ट्रान्जिक्सन क्यान्सिल भयो भनेर ढुक्क साथ बाहिर निस्किन्थे । त्यसपछि उनीहरु मध्ये एकजना भित्र जान्थ्यो अनि सो सेप्टी पिनको टुक्रा निकालेर ट्रान्जिक्सन कन्टिन्यू गर्दथ्यो ।
यो गिरोहले कैयन बैंकको एटिएममा यस्तो प्रयास गरेको थियो । एसबीआई र एसबीबीजेको एटिएममा उनीहरुको परीक्षण सफल भयो । त्यसपछि उनीहरुले यीनै दुई बैंकको एटिएमलाई निसाना बनाएर एटिएम चोरी धन्दा चलाउँदै आएका थिए ।
जेठ-२३, गत वैशाख १० गते राति पौने ११ बजे काठमाडौंको दरबारमार्गमा एउटा ट्याक्सी यात्रु लिएर छिनछिनमा घुमेको घुम्यै गर्यो। एक छिनपछि अर्को ट्याक्सी पनि त्यसैगरी घुमिरह्यो। दरबारमार्गबाट घरी ट्याक्सी कमलादी जान्थ्यो। प्रहरीको अनुसार ट्याक्सीमा युवती बसेर ग्राहक खोज्दै हिँडेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। ट्याक्सी चालककै मिलेमतोमा काठमाडौंमा पछिल्लो समय ‘मोबाइल सेक्स सर्भिस’का नाममा यौनधन्दा भइरहेको प्रहरीले बताएको छ।
पुतलीसडक हुँदै घुमेर दरबारमार्गमा नै आइपुग्थ्यो।
ट्याक्सीको गतिविधि शंस्कापद लागेर प्रहरीले नियालिरहेको थियो। वैशाख ११ गते पनि सोही क्रम दोहरियो। त्यसपछि प्रहरीले दुबै ट्याक्सीलाई नियन्त्रणमा लियो।
प्रहरीले ट्याक्सी चालक भक्तपुर सिवाडोल गाविस–५ घर भई बौद्धमा डेरा गरी बस्ने आइते लामा र काभ्रे माच्छे–७ घर भई गौरीघाट बस्ने २५ वर्षको गणेश मगरसहित छ जना युवतीलाई पक्राउ गर्यो।
प्रहरीको दाबीअनुसार ट्याक्सीमा युवती बसेर ग्राहक खोज्दै हिँडेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। ट्याक्सी चालककै मिलेमतोमा काठमाडौंमा पछिल्लो समय ‘मोबाइल सेक्स सर्भिस’का नाममा यौनधन्दा भइरहेको प्रहरीले बताएको छ।
सडकमा नै ग्राहक खोज्ने र बार्गेनिङ गर्ने अनि कुरा मिलेपछि सुविधासम्पन्न होटलमा जाने गरेको दरबारमार्ग प्रहरी बृत्तका डिएसपी कृष्णबहादुर पल्लीमगरले सेतोपाटीलाई बताए।
युवतीहरूले ग्राहक हेरेर दर निर्धारण गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए।
दरबारमार्गबाट पक्राउ परेका युवतीहरूको रेट १० हजारभन्दा माथि नै रहेको डिएसपी मगरले बताए। पक्राउ पर्नेमा विवाहित महिला पनि छन्। कतिपयका श्रीमानसँग सम्बन्धविच्छेद भएको छ। कतिपयका श्रीमान विदेशमा भएको प्रहरीले बताएको छ।
ट्याक्सीमा नै बसेर ग्राहक खोज्दै हिँडे पनि उनीहरूले दलाल पनि खटाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। ग्राहकबाट आएको रकममध्ये ट्याक्सी चालक र दलाललाई पच्चीस/पच्चीस प्रतिशत रकम दिइने गरेको उनले बताए।
गत फागुन १३ गते पनि दरबारमार्ग प्रहरीले दुई जना ट्याक्सी चालक र सात जना युवती यस्तै क्रियाकलाप संलग्न भएको भन्दै पक्राउ गरेको थियो। त्यतिबेला प्रहरी ग्राहक बनेर उनीहरूलाई समात्न सफल भएको थियो। चार महिना अवधिमा ‘मोबाइल सेक्स सर्भिस’का नाममा यौनधन्दा चलाउँदै हिँडेका चार जना ट्याक्सी चालक र १३ जना युवतीलाई पक्राउ गरिएको डिएसपी मगरले बताए। उनीहरूलाई प्रहरीले सार्वजनिक मुद्दा चलाएको थियो।
