दोलखा कालिन्चोक: आमाछोरी नै एकैपटक सुत्केरी ! नेपालमा आमाहरुले कति दु:ख भोगिरहेछन्, यि आमाको दुख बुझ्नेहरुले कृपया एक लाईक र एक शेयर गरिदिनुहोला
असार-१४,दोलखा । ‘दुई सन्तान, ईश्वरका बरदान’ भन्ने नारा टिभिमा देखाइएकै छ । शहरमा स्मार्ट दम्पत्तिको नारा चर्काे छ । सुनौलो परिवार भनेर सुन्दर कुरा गरेको पनि शहरमै सुनिन्छ । सरकारले परिवार नियोजन र परिवार स्वास्थ्यका लागि भनेर महाशाखा नै खोलिदिएको छ । यतिले नपुगेर दातृ निकायले पनि लगानी गरिरहेकै छन् ।
दोलखाको उत्तरी भेगमा रहेको एक गाविस कालिन्चोकका एक ‘सुत्केरी’ आमा छोरीको तस्बिर हो यो । आमाछोरी नै काखे बच्चासहित काममा थिए । आमा धनमाया थामीले बच्चा जन्माएको ६ महिनापछि छोरी कुमारी थामीले पनि बच्चा पाइन् ।
धनमायाले जन्माएको यो नवौं सन्तान हो । यसअघि नै ४ छोरा र ४ छोरी जन्माइसकिन् उनले । उनीहरुलाई भूकम्पले घरबार बिहीन बनाएको थियो अघिल्लो वर्ष । यसवर्ष खडेरीले उब्जनीबिहीन बनाएको छ ।
त्यसैले उनीहरुका दुःख यतिमै सकिदैनन् । ११ दिनकी सुत्केरी कुमारी थामी झण्डै १ घन्टाको दूरीमा रहेको अर्काे गाविस खोपाचाकुमा पर्ने बारीमा मकै गोड्न गएकी थिइन्, सन्तानसहित । पिठ्युमा कोक्रो र हातमा कोदालो थियो उनको । पहेंलै थियो, हातखुट्टा र आठेको कलेटी गएको थिएन ।
९ सन्तानकी आमा बनेकी कुमारीकी आमा धनमायासँग पनि उस्तै दुःख छन् ।
खेतीको उब्जनीले ११ जनाको जहान परिवार पाल्न मुश्किल भएपछि उनका श्रमिान् दार्जिलिङतिर गएका छन् कामको खोजीमा । बाँकी मेलापात ८ जना छोराछोरीको हेरबिचार उनकै थाप्लोमा छ ।
दुःखमा पनि ओठको हाँसो भने हराएको छैन । दुःख बिर्सेर उनीहरुले हाँस्ने यो हाँसोले सरकार र सरोकारवालालाई गिज्याइरहेको छ ।


0 comments
Write Down Your Responses