१७ हजार अस्थायी शिक्षकलाई गोल्डेन ह्याण्डसेक मार्फत बिदाई गर्ने तयारी, क-कस्ले कती कती पाउने भए ?
काठमाडौं, जेठ २२ – लामो समयदेखी अस्थायी रुपमा काम गरिरहेका शिक्षकको ब्यवस्थापन हुने भएको छ । शिक्षा ऐनको आठौं संशोधन विधेयक पारित गरेसँगै १७ हजार अस्थायी शिक्षकलाई विभिन्न विकल्प दिएर ब्यबस्थापन गर्न सकिने बाटो खुलेको हो ।
यससँगै अवकास लिन चाहने शिक्षकका लागि तीन वटा विकल्प खुलेका छन् । पाँच वर्षदेखि १० वर्षसम्म सेवा गरेकालाई प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलव बराबरको रकम, १० देखि १५ वर्षसम्म सेवा गरेकालाई प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलव बराबर र १५ वर्षभन्दा बढी समय सेवा गरेकालाई प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलव सुविधा बापत पाउने छन् ।
त्यस्तै २०५२ सालपछिका विज्ञापनबाट स्थायी भएका वा हुने शिक्षकलाई निवृत्तिभरणको लागि बढीमा ७ वर्षको अस्थायी सेवा थप गर्न सकिने विधेयकमा उल्लेख छ । विधेयक परितभएसँगै कृषि र पशु विज्ञान विषयमा स्नातक गरेका व्यक्ति अस्थायी अनुमतिपत्रका लागि लिइने परीक्षामा उमेद्वार हुन पाउनेछन् ।
एसएलसी परीक्षाको अन्त्य
यस्तै प्रारम्भिक देखी ८ सम्म आधारभुत र ९ देखी १२ कक्षा माध्यामिक तह हुनेछ भने एसएलसी परीक्षाको अन्त्य गर्दै एसएलसी जस्तो परीक्षा अब कक्षा १२ मा मात्र हुनेछ । त्यस्तै उच्च माध्यामिक शिक्षा परिषद् शिक्षा मन्त्रालयमा गाभिनेछ र राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० र माध्यामिक तहको अन्त्यमा हुने परीक्षाको काम गर्ने विधेयकमा उल्लेख छ ।
संसदको महिला बालबालिका र ज्येष्ठ नागरिक र समाजकल्याण समितिले एक हप्ताअघि संसदमा पेश गरेको विधेयक सर्वसम्मतीले पारित भएको हो । राष्ट्रपतिले प्रमाणिकरण गरेपछि विधेयक कार्यान्वयनमा आउनेछ ।

0 comments
Write Down Your Responses