रसियन र भारतीय पनि
काठमाडौंमा अहिले यौनधन्दामा रसियन र भारतीय समूह सक्रिय रहेको प्रहरीले बताएको छ। उनीहरूले काठमाडौंको नयाँ बजार र बौद्धमा घर नै भाडामा लिएर यौनधन्दा चलाउने गरेका छन्। रसियन युवतीहरुले एक वर्ष अघिदेखि नै यौनधन्दा सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ।
२० वर्षभन्दा माथिका सात जना रसियन युवती यस्ता क्रियाकलापमा लागेको प्रहरीले बताएको छ।
ठूला र महँगो रेष्टेरन्टमा गएर उनीहरू आफैँ ग्राहक खोज्छन्।
उनीहरूको दररेट ३० देखि ५० हजार रुपैयाँको बीचमा हुने गरेको छ। केही नेपाली दलालले उनीहरूलाई साथ दिइरहेका छन्।
त्यस्तै भारतीय नागरिकले भने अधिकांश युवती भारतबाट नै ल्याउने गरेका छन्। उनीहरूले कम मात्रामा नेपाली युवती पनि प्रयोग गर्ने गरेका छन्। विभिन्न कार्यक्रमको बहानामा भारतबाट ल्याएका मोडललाई पनि उनीहरूले यस्तो काममा समावेश गराएका छन्।
उनीहरूको दररेट १५ देखि २० हजार रुपैयाँको बीचमा छ। रसियन र भारतीय समूहको ग्राहक 'हाइ प्रोफाइल’ भएका मानिसहरू हुन्।
काठमाडौं, २२ जेठ । कुटपिट गरेर तथा धम्क्याएर अभियुक्तलाई घटनाबारे बोल्न लगाउने प्रहरीको अनुसन्धान शैली फेरिँदै गएको छ। अपराध अनुसन्धानमा नेपाल प्रहरीले झुटो बोलेको पत्ता लगाउने आधुनिक पोलिग्राफ प्रविधिलाई प्राथमिकता दिएको छ।
दुई वर्षमा हजारभन्दा धेरै घटनामा प्रहरीले पोलिग्राफको सहयोगमा अनुसन्धान गरेको छ। प्रहरीले २३ माघ ०७० बाट अपराध अनुसन्धानमा पोलिग्राफ टेस्ट सुरु गरेको थियो। त्यसयता एक हजार १५ जना अभियुक्तमाथि पोलिग्राफ टेस्ट गरिएको अपराध अनुसन्धान विभागका एआइजी विज्ञानराज शर्माले बताए।
‘पोलिग्राफ टेस्टबाट धेरै जटिल घटनाको अनुसन्धान सुल्झिएको छ,’ एआइजी शर्माले भने, ‘अदालतले पनि सहायक प्रमाणका रूपमा स्वीकार गर्ने भएकाले मुद्दा पनि बलियो हुने गरेको छ।’
फुटबल खेलाडी विमल घर्तीमगरकी बहिनी मनीषाको मृत्युको छानबिनमा केही दिनअघि मात्र प्रहरीले मनीषाका प्रेमी आशिष चौधरीको पोलिग्राफ टेस्ट गरेको थियो। चौधरीले मनीषा झुन्डिएको बताएकोमा पोलिग्राफ टेस्टमा पनि उनले नढाँटको रिपोर्ट आएको थियो। जसले घटनाको अनुसन्धानलाई सहज बनायो।
तीन सय ८५ जनाले ढाँटेको पुष्टि
हालसम्मका एक हजार १५ मध्ये पोलिग्राफ टेस्टमा तीन सय ८५ जनाले ढाँटेको पुष्टि भएको थियो। ६५ जना अभियुक्तले पोलिग्राफ टेस्ट गर्नेबित्तिकै अपराध स्विकारेका थिए। त्यसअघि प्रहरीले पटक–पटक सोध्दा पनि उनीहरूले अपराध स्विकारेका थिएनन्।
त्यस्तै अनुसन्धानमा तानिएका चार सय ९० जनाले भने सोधपुछकै क्रममा नढाँटेको पोलिग्राफ टेस्टको रिपोर्ट आएको थियो। टेस्ट गरिएकामध्ये ७५ जनाको अस्पष्ट रिपोर्ट आएको छ । पोलिग्राफले अभियुक्त पत्ता लाग्ने मात्र होइन अनुसन्धानका लागि पक्राउ परेका निर्दोष व्यक्ति पनि छुट्ने गरेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ।
