काठमाडौं– धन कमाउन अफगानिस्तान पुगेका पति मधुसूदन आतंककारीको आत्मघाती हमलामा परे । त्यसयता घरी मूच्र्छित हुने त घरी झस्किएर कराउनु मैयाँको नियति बनिरहेछ ।बालाजु हाइटको लोलाङ बस्ती । भुइँतलाको बाहिरपट्टि एक हुल पुरुष छन् । सबै मलीन, कोही कसैसँग बोल्न सकिरहेका छैनन् । भित्र कोठामा महिलाहरू छन्, ती पनि मौन । सबैका आँखा रसाएका देखिन्छन् ।
शोकको माहोलबीच अर्धचेत अवस्थामा बर्बराइरहेकी छन्, मैयाँ कोइराला ।
सोमबार दिउँसो जीवनकै सबैभन्दा अप्रिय खबर सुनिन् उनले । उनी हत्ते गर्छिन्, ‘तिमीलाई सधैं एक्लै छोडें, एक–डेढ वर्षपछि सधैं सँगै बसौंला भन्नुहुन्थ्यो तर कहिल्यै नआउने गरी कहाँ जानुभयो तपाईं !’ यति भनिनसक्दै उनी फेरि अर्धचेत भइहालिन् ।
लामो समयपछि होसमा आउँदा पतिले गरेको यही वाचाले उनको दिमाग खलबल्याउँछ । फेरि बर्बराउन थाल्छिन्, ‘भूकम्पले छोराछोरी खोस्यो, भगवान्ले श्रीमान् !’ यति भनिनसक्दै फेरि लल्याकलुलुक भएर ढलिहाल्छिन् ।
उनलाई सहारा दिन बसेका छन्, प्रमिला, कविता, रञ्जिता र मनीषा । तर, उनीहरू आफैं ओइलाएका छन् । आँखामा आँसु कति बेलै टुट्दैन । घरीघरी सम्हालिएर एकअर्कासँग बोल्न खोज्छन् तर सक्दैनन् ।
विस्फोटमा परी मृत्यु हुने १२ नेपालीमध्ये मधुसूदन कोइरालाको परिवार केही महिनायता नुवाकोटबाट काठमाडौं आई बालाजु बस्न थालेको थियो । मैयाँ मधुसूदनकी पत्नी हुन् भने प्रमिला, कविता, रञ्जिता र मनीषा छोरी ।
नेपाली सेनाबाट निवृत्तिभरण भएपछि मधुसूदन चार वर्षअघि रोजगारीका लागि अफगानिस्तान गएका थिए । ‘वर्षदिनमा आउँदै, जाँदै गर्नुहुुन्थ्यो,’ मधुसूदनका भाइ नरहरिले भने, ‘गत वर्ष भूकम्पमा छोरा र छोरी घरले किचेर मा¥यो, अहिले दाइ बित्नुभयो ।’
गत वर्षको शक्तिशाली भूकम्पले मधुसूदनको नुवाकोटस्थित घर गल्र्याम्मै ढाल्यो । त्यही घरले किचिएर ११ वर्षीया छोरी स्वस्तिका र ९ वर्षीय छोरो शिशिरको प्राण गयो । यो घटनापछि बिरक्तिएको परिवार पुख्र्याैली थलो छाडेर काठमाडांै झ¥यो । भूकम्पपछि मधुसूदन नेपाल आएर केही समयपछि फेरि अफगानिस्तान फर्के । गत वैशाखमा परिवार भेट्न फेरि काठमाडौं आए । दुई साताअघि मात्र अफगानिस्तान फर्किएका थिए । परिवारका अनुसार उनले अब केही समय काम गरेर सधैंका लागि नेपाल फर्कने योजना सुनाएका थिए । ‘एकडेढ वर्ष काम गरेपछि फेरि नजाने गरी आउने भन्नुभएको थियो,’ नरहरि सम्झन्छन्, ‘तर, कहिल्यै नआउने गरी जानुभएछ ।’
अफगानिस्तानको कमाइले काठमाडौंमा घडेरी जोडिसकेका थिए, मधुसूदनले । अब घर बनाउने योजनामा थिए । नरहरिका अनुसार मधुसूदनकै आम्दानीमा सम्पूर्ण परिवार आश्रित छ । ‘गाउँमा जग्गा छैन, काठमाडौंमा पनि आम्दानीको कुनै स्रोत छैन,’ उनले भने, ‘यस्तो बेला
सरकारले उपस्थिति जनाएर केही व्यवस्था गरिदिए मन बुझाउने बाटो हुन्थ्यो !’
अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान विस्फोटमा परी मृत्यु हुने सबैका परिवारको अहिले उही मनोदशा छ । पर्वतका नवीनसिंह क्षत्रीकी पत्नी माया पनि दुई दिनदेखि अर्धचेत छिन् । क्षत्री परिवार बालाजुमा डेरा लिएर बस्दै आएको छ । मायाको वनस्थली चोकमा फेन्सी पसल छ । पसलमै बसिरहेका बेला उनले पतिलाई सधैंका लागि गुमाउनुपरेको दुःखद खबर सुनेकी थिइन् । क्षत्री दम्पतीकी एक छोरी छिन्, सोनु । उनी सिद्धार्थ वनस्थली स्कुलमा कक्षा ९ मा पढ्छिन् । पिताको मृत्युको खबरले उनी पनि होस हराएझैं छिन् । मंगलबार उनी आँखाभरि आँसु पार्दै घरी भित्र घरी बाहिर गरिरहेकी थिइन् ।
केही बोल्न सकिरहेकी छैनन् ।
नवीनसँग अघिल्लो दिन राति १२ बजे कुरा भएको मायाले छिमेकीलाई बताएकी रहिछन् । छिमेकीले जनाएअनुसार नवीनका साथीले पत्नीलाई फोन गरेर घटनाबारे जानकारी गराए । तिनै साथीकी पत्नीले मायालाई खबर गरिन् । त्यसलगत्तै अर्धचेत भएकी माया बौरिन सकेकी छैनन् ।
२०५७ सालमा सशस्त्र प्रहरीको हवल्दारमा भर्ती भएका नवीनलाई द्वन्द्वकालमा घाइते भएकाले अवधि नपुग्दै एक तह बढुवा गरेर अवकाश दिइएको थियो ।
असार-१४,दोलखा । ‘दुई सन्तान, ईश्वरका बरदान’ भन्ने नारा टिभिमा देखाइएकै छ । शहरमा स्मार्ट दम्पत्तिको नारा चर्काे छ । सुनौलो परिवार भनेर सुन्दर कुरा गरेको पनि शहरमै सुनिन्छ । सरकारले परिवार नियोजन र परिवार स्वास्थ्यका लागि भनेर महाशाखा नै खोलिदिएको छ । यतिले नपुगेर दातृ निकायले पनि लगानी गरिरहेकै छन् ।
दोलखाको उत्तरी भेगमा रहेको एक गाविस कालिन्चोकका एक ‘सुत्केरी’ आमा छोरीको तस्बिर हो यो । आमाछोरी नै काखे बच्चासहित काममा थिए । आमा धनमाया थामीले बच्चा जन्माएको ६ महिनापछि छोरी कुमारी थामीले पनि बच्चा पाइन् ।
धनमायाले जन्माएको यो नवौं सन्तान हो । यसअघि नै ४ छोरा र ४ छोरी जन्माइसकिन् उनले । उनीहरुलाई भूकम्पले घरबार बिहीन बनाएको थियो अघिल्लो वर्ष । यसवर्ष खडेरीले उब्जनीबिहीन बनाएको छ ।
त्यसैले उनीहरुका दुःख यतिमै सकिदैनन् । ११ दिनकी सुत्केरी कुमारी थामी झण्डै १ घन्टाको दूरीमा रहेको अर्काे गाविस खोपाचाकुमा पर्ने बारीमा मकै गोड्न गएकी थिइन्, सन्तानसहित । पिठ्युमा कोक्रो र हातमा कोदालो थियो उनको । पहेंलै थियो, हातखुट्टा र आठेको कलेटी गएको थिएन ।
९ सन्तानकी आमा बनेकी कुमारीकी आमा धनमायासँग पनि उस्तै दुःख छन् ।
खेतीको उब्जनीले ११ जनाको जहान परिवार पाल्न मुश्किल भएपछि उनका श्रमिान् दार्जिलिङतिर गएका छन् कामको खोजीमा । बाँकी मेलापात ८ जना छोराछोरीको हेरबिचार उनकै थाप्लोमा छ ।
दुःखमा पनि ओठको हाँसो भने हराएको छैन । दुःख बिर्सेर उनीहरुले हाँस्ने यो हाँसोले सरकार र सरोकारवालालाई गिज्याइरहेको छ ।
असार-११। आमनेपालीहरुको साझा रोग हो,पायल्स! लोकलाजका कारण हामीहरु यस रोगले सताउँदा पनि चुपचाप छौं,यो रोग कसरी लाग्छ ? लक्षणहरु के के हुन ? घरेलु उपचार कसरी गर्न सकिन्छ ? पुरा पढ्नुहोस र धेरै नेपालीहरु यो रोगले पिल्सिएका छन त्यसैले तपाईंको एक शेय र पनि रोगीको लागि अ मुल्यको सहयोग हुनसक्छ त्यसै कृपया एक शेय र अवश्य गर्नुहोला । मानिसहरुको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ । यसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या भएको छ । लोकलाजका कारण धेरै मानिसहरुले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन । सामान्यतया पायल्स रोग त्यस्तो रोग हो जुन मलद्वारसँग सम्बन्धित छ । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ । पायल्स रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ । यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन ।
कसरी हुन्छ पायल्स?
पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो । पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुछ, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग
कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ ।
दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि यसको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।
पायल्स रोगीले के खाने ?
हरियो सागपात काँचै खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने, पानी प्रशस्त पिउने, फलफुल को सेवन पनि प्रशस्तै गर्ने ।
खाना खाँदा मुला, काँक्रो, गाँजर खाने ।
नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौकाले पनि पायल्स रोगीहरुलाई निकै फाइदा पुर्याउँछ ।
घरेलु उपचारः
एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा कसै कसैलाई रगत तथा पिप आउने जस्ता समस्या ठीक भएका छन् ।
कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ ।
नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा सन्चो भएको पाइएको छ ।
मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउने गर्दा पनि कसैलाई राहत मिल्दछ ।
आफ्नो पिसाबले गद्द्वार धुने ।
नियमित रुपमा योग र शारीरिक व्यायाम गर्दा पनि सन्चो हुन्छ । यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ । औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया पनि अन्तिम उपचार भने होइन । कहिलकोही शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ ।
पायल्सका बिरामीले के खाने के नखाने ?
अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, चना, भन्टा, आलु, बोतलबन्द खानेकुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिने । यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।
विशेष ध्यान दिनुपर्ने कुराः
पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम राम्रो विधि हो । एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ ।
हप्तामा दुई तीनदिन शुरुमा रोग बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ । डाक्टरको सल्लाहअनुसार केही राम्रो भएपछि बिस्तारै काँचै खानेकुरा खाएर बस्ने, पेटलाई हलुंगो बनाएर औषधि गर्दै जाने । यस्तै, पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा पलाएको मासु बिस्तारै सुक्दै जान्छ र पायल्स पनि बिस्तारै कम हुँदै जान्छ ।

असार-९, रामेछाप । रामेछाप जिल्लामा एउटा शिक्षाको अग्रणी संस्थाको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल र शिक्षा बिभाग प्राविधिक तथा व्यवसायिक शिक्षा शाखा सानोठिमी, भक्तपुरबाट सम्बन्धन प्राप्त डहु उ. मा. वि. को बिद्यालय भवन को माननिय शिक्षामन्त्री गिरीराजमणी पोख्रेलबाट भब्य रुपमा असार ११ गतेको दिन बिहान १० बजे समुद्घाटन हुने जानकारी बिद्यालयका प्रधानाध्यापक श्री दल बहादुर वलले दिनुभयो ।
असार -८,काठमाडौं । सन् २०१० डिसेम्बरको एक साँझ । सोमबार अफगानिस्तानको काबुलमा तालिबानी आक्रमणमा परी १२ नेपालीको मृत्यु भयो । यही अफगानिस्तान हो, जहाँ ६ वर्षअघि एक वीर नेपालीले तालिबानको सिङ्गो फौजलाई एक्लै परास्त गरेका थिए ।
