काठमाडौं, १२ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. गोविन्द केसीले केसीको मानसिक स्वास्थ्य अवस्थाप्रति प्रश्न उठाउँदै कडा विज्ञप्ति जारी गरेको छ ।
डा. केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलगायत आयुक्तहरुमाथि भ्रष्टाचारको आरोप लगाउँदै कारवाहीको माग गरेको केही घण्टा नबित्दै आयोगले विज्ञप्ति जारी गर्दै कडा शब्दमा भत्सर्ना गरेको हो ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करले विज्ञप्ति जारी गर्दै डा. केसीको मानसिक स्थिति ठीक नभएका कारण त्यस्तो आरोप लगाइएको बताएको हो ।
अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ,
‘डा. गोविन्द केसीद्वारा आज जारी प्रेस-विज्ञप्ति मार्फत नेपाल सरकारसँग प्रस्तावित बिभिन्न मागको फेहरिस्तमा आयोगका माननीय प्रमुख आयुक्त तथा माननीय आयुक्तहरु माथि मनोगत लाञ्छना सहित महाभियोग एवं कारबाहि प्रक्रिया आघि बढाउन राखेको मागप्रति आयोग कडा शब्दमा भर्त्सना गर्दछ । भ्रष्टाचार, अनाचार एवं सबैखाले बिसंगति बिरुद्दको महाअभियानमा क्रियाशील आयोगका माननीय प्रमुख आयुक्त र आयुक्तहरु प्रति लक्ष्यित डा. केसीको सो माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो भन्ने आयोगको ठम्याई छ ।’
डा. गोबिन्द के.सी. द्वारा आज जारी प्रेस-बिज्ञप्ति मार्फत नेपाल सरकारसँग प्रस्तावित बिभिन्न मागको फेहरिस्तमा आयोगका माननीय प्रमुख आयुक्त तथा माननीय आयुक्तहरु माथि मनोगत लाञ्छना सहित महाभियोग एवं कारबाहि प्रक्रिया आघि बढाउन राखेको मागप्रति आयोग कडा शब्दमा भर्त्सना गर्दछ । भ्रष्टाचार, अनाचार एवं सबैखाले बिसंगति बिरुद्दको महाअभियानमा क्रियाशील आयोगका माननीय प्रमुख आयुक्त र आयुक्तहरु प्रति लक्ष्यित डा. के.सी.को सो माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो भन्ने आयोगको ठम्याई छ । आयोग, मागको फेहरिस्तमा समुल्लेखन भएजस्तो आफ्ना कुनैपनि पदाधिकारीद्वारा आफ्नो र आफन्तको निहित स्वार्थका लागि चिकित्साक्षेत्रमा भर्ना गरेको, स्वास्थ्य तथा चिकित्सा क्षेत्रको सुधारको प्रक्रिया अबरुद्द तुल्याएको, भ्रष्टहरुलाई संरक्षण दिएको र कुनै पदाधिकारी बिशेषलाई सौदाबाजीमार्फत राजीनामा दिन वाध्य तुल्याएको भन्ने जस्ता तुच्छ अभियोगको तथ्यगत परिपुष्टीका लागि डा. के.सी.लाई चुनौति दिन चाहन्छ । जहाँसम्म काठमाण्डौं विश्वबिद्यालयको प्रवेश परिक्षामा हस्तक्षेप गरेको भन्ने थप आक्षेपको प्रश्न छ सो विषयमा सरोकारवालाहरुको असीमित उजुरीपछि आयोगले सम्बद्द नियामक निकाय “मेडिकल काउन्सिललाई” परिक्षाको निष्पक्षता परिक्षणका निम्ति निर्देशन दिएको तथ्य आयोग स्पष्ट पार्न चाहन्छ । प्रमुख आयुक्तले “व्यापारिक स्वार्थ” राखेको भन्ने जस्तो घृणित र निकृष्ट आक्षेपका हकमा त्यस्तो अमुक व्यापारिक स्वार्थमा उहाँको संलग्नता सावितीका लागि आयोग, डा. के.सी. लाई थप चुनौति दिन चाहन्छ र उहाँको व्यापारिक स्वार्थको सप्रमाण पुष्ट्याईं गरिदिएको खण्डमा उहाँले पदीय जिम्मेवारीबाटै सन्याश लिने उहाँको निजी घोषणा समेत सार्वजनिक गर्दछ । डा. के.सी. का तमाम गतिबिधिलाई आयोगले आफ्नो स्मृतिमा राखेको छ । यताका दिनमा चिकित्सा एवं स्वास्थ्य क्षेत्रको सुद्दताका लागि आयोगले आफ्नो कारवाहीधिकार भित्रै रहेर गरेको पहलबाट उत्तर्सिएका मेडिकल माफियाहरुसँगको डा. के.सी.को सानिध्यता, आयोगको अनुसन्धान प्रक्रियामा रहेका एकथरी स्वघोषित नागरिक अगुवा तथा संगठित अपराधी र भ्रष्टहरुसँगको उहाँको साँठगाँठ आयोगको दृष्टिबाट ओझेलमा छैनन् । वस्तुत: आयोग पदाधिकारीहरु बिरुद्द केन्द्रित पछिल्लो प्रस्तावलाई डा. के.सी.का यिनै सन्देहास्पद गतिबिधीका आलोकमा हेरिनुपर्दछ भन्ने आयोगको आग्रह छ । चिकित्सा तथा स्वास्थ्य क्षेत्रको सुधारका नाममा स्वास्थ्य क्षेत्रलाई नै बन्धक बनाउँदै डा. के.सी.ले गरेका विगतका प्रत्येक आन्दोलनले यस क्षेत्रलाई विकास र उत्थानको मार्गतर्फ नभई बिनाश र अबन्नतिको दिशातर्फ प्रवाहित गरेको आमबुझाई भन्दा पृथक आयोगको अभिमत छैन । अद्याबधी राष्ट्रसेवकको आवरणमा रहे पनि राष्ट्रसेवकको न्यूनतम् आचरण र पेशागत धर्म परिपालना नगर्ने र किस्ताबन्दीको उदण्डताको आडमा राज्यलाई धम्क्याउने जस्ता डा. के.सी.का कार्य प्रवृत्ति आफैंमा खेदजनक छन्। आयोग, डा. के.सी. लाई नेपाली चिकित्सा क्षेत्रको बिनाशको प्रतिनिधी बाहक नबन्न बरु आफूमा निहीत चिकित्सकीय योग्यतालाई उपचारका क्षेत्रमा भरपूर सदुपयोग गर्न सुझाब दिन चाहन्छ । सँगसँगै बारम्बार आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट बिमुख डा. के.सी.को मानसिक उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्थाका लागि समेत आयोग सरकारसँग आग्रह गर्दछ । डा. के.सी. ले स्वास्थ्य क्षेत्रको सुधारका नाममा उचो स्वर गरिरहँदा वहां आफैं कार्यरत त्रि.बि.शिक्षण अस्पतालको जर्जर अबस्थितिलाई झाँकेर हेर्नु वाञ्छित हुनेछ र वहाँमा सेवारत संस्थाप्रतिको न्यूनतम् दायित्वोध भएको खण्डमा शिक्षण अस्पतालको अस्वस्थताको उपचारका लागि आफूलाई तैनाथ गर्नु बुद्दिमानी हुनेछ । भ्रष्टहरुको माखेसाङ्गलोमा जेलिएका डा. के.सी. लाई कुसंगत परित्याग गर्न र प्रायोजित अभियन्ता नबन्न समेत आयोग थप सुझाब दिन चाहन्छ । वस्तुत: नेपाली स्वास्थ्य क्षेत्रको सुधार र विकासका सन्दर्भमा डा. के.सी.का खोक्रा अभियानबाट होइन आयोगको दृढ प्रतिबद्दता र पहलबाट निश्चित उपलब्धि हासिल भएको तथ्य आम नेपाली दाजुभाई दिदीबहिनीहरुमा बिदितै छ । साथै आयोग नेपाली स्वास्थ्य क्षेत्रमा बिद्यमान अराजकता, दण्डहिनता, माफियातन्त्र र सबै प्रकृतिका असंगतिहरुको अन्त्यका निम्ति सर्वथा क्रियाशील रहने दृढता व्यक्त गर्दछ । आयोग यस्ता कुनैपनि काल्पनिक र निराधार आक्षेपहरुको भ्रममा नपर्न आम-जनमानसमा आग्रह गर्दछ । साथ-साथै आयोग, भ्रष्टहरुद्वारा प्रायोजित मनोगत लाञ्छनाकै आधारमा भ्रष्टाचार बिरुद्दको आफ्नो कर्तव्यपथबाट किंचित बिचलित नहुने तथ्य समेत स्पष्ट पार्न चाहन्छ ।
