‘जी स्पट’ जर्मन गाइनाकोलोजिस्ट अन्स्र्ट ग्राफेनबर्गका नामबाट राखिएको हो । त्यसैले यसलाई ग्राफेनबर्ग स्पट पनि भनिन्छ । यो महिलाको योनीको दुई इन्च भित्र हुन्छ ।
क्लिटोरिसको पछाडितिर योनीको अगाडिको भित्तातिर हुन्छ । यो सिमी आकारको हुन्छ ।
सिमी आकारको र स्पन्जजस्तो हुन्छ यो । सम्भोगको बेला ‘जी स्पट’ उत्तेजित हुनेगर्छ । ‘जी स्पट’ रगतका नसा र स्नायुहरुको जालोले बनेको हुन्छ । यो अति नै संवेदनशील हुन्छ ।
सम्भोगको बेला पुरुषको लिंगको घर्षणले यो चरम उत्तेजित हुन्छ र महिलालाले चरम सुख पाउने गर्छन् ।
बझाङ, असार १७ – सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा बुधबार लगातार भूकम्प गएका छन् । बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा पहिलो भूकम्प गएको र ५ बजेर ५१ मिनेटमा १३ औँ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको, ३ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको र ३ बजेर २९ मिनेटमा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएका हुन् ।
तेह्रवटै भूकम्पको केन्द्रविन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्वको मयानामा परेको छ । भूकम्पपछि स्थानीय बासिन्दा घरबाहिर र खुला ठाउँमा जम्मा भएका थिए ।
काठमाडौं– धन कमाउन अफगानिस्तान पुगेका पति मधुसूदन आतंककारीको आत्मघाती हमलामा परे । त्यसयता घरी मूच्र्छित हुने त घरी झस्किएर कराउनु मैयाँको नियति बनिरहेछ ।बालाजु हाइटको लोलाङ बस्ती । भुइँतलाको बाहिरपट्टि एक हुल पुरुष छन् । सबै मलीन, कोही कसैसँग बोल्न सकिरहेका छैनन् । भित्र कोठामा महिलाहरू छन्, ती पनि मौन । सबैका आँखा रसाएका देखिन्छन् ।
शोकको माहोलबीच अर्धचेत अवस्थामा बर्बराइरहेकी छन्, मैयाँ कोइराला ।
सोमबार दिउँसो जीवनकै सबैभन्दा अप्रिय खबर सुनिन् उनले । उनी हत्ते गर्छिन्, ‘तिमीलाई सधैं एक्लै छोडें, एक–डेढ वर्षपछि सधैं सँगै बसौंला भन्नुहुन्थ्यो तर कहिल्यै नआउने गरी कहाँ जानुभयो तपाईं !’ यति भनिनसक्दै उनी फेरि अर्धचेत भइहालिन् ।
लामो समयपछि होसमा आउँदा पतिले गरेको यही वाचाले उनको दिमाग खलबल्याउँछ । फेरि बर्बराउन थाल्छिन्, ‘भूकम्पले छोराछोरी खोस्यो, भगवान्ले श्रीमान् !’ यति भनिनसक्दै फेरि लल्याकलुलुक भएर ढलिहाल्छिन् ।
उनलाई सहारा दिन बसेका छन्, प्रमिला, कविता, रञ्जिता र मनीषा । तर, उनीहरू आफैं ओइलाएका छन् । आँखामा आँसु कति बेलै टुट्दैन । घरीघरी सम्हालिएर एकअर्कासँग बोल्न खोज्छन् तर सक्दैनन् ।
विस्फोटमा परी मृत्यु हुने १२ नेपालीमध्ये मधुसूदन कोइरालाको परिवार केही महिनायता नुवाकोटबाट काठमाडौं आई बालाजु बस्न थालेको थियो । मैयाँ मधुसूदनकी पत्नी हुन् भने प्रमिला, कविता, रञ्जिता र मनीषा छोरी ।
नेपाली सेनाबाट निवृत्तिभरण भएपछि मधुसूदन चार वर्षअघि रोजगारीका लागि अफगानिस्तान गएका थिए । ‘वर्षदिनमा आउँदै, जाँदै गर्नुहुुन्थ्यो,’ मधुसूदनका भाइ नरहरिले भने, ‘गत वर्ष भूकम्पमा छोरा र छोरी घरले किचेर मा¥यो, अहिले दाइ बित्नुभयो ।’
गत वर्षको शक्तिशाली भूकम्पले मधुसूदनको नुवाकोटस्थित घर गल्र्याम्मै ढाल्यो । त्यही घरले किचिएर ११ वर्षीया छोरी स्वस्तिका र ९ वर्षीय छोरो शिशिरको प्राण गयो । यो घटनापछि बिरक्तिएको परिवार पुख्र्याैली थलो छाडेर काठमाडांै झ¥यो । भूकम्पपछि मधुसूदन नेपाल आएर केही समयपछि फेरि अफगानिस्तान फर्के । गत वैशाखमा परिवार भेट्न फेरि काठमाडौं आए । दुई साताअघि मात्र अफगानिस्तान फर्किएका थिए । परिवारका अनुसार उनले अब केही समय काम गरेर सधैंका लागि नेपाल फर्कने योजना सुनाएका थिए । ‘एकडेढ वर्ष काम गरेपछि फेरि नजाने गरी आउने भन्नुभएको थियो,’ नरहरि सम्झन्छन्, ‘तर, कहिल्यै नआउने गरी जानुभएछ ।’
अफगानिस्तानको कमाइले काठमाडौंमा घडेरी जोडिसकेका थिए, मधुसूदनले । अब घर बनाउने योजनामा थिए । नरहरिका अनुसार मधुसूदनकै आम्दानीमा सम्पूर्ण परिवार आश्रित छ । ‘गाउँमा जग्गा छैन, काठमाडौंमा पनि आम्दानीको कुनै स्रोत छैन,’ उनले भने, ‘यस्तो बेला
सरकारले उपस्थिति जनाएर केही व्यवस्था गरिदिए मन बुझाउने बाटो हुन्थ्यो !’
अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान विस्फोटमा परी मृत्यु हुने सबैका परिवारको अहिले उही मनोदशा छ । पर्वतका नवीनसिंह क्षत्रीकी पत्नी माया पनि दुई दिनदेखि अर्धचेत छिन् । क्षत्री परिवार बालाजुमा डेरा लिएर बस्दै आएको छ । मायाको वनस्थली चोकमा फेन्सी पसल छ । पसलमै बसिरहेका बेला उनले पतिलाई सधैंका लागि गुमाउनुपरेको दुःखद खबर सुनेकी थिइन् । क्षत्री दम्पतीकी एक छोरी छिन्, सोनु । उनी सिद्धार्थ वनस्थली स्कुलमा कक्षा ९ मा पढ्छिन् । पिताको मृत्युको खबरले उनी पनि होस हराएझैं छिन् । मंगलबार उनी आँखाभरि आँसु पार्दै घरी भित्र घरी बाहिर गरिरहेकी थिइन् ।
केही बोल्न सकिरहेकी छैनन् ।
नवीनसँग अघिल्लो दिन राति १२ बजे कुरा भएको मायाले छिमेकीलाई बताएकी रहिछन् । छिमेकीले जनाएअनुसार नवीनका साथीले पत्नीलाई फोन गरेर घटनाबारे जानकारी गराए । तिनै साथीकी पत्नीले मायालाई खबर गरिन् । त्यसलगत्तै अर्धचेत भएकी माया बौरिन सकेकी छैनन् ।
२०५७ सालमा सशस्त्र प्रहरीको हवल्दारमा भर्ती भएका नवीनलाई द्वन्द्वकालमा घाइते भएकाले अवधि नपुग्दै एक तह बढुवा गरेर अवकाश दिइएको थियो ।
असार-१४,दोलखा । ‘दुई सन्तान, ईश्वरका बरदान’ भन्ने नारा टिभिमा देखाइएकै छ । शहरमा स्मार्ट दम्पत्तिको नारा चर्काे छ । सुनौलो परिवार भनेर सुन्दर कुरा गरेको पनि शहरमै सुनिन्छ । सरकारले परिवार नियोजन र परिवार स्वास्थ्यका लागि भनेर महाशाखा नै खोलिदिएको छ । यतिले नपुगेर दातृ निकायले पनि लगानी गरिरहेकै छन् ।
दोलखाको उत्तरी भेगमा रहेको एक गाविस कालिन्चोकका एक ‘सुत्केरी’ आमा छोरीको तस्बिर हो यो । आमाछोरी नै काखे बच्चासहित काममा थिए । आमा धनमाया थामीले बच्चा जन्माएको ६ महिनापछि छोरी कुमारी थामीले पनि बच्चा पाइन् ।
धनमायाले जन्माएको यो नवौं सन्तान हो । यसअघि नै ४ छोरा र ४ छोरी जन्माइसकिन् उनले । उनीहरुलाई भूकम्पले घरबार बिहीन बनाएको थियो अघिल्लो वर्ष । यसवर्ष खडेरीले उब्जनीबिहीन बनाएको छ ।
त्यसैले उनीहरुका दुःख यतिमै सकिदैनन् । ११ दिनकी सुत्केरी कुमारी थामी झण्डै १ घन्टाको दूरीमा रहेको अर्काे गाविस खोपाचाकुमा पर्ने बारीमा मकै गोड्न गएकी थिइन्, सन्तानसहित । पिठ्युमा कोक्रो र हातमा कोदालो थियो उनको । पहेंलै थियो, हातखुट्टा र आठेको कलेटी गएको थिएन ।
९ सन्तानकी आमा बनेकी कुमारीकी आमा धनमायासँग पनि उस्तै दुःख छन् ।
खेतीको उब्जनीले ११ जनाको जहान परिवार पाल्न मुश्किल भएपछि उनका श्रमिान् दार्जिलिङतिर गएका छन् कामको खोजीमा । बाँकी मेलापात ८ जना छोराछोरीको हेरबिचार उनकै थाप्लोमा छ ।
दुःखमा पनि ओठको हाँसो भने हराएको छैन । दुःख बिर्सेर उनीहरुले हाँस्ने यो हाँसोले सरकार र सरोकारवालालाई गिज्याइरहेको छ ।
हस्तमैथुन सामान्य, आनन्ददायक र स्वस्थ प्रक्रिया हो । हस्तमैथुनबारे पुरुष खुल्ने गरेपनि महिलाहरु भने यसमामलामा त्यति खुल्न चाहँदैनन् । नर्थवेस्ट्रन युनिभर्सिटीकी स्त्रीरोग विशेषज्ञ डा. लौरेन स्ट्रिचरका अनुसार महिलाका लागि हस्तमैथुनका धेरै फाइदा छन् । यसले तनाव कम गर्न, निद्रा लगाउन र स्वस्थ रहन मद्दत गर्छ ।
अध्ययनहरुका अनुसार १८ वर्षमाथिका अधिकांश महिलाले कम्तीमा एकपटक हस्तमैथुन गर्छन् । अमेरिकाको इण्डियाना विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार २५देखि २९ वर्षसम्मका महिलामा ७.९ प्रतिशतले हप्तामा तीनपटक हस्तमैथुन गर्छन् । हस्तमैथुन गर्ने पुरुषको संख्या भने २३.४ प्रतिशत थियो ।
१. खुशी दिन्छ
‘हामी सबैलाई थाहा छ, आनन्दले मानिसलाई खुशी दिन्छ’, स्ट्रिचर भन्छिन्, ‘यो वास्तवमै सजिलो पनि छ ।’ चरमोत्कर्षले इण्डोर्फिन डोपामाइन र अक्सिटोसिन उत्पादन गर्छ, जसले मानिसको मूड अझ राम्रो बनाउछ ।
२. शरीरसंग अझ सहज हुन सकिन्छ
शरीर तपाईंको असल साथी हुनुपर्छ– जीवनभर साथ रहने यो मात्र एउटा कुरा हो । त्यसैले आफ्नै शरीरबाट के–के प्राप्त गर्न सकिन्छ, त्यस उपायबारे खोजबिन गर्नुहोस् । ‘कसरी आत्म–मनोरन्जन लिन सकिन्छ भनेर महिलाले आफ्नै शरीरको मुल्यांकन गर्नु महत्वपूर्ण हो ।’स्ट्रिचर भन्छिन् ।
३. सेक्स लाइफमा सुधार ल्याउन सक्छ
हस्तमैथुनले शरीरलाई कुन चिज सही हुन्छ भनेर पत्ता लगाउन सहयोग गर्छ । यसबाट आत्मविश्वास बढ्छ र पार्टनरसंगको संबन्ध सुमधुर हुन्छ । आफ्ना शरीरको स्थानबारे पार्टनरलाई पनि भन्न सकिन्छ ।
४. निद्रा लाग्छ
हस्तमैथुनबाट चरमोत्कर्षमा पुगिसकेपछि राम्रोसंग निद्रा पर्छ । चरमोत्कर्षले शारीरिक र भावनात्मक रुपमा तनावरहित बनाउछ, जसले चाँडो निद्रा पर्छ । स्ट्रिचर भन्छिन्, ‘सामान्यतः हस्तमैथुनपछि मानिस राम्रोसंग सुत्छन्, यसले तनावरहित र सन्तुष्ट बनाउँछ ।’ उनका अनुसार सुत्नुअघि पुस्तक पढ्नुजस्तै हो, जसले निद्रा लाग्छ ।
५. यौनिक तनाव घटाउने महत्वपूर्ण उपाय
यदि सेक्स नगर्ने निर्णय गरिएको छ भने यौनसम्बन्धी तनाव हटाउने र सेक्स सन्तुष्टि प्राप्त गर्ने महत्वपूर्ण उपाय हो ।
६. महिनावारीको समयमा हुने पीडा हटाउछ
हस्तमैथुन शरीरमा भएको पीडा हटाउन र महिनावारीको समयमा हुने पीडा हटाउन लाभदायक मानिन्छ । स्ट्रिचरका अनुसार आवश्यक परे महिनावारीको समयमा पनि हस्तमैथुन पनि गर्न सकिन्छ । उनका अनुसार हिटिङ प्याडभन्दा पीडा घटाउन यो राम्रो उपाय हो ।
७. तनाव घटाउँछ
यसले योगा गरिएजस्तो र खुट्टाको मसाज गरिएजस्तै तनावबाट मुक्त गराउछ । सेक्स र आत्मउत्तेजना तनाव घटाउने एउटै उपाय हो ।
८. शरीरलाई यौनिक बनाइराख्छ
सेक्स नगर्दा पनि हस्तमैथुनले शरीरलाई यौनिक बनाइराख्न मद्दत गर्छ । यसले तन्तुहरुलाई लचिलो र स्वस्थ बनाउछ । शरीरमा रक्तसञ्चार बढाउछ ।
९. हस्तमैथुनका साधन उपलब्ध हुन्छन्
युवतीहरुका लागि बजारमा हस्तमैथुनका साधन उपलब्ध हुन्छन् । जसलाई प्रयोग गरेर यौनिक आनन्द लिन सकिन्छ ।
१०. चरमोत्कर्ष प्राप्त गर्न सकिन्छ
शरीरलाई कसरी प्रयोग गर्दा आनन्द आउछ, त्यसलाई राम्रोसंग बुझनुपर्छ । पुरुषका लागि चरमोत्कर्ष छिट्टै प्राप्त हुन्छ भने महिलालाई चरमोत्कर्षमा पुग्न समय लाग्छ ।
सोमबार, १३ असार