एजेन्सी,जेठ २१। बलात्कारको घटना कहाँ कहाँ हुन्छ ? घर, कार्याल, खेत, बारी, जंगल, गाडी, होटल आदि आदि ठाउँमा । हामीले अहिलेसम्म सुनको घटना यस्तै हुन् । तर तपाईलाई पत्याउन गाह्रो पर्ला एक अमेरिकी महिलामाथि चन्द्रमामा लगेर बलात्कार भएको छ । यो हामीले भनेको कुरा होइन । स्वयं बलात्कृत भएको भनिएकी महिलाले बताएकी हुन् ।
अमेरिकी एयरफोर्सकी पूर्व राडार ट्राफिक अधिकृत नियारा तेरेला इस्लेले आफुलाई चन्द्रमामा लगेर बलात्कार गरेको बताएकी हुन् । अमेरिकी सेनाकी पूर्व अधिकारी इस्लेको यस्तो अनौठो दावी पछि उनि चर्चामा आएकी छिन् । आफु अर्कै ग्रहका प्रााणी अर्थात् एलियन्ससँग धेरैपटक चन्द्रमामा पुगेको दाबी गरेकी छिन् । चन्द्रमामा लगेर आफुलाई बलात्कार गरेको उनको आरोप छ ।
तर यस्तो बलात्कार मान्छेले नर्भ एलियन्सले बलात्कार गरेको उनको दाबी छ ।
उनका अनुसार पहिलोपटक उनी २५ वर्षकी छँदा एलियन्स आएर उनलाई चन्द्रमामा लगेको थियो । चन्द्रमामा उक्त एलियनसँग उनले लामो समय बिताइन् । उनका अनुसार एलियन्स छेपारो तथा मानिस जस्तो थियो र उसका जुँगा पनि थिए । नियाराका अनुसार उनी नेभादाको तोनापा टेस्ट रेन्जमा तैनाथ रहँदा एकदिन उनले आँखा खोल्दा आफुालई चन्द्रमामा पाएकी छिइन् । उनको साथमा एलियन्स पनि थिए । आफु आफ्नो खुसीले चन्द्रमामा नगएको र एलियन्सले जबर्जस्ती लगेको भन्दै उनले आफुमाथि चन्द्रमामा बलात्कार भएको दाबी समेत गरेकी छिन् ।
जेठ २१, भाउजु आमा समान हुन्’ भन्ने भनाईलाई कैलालीका एक युवाले मिथ्या सावित गरेका छन् । आमालाई जस्तो सम्मान गर्नुपर्ने आफ्नै भाउजुलाई गर्भवती बनाएर ती युवाले यस्तो हर्कत देखाएका हुन् । प्राप्त जानकारी अनुशार कैलालीको लम्की चुहा–१३ मलभंगामा एक १७ वर्षीय देवरले भाउजुलाई गर्भवती बनाएका हुन् ।
दाजु विदेश गएको मौका पारी भाउजुसँग सल्किएका ती देबरले एक छोरीकी आमालाई गर्भवती बनाएका हुन् । श्रीमान विदेश गएको १ वर्ष पछि ती महिला गर्भवती भएकी थिइन् । गर्भवती भएकी ती महिलाले लाजै पचाएर ससुरालाई पेट सुनियो भनी झुट्टो बोलेर उपचारको बाहनामा अस्पताल गएपछि गर्भवती भएको रहस्य खुलेको हो । उनका श्रीमान् रोजगारीको सिलसिलामा मलेशीया छन् ।
श्रीमान् नभएको मौकामा ती महिलाले कान्छा ससुराका कान्छा छोरा (देवरंं सिद्ध देवकोटासँग लसपस गरेकी थिइन् । महिलाले देवकोटाकै गर्भ रहेको स्वीकार गरेपछि ससुराले बुहारीलाई घरमा नराख्ने बताएका छन् । ती महिलाले देवरलाई घरमै बोलाएर यौन सम्बन्ध राख्ने गरेको पनि स्वीकार गरेकी छिन् ।
यौन सम्र्पक गर्ने देवर भने २ महिनादेखि भारतमा रोजगारी गर्दै आएका छन् । पारिवारिक स्रोतका अनुसार देवकोटाले आफुलाई भाउजुले जवरजस्ती यौन सम्पर्क गर्न लगाएको बताएका छन् । गर्भवती युवतीको बयान यस्तो छ ।