तालिबानले पहिलेदेखि नै सुरक्षा थ्रेट दिइरहेको रहेछ । यो कुरा कम्पनीले हामीसँग लुकायो । सुरक्षा प्रवन्ध पनि केही गरेन । हामीले बेलाबेलामा सुरक्षाको माग गर्थेउँ तर कहिल्यै सुनवाई गरेनन् । मेरो घर नुवाकोटको त्रिशुलीमा छ । परिवारमा एउटा छोरा, एउटी छोरी र श्रीमती छन् ।
पहिले रोजगारीका लागि अरब गएको थिएँ । त्यहाँबाट फर्केपछि कुनै काम भएन ।
त्यसपछि अफगानिस्तान पठाउने एजेन्ट देवीरामलाई भेटेँ । त्यहाँ असुरक्षा छ भन्ने थाहा थियो । तर कमाई राम्रै हुने भनेपछि जोखिम मोलेर गएँ । म २०१२ मा अफगानिस्तान गएको हुँ । जाँदा करिब साढे तीन लाख खर्च भएको थियो । काबुलमा रहेको क्यानेडियन एम्बेसीको सुरक्षामा अरु नेपालीहरुसँगै म खटिएँ ।
एम्बेसीबाट करिब ३ किलोमिटरको दुरीमा हामी बस्ने लज थियो । त्यहाँबाट बिमानस्थलसम्म सामान्य बसमा ओहोरदोहार गराइन्थ्यो ।
त्यतिबेला हामीलार्इ सुरक्षित महसुस हुन्थ्यो । एम्बेसीमा काम गर्दा असुरक्षा थिएन, तर लजमा बस्दा र बसमा ओहोरदोहार गर्दा ९५ प्रतिशत असुरक्षा थियो ।
हाम्रो तलव मासिक ९ सय ५० डलर हुन्थ्यो । अरु सुविधा केही थिएन । ड्युटी आवर आठ घन्टा हो । लजबाट हामी बाहिर निस्कन पाउँदैन थियौं । हाम्रो संसार भनेकै कि लज र कि एम्बेसी थियो । त्यसबाहेक बसमा हिँड्दा बाहिर जति देखिन्थ्यो त्यही हो । हामी एक दिन पनि बाहिर घुमेर हिँड्न पाउदैनथ्यौं ।
विष्फोट हुँदा म ड्यूटीमा थिएँ । ड्याम्म आवाज आएको सुनियो । कता विष्फोट भयो भन्ने भयो । विष्फोटको आवाज त्यहाँ हाम्रो लागि नौलो थिएन । बेलाबेलामा नेपालीहरु पनि त्यसमा पर्थे । तर, यसपटक नेपालीहरु चढेकै बसमा विष्फोट भएछ ।
मेरो ड्यूटी ६ बजेसम्म थियो । ५ः२० तिर हानेछन् । त्यसपछि हामी बाहिर निस्कन सकेनौं । केही घन्टा त्यहीँ बितायौं । त्यसपछि आर्मोर्ड भेइकलबाट हामीलाई लजमा पुर्याइयो ।
एम्बेसीले केही दिनलाई आर्मोर्ड भेइकलको व्यवस्था मिलाएको छ ।
विष्फोटमा मेरो दाइ (ठुलोबाको छोरा) लिलबहादुर गुरुङ पनि पर्नुभएछ । अरु पनि मिल्ने साथीहरु थिए । साह्रै अत्यास लाग्यो । काम गर्न सक्ने अवस्था भएन । त्यसैले नेपाल फर्किने सोच बनाए ।
नेपालको सरकारले हामीलाई जहाजबाट ल्याउने व्यवस्था मिलायो । सरकारलाई धेरै धन्यवाद छ । आउँदा हामीले काम गरेको २० दिनको तलव छोड्नुपर्यो । जे होस आफ्नो देश फर्किन पाएकोमा खुशी छु ।
तर, यहाँ लामो समय बस्न सक्दिन होला । यहाँ काम पाइँदैन । अब सुरक्षित ठाउँ खोजेर जान्छु । अफगानिस्तानबाट फर्केका प्रेमबहादुर तामाङ बयान
असार-११। आमनेपालीहरुको साझा रोग हो,पायल्स! लोकलाजका कारण हामीहरु यस रोगले सताउँदा पनि चुपचाप छौं,यो रोग कसरी लाग्छ ? लक्षणहरु के के हुन ? घरेलु उपचार कसरी गर्न सकिन्छ ? पुरा पढ्नुहोस र धेरै नेपालीहरु यो रोगले पिल्सिएका छन त्यसैले तपाईंको एक शेय र पनि रोगीको लागि अ मुल्यको सहयोग हुनसक्छ त्यसै कृपया एक शेय र अवश्य गर्नुहोला । मानिसहरुको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ । यसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या भएको छ । लोकलाजका कारण धेरै मानिसहरुले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन । सामान्यतया पायल्स रोग त्यस्तो रोग हो जुन मलद्वारसँग सम्बन्धित छ । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ । पायल्स रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ । यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन ।
कसरी हुन्छ पायल्स?
पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो । पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुछ, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग
कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ ।
दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि यसको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।
पायल्स रोगीले के खाने ?
हरियो सागपात काँचै खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने, पानी प्रशस्त पिउने, फलफुल को सेवन पनि प्रशस्तै गर्ने ।
खाना खाँदा मुला, काँक्रो, गाँजर खाने ।
नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौकाले पनि पायल्स रोगीहरुलाई निकै फाइदा पुर्याउँछ ।
घरेलु उपचारः
एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा कसै कसैलाई रगत तथा पिप आउने जस्ता समस्या ठीक भएका छन् ।
कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ ।
नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा सन्चो भएको पाइएको छ ।
मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउने गर्दा पनि कसैलाई राहत मिल्दछ ।
आफ्नो पिसाबले गद्द्वार धुने ।
नियमित रुपमा योग र शारीरिक व्यायाम गर्दा पनि सन्चो हुन्छ । यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ । औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया पनि अन्तिम उपचार भने होइन । कहिलकोही शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ ।
पायल्सका बिरामीले के खाने के नखाने ?
अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, चना, भन्टा, आलु, बोतलबन्द खानेकुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिने । यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।
विशेष ध्यान दिनुपर्ने कुराः
पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम राम्रो विधि हो । एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ ।
हप्तामा दुई तीनदिन शुरुमा रोग बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ । डाक्टरको सल्लाहअनुसार केही राम्रो भएपछि बिस्तारै काँचै खानेकुरा खाएर बस्ने, पेटलाई हलुंगो बनाएर औषधि गर्दै जाने । यस्तै, पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा पलाएको मासु बिस्तारै सुक्दै जान्छ र पायल्स पनि बिस्तारै कम हुँदै जान्छ ।
असार -८,काठमाडौं । सन् २०१० डिसेम्बरको एक साँझ । सोमबार अफगानिस्तानको काबुलमा तालिबानी आक्रमणमा परी १२ नेपालीको मृत्यु भयो । यही अफगानिस्तान हो, जहाँ ६ वर्षअघि एक वीर नेपालीले तालिबानको सिङ्गो फौजलाई एक्लै परास्त गरेका थिए ।
रोयल गोर्खा राइफल्सका हवलदार दिपप्रसाद पुन अफगानिस्ताको हेल्मन्ड प्रान्तमा एक चौकीमा तैनाथ थिए । त्यत्तिकैमा बाहिर हल्लाखल्ला सुनियो । पुनले बाहिर नियाले । त्यहाँ तालिबानी विद्रोहीहरु सडकमा विस्फोटक पदार्थ बिछ्याउँदै थिए । नजर डुलाए ।
उनीसहितको चौकीलाई तालिबानी लडाकुले चारैतिबाट घेरिसकेका रहेछन् । दिप एक्लै थिए । सोचे, यसै पनि मर्नु नै छ, यत्तिकै आत्मसमर्पण गरेर किन मर्ने ? त्यसपछि उनले एक्लै भएपनि परिस्थितिको सामना गर्ने मनस्थिति बनाए ।
लडाकुहरुले फायर खोले । पुन आत्तिएनन् । उनले पनि आफूसँग रहेको मेसिन गनबाट फायर गर्न थाले । चारैतिर फर्किएर अन्धाधुन्द गोली बर्साए ।
घटनाबारे स्मरण गर्दै पुन भन्छन्, ‘त्यतिबेला म निरास थिइनँ । किनकी लड्नेभन्दा मसँग अरु कुनै विकल्प पनि थिएन । तालबानीहरुले चारैतिरबाट मलाई घेरेका थिए र म एक्लो थिएँ । मलाई थाहा थियो, म मर्ने निश्चित छ । तब लाग्यो सकेसम्म धेरैलाई मारेर मात्र मर्छु ।
८-असार । माग घटेपछि उत्पादक कम्पनीले धमाधम कामदार काटौती गर्न थालेका छन् । कोरियामा पानीजहाजको मागमा उच्च गिरावट आएपछि त्यसको प्रत्यक्ष असर नेपाली कामदारमा पर्ने भएको छ । ती कम्पनीमा ठूलो संख्यामा नेपाली काम गर्छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
हुन्डाई इन्डस्ट्रिज कम्पनी, सामसुङ हेभी इन्डस्ट्रिज कम्पनी र डेउ सिपबिल्डिङ एन्ड मेरिन इञ्जिनियरिङ कम्पनीमा जहाज उत्पादनमा यस वर्ष गिरावट आएको छ ।
रोजगार अनुमति प्रणालीमार्फत आएका आठ सय २५ नेपाली कामदार डेउ सिपबिल्डिङ एन्ड मेरिन इन्जिनियरिङ कम्पनीमा कार्यरत छन् ।
अहिले ती कम्पनीले कामदार कटौती सुरु गरेका छन् ।
हुन्डाई इन्डस्ट्रिज कम्पनीले मे महिनाको पहिलो साता मरिब तीन हजार कामदार कटौती गरेको छ भने सामसुङ हेभी इन्डिस्ट्रिज कम्पनीले स्वेच्छिक अवकाशको योजना ल्याएको छ ।
डेउ सिपबिल्डिङ एन्ड मेरिन इञ्जिनियरिङ कम्पनीले यही जुलाईदेखि मजदुरको सेवा सुविधा कटौतीको नयाँ नियम लागू गर्दैछ । ठूलो संख्यामा डेउ कम्पनीप्मा आश्रित नेपाली कामदार परिवर्तित प्रावधानको मारमा पर्नेछन् ।
२०१६ को सुरुवातदेखि पानी जहाजको मागमा गिरावट आएको थियो। माग घटेपछि जहाज उत्पादक कम्पनीले गत मार्चदेखि जनशक्ति घटाउँदै लगेका छन् ।
पानी जहाज उत्पादनमा उल्लेख्य कमी र मूल्य घटाउने दबाबका कारण थप जनशक्ति घट्ने निश्चित छ ।
असार ४, काठमान्डौ। यस्तो पनि हुँदो रहेछ दुनियाँमा । जहाँ छोरीको घर बसाउने आमा नै छोरीकी सौता बनेकी छिन् ।
घटना भारतको विहार राज्यस्थित मधेपुरा जिल्लाको हो । जहाँको पुरैनी गाउँमा एक महिलाले आफ्नै छोरीका श्रीमान (ज्वाई)सँग प्रेम गर्दै विहेसम्म गरेकी छिन् ।
आशा देवी नामकी यी महिलाले केही वर्ष पहिला मात्र आफ्नो छोरीको विहे धुमधामका साथ गरेकी थिइन् ।
तर, अहिले उनले ज्वाईसँगै पूर्णिया कोर्ट (अदालत)मा विहे गरेकी छिन् ।
यो सम्बन्ध थाहा पाएपछि छोरी बेहोस भएकी छिन् । त्यसपछि होसमा आएकी उनले सोच्न सकिरहेकी छैनन् कि जून आमाले उनको घर बसाएकी थिइन् त्यही आमाले घर बाड्न सक्छिन् र ?
यसरी बस्यो सासु र ज्वाईको प्रेम
छोरी विहे गरेर पठाएको केही दिनमै ज्वाई विरामी परे । यो खबर सुनेर सासु ज्वाईको हेरचाँह गर्न छोरीको घर पुगिन । फेरि एक–अर्काबीच प्रेमको टुसा पलायो । उनी आफ्नो घर फर्किइन् तर, ज्वाई र उनको प्रेम झन झन बढ्दै गयो । दुबै घण्टौसम्म एक–अर्काबीच फोनमा कुरा गर्न थाले ।
गाउँलेले सासु र ज्वाईले विहे गर्न लागेको थाहा पाएपछि उनीहरुले पञ्चायतबाट सासु र ज्वाई सँगै बस्ने निर्णय गराए । पञ्चायतले सासु र ज्वाईबीच गहिरो प्रेम भए दुबैलाई एक साथ बस्न दिनुपर्छ भन्यो । पञ्चायतको फैसलाले सासु र ज्वाई खुसी भए । त्यसको भोलिपल्ट ससुराले छोरीलाई घर लिएर आए ।
(भारतीय सञ्चारमाध्यमको सहयोगमा)
३२ जेठ, काठमाडौं । ‘प्लस टु अध्ययन गर्दा गर्दै बेरोजगारीका कारण आफन्तलाई काम खोजिदिनु भनेको थिएँ, विदेश पठाइदिन्छु भन्दै भारतमा लगि बिक्री गरेछन्’, बेचिएकी ती युवतीले भनिन् । १८ वर्षको उमेरमा बेचिएकी एक किशोरीले बेचिएको स्थानबाट फर्किएर जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोमबार उजुरी दिएकी छिन् ।
काभ्रे पाँचखाल नगरपालिका–११ तत्कालीन बालुवा गाविस घर भएकी १८ वर्षीया युवतीलाई दलालहरुले २०७१ साल बैशाख २० गते घरबाटै फकाएर दिल्ली पुगाएका थिए । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
‘आफू बेरोजगार रहेकाले आफन्तहरुलाई जागिर खोजिदिन भनेको थिएँ, जागिर राम्रो छ, कमाई राम्रो छ विदेश जानुपर्छ भन्दै उनीहरुले नै निःशुल्क पासपोर्ट बनाइदिए पीडितले भनिन्,‘पासपोर्ट बनाएको कुरा घरमा बुबा आमालाई समेत थाहा दिएको थिइन ।’ कक्षा ११ को अध्इयन गर्दै गर्दा आफन्त नाता पर्नेले उनलाई ललाईफकाई गरी भारतसम्म पुगाई बिक्री गरेर फर्किएका थिए ।
भारत हुँदै अबुधाबी पुर्याएकी उनलाई घरेलु कामदारको रुपमा एक अरबीको घरमा राखिएको थियो ।
घरेलु कामदारका रुपमा राखिएकी बालिकालाई घरका मालिकले अभद्र व्यवहारमात्रै गरेनन् दैनिक शारीरिक शोषण गर्न थाले ।
‘बच्चै छु, यस्तो काममा मलाई नलगाउनुस्, म सक्दिँन भन्दा पनि उसले मानेन’, युवतीले भनिन्, ‘तँलाई ६ लाख रुपैयाँमा किनेर ल्याएको पूजा गर्न होर ?’