काठमाडौ । ‘ग्लोबल हाइड्रोलोलिजकल मोडेलहरुले घनघोर वर्षापछि बाढीको आंकलन गरेकाले हामीले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाएका छौं,’ शाखाका बाढी भविष्यवाणी विज्ञ विनोद पराजुलीले भने,‘सकेसम्म सर्वसाधारण सचेत होऊन् र धनजनको क्षति नहोस भन्ने हाम्रो उदेश्य हो ।’
भारी वर्षासँगै आउँदो साता देशैभरका नदीमा बाढी आउन सक्ने ‘ग्लोबल हाइड्रोलोजिकल मोडेल’ले भविष्यवाणी गरेको छ ।
कोसी, नारायणी, गण्डकी, कर्णाली,पश्चिम राप्ती, महाकाली, वागमतीलगायत सवै नदीमा बाढी आउन सक्ने ग्लोबल हाइड्रोलोजिकल मोडेलको प्रक्षेपण छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी भविष्यवाणी शाखाले गत वर्षको मनसुनदेखि नक्सालस्थित कार्यालयबाट २४ सै घण्टा देशका मुख्य मुख्य नदीमा आउन सक्ने बाढीको अनुगमन गर्दै सर्वसाधारणलाई सतर्क गराउँदै आएको छ ।
आउँदो साताको भविष्यवाणीपछि विभागले सर्वसाधारणलाई बाढीको पूर्वसूचना दिन काम थालेको छ । आजको कान्तिपुरमा समाचार छ ।
काठमाडौं, १२ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. गोविन्द केसीले केसीको मानसिक स्वास्थ्य अवस्थाप्रति प्रश्न उठाउँदै कडा विज्ञप्ति जारी गरेको छ ।
डा. केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलगायत आयुक्तहरुमाथि भ्रष्टाचारको आरोप लगाउँदै कारवाहीको माग गरेको केही घण्टा नबित्दै आयोगले विज्ञप्ति जारी गर्दै कडा शब्दमा भत्सर्ना गरेको हो ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करले विज्ञप्ति जारी गर्दै डा. केसीको मानसिक स्थिति ठीक नभएका कारण त्यस्तो आरोप लगाइएको बताएको हो ।
अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ,
‘डा. गोविन्द केसीद्वारा आज जारी प्रेस-विज्ञप्ति मार्फत नेपाल सरकारसँग प्रस्तावित बिभिन्न मागको फेहरिस्तमा आयोगका माननीय प्रमुख आयुक्त तथा माननीय आयुक्तहरु माथि मनोगत लाञ्छना सहित महाभियोग एवं कारबाहि प्रक्रिया आघि बढाउन राखेको मागप्रति आयोग कडा शब्दमा भर्त्सना गर्दछ । भ्रष्टाचार, अनाचार एवं सबैखाले बिसंगति बिरुद्दको महाअभियानमा क्रियाशील आयोगका माननीय प्रमुख आयुक्त र आयुक्तहरु प्रति लक्ष्यित डा. केसीको सो माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो भन्ने आयोगको ठम्याई छ ।’
डा. गोबिन्द के.सी. द्वारा आज जारी प्रेस-बिज्ञप्ति मार्फत नेपाल सरकारसँग प्रस्तावित बिभिन्न मागको फेहरिस्तमा आयोगका माननीय प्रमुख आयुक्त तथा माननीय आयुक्तहरु माथि मनोगत लाञ्छना सहित महाभियोग एवं कारबाहि प्रक्रिया आघि बढाउन राखेको मागप्रति आयोग कडा शब्दमा भर्त्सना गर्दछ । भ्रष्टाचार, अनाचार एवं सबैखाले बिसंगति बिरुद्दको महाअभियानमा क्रियाशील आयोगका माननीय प्रमुख आयुक्त र आयुक्तहरु प्रति लक्ष्यित डा. के.सी.को सो माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो भन्ने आयोगको ठम्याई छ । आयोग, मागको फेहरिस्तमा समुल्लेखन भएजस्तो आफ्ना कुनैपनि पदाधिकारीद्वारा आफ्नो र आफन्तको निहित स्वार्थका लागि चिकित्साक्षेत्रमा भर्ना गरेको, स्वास्थ्य तथा चिकित्सा क्षेत्रको सुधारको प्रक्रिया अबरुद्द तुल्याएको, भ्रष्टहरुलाई संरक्षण दिएको र कुनै पदाधिकारी बिशेषलाई सौदाबाजीमार्फत राजीनामा दिन वाध्य तुल्याएको भन्ने जस्ता तुच्छ अभियोगको तथ्यगत परिपुष्टीका लागि डा. के.सी.लाई चुनौति दिन चाहन्छ । जहाँसम्म काठमाण्डौं विश्वबिद्यालयको प्रवेश परिक्षामा हस्तक्षेप गरेको भन्ने थप आक्षेपको प्रश्न छ सो विषयमा सरोकारवालाहरुको असीमित उजुरीपछि आयोगले सम्बद्द नियामक निकाय “मेडिकल काउन्सिललाई” परिक्षाको निष्पक्षता परिक्षणका निम्ति निर्देशन दिएको तथ्य आयोग स्पष्ट पार्न चाहन्छ । प्रमुख आयुक्तले “व्यापारिक स्वार्थ” राखेको भन्ने जस्तो घृणित र निकृष्ट आक्षेपका हकमा त्यस्तो अमुक व्यापारिक स्वार्थमा उहाँको संलग्नता सावितीका लागि आयोग, डा. के.सी. लाई थप चुनौति दिन चाहन्छ र उहाँको व्यापारिक स्वार्थको सप्रमाण पुष्ट्याईं गरिदिएको खण्डमा उहाँले पदीय जिम्मेवारीबाटै सन्याश लिने उहाँको निजी घोषणा समेत सार्वजनिक गर्दछ । डा. के.सी. का तमाम गतिबिधिलाई आयोगले आफ्नो स्मृतिमा राखेको छ । यताका दिनमा चिकित्सा एवं स्वास्थ्य क्षेत्रको सुद्दताका लागि आयोगले आफ्नो कारवाहीधिकार भित्रै रहेर गरेको पहलबाट उत्तर्सिएका मेडिकल माफियाहरुसँगको डा. के.सी.को सानिध्यता, आयोगको अनुसन्धान प्रक्रियामा रहेका एकथरी स्वघोषित नागरिक अगुवा तथा संगठित अपराधी र भ्रष्टहरुसँगको उहाँको साँठगाँठ आयोगको दृष्टिबाट ओझेलमा छैनन् । वस्तुत: आयोग पदाधिकारीहरु बिरुद्द केन्द्रित पछिल्लो प्रस्तावलाई डा. के.सी.का यिनै सन्देहास्पद गतिबिधीका आलोकमा हेरिनुपर्दछ भन्ने आयोगको आग्रह छ । चिकित्सा तथा स्वास्थ्य क्षेत्रको सुधारका नाममा स्वास्थ्य क्षेत्रलाई नै बन्धक बनाउँदै डा. के.सी.ले गरेका विगतका प्रत्येक आन्दोलनले यस क्षेत्रलाई विकास र उत्थानको मार्गतर्फ नभई बिनाश र अबन्नतिको दिशातर्फ प्रवाहित गरेको आमबुझाई भन्दा पृथक आयोगको अभिमत छैन । अद्याबधी राष्ट्रसेवकको आवरणमा रहे पनि राष्ट्रसेवकको न्यूनतम् आचरण र पेशागत धर्म परिपालना नगर्ने र किस्ताबन्दीको उदण्डताको आडमा राज्यलाई धम्क्याउने जस्ता डा. के.सी.का कार्य प्रवृत्ति आफैंमा खेदजनक छन्। आयोग, डा. के.सी. लाई नेपाली चिकित्सा क्षेत्रको बिनाशको प्रतिनिधी बाहक नबन्न बरु आफूमा निहीत चिकित्सकीय योग्यतालाई उपचारका क्षेत्रमा भरपूर सदुपयोग गर्न सुझाब दिन चाहन्छ । सँगसँगै बारम्बार आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट बिमुख डा. के.सी.को मानसिक उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्थाका लागि समेत आयोग सरकारसँग आग्रह गर्दछ । डा. के.सी. ले स्वास्थ्य क्षेत्रको सुधारका नाममा उचो स्वर गरिरहँदा वहां आफैं कार्यरत त्रि.बि.शिक्षण अस्पतालको जर्जर अबस्थितिलाई झाँकेर हेर्नु वाञ्छित हुनेछ र वहाँमा सेवारत संस्थाप्रतिको न्यूनतम् दायित्वोध भएको खण्डमा शिक्षण अस्पतालको अस्वस्थताको उपचारका लागि आफूलाई तैनाथ गर्नु बुद्दिमानी हुनेछ । भ्रष्टहरुको माखेसाङ्गलोमा जेलिएका डा. के.