रोयल गोर्खा राइफल्सका हवलदार दिपप्रसाद पुन अफगानिस्ताको हेल्मन्ड प्रान्तमा एक चौकीमा तैनाथ थिए । त्यत्तिकैमा बाहिर हल्लाखल्ला सुनियो । पुनले बाहिर नियाले । त्यहाँ तालिबानी विद्रोहीहरु सडकमा विस्फोटक पदार्थ बिछ्याउँदै थिए । नजर डुलाए ।
उनीसहितको चौकीलाई तालिबानी लडाकुले चारैतिबाट घेरिसकेका रहेछन् । दिप एक्लै थिए । सोचे, यसै पनि मर्नु नै छ, यत्तिकै आत्मसमर्पण गरेर किन मर्ने ? त्यसपछि उनले एक्लै भएपनि परिस्थितिको सामना गर्ने मनस्थिति बनाए ।
लडाकुहरुले फायर खोले । पुन आत्तिएनन् । उनले पनि आफूसँग रहेको मेसिन गनबाट फायर गर्न थाले । चारैतिर फर्किएर अन्धाधुन्द गोली बर्साए ।
घटनाबारे स्मरण गर्दै पुन भन्छन्, ‘त्यतिबेला म निरास थिइनँ । किनकी लड्नेभन्दा मसँग अरु कुनै विकल्प पनि थिएन । तालबानीहरुले चारैतिरबाट मलाई घेरेका थिए र म एक्लो थिएँ । मलाई थाहा थियो, म मर्ने निश्चित छ । तब लाग्यो सकेसम्म धेरैलाई मारेर मात्र मर्छु ।
शनिबार, ४ असार
सप्रेम असिम सम्झना ।
अस्ति फोनमा कुराकानी भएपछि खुसी र दुःख दुवैलाग्यो । खुसी यस निम्ति कि लामो समयपछि फोनका माध्यमबाट कुराकानी भयो र भेटघाटको अभवलाई बिर्साइदियो । साथै दुःख भनूँ वा चिन्ता किन लाग्यो भने तिमीले तिम्रो स्वास्थ्य (मुटु) सम्बन्धी समस्या केही बढेकाले जचाउन जाँदैछु भन्यौ ।
तिमी आफैँ स्वास्थ्य क्षेत्रसँग सम्बन्धित भएकी र एउटी शिक्षित तथा सचेत नारीसमेत भएकीले मैले यस सम्बन्धमा कुनै चिन्ता लिनु हुँदैन भनेर आफूलाई आश्वस्त पार्न खोजेपनि पीडा त हुनेरहेछ नै । तर तीमि दृढ र उँचो मनोबल भएकी सङ्कल्पशील नारी हौ भन्ने कुरामा म पूर्णतः ढुक्क छु । तिम्रो प्रियजनहरूका बीचमा तिम्रो छवि पनि त्यस्तै नै बनेकोछ ।
झन्डै एक दशक पुग्न लागेको हाम्रो दाम्पत्य जीवनको व्यावहारिक अनुभवबाट समेत मैले त्यही कुरा पुष्टि भइरहेको पाउँदछु । त्यसैले तिम्रो स्वास्थ्य सम्बन्धमा र अन्य समस्याहरूका सन्दर्भमा उपदेशमूलक कुराहरू लेखिरहनुपर्ने आवश्यकता तिम्रा निम्ति छैन । तै पनि मलाई भन्नै मन लागेको कुरा केहो भने हामीले आफूलाई शारीरिक रूपले स्वस्थ राख्न मानसिक रूपले पनि स्वस्थ राख्ने कोसिस गर्नै पर्दछ । मलाई आशा मात्र होइन पूर्ण विश्वास छ ।
तिमीले दैनिक जीवनका सामान्य समस्या र चिन्ताबाट सधैँ मुक्त राख्ने छौ र सदैव सिङ्गो जीवन र सफल जीवन बाँच्ने सङ्कल्पलाई एकमात्र उद्देश्य बनाउनेछौँ तिमीले नर्सिङ क्षेत्रको रूपमा समाज सेवाकै बाटो रोज्यौ भने मैले कला र संस्कृतिको क्षेत्रको रूपमा समाज र राष्ट्रकै सेवाको बाटो रोजेको हुँ ।
हाम्रो माध्यम फरक भए पनि र सिङ्गो देशलाई जस्तै हाम्रो व्यक्तिगत जिन्दगीलाई समेत देशको राजनीतिले प्रभावित तुल्याए पनि समाज र राष्ट्रको सेवा गरेर एउटा सार्थक जिन्दगी बाँच्ने तिम्रो र मेरो सङ्कल्पको बीचमा कुनै भिन्नता छैन भन्ने नै लाग्दछ । हाम्रो यही साझा भावना र लक्ष्य प्रतिको निष्ठा नै हाम्रो सम्बन्ध (पहिचान) हो शक्ति हो र हाम्रो आत्म गौरव पनि ।