खान लगाउन समेत नदिइकन एकोहोरो शोषण मात्रै गरेपछि बालिकाले भाग्ने प्रयास गरिन तर सफल भइनन् ।
करिब एक महिनापछि राति घरमा कोही नभएको मौका छोपी उनी अरबीको घरबाट त भागिन् तर जाने ठाउँ कहीँ भएन ।
२०७१ असोजमा नेपाली दूताबासको शरणमा पुगेकी उनलाई सिन्धुपाल्चोक समाजले सहयोग रकम संगलन गरेर पठाएपछि २०१४ डिसेम्बर १९ मा उनी बल्ल नेपाल फर्कन सफल भइन् ।
१८ वर्षमा बेचिएकी बालिका अहिले २० वर्षकी भएकी छिन् ।
एजेन्सी । एउटा बहुरंगी ब्वाँसोको तस्बिरले पछिल्लो समय इन्टरनेटको दुनियाँमा तहल्का मच्चाइरहेको छ । झट्ट हेर्दा त यसलाई तपाईंले ब्वाँसो नै देख्नुहुन्छ । तर, जब यी त तीन निर्बस्त्र युवती हुन् भन्ने वास्तविकता थाहा हुन्छ, तपाईं हेरेकोहेर्यै हुनुहुनेछ ।
जुन कारणले यो तस्बिर भाइरल बनेको छ, त्यसको कारण दर्शाउने भिडियो अहिले लाखौंले हेरिसकेका छन् । जब तपाईंलाई वास्तविकता थाहा हुन्छ, भिडियो पनि जरुर पटक-पटक हेर्नुहुनेछ ।
खासमा यो तस्बिरमा देखिएको बस्तु ब्वाँसो होइन । यी त ३ जना न्यूड (नाङ्गा) युवतीहरु हुन् ।
इटालीका कलाकार जोहानेस स्टेटेरले युवतीहरुको नाङ्गो शरीरमा पेन्टिङ गरेर यस्तो कलात्मक चित्र तयार पारेका हुन् ।
यहाँ तीन युवतीलाई एकसाथ बसाइएको छ । उनीहरुको शरीरमा आवश्यकता अनुसारको कलर गरिएको छ ।
उनका यस्ता कैयन कला छन्, जसको चर्चा विश्वभर हुनेगर्छ ।
काठमाडौँ, ३०, जेठ । लामो समयको वैज्ञानिक अनुसन्धान र परीक्षणबाट नास्टले प्लास्टिकबाट तेल उत्पादन गर्ने नयाँ प्रविधि सुरु गर्न लागेको हो । पछिल्लो समय नेपालमा विज्ञान र प्रविधिको विकासले तीव्र गति लिएसँगै वैज्ञानिक अनुसन्धानले परिणाममुखी सफलता हासिल गरेको छ । प्रविधिमा लगानी र प्रोत्साहन भएका खण्डमा नयाँ प्रविधिमा नेपालले फड्को मार्छ भन्ने दरिलो उदाहरण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले चरितार्थ गरेको छ ।
नास्टले जैविक प्रविधिमा चमत्कारिक फड्को मार्दै खेर गइरहेको प्लास्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने नयाँ प्रविधि आविष्कार गरेको हो ।
नास्टको पछिल्लो यो सफलताले देशमा बढ्दो इन्धनको अभाव कम गर्न र प्लास्टिकजन्य फोहर व्यवस्थापन गरी वातावरणीय प्रदूषण नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्लास्टिकबाट तेल निकाल्ने अभियानमा संलग्न नास्टका वरिष्ठ वैज्ञानिक डा रवीन्द्र ढकालले जैविक प्रविधिमा फड्को मार्दै नास्टले नयाँ प्रविधि भित्र्याएको बताउनुभयो । प्लास्टिकबाट पेट्रोल, डिजल र मट्टितेलमा परिणत गर्न सक्ने यन्त्र परीक्षणका लागि जापानबाट ल्याइएको छ ।
एक किलो प्लास्टिक, एक लि तेल
वैज्ञानिकका अनुसार एक किलोग्राम प्लास्टिकबाट एक लिटर पेट्रोलियम पदार्थ निकाल्न सकिन्छ । प्लास्टिकबाट निस्केको तेल ३० प्रतिशत र अन्य पेट्रोल ७० प्रतिशत मिसाएमा अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरीय तेलमा परिणत हुनेछ ।
अहिले यो प्रविधिबाट निस्केको तेल सिधै बस, ट्रक, ट्र्याक्टर जस्ता सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।
नयाँ ढाँचाका सवारी साधनका लागि भने केही मिश्रण गर्नुपर्ने हुन्छ । जापान सहित एसिया र युरोपका ४५ देशमा प्लास्टिकबाट तेल निकाल्ने प्रविधि प्रयोगमा छन् । भारत, चीन र जापानले यस्ता प्रविधिका उपकरण बिक्री गर्दैआएका छन् । नास्टले सो प्रविधिबाट इन्धन उत्पादन गर्ने उद्देश्यले चीनबाट उपकरण भित्र्याएको छ ।
करिब रु ३६ लाख मूल्यको उक्त यन्त्र वीरगन्ज भन्सारमा आइपुगेको नास्टले जनाएको छ । यन्त्र आएपछि अनुसन्धानसँगै तेल उत्पादनको काम सुरु गरिने वैज्ञानिक ढकालले बताउनुभयो ।
नास्टले तीन महिनाको अनुसन्धान र परीक्षण अवधिमा १५ लि पेट्रोलियम पदार्थ उत्पादन गरेको जानकारी दिँदै ढकालले सो प्रविधिबाट वातावरण प्रदूषण नियन्त्रण र बढ्दो इन्धनको अभावलाई पूर्ति हुने बताउनुभयो ।
नास्टले भूकम्प प्रभावित जिल्लामा पाल लगायत सामग्रीमा बढी प्लास्टिकजन्य पदार्थ हुने भएकाले ती क्षेत्रलाई प्राथमिकता दिएर तेल उत्पादन गरिने जनाएको छ । पुनःनिर्माणका क्रममा प्लास्टिक त्यत्तिकै खेर जाने र फोहर बढ्ने भएकाले त्यसको सदुपयोगसँगै तेल उत्पादन गर्नका लागि भूकम्प प्रभावित जिल्ला नै रोजाइमा परेको वैज्ञानिक ढकालले बताउनुभयो ।
तेत्तीस लाख बढी ग्राम प्लास्टिक खपत
एसियाली विकास बैंँकको एक प्रतिवेदन अनुसार एक नेपालीाबट प्रतिव्यक्ति प्रतिदिन खेर जाने प्लास्टिकको मात्रा १२० ग्राम छ ।
त्यस हिसाबले दुई करोड ८० लाख नेपालीबाट ३३ लाख ६० हजार ग्राम प्लास्टिक दैनिक खपत हुने गरेको छ । सो प्रविधि प्रयोग गर्ने हो भने दैनिक दुई हजार तीन सय किलोलिटर पेट्रोलियम पदार्थ निस्कन्छ । यसरी हेर्दा वार्षिक आठ लाख ५८ हजार ४८० किलोलिटर उत्पादन हुन्छ ।
नेपाल आयल निगमको तथ्याङ्क अनुसार वार्षिक १३ लाख किलोलिटर पेट्रोलियम पदार्थ खपत हुन्छ । भविष्यमा सो प्रविधिलाई नागरपालिकासँग साझेदारी गरेर अघि बढ्ने नास्टको योजना छ । यसमा प्रयोग भइसकेका र खेरगइरहेका प्लास्टिकलाई प्रयोग गर्न सकिन्छ, नयाँ प्लास्टिक चाहिँदैन ।
नास्टले अहिले भित्र्याएको यन्त्रबाट एक पटकमा एक घन्टाका अवधिमा १० केजी प्लास्टिक पेलेर १० लि तेल निकाल्न सकिन्छ ।
सो प्रविधिको अनुसन्धान प्रवद्र्धनमा ढकाल सहित नास्टका पाँच वैज्ञानिक लागिपरेका छन् । प्रा डा जीवराज पोखरेलले खेर गएको प्लास्टिकलाई तेलमा बदल्ने प्रविधि आविष्कार गर्न नास्टले वैज्ञानिक सफलता पाउनु देश विकासको सङ्केत हो भन्दै यो प्रविधिलाई थप अनुसन्धान र प्रवद्र्धन गर्ने योजना सुनाउनुभयो ।
जापानको एक गैरसरकारी संस्था इको पार्टीको सहयोगमा नास्टले जैविक प्रविधिमा आधारित प्लास्टिकबाट तेल उत्पादन सुरु गर्ने प्रविधिलाई नेपालमा प्रवद्र्धन गर्न अभियानै चलाएको थियो ।
पहिलो चरणमा एक महिना जापानबाट ल्याइएको यन्त्र जडानयुक्त ट्रक देशका विभिन्न स्थानमा लगेर प्लास्टिकबाट तेल निकाल्ने प्रविधि प्रदर्शन गरिएको थियो ।