सी. लाई कुसंगत परित्याग गर्न र प्रायोजित अभियन्ता नबन्न समेत आयोग थप सुझाब दिन चाहन्छ । वस्तुत: नेपाली स्वास्थ्य क्षेत्रको सुधार र विकासका सन्दर्भमा डा. के.सी.का खोक्रा अभियानबाट होइन आयोगको दृढ प्रतिबद्दता र पहलबाट निश्चित उपलब्धि हासिल भएको तथ्य आम नेपाली दाजुभाई दिदीबहिनीहरुमा बिदितै छ । साथै आयोग नेपाली स्वास्थ्य क्षेत्रमा बिद्यमान अराजकता, दण्डहिनता, माफियातन्त्र र सबै प्रकृतिका असंगतिहरुको अन्त्यका निम्ति सर्वथा क्रियाशील रहने दृढता व्यक्त गर्दछ । आयोग यस्ता कुनैपनि काल्पनिक र निराधार आक्षेपहरुको भ्रममा नपर्न आम-जनमानसमा आग्रह गर्दछ । साथ-साथै आयोग, भ्रष्टहरुद्वारा प्रायोजित मनोगत लाञ्छनाकै आधारमा भ्रष्टाचार बिरुद्दको आफ्नो कर्तव्यपथबाट किंचित बिचलित नहुने तथ्य समेत स्पष्ट पार्न चाहन्छ ।
तालिबानले पहिलेदेखि नै सुरक्षा थ्रेट दिइरहेको रहेछ । यो कुरा कम्पनीले हामीसँग लुकायो । सुरक्षा प्रवन्ध पनि केही गरेन । हामीले बेलाबेलामा सुरक्षाको माग गर्थेउँ तर कहिल्यै सुनवाई गरेनन् । मेरो घर नुवाकोटको त्रिशुलीमा छ । परिवारमा एउटा छोरा, एउटी छोरी र श्रीमती छन् ।
पहिले रोजगारीका लागि अरब गएको थिएँ । त्यहाँबाट फर्केपछि कुनै काम भएन ।
त्यसपछि अफगानिस्तान पठाउने एजेन्ट देवीरामलाई भेटेँ । त्यहाँ असुरक्षा छ भन्ने थाहा थियो । तर कमाई राम्रै हुने भनेपछि जोखिम मोलेर गएँ । म २०१२ मा अफगानिस्तान गएको हुँ । जाँदा करिब साढे तीन लाख खर्च भएको थियो । काबुलमा रहेको क्यानेडियन एम्बेसीको सुरक्षामा अरु नेपालीहरुसँगै म खटिएँ ।
एम्बेसीबाट करिब ३ किलोमिटरको दुरीमा हामी बस्ने लज थियो । त्यहाँबाट बिमानस्थलसम्म सामान्य बसमा ओहोरदोहार गराइन्थ्यो ।
त्यतिबेला हामीलार्इ सुरक्षित महसुस हुन्थ्यो । एम्बेसीमा काम गर्दा असुरक्षा थिएन, तर लजमा बस्दा र बसमा ओहोरदोहार गर्दा ९५ प्रतिशत असुरक्षा थियो ।
हाम्रो तलव मासिक ९ सय ५० डलर हुन्थ्यो । अरु सुविधा केही थिएन । ड्युटी आवर आठ घन्टा हो । लजबाट हामी बाहिर निस्कन पाउँदैन थियौं । हाम्रो संसार भनेकै कि लज र कि एम्बेसी थियो । त्यसबाहेक बसमा हिँड्दा बाहिर जति देखिन्थ्यो त्यही हो । हामी एक दिन पनि बाहिर घुमेर हिँड्न पाउदैनथ्यौं ।
विष्फोट हुँदा म ड्यूटीमा थिएँ । ड्याम्म आवाज आएको सुनियो । कता विष्फोट भयो भन्ने भयो । विष्फोटको आवाज त्यहाँ हाम्रो लागि नौलो थिएन । बेलाबेलामा नेपालीहरु पनि त्यसमा पर्थे । तर, यसपटक नेपालीहरु चढेकै बसमा विष्फोट भएछ ।
मेरो ड्यूटी ६ बजेसम्म थियो । ५ः२० तिर हानेछन् । त्यसपछि हामी बाहिर निस्कन सकेनौं । केही घन्टा त्यहीँ बितायौं । त्यसपछि आर्मोर्ड भेइकलबाट हामीलाई लजमा पुर्याइयो ।
एम्बेसीले केही दिनलाई आर्मोर्ड भेइकलको व्यवस्था मिलाएको छ ।
विष्फोटमा मेरो दाइ (ठुलोबाको छोरा) लिलबहादुर गुरुङ पनि पर्नुभएछ । अरु पनि मिल्ने साथीहरु थिए । साह्रै अत्यास लाग्यो । काम गर्न सक्ने अवस्था भएन । त्यसैले नेपाल फर्किने सोच बनाए ।
नेपालको सरकारले हामीलाई जहाजबाट ल्याउने व्यवस्था मिलायो । सरकारलाई धेरै धन्यवाद छ । आउँदा हामीले काम गरेको २० दिनको तलव छोड्नुपर्यो । जे होस आफ्नो देश फर्किन पाएकोमा खुशी छु ।
तर, यहाँ लामो समय बस्न सक्दिन होला । यहाँ काम पाइँदैन । अब सुरक्षित ठाउँ खोजेर जान्छु । अफगानिस्तानबाट फर्केका प्रेमबहादुर तामाङ बयान
असार-११। आमनेपालीहरुको साझा रोग हो,पायल्स! लोकलाजका कारण हामीहरु यस रोगले सताउँदा पनि चुपचाप छौं,यो रोग कसरी लाग्छ ? लक्षणहरु के के हुन ? घरेलु उपचार कसरी गर्न सकिन्छ ? पुरा पढ्नुहोस र धेरै नेपालीहरु यो रोगले पिल्सिएका छन त्यसैले तपाईंको एक शेय र पनि रोगीको लागि अ मुल्यको सहयोग हुनसक्छ त्यसै कृपया एक शेय र अवश्य गर्नुहोला । मानिसहरुको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ । यसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या भएको छ । लोकलाजका कारण धेरै मानिसहरुले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन । सामान्यतया पायल्स रोग त्यस्तो रोग हो जुन मलद्वारसँग सम्बन्धित छ । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ । पायल्स रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ । यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन ।
कसरी हुन्छ पायल्स?
पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो । पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुछ, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग
कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ ।
दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि यसको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।
पायल्स रोगीले के खाने ?
हरियो सागपात काँचै खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने, पानी प्रशस्त पिउने, फलफुल को सेवन पनि प्रशस्तै गर्ने ।
खाना खाँदा मुला, काँक्रो, गाँजर खाने ।
नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौकाले पनि पायल्स रोगीहरुलाई निकै फाइदा पुर्याउँछ ।
घरेलु उपचारः
एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा कसै कसैलाई रगत तथा पिप आउने जस्ता समस्या ठीक भएका छन् ।
कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ ।
नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा सन्चो भएको पाइएको छ ।
मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउने गर्दा पनि कसैलाई राहत मिल्दछ ।
आफ्नो पिसाबले गद्द्वार धुने ।
नियमित रुपमा योग र शारीरिक व्यायाम गर्दा पनि सन्चो हुन्छ । यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ । औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया पनि अन्तिम उपचार भने होइन । कहिलकोही शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ ।
पायल्सका बिरामीले के खाने के नखाने ?
अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, चना, भन्टा, आलु, बोतलबन्द खानेकुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिने । यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।
विशेष ध्यान दिनुपर्ने कुराः
पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम राम्रो विधि हो । एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ ।
हप्तामा दुई तीनदिन शुरुमा रोग बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ । डाक्टरको सल्लाहअनुसार केही राम्रो भएपछि बिस्तारै काँचै खानेकुरा खाएर बस्ने, पेटलाई हलुंगो बनाएर औषधि गर्दै जाने । यस्तै, पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा पलाएको मासु बिस्तारै सुक्दै जान्छ र पायल्स पनि बिस्तारै कम हुँदै जान्छ ।
असार -८,काठमाडौं । सन् २०१० डिसेम्बरको एक साँझ । सोमबार अफगानिस्तानको काबुलमा तालिबानी आक्रमणमा परी १२ नेपालीको मृत्यु भयो । यही अफगानिस्तान हो, जहाँ ६ वर्षअघि एक वीर नेपालीले तालिबानको सिङ्गो फौजलाई एक्लै परास्त गरेका थिए ।
रोयल गोर्खा राइफल्सका हवलदार दिपप्रसाद पुन अफगानिस्ताको हेल्मन्ड प्रान्तमा एक चौकीमा तैनाथ थिए । त्यत्तिकैमा बाहिर हल्लाखल्ला सुनियो । पुनले बाहिर नियाले । त्यहाँ तालिबानी विद्रोहीहरु सडकमा विस्फोटक पदार्थ बिछ्याउँदै थिए । नजर डुलाए ।
उनीसहितको चौकीलाई तालिबानी लडाकुले चारैतिबाट घेरिसकेका रहेछन् । दिप एक्लै थिए । सोचे, यसै पनि मर्नु नै छ, यत्तिकै आत्मसमर्पण गरेर किन मर्ने ? त्यसपछि उनले एक्लै भएपनि परिस्थितिको सामना गर्ने मनस्थिति बनाए ।
लडाकुहरुले फायर खोले । पुन आत्तिएनन् । उनले पनि आफूसँग रहेको मेसिन गनबाट फायर गर्न थाले । चारैतिर फर्किएर अन्धाधुन्द गोली बर्साए ।
घटनाबारे स्मरण गर्दै पुन भन्छन्, ‘त्यतिबेला म निरास थिइनँ । किनकी लड्नेभन्दा मसँग अरु कुनै विकल्प पनि थिएन । तालबानीहरुले चारैतिरबाट मलाई घेरेका थिए र म एक्लो थिएँ । मलाई थाहा थियो, म मर्ने निश्चित छ । तब लाग्यो सकेसम्म धेरैलाई मारेर मात्र मर्छु ।
काठमाडौं, ८ असार । एउटा लहडमा प्रेम बस्छ र अर्को मोडमा साइबर क्राइमले एउटालाई प्रहरीको खोर, अर्कोलाई विरहको पोखरीमा पुर्याउँछ ।शहरतिर आजकल ‘ब्रोइलर’ मायाका अनेकन व्यथा छन्, फेसबुक, टुवीटर र ह्वाट्समार्फत गाँसिने । दक्षिण कोरियामा थिए, अभय बाँस्कोटा । १२ घण्टा काममा जोतिएपछि फुर्सदमा फेसबुक खोल्थे । त्यहीँ भेटे विनिता लामा (नाम परिवर्तन) लाई ।
शरीर सुन्दर थियो, उमेर सुहाउँदो । अभयले फ्रेण्ड रिक्वेस्ट पठाए । विनिताले स्वीकारीन् । दुई महिनामै ‘मन’ साटासाट चल्न थाल्यो । करिब एक वर्ष अफेयर चल्यो । शरीर भेट नभए पनि एकापसबिना बाँच्नै नसक्ने स्थिति भयो ।
अभय दुई महिना अघि स्वदेश फर्किए ।
मुख्य उद्देश्य थियो विनितासँग वैवाहिक सम्बन्ध गाँस्ने । फेसबुकमा मात्र कुरा भएको जोडीलाई कतिबेला भेटौं भन्ने हुने नै भयो ।
विनिता अभयलाई रिसिभ गर्न एयरपोर्ट पुगिन् । अभय काठमाडौं फिरेको एक हप्ता रात र दिन साथै बिताए । मदहोस् प्रेम न थियो, कच्चा उमेरको ।
तनमन साटेर आफूलाई मात्र भुलाएनन्, ती दृश्यलाई आ–आफ्ना मोबाइलमा कैद गर्न पनि भ्याए । सम्बन्धलाई विधिपूर्वक सम्पन्न गर्न दुवै आ–आफ्ना परिवार कहाँ गए । तर, गाउँ पुगेपछि कथाले अर्को मोड लियो ।
विनिताले कुरा फेरिन् । घरपरिवारले रोजेको जातकै केटासँग बिहे गर्ने भइन् । अभय विरक्तिए । कहिले मर्न तम्सिए त कहिले विनितालाई मार्न ।
फकाए । तर, अहँ, विनिता कसै गरी मानिनन् । दुईबीचको सहमतिमा खिचिएको सेक्स टेप अभयसँग थियो ।
पहिला आफ्नो कुरा नमानेमा त्यो सार्वजनिक गर्ने धम्की पनि दिए । तर, धम्कीले छोएन । नभन्दै अभयले रंगिन रातका दृश्य युट्युबमा हालिछाडे ।
यतिबेलासम्म विनिता गाउँमै थिइन् । सेक्स टेपले हंगामा मच्चियो । गाउँबाट काठमाडौं फर्किइन् । अपराध महाशाखा पुगिन् । एसएसपी सवेन्द्र खनाललाई सुनाइन् ।
प्रहरीले खोज्न थालेपछि अभय काठमाडौंमा भाग्दै हिँडे । तर, अहिलेको प्रहरी न हो, मान्छे धर्तीमा बाँचेसम्म किन छाड्थ्यो र ? मदिराको प्यालाले जीवनका विरह साँटिरहँदा अभयको आँखा अगाडि झल्यास्स केही मान्छे प्रकट भए ।
ती मान्छेसँग टलक्क टल्किने फलामे हत्कडी थियो । त्यही हत्कडी बाँधियो । ‘मैले माया गरें । मायाको बन्धनले होइन, हत्कडीको साँचोले मलाई कैद गर्यो,’ भन्दै रुन थाले ।
एक जना प्रहरीले ‘बढ्ता बोल्छस् साले’ भन्दै पछाडीबाट भुक्क हानी हिरासतमा कोचिदिए । जनआस्था साप्ताहिकमा खबर छ ।
८-असार । माग घटेपछि उत्पादक कम्पनीले धमाधम कामदार काटौती गर्न थालेका छन् । कोरियामा पानीजहाजको मागमा उच्च गिरावट आएपछि त्यसको प्रत्यक्ष असर नेपाली कामदारमा पर्ने भएको छ । ती कम्पनीमा ठूलो संख्यामा नेपाली काम गर्छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
हुन्डाई इन्डस्ट्रिज कम्पनी, सामसुङ हेभी इन्डस्ट्रिज कम्पनी र डेउ सिपबिल्डिङ एन्ड मेरिन इञ्जिनियरिङ कम्पनीमा जहाज उत्पादनमा यस वर्ष गिरावट आएको छ ।
रोजगार अनुमति प्रणालीमार्फत आएका आठ सय २५ नेपाली कामदार डेउ सिपबिल्डिङ एन्ड मेरिन इन्जिनियरिङ कम्पनीमा कार्यरत छन् ।
अहिले ती कम्पनीले कामदार कटौती सुरु गरेका छन् ।
हुन्डाई इन्डस्ट्रिज कम्पनीले मे महिनाको पहिलो साता मरिब तीन हजार कामदार कटौती गरेको छ भने सामसुङ हेभी इन्डिस्ट्रिज कम्पनीले स्वेच्छिक अवकाशको योजना ल्याएको छ ।
