मोदीकै पार्टीका सांसदले लिए नेपालीमा सपथ, भारतभर हंगामा...

२२ जेठ,  एजेन्सी । भारतीय संविधानको अनुसुचि ८ मा नेपाली भाषलाई मान्यता दिइएको, सबैतिर पहिचानको मुद्दा उठिरहेको र आफ्नो मातृ भाष नेपाली भएको भन्दै भारतीय जनता पार्टीका एक विधायकले नेपालीबाट सपथ लिएका थिए । भारतको असाम राज्यका एक विधायकले नेपाली भाषामा सपथ लिएपछि भारतभर हंगामा भएको छ । 

भारतको आसाम राज्य विधानसभाका नवनिर्वाचित सभासद गणेश कुमार लिम्बुले नेपाली भाषामा सपथ लिएपछि भारतीय मिडियाले यो विषयलाई निकै चासो र महत्वका साथ उठाएका छन् । यस्तै अर्कि सभासद अंगुरलता देकाले संस्कृत भाषामा ओहोदाको सपथ लिएको विषयलाई पनि भारतीय सञ्चार माध्यमले स्थान दिएका छन् । 

असामको विधानसभामा निर्वाचित विभिन्न समुदायका सभासदहरुले नेपाली, संस्कृत, आसमिज र बोडा भाषामा पद तथा गोपनीयताको सपथ लिएका थिए । यसैगरी, आसाम राज्यका १३ जना विधायकले बंगाली भाषामा, ११ ले बोडो, ५ जनाले अंग्रेजी र ९१ जनाले आसामी भाषामा सपथ लिएका छन् । आसाम राज्य विधानसभामा १ सय २६ कुल सिट रहेकोमा भारतीय जनता पार्टीले ८६ सिटमा विजय हासिल गरेर बहुमतको हैसियत बनाएको छ ।

, ,

0 comments

Write Down Your Responses