एक वर्षअघि नास्टले इको पार्टीसँग उक्त प्रविधि भित्र्याउनेबारे द्विपक्षीय सम्झौता गरेको थियो । त्यसअनुरुप जापानको प्राविधिक तथा भौतिक सहयोगमा नेपालमा यसको पहिलो चरणको प्रचारात्मक अभियान सकिएको छ ।
बिहीबार, २७ जेठ, काठमाडौँ । नेपालमा विसं २०४६ देखि हालसम्म विश्वका कुल ८७ देशले जम्मा तीन हजार ५७८ उद्योग दर्ताका लागि स्वीकृति प्राप्त गरेका छन् भने त्यसमध्ये सबैभन्दा बढी चीनका उद्योग रहेका छन् । मुलुकमा पर्याप्त विदेशी लगानी भित्रिन नसकेको भन्ने गुनासो आइरहेका बेला छिमेकी मुलुक चीनका मात्र ९३० उद्योगले रु २५ अर्ब ४८ करोड ८० लाख भन्दा बढी लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् ।
विश्व बजारमा लगानीमार्फत प्रवेश गर्दैआएको चीनको उक्त लगानीबाट मुलुकमा करिब ४५ हजार ८६९ रोजगारी सिर्जना हुने उद्योग विभागले जनाएको छ ।विदेशी उद्योगको जम्मा लगानी रु एक खर्ब ९२ अर्ब ९४ करोड ९० लाख रहेको छ भने उक्त लगानीबाट दुई लाख १४ हजार १२१ रोजगारी सिर्जना भएको अनुमान छ ।
विदेशी उद्योगलाई प्रोत्साहन गर्न दर्ता प्रक्रियाका बारेमा जानकारी दिने उद्देश्यले विभागले निकट भविष्यमै विज्ञमार्फत निःशुल्क परामर्श सेवा दिन डेस्क स्थापना गर्ने विभागका निर्देशक रुद्रबहादुर मल्लले जानकारी दिनुभयो ।
यस बाहेक उद्योग दर्ताका लागि विभागले एकद्वार नीति बनाएर काम अघि बढाएपनि अन्य सरकारी निकायसँगको समन्वयको अभावमा त्यसमा भने सफलता प्राप्त गर्न नसकेको उहाँले बताउनुभयो । झन्डै एकवर्ष अघि उद्योग परिसरमा अध्यागमन र पर्यटन विभागलगायत आवश्यक सरकारी निकाय अन्तर्गतका एकाइ स्थापना गरिएपनि त्यसलाई निरन्तरता दिन नसकिएको विभागको भनाइ छ ।
चीनको मुख्य भूमिबाट उद्योग खोल्न स्वीकृत पाएका उपरोक्त ९३० उद्योगबाहेक चीन (हङकङ) बाट ३१ उद्योगले रु २५ अर्ब १८ करोड २० लाख भन्दा बढी लगानीका लागि स्वीकृत प्राप्त गरेका छन् ।
त्यस्तै चीन (ताइवान) बाट १५ उद्योगले करिब रु २७ करोड ४० लाख लगानी गर्न स्वीकृत प्राप्त गरेका छन् । हङकङ र ताइवानअन्तर्गतका समेत गरी जम्मा ४६ उद्योगले पाँच हजार २६१ रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ ।
विदेशी उद्योग दर्ता प्रक्रियाको सहजताका लागि विभागले हाल अनलाइन सेवा सुरु गर्ने तयारी गरेको र निकट भविष्यमै सेवा सञ्चालनमा ल्याउने विभागका विदेशी लगानी शाखाका निर्देशक विपीन राजभण्डारीले बताउनुभयो । यसका लागि विभागले गत वैशाख २२ गते परीक्षण सेवा समेत सुरु गरिसकेको छ ।
अनलाइन सेवा सुरु गर्न विश्व बैंकको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले प्राविधिक सहयोग गर्नुका साथै विभागका जनशक्तिलाई प्रशिक्षित गर्दै आएको छ ।
नेपालमा दर्ताका लागि स्वीकृति प्राप्त गरेका विदेशी उद्योगमध्ये सबैभन्दा बढी एक हजार १८३ उद्योग सेवा क्षेत्रका छन् भने सबैभन्दा कम ४५ निर्माण क्षेत्रका रहेका छन् ।
त्यस्तै, कृषि र वनमा आधारित २२२, ऊर्जा क्षेत्रका ७४, उत्पादनमूलक ९७२, प्रशोधन क्षेत्रका ६५ र पर्यटन क्षेत्रका एक हजार १५ उद्योग रहेको निर्देशक राजभण्डारीले जानकारी दिनुभयो । दर्ता भएका विदेशी उद्योगमध्ये २६५ ठूला, ३७५ मझौला र दुई हजार ९३८ साना प्रकृतिका छन् ।
नेपालमा रु तीन करोडसम्म स्थिर पुँजी भएका साना उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुन्छन् ।रासस
२२ जेठ, एजेन्सी । भारतीय संविधानको अनुसुचि ८ मा नेपाली भाषलाई मान्यता दिइएको, सबैतिर पहिचानको मुद्दा उठिरहेको र आफ्नो मातृ भाष नेपाली भएको भन्दै भारतीय जनता पार्टीका एक विधायकले नेपालीबाट सपथ लिएका थिए । भारतको असाम राज्यका एक विधायकले नेपाली भाषामा सपथ लिएपछि भारतभर हंगामा भएको छ ।
भारतको आसाम राज्य विधानसभाका नवनिर्वाचित सभासद गणेश कुमार लिम्बुले नेपाली भाषामा सपथ लिएपछि भारतीय मिडियाले यो विषयलाई निकै चासो र महत्वका साथ उठाएका छन् ।
यस्तै अर्कि सभासद अंगुरलता देकाले संस्कृत भाषामा ओहोदाको सपथ लिएको विषयलाई पनि भारतीय सञ्चार माध्यमले स्थान दिएका छन् ।
असामको विधानसभामा निर्वाचित विभिन्न समुदायका सभासदहरुले नेपाली, संस्कृत, आसमिज र बोडा भाषामा पद तथा गोपनीयताको सपथ लिएका थिए ।
यसैगरी, आसाम राज्यका १३ जना विधायकले बंगाली भाषामा, ११ ले बोडो, ५ जनाले अंग्रेजी र ९१ जनाले आसामी भाषामा सपथ लिएका छन् ।
आसाम राज्य विधानसभामा १ सय २६ कुल सिट रहेकोमा भारतीय जनता पार्टीले ८६ सिटमा विजय हासिल गरेर बहुमतको हैसियत बनाएको छ ।
चीनको उत्तरपश्चिम प्रान्त कान्सुको राजधानी लान्चोउबाट प्रस्थान गरेको रेलमा अगाडि रातो ब्यानरमा लेखिएको छ– दक्षिण एसियाली अन्तर्रा्ष्ट्रिय रेल यातायात, लान्चोउ—सिगात्से—काठमाडौं ।
गन्तव्य लान्चोउदेखि काठमाडौंसम्म भनिए पनि रेल सिगात्सेसम्म मात्र पुग्ने हो । तर, त्यसले बोकेका कन्टेनर काठमाडौं आइपुग्नेछन् ।
तर, पनि कान्सुको इकोनोमिक डेली मात्र होइन, चीनको प्रसिद्ध राष्ट्रिय दैनिक पिपुल्स डेलीको अनलाइन संस्करणमा पनि भनिएको छ– चीनदेखि काठमाडौंसम्म पहिलो रेल यातायातको सुरुवात ।
यो समाचारलाई काठमाडौंका मिडियाले उत्साहपूर्वक र दिल्लीका मिडियाले सतर्कतापूर्वक प्रकाशित गरेका छन् ।
बुधबार सुरु भएको यातायातको नयाँ सञ्जालले चीन र नेपालको व्यापारलाई धेरै सहज बनाएको छ । समुद्री बाटोबाट महिनौँ लगाउने सामान अब १० दिनको सेरोफेरोमै काठमाडौं पुग्नेछन् । यसरी अहिलेसम्म लाग्दै आएको ३५ दिनको बाटो जोगिने भएको छ ।
रेल प्रस्थान गर्नुअघि लान्चोउमा औपचारिक कार्यक्रम गरिएको थियो । लान्चोउ अन्तर्राष्ट्रिय पोर्ट डिस्ट्रिक्टबाट प्रान्तीय कमिटी तथा पार्टी सेक्रेटरी यू हैयानले रेल प्रस्थानको घोषणा गरेका थिए ।
नेपालबाट गएका व्यापारीहरूले ताली पिटेर उनलाई साथ दिएका थिए । कार्यक्रममा नेपालबाट काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी रुद्रसिंह तामाङ पनि उपस्थित थिए । उनी काठमाडौं र लान्चोउलाई भगिनी महानगर बनाउने औपचारिक कार्यक्रममा त्यहाँ पुगेका हुन् ।