डेउ सिपबिल्डिङ एन्ड मेरिन इञ्जिनियरिङ कम्पनीले यही जुलाईदेखि मजदुरको सेवा सुविधा कटौतीको नयाँ नियम लागू गर्दैछ । ठूलो संख्यामा डेउ कम्पनीप्मा आश्रित नेपाली कामदार परिवर्तित प्रावधानको मारमा पर्नेछन् ।
२०१६ को सुरुवातदेखि पानी जहाजको मागमा गिरावट आएको थियो। माग घटेपछि जहाज उत्पादक कम्पनीले गत मार्चदेखि जनशक्ति घटाउँदै लगेका छन् ।
पानी जहाज उत्पादनमा उल्लेख्य कमी र मूल्य घटाउने दबाबका कारण थप जनशक्ति घट्ने निश्चित छ ।
८ असार, । डोटीको पचनाली गाविस तलकोटमा भएको हत्याको रहस्य प्रेम सम्बन्ध रहेको प्रहरीले पुष्टि गरेको छ ।
करिब १२ दिनको सफल प्रहरी अनुसन्धान पछि सो तथ्य सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी सो घटनाको प्रमाणसहित हत्यारालाई सार्वजनिक गरेको छ । करिब पाँच वर्षको लामो प्रेम सम्बन्ध डेढ वर्ष यता टुटेपछि(ब्रेकअप) त्यसले हत्याको रुप लिएको प्रहरीको भनाइ छ ।
विंसं २०६७ साल मङ्सिर २७ गतेदेखि पचनाली गाविस तलकोटमा रहेको हरिहर उमाविमा अङ्ग्रेजी विषय अध्यापन गराउँदै आएका ३७ वर्षका शिक्षक लालबहादुर चन्दले सोही ठाउँ निवासी वर्ष २१ की मीना साउदको गोली हानी हत्या गरेको स्वीकार गरेका छन् ।
चन्दले गत जेठ २८ गते मीनाको गोली हानी हत्या गरेको स्विकारेका छन् । चन्द विसं २०६८ सालबाट मृतक मीनाको घरमा डेरामा बस्दै आएका थिए ।
दोषी ठहरिएका हत्यारा चन्दविरुद्ध जिल्ला अदालत डोटीमा कर्तव्य ज्यान मुद्दा दायर भएको र हतियार तथा खरखजनाविरुद्धको मुद्दासमेत चल्ने उपरीक्षक दिल्लीराज विष्टले जानकारी दिए ।
असार-८,काठमाडौ । धनी बाउकी एक्ली छोरी अनामिका पैसाको उनलाइ कुनै खाँचो छैन । उनलाई जे गर्न पनि खुल्ला छ । आमाको माया गुमाएकी अनामिका बाबुको मायामा हुर्क्न्छिन ।
उनलाई केहीमा रोकावट हुदैन मोज मस्ती र रमाइलोमा उनको जीवन वित्ने क्रममा अर्जुन न्यौपानेलार्ई उनले मनपराउछिन । अर्जुनलाई आफनो बहसमा ल्याउन हर प्रयास गर्छिन । जब अर्जुन अनामिकाको मायाजालमा फस्छ त्यसपछि ………
माथिको कथा कसैको जीवन होइन अरुण फिल्मको ब्यानरमा निर्माण हुदै चलचित्र ‘साथी तिमि नै होउ’ मा अनामिकाले गरेको अभिनय हो ।
चलचित्रमा अनामिकाको ग्ल्यामर र रोमान्स प्रस्तुत गरिएको छ । यस चलचित्रमा अनामिकालाइ ग्ल्यामर नायिकाको रुपमा देखाइएको छ । यतिबेला उक्त चलचित्र छायाँकनको अन्तिम चरणमा पुगेको छ ।
अर्जुन न्यौपाने सन्तोष माझी र लिलाराजले निर्माण गरेका यस चलचित्रमा हरी उदासीले निर्देशन गरेका छन ।
चलचित्रमा अर्जुन न्यौपान, झरना थापा, रविन्द्र खड्का, पल्पसा डंगोल, सुरबीर पंण्डित, अनामिका चौलागाई, सरु पोखरेल, लीला र सन्तोष माझीले अभिनय गरेका छन ।
यस चलचित्रमा अनामिकाले प्रस्तुत गरेको ग्ल्यामर हेर्न भने अब चलचित्र हलमा आउन्जेल कुर्नु पर्ने हुन्छ
काबुल, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा घाइते भएका एक नेपालीको पहिचान खुलेको छ । उनले आफू सकुशल रहेको भन्दै घर फर्किने बताएका छन् ।
अमृत रोकाया ‘क्षेत्री’ नामका ति नेपाली सुरक्षा गार्डले अस्पतालको शैयाबाटै एसोसिएटिड प्रेसलाई बताएअनुसार उनीहरु क्यानेडियन दूतावासमा कार्यरत थिए ।
दूतावासतर्फ जाँदै गरेका बेला नेपाली सुरक्षा गार्ड चढेको बस आक्रमणमा परेको हो ।
‘धेरैजना मरे,’ टाउकोमा ब्याण्डेज बाँधेका क्षेत्रीले अस्पतालको बेडबाट भने, ‘मेरो परिवारलाई भन्न चाहन्छु ‘म सुरक्षित छु, घर फर्किन्छु ।’
अफगानिस्तानको गृहमन्त्रालयले घटनामा १४ जना नेपाली मारिएको र ५ नेपालीसहित ९ जना घाइते भएको पुष्टि गरेको छ । तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहिदले घटनाको जिम्मेवारी लिएका छन् ।
ओखलढुगा, असार ६ – श्रीमतीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत ओखलढुंगाले एक पुरुषलाई ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
आफूलाई बलात्कार गरेको भन्दै श्रीमतीले दिएको जाहेरीमा सुनुवाइ गर्दै जिल्ला अदालत ओखलढुंगाका न्यायधीश उद्धवप्रसाद भट्टराईको इजलासले च्यानम गाविस ८ का २९ वर्षे नारायणबहादुर वस्नेतलाई तीन वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।
अदालतकोआदेशले आरोपित बस्नेत यसअघि नै पुर्पक्षका लागि थुनामा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक दिपककुमार शाहले जानकारी दिनुभयो ।
श्रीमान्ले रक्सीले मातेर कुटपिट गर्नुका साथै यौनजन्य हिंसा गर्ने गरेकाले उजुरी दर्ता गरेको पीडित महिलाले बताएकी छन् । पीडितले ०७२ चैत १५ जवरजस्ती करणी गरेको जाहेरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरि चैत १८ गते जवरजस्ती करणी मुद्दा दर्ता गरेको थियो । ओखलढुंगामा श्रीमान्लाई श्रीमतीमाथि बलात्कार आरोपमा मुद्दा दर्ता भइ सजाय भएको पहिलो पटक हो ।
६ असार, काठमाडौै । आइतबार बिहान भएको खेलमा भेनेजुएलालाई ४-१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेको हो ।मेस्सीले ग्रयावियल बाटिस्टुटाको नाममा रहेको ५४ अन्तर्राष्ट्रिय गोलको रेकर्ड बराबर गरेको खेलमा अर्जेन्टिना विजयी भएको छ ।
र, कोपा अमेरिकाको सेमिफाइलनमा प्रवेश गरेको छ । जित निकाल्ने क्रममा हिगुइनले दुई तथा मेस्सी र लामेलाले एक एक गोल गरेका थिए । खेलको आठौं मिनेटमा हिगुइनले अर्जेन्टिनाको लागि पहिलो गोल गरेका थिए । र, उनको बलले २८ औं मिनेटमा जालि चुमेको थियो ।
