अर्चनाका अर्धनग्न तस्विरले कालोपाथी छायाँमा...

जेठ-२२,काठमाडौं । पोर्नस्टार बन्ने भन्दै आफ्ना नाङ्गा फोटो तथा भिडियाहरु सार्वजनिक गरी एकाएक चर्चामा आएकी कञ्चनपुरकी अर्चनाको अर्धनग्न अवतारपछि दर्शकको ध्यान छेस्कोतिर सोझिएको छबाल मनोविज्ञानको माओवादी जनयुद्धकालीन कथामा आधारित चलचित्र कालोपोथीभन्दा पोर्नस्टार बन्ने सपना बोकेकी अर्चना पनेरु अभिनित चलचित्र छेस्को हेर्नेको भीड बढी रहेको छ ।  । 

 विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भइ पुरस्कृत समेत भइसकेको फिल्म कालोपोथी र आफ्नो नग्नता सार्वजनिक गर्दै चर्चा बटुलेकी अर्चना अभिनित चलचित्र ‘छेस्को’ शुक्रबारदेखि एकै साथ प्रदर्शनमा आएको छ । मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘कालो पोथी’ को लेखन मीनबहादुर र अविनाश विक्रम शाहले गरेका हुन् भने यो चलचित्र काजकिस्तानका अजिज झाम्बाकिभले छायांकन गरेका छन् । 


चलचित्रमा शुक्रराज रोकाय, खड्काराज नेपाली, जितबहादुर मल्ला, हंश खड्का, नन्दप्रसाद खत्री, बेनिशा हमाल, विपिन कार्की तथा प्रवीण खतिवडा लगायतले अभिनय गरेका छन् । यो चलचित्रमा छिरिङ रितार शेर्पा पनि निर्माता रहेका छन् । यो चलचित्रलाई अंग्रेजी, इटाली, फ्रेन्च, जर्मन, स्पेनिस, जापानिज, कोरियन तथा चाइनिज भाषामा पनि उल्था गरिएको छ । ‘कालोपोथी’लाई मल्टिप्लेक्स टार्गेटेड मानिएको छ । सिंगल थियटरमा भन्दा पनि यो सिनेमा हेर्ने दर्शक मल्टिप्लेक्समा देखिने आशा बढि गर्न सकिन्छ । ‘क्युएफएक्सले यो सिनेमालाई ६ शो दिएको छ । तर चलचित्र छेस्कोमा देखाइएको अर्चनाको अर्धनग्न अवतारले कालोपोथी छायाँमा परेकाे छ । सिनेमा बनेको डेढ बर्षपछि केहि दृश्य र गीत पुनः छायाँकन गर्दै अर्चनालाई प्रवेश गराइएको हो । अर्चनालाई जति पनि नङ्ग्याउन पाइने भन्दै निर्देशक सुरेश थापाले सिनेमामा अभिनय गराएका हुन् । केही अश्लिल सिनहरु दिइए पनि अर्चनालाई लिड रोल दिइएको भन्दै पोष्टरमा समेत अर्चनाको अर्धनग्न तस्विर राखिएको छ ।

, , ,

0 comments

Write Down Your Responses