लान्चोउ डिस्ट्रिक्टका व्यवस्थापकीय समितिका उपनिर्देशक निउ सियाङतोङले यो नयाँ रेल सेवाले भारतीय मार्गलाई उपेक्षा नगरेको बताए ।
‘रेल खुल्नु भनेको चीनका प्रान्तहरुबाट दक्षिण एसिया सामग्री र्पुयाउन भारतीय समुन्द्रलाई बाइपास गर्नु होइन् तर जमिनबाट सीधा सर्कल हुँदा यातायात खर्च कम हुनेछ । हाम्रो उद्देश्य त्यतिमात्र हो ।’
चीन रेलवे कन्टेनर यातायात लिमिटेड कम्पनीका अध्यक्ष उ युनथियान, तिब्बत स्वायत्त क्षेत्रका उपमहासचिव लोङ इन वाटरसिड, कान्सु प्रान्तीय सरकारका उपमहासचिव जर्नेल चियाङ युनपिङ, ल्हासा नगरपालिका कमिटीका उपमेयर छन वनछियाङ, सिगात्सेका उपमेयर चाङ सिउऊ कार्यक्रममा उपस्थित थिए ।
पिपुल्स डेलीका अनुसार रेलका ४३ वटा डिब्बाले ८६ वटा कन्टेनर बोकेका छन् । त्यसमा दैनिक उपभोग्य सामग्री रहे पनि विवरण उपलब्ध छैन । रेलले २ हजार ४ सय ३१ किलोमिटर यात्रा तय गरी सिगात्से पुग्नेछ । त्यहाँबाट केरुङसम्म ५ सय ६५ किलोमिटर र केरुङबाट काठमाडौंसम्म १६० किलोमिटरको सडकमार्ग तय गर्नेछ । आजको नयाँ पत्रिकामा समाचार छ।
सामान्यतया मोबाइल हराएपछि नभेटिन सक्छ । तर यो समस्या समाधान गर्न नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख १ गतेबाट नै हराएका मोबाइल ‘ट्रयाकिङ’ गरेर पत्ता लगाउने व्यवस्था गरिसकेको छ । प्राधिकरणले यही वैशाखदेखि नै यो सम्बन्धि व्यवस्था लागु गरिसकेको छ ।
मोबाइलको इन्टरनेसनल स्टेसन इक्विपमेन्ट ९आईएमआई०को आधारमा हराएका त्यस्ता मोबाइल पहिचान हुने प्राधिकरणले बताउको छ । आईएमआई कोड तपाई आफ्नो मोबाइलमा भेट्न सक्नुहुन्छ । तपाईल्ले नयाँ मोबाईल किन्ने वित्तिकै उक्त आईएमआई नम्बर सुरक्षित राख्नुपर्ने हुन्छ ।
उक्त नम्बरको साहयताबाट तपाईले आफ्नो हराएको मोबाइल प्राप्त गर्न सक्नुहुनेछ । नेपाल टेलिकममा यो व्यवस्था आउनु अघि एनसेलसँग मात्र यस्तो सेवा उपलब्ध थियो ।
पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सक्रियताका कारण मुलुकको मौसममा खराबी आएको छ ।
उक्त वायुको प्रभावले देशभर मौसम बदली हुनका साथै देशका अधिकांश भेगमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार अपराह्नदेखि सुरु भएको मौसमी प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गरेको र आज रातभर यसको प्रभाव जारी रहने मौसमविद् मीनकुमार अर्यालले बताए ।
‘पश्चिमको सुदूर तराई भेकबाहेक अहिले देशभर बदलीसँगै अधिकांश स्थानमा पानी परेको छ । यो प्रणाली रहिरहेपनि ठूलो पानी पर्ने देखिन्न,’ उनले भने । मौसमविद् अर्यालले मनसुन सुरु हुनुअघि (प्रिमनसुन) को झल्को देखाउने गरी मौसमी प्रणालीको विकास भएको बताए ।
आज सबैभन्दा बढी धनगढीमा ४७.८ मिलिमिटर वर्षा भएको छ, भने सबैभन्दा कम कास्कीको लुम्लेमा ०.५ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी विराटनगरमा १३.२, भैरहवामा ११.८, जिरीमा ९, दाङमा १५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।
बिहान घाम लागे पनि मध्याह्नपछि मौसमी प्रणाली सक्रिय हुने अवस्था केहिदिन जारी रहने बताइएको छ । पश्चिमका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।
पछिल्लो समय राजधानी काठमाडौँसहित देशभर गर्मी बढिरहेका बेला पानी परेकाले खासगरी तराई क्षेत्रमा केही रहत महसुस गरिएको छ । प्रमुख खाद्यान्य बाली मकै छर्ने बेला किसानले राहत महसुस गरेका छन् । मुलुकभरका जङ्गलमा आगलागीका घटना बढेका बेला ढिलोगरी भएको वर्षाले डढेलो नियन्त्रण तथा जैविक विविधता र पशुपक्षीलाई पनि राहत दिलाएको छ । पहाडी क्षेत्रमा भने हावाहुरीसँगै आएको वर्षाले खासै प्रभाव पारेको छैन । उच्च हिमाली भेगका केही स्थानमा हिमपातसमेत भएको छ ।
अपराह्न काठमाडौँमा पनि मेघ गर्जनसहित हल्का वर्षा र हावाहुरी चलेको छ । काठमाडौँमा ४.२ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.२ र अधिकतम तापक्रम २९ डिग्रीसेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस
अमेरिकाको टेक्सासकी एरिन क्याफीलाई संसारकै सबैभन्दा खतरनाक युवतीकोरुपमा लिइन्छ । कारण, उनले १६ वर्षको उमेरमा नै आफ्नो पूरा परिवारको हत्या गरेकी थिइन् । यो हत्याकाण्डपछि एरिन ८ वर्षदेखि जेलमा बन्द छिन
ब्रिटेन गट ट्यालेण्टका पूर्वजज पियर्स मोर्गनले हालै यी युवतीको अन्तर्वार्ता लिएका छन् ।
उनी पनि आफूले अहिलेसम्म देखेका तथा सुनेकामध्ये एरिन सबैभन्दा खतरानक अपराधी भएको मान्छन् ।
एरिन २००८ देखि टेक्सासको गेट्सभिलेस्थित हिलटप सेक्युरिटी जेलमा छिन् । आफ्नो नयाँ टिभी शो ‘किलर वुमन’का लागि अन्तर्वार्ता लिन पियर्स जेलमा पुगेका थिए । यस दौरान उनी खुबै डराएको देखिन्थे ।
आफू नर्भस भएको कुरा पिर्यस पनि स्वीकार्छन् । ‘हो साँच्चै म नर्भस थिएँ । सोच्दै थिएँ, एउटा परीजस्तो देखिने युवतीले कसरी आफ्नो पूरै परिवारको हत्या गर्न सक्छिन् ।’ पियर्स अघि भन्छन्, ‘म उसँग डराएको होइन, किनकी जेलमा त उसँग कुनै हतियार थिएन । नजिकै सेक्युरिटी गार्ड पनि थिए । तर, आजसम्म मैले जति पनि मानिसँग भेटेको छु, त्यसमध्ये एरिन सबैभन्दा खतरानक लाग्यो । देख्दा कत्ति पनि लागेन कि उनलाई आफ्नो परिवारको हत्या गरेकोमा पश्चाताप छ ।’
एरिनले आफ्नी आामा र ३ भाइको हत्या गरेकी थिइन् । उनी अब जेलमुक्त हुँदा ५९ वर्षको पुग्नेछिन् । यद्यपी आमा र भाइहरुको हत्या गरेपनि उनलाई भेट्न बाबु भने बेला-बेला जेल पुग्ने गर्छन् ।
नेपालको सबैभन्दा ठुलो र सस्तो अनि सरकारी स्वामित्वको टेलिफोन प्रदायक कम्पनी हो, नेपाल टेलिकम ।
टेलिकमले बेला बेलामा विभिन्न सुविधाहरु दिदै आएको छ । र अहिले फेरि नयाँ सुविधा दिएको छ ।
अब टेलिकमको पोष्टपेड सिमबाट विदेशमा पनि रोमिङ शुल्क नलाग्ने भएको जनाएको छ । टेलिकमले सार्वजनिक सूचना जारी गरी यसबारेमा जानकारी गराएको हो ।
टेलिकमले दिएको जानकारी यस प्रकार छ ।