दोस्रो हाफको ६० औं मिनेटमा मेस्सीले उत्कृष्ठ गोल गर्दै खेललाई ३-० को अवस्थामा ल्याए र, ग्रयावियल बाटिस्टुटाको नाममा रहेको ५४ अन्तर्राष्ट्रिय गोलको रेकर्डसँग बराबरी गरे । खेलको ७१ औं मिनेटमा लामेलाले गोल गरे । भेनेजुएलाले एक गोल फर्काएको थियो । तर त्ययले अर्जेन्टिनाको जित रोक्न सकेन ।
साेमबार, ६-असार,काठमाडौं । पनेरुको पहिलो चलचित्र ‘छेस्को’ चाहेर पनि केही दर्शक (लोकलाजका कारण) हेर्न गएनन् । किशोरावस्थामै ‘पोर्न स्टार’ बन्छु भन्ने तथा सनी लियोनलाई आइडियल मान्ने अर्चना पनेरुले दुईवटा चलचित्रमा काम गर्न भ्याइसकेकी छन् ।
पहिलो ‘छेस्को’ प्रदर्शनमा पनि आयो, तर त्यो छेस्कोले कसैलाई घोच्न सकेन । बरु उल्टो अर्चनाको करियरको सुरुवातमै ‘फ्लप’ को ट्याग लगाइदियो ।
हलमा पुगेका सीमित दर्शकको अनुहार पनि हलमा छिर्दा र निस्कदा मास्कले छोपिएको थियो भन्नेसम्म सुनियो ।
निर्माताले छेस्को ‘छेस्को’ लाई सकेसम्म छिटो युट्युबमा रिलिज गरिसके, किनभने स्वघोषित ‘पोर्न स्टार’ अर्चना पनेरु युट्युब आदि सामाजिक सञ्जालमा मात्रै हिट छिन्, हलको पर्दामा ‘फ्लप’ ।
छेस्कोको अवस्था हेरिरहेकाहरु उनको अर्को चलचित्र जिस्मका निर्माताहरुको अनुहार अहिले हेर्न लायक भएको छ भन्न समेत थालेका छन् ।
शनिबार, ४ असार
सप्रेम असिम सम्झना ।
अस्ति फोनमा कुराकानी भएपछि खुसी र दुःख दुवैलाग्यो । खुसी यस निम्ति कि लामो समयपछि फोनका माध्यमबाट कुराकानी भयो र भेटघाटको अभवलाई बिर्साइदियो । साथै दुःख भनूँ वा चिन्ता किन लाग्यो भने तिमीले तिम्रो स्वास्थ्य (मुटु) सम्बन्धी समस्या केही बढेकाले जचाउन जाँदैछु भन्यौ ।
तिमी आफैँ स्वास्थ्य क्षेत्रसँग सम्बन्धित भएकी र एउटी शिक्षित तथा सचेत नारीसमेत भएकीले मैले यस सम्बन्धमा कुनै चिन्ता लिनु हुँदैन भनेर आफूलाई आश्वस्त पार्न खोजेपनि पीडा त हुनेरहेछ नै । तर तीमि दृढ र उँचो मनोबल भएकी सङ्कल्पशील नारी हौ भन्ने कुरामा म पूर्णतः ढुक्क छु । तिम्रो प्रियजनहरूका बीचमा तिम्रो छवि पनि त्यस्तै नै बनेकोछ ।
झन्डै एक दशक पुग्न लागेको हाम्रो दाम्पत्य जीवनको व्यावहारिक अनुभवबाट समेत मैले त्यही कुरा पुष्टि भइरहेको पाउँदछु । त्यसैले तिम्रो स्वास्थ्य सम्बन्धमा र अन्य समस्याहरूका सन्दर्भमा उपदेशमूलक कुराहरू लेखिरहनुपर्ने आवश्यकता तिम्रा निम्ति छैन । तै पनि मलाई भन्नै मन लागेको कुरा केहो भने हामीले आफूलाई शारीरिक रूपले स्वस्थ राख्न मानसिक रूपले पनि स्वस्थ राख्ने कोसिस गर्नै पर्दछ । मलाई आशा मात्र होइन पूर्ण विश्वास छ ।
तिमीले दैनिक जीवनका सामान्य समस्या र चिन्ताबाट सधैँ मुक्त राख्ने छौ र सदैव सिङ्गो जीवन र सफल जीवन बाँच्ने सङ्कल्पलाई एकमात्र उद्देश्य बनाउनेछौँ तिमीले नर्सिङ क्षेत्रको रूपमा समाज सेवाकै बाटो रोज्यौ भने मैले कला र संस्कृतिको क्षेत्रको रूपमा समाज र राष्ट्रकै सेवाको बाटो रोजेको हुँ ।
हाम्रो माध्यम फरक भए पनि र सिङ्गो देशलाई जस्तै हाम्रो व्यक्तिगत जिन्दगीलाई समेत देशको राजनीतिले प्रभावित तुल्याए पनि समाज र राष्ट्रको सेवा गरेर एउटा सार्थक जिन्दगी बाँच्ने तिम्रो र मेरो सङ्कल्पको बीचमा कुनै भिन्नता छैन भन्ने नै लाग्दछ । हाम्रो यही साझा भावना र लक्ष्य प्रतिको निष्ठा नै हाम्रो सम्बन्ध (पहिचान) हो शक्ति हो र हाम्रो आत्म गौरव पनि ।
तिमीले यसअघि मलाई पठाएको पत्रमा त्यही आत्मगौरवको भाव छताछुल्ल भरिएको थियो र म त्यसमा चुर्लुम्म डुबेको थिएँ। तिम्रो पत्रको त्यही भाव र विचारलाई मैले मेरो आदर्शको आधारका रूपमा दह्रो सँग पक्रिरहेकोछु।
जेनी माक्र्सले भनेजस्तै तिम्रो पत्रमा उल्लिखित तिनै ‘प्रेममय’ अभिव्यक्तिले मलाई ‘उत्साहित’ र ‘उत्प्रेरित’ गरिरहेका छन् भने जेलको ‘कष्टमय’ जीवनले मलाई ‘स्पात’ बनाउन सहयोग गरिरहेका छौँ , त्यस्तो बेला हाम्रो जस्तै जीवन र अनु भूतिहरू भोगेका हाम्रा अग्रजहरूको अनुभूति र अभिव्यक्तिहरूले पनि ठूलो आत्मबल प्रदान गर्दारहेछन् ।
त्यसैले म सधै झलझली सम्झिरहनेगर्छु । जेनी माक्र्सका यी शब्दहरू ‘प्रेमले मानिसलाई उत्साहित बनाउँछ भने दुःखले स्पात बनाउँछ ।’
हिजोआज पत्रपत्रिकाहरू पढ्दा, समाचार र लेखहरू पढ्दा त्यस्तै कतिपय पङ्क्तिहरूले चस्स हुन्छन्र गम्भीर बनाउँछन् ।
ज्ञवालीजीले भाद्र २० गतेको ‘जनादेश’ मा प्रकाशित कवितामा लेख्नुभएछ– ‘प्रवीण गुरुङ’ हरू सडकमा किचिएका छन् । ‘इच्छुक’ हरू फलामे जन्जीरमा । त्यस्तै सोही अङ्कको साहित्यकला स्तम्भमा कृष्णज्वाला देवकोटाले लेख्नुभएको रहेछ ‘मान्छेका सपनाहरूलाई अङ्कित गरेकै अपराधमा जेलका चिसा छिँडी कुरिरहेका छन् ‘इच्छुक’हरूले ।’
त्यस्तै किसिमको मन छुने अभिव्यक्ति पढेँ ‘अभिव्यक्ति जोखिम लिहाफ, नारायण ढकाल, बुद्धदेव बसु, इस्मत चुगताई, सहादत हसन मन्टोलाईझैँ अश्लील लेखियो भनेर मुद्दा लगाइएको छैन । बरु राजनीतिक प्रणालीको विरोध गरिएको अभियोगमा भने सुब्बा कृष्णलालदेखि कवि कृष्ण सेन ‘इच्छुक’ सम्मलाई समय–समयमा कारायातना भोग्न अभिशप्त बनाइएकोछ ।’
यस्ता अभिव्यक्तिहरूले आफ्ना प्रियजनहरूका अनुभूतिहरूले भरिएर आउँछ । यसबेला डाक्टर ऋषिराज बरालजीलाई सम्झिन पुग्दछु । व्यक्ति कृष्ण सेनसँग कतिपय बेला तितो पिरोभए पनि कवि इच्छुकलाई उहाँले सधैभरि काँधमाथि उचाले र हिँड्नुभयो, पञ्चायतकालदेखि अहिलेसम्म ।
विशेष गरी मेरोबन्दी जीवनको विषयलाई लिएर एउटा सहधर्मी लेखकका रूपमा जसरी उहाँले कलम चलाउनुभयो, त्यसरी सायदै अरु कसैले चलाए ।