१५ जेठ, काठमाडौं ।
नेपाली फुटवलका निक्कै चर्चित फुटवलर हुन् विमल घर्ती मगर । अण्डर एज टिममा हुँदा समेत राष्ट्रिय टिमको स्ट्राइकर बनेर चर्चित बनेका बिमलको सेलिब्रेटी स्टारडम उनको फ्यान फलोअरबाट प्रष्टिन्छ ।
उनी युरोपका क्लवबाट फुटवल समेत खेलिसकेका छन् । तर तीनै विमललाई यतिबेला भने बज्रपात परेको छ ।
नवलपरासी बर्दघाट ८ भुताहस्थित विमलको घरमा बुधबार राति विभत्स घटना भयो । घरमा एक्लै रहेकी उनकी बहिनी मनीषा घर्ती मृत अवस्थामा फेला परिन् ।
बहिनीको निधनपछि खुट्टाको लिगामेन्ट उपचारका क्रममा बेल्जियममा रहेका विमल अकस्मात नेपाल फर्किएका छन् । शुक्रबार विहान काठमाडौं आएपुगेका विमल विमानस्थलबाट सिधै बहिनीको शव हेर्न टिचिङ अस्पताल पुगे । बुधबार राति विमलको घरमा यस्तो दुखद् घटना हुँदा बिमल मात्र होइन उनकी आमा पनि घरमा थिइनन् । दाइ बिमल बेल्जियम गएको र आमा वुटबल गएको समयमा मनिषा मृत अवस्थामा भेटिएको भन्दै गाउँलेले खबर गरेपछि विहीबार प्रहरी टोली पुगेको थियो ।
बाबुको पनि अप्राकृतिक निधन
विमलकी बहिनीको हत्या वा आत्महत्या भन्ने खुट्टिन बाँकी छ । विमलको घरमा यस्तो अप्राकृतिक निधन भएकी मनीषा पहिलो सदस्य होइनन् । उनका पिताको पनि गोरुले हान्दा निधन भएको थियो । मोटरसाइकलमा सवार रहेको बेला साँढेले प्रहार गरेपछि उनको निधन भएको थियो । प्रहरी हवल्दार रहेका विमलका पिताको निधनपछि परिवारमा विमल र उनकी बहिनीलाई आमाले निक्कै दुःखले हुर्काएकी थिइन् ।
यस्तो थियो विमल र मनीषाबीच अन्तिम फेसबुक भलाकुसारी
१४ वर्ष अघि बाबुको त्यस्तो निधनबाट टुहुरो बनेका विमललाई पुनः त्यस्तै बज्रपात आइलागेको छ । उनको घरमा अव केवल आमा छोरा मात्र छन् ।
१३ जेठ । फुटवलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको मृत्यु रहस्यमय भएको भन्दै शव परीक्षणका लागि काठमाडौं पठाइएको छ ।
आज बिहान बर्दघाट–८ स्थित घरभित्र मृत भेटिएकी मनिषाको शव परीक्षणका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी लगिए पनि प्रहरीले शव परीक्षणका लागि काठमाडौं पठाएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्र चौधरीले भने – ‘शव परीक्षणका लागि काठमाडौँ पठाएका छौँ, यसले अनुसन्धानलाई सहयोग पुर्याउँछ ।’ घटनाको सूक्ष्म अनुसन्धानका लागि विशेष टोली खटाई काठमाडौं शव लैजान लागिएको प्रहरीले जनाएको छ ।
कोठामा रहेको खाटको सिरानतिरको सिसा फुटेको, कपडा लथालिङ्ग भएको अवस्थामा आफूहरु घटनास्थलमा पुगेको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
प्रहरीको नियन्त्रणमा रहेका तिलकपुरका २२ वर्षीय रुद्रनारायण चौधरी (आशिष)ले मनिषाको घर साँझ गएको तर फरक–फरक कोठामा सुतेको बयान प्रहरीलाई दिएका छन् । आमा नभएका बेला घर पुगेका उनी राति सामान्य झगडा भएपछि घर छोडेर हिँडेको प्रहरीले जनाएको छ । रासस