तपाईँसँग पोस्टपेड मोबाइल छ र विदेश जान लाग्नु भएको छ भने अब नयाँ बिकल्प । नेपालमै भएको बेलामा पनि सबैतिर कल गर्न सकिन्छ ।
तपाईँसँग अब NTPro एकाउन्ट र इन्टरनेट सुविधा भए पुग्छ ।
नेपाल टेलिकमले नयाँ सेवाको रुपमा उपभोक्ताहरुलाई NTPro सेवा उपलब्ध गराउने भएको छ ।
NTPro प्रयोग गरी नेपाल वा विदेशबाट समेत GSM नेटवर्क बाहिर भएको तर कुनै Internet Zone भित्र रहेको अवस्थामा आफ्नै पोस्टपेड मोबाइलमार्फत विश्वभर कल गर्न वा कल प्राप्त गर्न सकिन्छ ।
यो सुविधा उपभोग गर्नका लागि पहिले इन्टरनेटको प्रयोग गरी आफ्नो जीएसएम पोस्टपेड मोबाइल मार्फत NTPro एकाउन्ट खोल्नु पर्छ । यसका लागि Apple App Store र Google Play Store बाट NTPro App डाउनलोड गर्नुपर्छ । sub ntpro टाईप गरी १४२८ मा SMS गरेपछि प्राप्त युजर नेम र पासवर्ड प्रयोग गरी यो सेवा उपयोग गर्न सकिन्छ ।
विदेशमा जाँदा रोमिङ सुविधा नलिइकन नै नेपालमा कल गर्नका लागि समेत यसको प्रयोग गर्न सकिन्छ । यो सेवा रोमिङ सेवाको सजिलो बिकल्पको रुपमा रहेको छ । NTPro बाट NTPro मा निःशुल्क कल गर्न सकिन्छ । NTPro बाट कल गर्दा वा रिसिभ गर्दा नेपाल टेलिकमको जीएसएम पोष्टपेड नम्बर नै कायम रहनेछ ।
यसबाट कम्पनीको नेटवर्कमा ( GSM,CDMA,PSTN Phone) कल गर्दा र कम्पनीको नेटवर्कबाट NTPro मा कल Receive गर्दा प्रतिमिनेट रु. ६।– शुल्क लाग्छ । त्यसैगरी यसबाट अन्तर्राष्ट्रिय कल गर्दा कम्पनीको विद्यमान अन्तर्राष्ट्रिय महसुल दर भन्दा रु. ६।– बढी शुल्क लाग्छ ।
१९ वैशाख
काठमाडौं ।
अमेरिकी डाइभर्सिटी भिषा (इडिभी)को नतिजा मंगलबार सार्वजनिक हुने भएको छ । अमेरिकाको कन्सुलर ब्यूरोको वेवसाइटमा उल्लेख भएअनुसार इडिभी २०१७ का लागि सन् २०१५ अक्टोवर १ देखि नोभेम्बर ३ सम्म खोलिएको डिभी चिठ्ठाको नतिजा आउँदो मंगलबार सार्वजनिक गरिनेछ ।
मंगलबार इडिभीको नतिजा सार्वजनिक भइसकेपछि डिभी परेकाहरुले सन् २०१७ को सेप्टेम्बर ३० सम्म कन्फरमेसन नम्बर लिइसक्नु पर्नेछ ।
साथै इडिभी २०१६ का लागि २०१४ अक्टोबर १ देखि नोभेम्बर ३ सम्म खोलिएको चिठ्ठा परेकाहरुले पनि आगामी सेप्टेम्बर ३० सम्म कन्फरमेसन नम्बर लिइसक्नुपर्नेछ । इडिभी २०१७ को नतिजा डिभी लट्री डट स्टेट डट जिओभीमा लगइन गरेर हेर्न सकिनेछ ।
अमेरिकी डाइभर्सिटी भिषा (इडिभी)को नतिजा मंगलबार सार्वजनिक हुने भएको छ । अमेरिकाको कन्सुलर ब्यूरोको वेवसाइटमा उल्लेख भएअनुसार इडिभी २०१७ का लागि सन् २०१५ अक्टोवर १ देखि नोभेम्बर ३ सम्म खोलिएको डिभी चिठ्ठाको नतिजा आउँदो मंगलबार सार्वजनिक गरिनेछ ।
मंगलबार इडिभीको नतिजा सार्वजनिक भइसकेपछि डिभी परेकाहरुले सन् २०१७ को सेप्टेम्बर ३० सम्म कन्फरमेसन नम्बर लिइसक्नु पर्नेछ ।
साथै इडिभी २०१६ का लागि २०१४ अक्टोबर १ देखि नोभेम्बर ३ सम्म खोलिएको चिठ्ठा परेकाहरुले पनि आगामी सेप्टेम्बर ३० सम्म कन्फरमेसन नम्बर लिइसक्नुपर्नेछ । इडिभी २०१७ को नतिजा डिभी लट्री डट स्टेट डट जिओभीमा लगइन गरेर हेर्न सकिनेछ ।
गत वर्षभन्दा यसपटक झन्डै १० हजार बढीले आवेदन फारम भरेका हुन्। प्रतिशतमा हिसाब गर्दा यसपटक फारम भर्ने गत वर्षभन्दा १८ प्रतिशतले बढेका छन् तर कोटा भने ६० प्रतिशतले घटेको छ।
सबैभन्दा धेरै धरान केन्द्रबाट १२ हजार दुई सय ७६ जनाले फारम भरेका छन्।
सबैभन्दा कम जनकपुरमा दुई सय १९ जनाले मात्र फारम बुझाएका ईपीएस कोरिया शाखाले जानकारी दिएको छ। उपत्यकामा ३१ हजार चार सय ८८ जना र उपत्यकाबाहिर २९ हजार एक सय ९० जनाले फारम भरेको देखिन्छ।कोटा घटेका बेला आवेदन संख्या थप बढ्नुले यसपटक भाषा परीक्षा निकै प्रतिस्पर्धा हुने देखिएको छ। पछिल्ला वर्ष ईपीएस परीक्षार्थीबीच निकै ठूलो प्रतिस्पर्धा हुने गरेको छ। उच्चशिक्षा हासिल गरेका प्रतिभाशाली युवाको पनि कोरियातिर मोह बढेकाले प्रतिस्पर्धा चुलिएको हो। प्रतिशतमा हिसाब गर्दा यसपटक फारम भर्ने गत वर्षभन्दा १८ प्रतिशतले बढेका छन् तर कोटा भने ६० प्रतिशतले घटेको छ।
कोरियाले गत वर्ष आठ हजार पाँच सय जनालाई भाषा परीक्षामा पास गरेको थियो। जबकी गत वर्ष जम्मा ५१ हजार जनाले फारम भरेका थिए। आगामी वर्ष जम्मा ३१ सय जना कामदार लैजाने जानकारी कोरियाले दिइरहँदा आकांक्षीको संख्या भने ह्वात्तै बढेको हो। ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले ६० हजार ६ सय ७८ जनाले आवेदन फारम भरेको जानकारी दिए। ‘कोटा घटेको छ। परीक्षा निकै प्रतिस्प्रधात्मक हुने भयो’, उनले भने। आवेदक धेरै हुनुले ईपीएसको पारदर्शी कामको पनि पुष्टि गर्ने उनले बताए। ईपीएस कोरिया शाखाले उपत्यकाबाहिर पाँच र उपत्यकामा पाँच स्थानबाट आवेदन फारम भर्न सकिने व्यवस्था मिलाएको थियो। उपत्यकाबाहिर डँडेलधुरा, पोखरा, बुटवल, धरान तथा जनकपुरबाट आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। यसैगरी, उपत्यकामा कीर्तिपुरको ल्याबरेटरी स्कुल, भ्याली स्कुल महाराजगन्ज, बेदविद्या श्रम बनकाली, महेन्द्र विद्या श्रम सातदोबाटो र च्यासल खेलमैदान बालकुमारीमा आवेदन फारम बुझाउने व्यवस्था मिलाइएको हो।
यसपटक आवेदनमा एमआरपी अनिवार्य गरिएको छ। विगतमा भन्दा यसपटक आवेदन फारम भर्दा व्यवस्थापन प्रभावकारी देखिएको छ। विगतमा भएका त्रुटि दोहोरिन नदिन पूर्वतयारी गरिएकाले सहजपूर्ण ढंगले आवेदन संकलन गर्ने काम सम्पन्न भएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ। कोरिया रोजगारीको आकर्षक गन्तव्य हो।
सबैभन्दा कम जनकपुरमा दुई सय १९ जनाले मात्र फारम बुझाएका ईपीएस कोरिया शाखाले जानकारी दिएको छ। उपत्यकामा ३१ हजार चार सय ८८ जना र उपत्यकाबाहिर २९ हजार एक सय ९० जनाले फारम भरेको देखिन्छ।कोटा घटेका बेला आवेदन संख्या थप बढ्नुले यसपटक भाषा परीक्षा निकै प्रतिस्पर्धा हुने देखिएको छ। पछिल्ला वर्ष ईपीएस परीक्षार्थीबीच निकै ठूलो प्रतिस्पर्धा हुने गरेको छ। उच्चशिक्षा हासिल गरेका प्रतिभाशाली युवाको पनि कोरियातिर मोह बढेकाले प्रतिस्पर्धा चुलिएको हो। प्रतिशतमा हिसाब गर्दा यसपटक फारम भर्ने गत वर्षभन्दा १८ प्रतिशतले बढेका छन् तर कोटा भने ६० प्रतिशतले घटेको छ।