बरालजीले जसरी लगातार नभए पनि थुप्रै–थुप्रै मित्रहरूले मेरो विषयलाई लिएर लेख्नु वा अभिव्यक्त गर्नु भएको थुप्रै– थुप्रै सन्दर्भ र प्रसङ्गहरू यतिखेर म सम्झिरहेकोछु, जो यहाँ उल्लेख गर्न सबै सम्भव छैन ।
गत वर्षा पूर्णविरामजीले छोरी समी, म र आफूलाई विषय बनाएर ‘तीन जनाको निद्रा’ शीर्षकमा (शीर्षक यस्तै थियो झैँ लाग्छ) जनादेशमा एउटा कविता प्रकाशित गर्नु भएको थियो। त्यो कविता कटिङ गर्न बिर्सेछ, अहिले मसँग छैन । त्यो कविताको सार के थियो भने समीक्षा तिमीलाई अहिले निद्रा लागेको छैन, तिम्रो बाबाको आँखामा पनि यतिखेर निद्रा छैन र म पनि अहिले अनिँदो बसे र तिमीलाई र तिम्रो बाबालाई सम्झे र कविता लेखिए रहेकोछु । हामी तीनै जनाको आँखामा यतिखेर निद्रा छैन । यस्तै–यस्तै थियो त्यो कविताको भाव ।
कहिलेकाँही निद्रा लागेको बेला अरु कविता सम्झिने गर्दछु र सोच्दछु हामीलाई सम्झेर ननिदाउने प्रियजनहरू कति हुनु हुन्छ कति १ त्यसैलेउहाँहरूलाई सम्झँदा सम्झँदै आफूलाई बिर्सन्छ । दुईतीन महिनाअघि एकजना बन्दी भाइले सुर्खेतबाट ‘हाम्रा कृष्ण सेनहरू!!!!’ शीर्षकमै कविता लेख्नु भएको रहेछ । जनआह्वानमा प्रकाशित भएको थियो। मैलेभन्दा पनि सिरहाका अन्य साथीहरूले रस लिई–लिई कविता पढ्नेर सुनाउने गरिरहनुभयो त्यो कविता । यी यस्ता अभिव्यक्ति र प्रसङ्गहरू हुन् , जसले मनलाई चस्स छुनेगर्छन् ।
पत्रकार साथीहरूले जसले मेरो विषयमा आफ्ना पत्रिकाहरूमा समाचार लेख्नुभयो, मेरै रिहाइको माग गर्नु भयो र गरी पनि रहनु भएको छ, त्यसको महत्व पनि आफ्नो ठाउँमा छँदैछ ।
तर, लेख र रचनाका पङ्क्तिहरूले मनलाई बढी उद्वेलित पार्ने रहेछन् ।
भाद्र २८ गते साप्ताहिक जनआस्थामा एकजना अपरिचित मित्रले ‘संविधानविपरीत प्रेसलाई धमाका’ शीर्षक लेखको अन्त्य यसरी गर्नु भयो‘ पत्रकारलाई राजधानीमा धम्की दिएर रोल्पा,रुकुम, जाजरकोट, कालीकोटमा छापामारलाई केही लछारपाटो लाग्दैन र लागिरहेकोछैन । एउटा कृष्णसेन र कैयौँ कृष्ण सेनलाई थुने पनि’ (केशवबहादुर श्रेष्ठ जनआस्था) मैले त यी तात्कालिक प्रसङ्गलाई मात्रै कोट्याउन खोजेकाहुँ । यस प्रसङ्गलाई यहीँनै रो कुँ ।
यी यस्ता गहन भावका र उदात्त प्रेमका अभिव्यक्तिहरू हुन्, जसले साँच्चैनै मनलाई उत्साहित बनाउँछ । त्यसैले तिमीले पनि यो भाव र अनुभूतिहरूलाई राम्ररी मनन गर्ने छौँ र आत्मसात्गर्ने छौँ ।
यी यस्ता भाव र अनुभूतिहरू हुन्, जसले हामीलाई‘म’ देखि माथि उठाएर ‘हामी’ बन्न घच्घच्याउँछन्, वैयक्तिक जीवनदेखि माथि उठाएर सामूहिक जीवनपद्धत्तिलाई चिन्न, बुझ्न बल र मद्दत पुर्याउँछन् ‘एक्लो’ हुनुको पीडाबाट मुक्त गरेर प्रसन्न र उदात्त बन्न सहयोग पुर्याउँछन् ।
अन्त्यमा कुशल रही तिम्रो कुशलताको हार्दिक कामना गर्दछु । साथै विजयादशमीको शुभकामना पनि । दशैँमा घर जानेबेला एकचोटी फोन गर्नू । तीन सय पूर्णाङ्क र दुईसय पूर्णाङ्कको समस्याले मेरो फर्म भर्न अप्ठ्यारो पर्यो भने एजुकेसनतिर नै भरिदिए हुन्छ ।
शेष पछि ! बिदा ।
तक्मा, भालुवाङमा पसेर देहरादुन काइँला बुवाको पुरानोरनयाँ ठेगाना, नभए उहाँले काम गर्ने अफिस र ठाउँको नाम भए पनि अर्जुन सँग सोधेर ल्याउनू ।
सुरेशजी र हेमकुमारजी तथा मञ्जु , तारा र सबैलाई मेरो सम्झना भनिदिनू । राजविराजबाट प्रकाशित हुने ‘सत्यापन’ साप्ताहिक ९भाद्र १८ गतेको० एक प्रति पठाउँदैछु । पत्रकार साथीहरूको सहयोग र प्रेम प्रशस्त पाइरहेकोछु, जस्तो लागि रहेकोछ ।
–सेन
केही दिन पहिले इलाम कारागारबाट सरुवा भएर केही बन्दीहरू आएका छन् । बाँसका राम्राराम्रा स्टार (तारा)हरू र मुढा सेटहरू बनाउँदा रहेछन् । मैले पनि सम्झनाका रूपमा एउटा बनिनू भनेको छु । स्टारका बीचमा लेख्ने एउटा कोटेसन दिनुस् भने वा मागे ।
मैले ०३६र०३७ सालतिर गाउने रामेश र मञ्जुलहरूको एउटा चर्चित लोकप्रिय गीतका दुई पङ्क्तिहरू लेखेर दिएँ ‘सङ्घर्ष हो जीवनरजीवन सङ्घर्ष हो ’ १५र१६ वटा मात्र अक्षर राख्न सकिने सीमा वा बाध्यता भएकाले स्टारमा तलका यी पङ्क्तिहरू भनेनअटाएर छुटे‘जीवन थाकेर बस्छु नभनरजीवनदेखि हारेर मर्छु नभनरसङ्घर्ष हो जीवन सङ्घर्ष हो ।’
यी पङ्क्तिहरू गुन गुनाउँदा आज के लाग्ने गर्छ भने रामेश र मञ्जुलहरूले यो गीत तिम्रो हाम्रो जीन्दगीलाई देखेर नै लेखेका हुन् । वास्तवमा यस्तो सबै लाई लाग्ने गर्छ जसले सङ्घर्ष पूर्णजीवन बिाइरहेका छन् । रूप र रङ्गमा फरक होला, हरेक मान्छेले आफ्ना निम्ति सङ्घर्ष गरिरहेको मानवजातिको हितकोनिम्ति साझा सङ्घर्ष गरिरहेको हुन्छ ।
जब सङ्घर्ष गर्नै पर्ने भने त्यो सङ्घर्ष मानव जातिको हितको निम्ति साझा सङ्घर्ष नै किन नगर्ने रु मानव जातिको साझा सङ्घर्ष मा नै सहभागी किन नहुने रु सायद यस्तै–यस्तैसोचहरूलेनैमानिस सङ्घर्षका बीचमा हेलिन्छ, सहज तथा सन्तुष्ट रहन्छ र जीवनलाई प्रेम गर्छ , सङ्घर्षलाई प्रेम गर्छ । प्रिय तक्मा, चिठी लेख्न बस्दा के लेख्ने होला भन्ने लागेको थियो। अहिले कलम समाएर लेख्न बसे पछि कलम कसरी रोक्ने होला भनने लागिरहेको छ ।
मनभित्र उर्लेका भावहरूलाईरअनुभूतिहरूलाई व्यावहारिक र दार्शनिक विचारहरूलाई कसरी सहज र सन्तुलित अभिव्यक्ति दिने होला भन्ने समस्याले सताइरहेकोछ ।
मेरा कविताहरू र काव्य तिनै भाव र अनुभूतिहरूका प्रस्फुटनहरू हुन् । अहिले छोरीलाई समर्पित गर्ने एउटा सुन्दर काव्य लेखुँं भनेर लागिरहेकोछु । ढिलोचाँडो पूरा गर्नेनैछु। मानसिक रूपले ‘बन्दी र चन्द्रागिरि’ तिम्रो निम्ति समर्पित छ । लौ त अहिलेविदा !
तिम्रो शुभेच्छुक
कृष्ण सेन ‘इच्छुक’
राजविराज कारागार, सप्तरी
६ आश्विन ०५७