बागलुङको बोहोरागाउँमा आगलागीमा परी ज्यान गएका भनिएका दुई बालकको हत्या भएको रहस्य खुलेको छ । गएको वैशाख १४ गते बेलुका बोहोरागाउँ-७ सानो जिरीस्थित हेमबहादुर घर्तीको घर गोठमा आगलागी हुँदा उहाँका ६ वर्षकी नातिनी समुन्द्रा घर्ती र ३ वर्षका नाति मनोज घर्तीको ज्यान गएको थियो ।
आगलागीको घटनापछि गाउँमा चलेको चर्चा र विदेशमा रहेका मृतक बालबालिकाका बाबुको आशंकाका आधारमा अनुसन्धान गर्दा आगलागी भवितव्य नभई नियोजित भएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बालबालिकाको नियोजित हत्या गरेको आरोपमा मृतककी आमा २३ वर्षकी कमला घर्ती र उनीसँग अनैतिक सम्बन्धमा रहेका र हत्यामा संलग्न रहेका देविस्थान–४ का २२ वर्षका भिमबहादुर भण्डारीलाई बुर्तिबाङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कमलाका श्रीमान सन्तबहादुर केही वर्षदेखी मलेसियामा काम गर्दै आएका थिए । पक्राउ परेका भण्डारीले बिहे गर्ने योजनामा बाधा देखिएकाले दुई बालबालिकाको घाँटी च्यापेर हत्या गरेको स्वीकार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भण्डारीले साढे दुई वर्षदेखि आफूहरुको सम्बन्ध रहेको र सुनितालाई बिहे गर्ने प्रस्ताव राख्दा बालबालिकालाई छोडेर जान नसक्ने बताएकाले हत्या गर्ने योजना बनाएको बताए ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक चक्रबहादुर सिहंले अनैतिक सम्बन्धले भाग्ने योजनाका साथ बालबालिकाको हत्या भएको अनुसन्धानबाट खुल्न आएको बताउनुभयो । ‘अभियुक्त घाँस काट्न गएको र उहाँका सासु ससुरा घर बाहिर गएको मौका छोपेर भण्डारीले बच्चाको हत्या गरेको पाइएको उहाँको भनाई छ । प्रहरीले घटनाबारे थप अनुसन्धानका लागि बिहीबार जिल्ला अदालत बागलुङबाट १० दिनको म्याद थप गरेको छ ।
१३ जेठ, काठमाडौं ।
नेपाली फुटवलका निक्कै चर्चित फुटवलर हुन् विमल घर्ती मगर । उनी युरोपका क्लवबाट फुटवल समेत खेलिसकेका छन् ।
अण्डर एज टिमामा हुँदा समेत राष्ट्रिय टिमको स्ट्राइकर बनेर चर्चित बनेका बिमल यतिबेला बेल्जियममा छन् ।
तर उनी बेल्जियममा भएको समयमा नवलपरासी बर्दघाट ८ भुताहस्थित विमलको घरमा बुधबार राति विभत्स घटना भएको छ । घरमा एक्लै रहेकी उनकी बहिनी मनीषा घर्ती मृत अवस्थामा फेला परेकी छिन् ।
घटना हुँदा बिमल मात्र होइन उनकी आमा पनि घरमा थिइनन् । दाइ बिमल बेल्जियम गएको र आमा वुटबल गएको समयमा उनको घरमा एक युवक आएको छिमेकीहरुले बताएका छन् ।
विहान मनिषा मृत अवस्थामा भेटिएको भन्दै गाउँलेले खबर गरेपछि विहीबार प्रहरी टोली पुगेको थियो ।
उनको घाँटीमा कसैले गला दवाएको जस्तो चिन्ह रहेको समेत प्रहरीले खुलाएको छ ।
नवयुग श्रेष्ठलाई फेसबुकबाटै प्रेमिकाको भ्यालेन्टाइन शुभकामना