कोरियाले गत वर्ष आठ हजार पाँच सय जनालाई भाषा परीक्षामा पास गरेको थियो। जबकी गत वर्ष जम्मा ५१ हजार जनाले फारम भरेका थिए। आगामी वर्ष जम्मा ३१ सय जना कामदार लैजाने जानकारी कोरियाले दिइरहँदा आकांक्षीको संख्या भने ह्वात्तै बढेको हो। ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले ६० हजार ६ सय ७८ जनाले आवेदन फारम भरेको जानकारी दिए। ‘कोटा घटेको छ। परीक्षा निकै प्रतिस्प्रधात्मक हुने भयो’, उनले भने। आवेदक धेरै हुनुले ईपीएसको पारदर्शी कामको पनि पुष्टि गर्ने उनले बताए। ईपीएस कोरिया शाखाले उपत्यकाबाहिर पाँच र उपत्यकामा पाँच स्थानबाट आवेदन फारम भर्न सकिने व्यवस्था मिलाएको थियो। उपत्यकाबाहिर डँडेलधुरा, पोखरा, बुटवल, धरान तथा जनकपुरबाट आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। यसैगरी, उपत्यकामा कीर्तिपुरको ल्याबरेटरी स्कुल, भ्याली स्कुल महाराजगन्ज, बेदविद्या श्रम बनकाली, महेन्द्र विद्या श्रम सातदोबाटो र च्यासल खेलमैदान बालकुमारीमा आवेदन फारम बुझाउने व्यवस्था मिलाइएको हो।
यसपटक आवेदनमा एमआरपी अनिवार्य गरिएको छ। विगतमा भन्दा यसपटक आवेदन फारम भर्दा व्यवस्थापन प्रभावकारी देखिएको छ। विगतमा भएका त्रुटि दोहोरिन नदिन पूर्वतयारी गरिएकाले सहजपूर्ण ढंगले आवेदन संकलन गर्ने काम सम्पन्न भएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ। कोरिया रोजगारीको आकर्षक गन्तव्य हो।
एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ उनको एक 'गोपनीय प्लेजर दस्ता'को खुलासा भएको छ । यसमा स्कूले युवतीहरुलाई सामेल गराइन्छ । यिनीहरुको उमेर १३ वर्षसम्मको हुन्छ । हालै सार्वजनिक भएको खबर अनुसार यी युवतीहरुलाई सैनिकले स्कूलबाटै उठाउँछन् ।
त्यसपछि तिनीहरुलाई उत्तर कोरियाको स्मल मिलिटरी सर्कलमा पेश गरिन्छ । अनि किम जोङ उनको प्लेजर दस्तामा भर्ती गरिन्छ । भर्ती गर्नुअघि उनीहरुको मेडिकल चेकअप हुन्छ । चेकअप पनि उनीहरुको भर्जिनिटी नस्ट भएको छ कि छैन भनेर पत्ता लगाउन ।
यस्तो खुलासा किमको प्लेजर दस्ताबाटै भागेकी एक युवतीले गरेकी हुन् । उनी सन २०१० मा साउथ कोरिया भाग्न सफल भएकी थिइन् । अहिले आएर उनले किमको प्लेजर दस्ताबारे खुलासा गरेकी हुन् ।
उनले भनिन्, 'जब म १५ वर्षको थिएँ, तब सेनाका केही जवानले मलाई स्कूलको क्लास रुमबाटै उठाएर लगे । त्यतिबेला उनीहरुले मलाई केही भनेनन्, चुपचाप लिएर हिँडे । पछि कसैसँग सेक्स त गरेको छैन नि भनेर सोधे ।'
उनी किम जोङ उनका पिता अर्थात उत्तर कोरियाका पूर्वशासक किम जोङ इलसँग एक दशकसम्म रहिन् । यद्यपी इलले उनीसँग कहिल्यै सेक्स गरेनन् । तर, उनको दावी छ कि उनीसँगै लगिएका अन्य साथीहरुसँग भने यौन सम्बन्ध पनि हुन्थ्यो ।
स्रोतकाअनुसार त्यहाँका शासकको मातहतमा एउटा वाइल्ड सेक्स पार्टी हुन्थ्यो । सो पार्टीमा सहभागी हुने सबै पुरुषले आफ्नो शीर मुण्डन गर्थे भने युवतीहरुको गुप्ताङ्ग शेव गरिन्थ्यो ।
यद्यपी किम जोङ उनले आफू सत्तामा आएपछि यस्तो ग्रुपलाई खारेज गरिदिएको बताइन्छ, जुन उनका बाबुले रासलिलाका लागि बनाएका थिए । यस्तो उनले सन २०११ मा सत्तामा आएपछि गरेका हुन् । किमले सोल-जु सँग विवाह पनि गरिसकेका छन् । उनकी एक छोरी छिन् ।
तर, अहिले किमले त्यो दस्तालाई पुन: ब्यूँताउन आदेश दिएका छन् । त्यसकालागि अग्ला र सुन्दर युवतीहरुलाई छनोट गर्न भनिएको छ । स्रोतलाई उद्धृत गर्दै Chosun Ilbo नामक अखबारमा छापिएको खबरअनुसार अहिलेसम्म छनोट गरिएका युवतीहरुलाई पोङ्याङस्थित सेन्टरपिस कोरियन होटलमा राखिएको छ । उनीहरुलाई हाल सुरक्षा तालिम दिइँदैछ ।
त्यहाँ सुरक्षा तालिम पूरा हुनुका साथै भर्जिन रहेको प्रमाणित भएपछि उनीहरुलाई किमको दस्तामा लगिनेछ ।
काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीले प्रगतिशील साहित्यकार, जनसांस्कृतिक अभियानकर्मी एवम् नेपाली कम्युनिस्ट आन्दोलनका परिपक्व योद्धा रामप्रसाद प्रदीप'को शुक्रबार साँझ हृदयाघातका कारण निधन भएकामा दुःख व्यक्त गरेको छ ।
उनको निधनबाट नेपाली समाजले प्रतिबद्ध सांस्कृतिक योद्धा र एमालेले असल कार्यकर्ता गुमाउनुपरेको पार्टी केन्द्रीय सचिवालय सचिव प्रदीपकुमार ज्ञवालीले आज शोक वक्तव्य जारी गरी जनाएका छन् ।
विसं २००४ साउन १ गते पिता होमनाथ तथा माता हरिकला पौडेलका कान्छा सुपुत्रका रुपमा पोखराथोक गाविस रयाले, अर्घाखाँचीमा जन्मिएका प्रदीपले नेपालको सांस्कृतिक रुपान्तरण र राष्ट्रिय जनसंकृति निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको तथा मोदनाथ प्रश्रित, जीवराज आश्रित, बुद्धिबहादुर थकालीसँग मिलेर स्थापना गरेको 'रेलिमाई सांस्कृतिक अभियान'ले बीसको दशकमा सामन्ती संस्कृति र निरङ्कुश शासनविरुद्ध नयाँ हलचल उत्पन्न गरेको जनाइएको छ ।
'नबिर्स नेपाली हो खोला सुसाएको देश, पराई घरको फूलबारीभन्दा आफ्नै पखेरा बेस' जस्ता कालजयी गीतका स्रष्टा उनका "मुलुकभित्र" नाटक, "विस्फोटन" कवितासङ्ग्रहलगायत कृति प्रकाशित छन् ।
विसं २०२६ मा नेकपाको सदस्यता प्राप्त गरेका प्रदीपले आफ्नो राजनीतिक र सांस्कृतिक प्रतिबद्धताका कारण पटक तत्कालीन प्रशासनको धरपकड र यातनाको सामना गर्नुपरेको थियो । लामो समयसम्म पत्रकारितासँग आबद्ध प्रदिप राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (तत्कालीन राजसाँमञ्च) को संस्थापक केन्द्रीय सदस्य र हाल सल्लाहकार थिए ।
उनले प्रगतिशील लेखक सङ्घको कावा अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् । उनी पार्टीको केन्द्रीय सांस्कृतिक विभागको सदस्यका रुपमा क्रियाशील थिए । दुई पटक जनक शिक्षा सामग्री केन्द्रको महाप्रबन्धकको जिम्मेवारी सम्हालेका रामप्रसाद कुशल व्यवस्थापक समेत हुन् । एमाले केन्द्रीय कमिटीले स्व प्रदीपप्रति भावपूर्ण श्रद्धान्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
