नवलपरासीका एसपी राजेन्द्र चौधरीका अनुसार मनिषा घरको खाटमा मृत अवस्थामा फेला परेकी थिइन् । छिमेकीहरुले राति एक युवक घर्तीको घरमा आएको र उनीहरुबीच झगडा परेको समेत बताएका छन् । राति झगडा गरेर युवक बाहिरिएपछि उनी मृत अवस्थामा फेला परेकी थिइन् ।
छिमेकीको बयानका आधारमा झगडा गरेर भागेको ठानिएका स्थानीय युवक आशिष चौधरी र अर्का एक युवकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले मनीषाको हत्या हो कि आत्महत्या भन्ने अझै प्रष्ट नभएको र पोष्टमर्टमपछि मात्र यो खुल्ने बताएको छ ।
पक्राउ पर्ने युवक बिमलका सहपाठी
आशिष र मनीषा प्रेम सम्बन्धमा रहेको अनुमान गरिएको छ । गाउँलेका अनुसार आशिष विमलका सहपाठी समेत हुन्। मनीषाको हत्या हो कि आत्मह्या भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
राति सम्म फेसबुकमा सक्रिय
विमलकी बहिनी मनीषा घटना हुनु केही घण्टा अघी सम्म पनि फेसबुकमा सक्रिय रहेको फेसबुकले देखाएको छ । २१ घण्टा अघी मात्र फेसबुक प्रोफाइल तस्विर परिवर्तन गरेकी मनीषाको तस्विरमा बेल्जियमबाट विमलले समेत कमेन्ट गरेका छन् ।
“मिस यू ब्यूटीफुल सिष्टर” भन्दै उनले गरेको कमेन्टमा “मिस यू टू ब्रोदर” भन्दै मनीषाले जवाफ फर्काएको देखिन्छ ।
राति सम्म फेसबुकमा सक्रिय थिइन् मनीषा
त्यसैगरी केही दिन अघि मात्र मनीषाले ‘आइ वान्ट टू स्लिप फर एभर” अर्थात “म सदाका लागि निदाउन चाहन्छु” भन्ने लेखिएको तस्विरलाई फ्रोफाइल पिक्चर बनाएको पनि फेसबुकबाट देखिएको छ ।
पक्राउ परेका युवक विमलका सहपाठी
मनीषाले हरेक जसो तस्विरमा बिमललाई ट्याग गरेको देखिन्छ ।
घटनाबारे राससको समाचार
फुटबलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको ‘हत्या’ गरेको आशङ्कामा प्रहरीले दुईजना युवालाई पक्राउ गरेको छ ।
गएराति नवपलरासीको बर्दघाट–८ पञ्चनगरस्थित घरमा एक्लै रहेकी उनी बिहीबार बिहान घरभित्र मृत फेला परेकी थिइन् ।
आमा अघिल्लो दिन कामका लागि बुटवल गएर बिहान घर फर्कंदा घरमा छोरी मृत भेटिएपछि आफन्त र प्रहरीलाई खबर गरेकी थिइन् । उनी मृत भेटिएको खाटमा रगतका दाग भेटिएको प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र चौधरीले जानकारी दिए ।
टेबुलमा खुट्टा र आधा शरीर खाटमा रहेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । बेलुका ८÷९ बजेतिर घटना भएको हुन सक्ने एसपी चौधरीले बताए। पक्राउ परेका दुवैजनालाई प्रहरीले अनुसन्धान थालेको छ बेलुकासम्ममा यथार्थ कुरा बाहिर आउँछ प्रहरी उपरीक्षक चौधरीले भने – “परीक्षणका लागि अस्पतालमा शव ल्याएका छौँ आत्महत्या हो कि कर्तव्य हो पत्ता लाग्छ ।”
उनको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा राखिएको छ । मनिषाको शव फेला परेपछि उनका आफन्त र साथीहरु शोकमा परेका छन् । उनी न्यूलाइफ उच्च मावि बर्दघाटमा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् ।



