तिमीले यसअघि मलाई पठाएको पत्रमा त्यही आत्मगौरवको भाव छताछुल्ल भरिएको थियो र म त्यसमा चुर्लुम्म डुबेको थिएँ। तिम्रो पत्रको त्यही भाव र विचारलाई मैले मेरो आदर्शको आधारका रूपमा दह्रो सँग पक्रिरहेकोछु।
जेनी माक्र्सले भनेजस्तै तिम्रो पत्रमा उल्लिखित तिनै ‘प्रेममय’ अभिव्यक्तिले मलाई ‘उत्साहित’ र ‘उत्प्रेरित’ गरिरहेका छन् भने जेलको ‘कष्टमय’ जीवनले मलाई ‘स्पात’ बनाउन सहयोग गरिरहेका छौँ , त्यस्तो बेला हाम्रो जस्तै जीवन र अनु भूतिहरू भोगेका हाम्रा अग्रजहरूको अनुभूति र अभिव्यक्तिहरूले पनि ठूलो आत्मबल प्रदान गर्दारहेछन् ।
त्यसैले म सधै झलझली सम्झिरहनेगर्छु । जेनी माक्र्सका यी शब्दहरू ‘प्रेमले मानिसलाई उत्साहित बनाउँछ भने दुःखले स्पात बनाउँछ ।’
हिजोआज पत्रपत्रिकाहरू पढ्दा, समाचार र लेखहरू पढ्दा त्यस्तै कतिपय पङ्क्तिहरूले चस्स हुन्छन्र गम्भीर बनाउँछन् ।
ज्ञवालीजीले भाद्र २० गतेको ‘जनादेश’ मा प्रकाशित कवितामा लेख्नुभएछ– ‘प्रवीण गुरुङ’ हरू सडकमा किचिएका छन् । ‘इच्छुक’ हरू फलामे जन्जीरमा । त्यस्तै सोही अङ्कको साहित्यकला स्तम्भमा कृष्णज्वाला देवकोटाले लेख्नुभएको रहेछ ‘मान्छेका सपनाहरूलाई अङ्कित गरेकै अपराधमा जेलका चिसा छिँडी कुरिरहेका छन् ‘इच्छुक’हरूले ।’
त्यस्तै किसिमको मन छुने अभिव्यक्ति पढेँ ‘अभिव्यक्ति जोखिम लिहाफ, नारायण ढकाल, बुद्धदेव बसु, इस्मत चुगताई, सहादत हसन मन्टोलाईझैँ अश्लील लेखियो भनेर मुद्दा लगाइएको छैन । बरु राजनीतिक प्रणालीको विरोध गरिएको अभियोगमा भने सुब्बा कृष्णलालदेखि कवि कृष्ण सेन ‘इच्छुक’ सम्मलाई समय–समयमा कारायातना भोग्न अभिशप्त बनाइएकोछ ।’
यस्ता अभिव्यक्तिहरूले आफ्ना प्रियजनहरूका अनुभूतिहरूले भरिएर आउँछ । यसबेला डाक्टर ऋषिराज बरालजीलाई सम्झिन पुग्दछु । व्यक्ति कृष्ण सेनसँग कतिपय बेला तितो पिरोभए पनि कवि इच्छुकलाई उहाँले सधैभरि काँधमाथि उचाले र हिँड्नुभयो, पञ्चायतकालदेखि अहिलेसम्म ।
विशेष गरी मेरोबन्दी जीवनको विषयलाई लिएर एउटा सहधर्मी लेखकका रूपमा जसरी उहाँले कलम चलाउनुभयो, त्यसरी सायदै अरु कसैले चलाए ।
बरालजीले जसरी लगातार नभए पनि थुप्रै–थुप्रै मित्रहरूले मेरो विषयलाई लिएर लेख्नु वा अभिव्यक्त गर्नु भएको थुप्रै– थुप्रै सन्दर्भ र प्रसङ्गहरू यतिखेर म सम्झिरहेकोछु, जो यहाँ उल्लेख गर्न सबै सम्भव छैन ।
गत वर्षा पूर्णविरामजीले छोरी समी, म र आफूलाई विषय बनाएर ‘तीन जनाको निद्रा’ शीर्षकमा (शीर्षक यस्तै थियो झैँ लाग्छ) जनादेशमा एउटा कविता प्रकाशित गर्नु भएको थियो। त्यो कविता कटिङ गर्न बिर्सेछ, अहिले मसँग छैन । त्यो कविताको सार के थियो भने समीक्षा तिमीलाई अहिले निद्रा लागेको छैन, तिम्रो बाबाको आँखामा पनि यतिखेर निद्रा छैन र म पनि अहिले अनिँदो बसे र तिमीलाई र तिम्रो बाबालाई सम्झे र कविता लेखिए रहेकोछु । हामी तीनै जनाको आँखामा यतिखेर निद्रा छैन । यस्तै–यस्तै थियो त्यो कविताको भाव ।
कहिलेकाँही निद्रा लागेको बेला अरु कविता सम्झिने गर्दछु र सोच्दछु हामीलाई सम्झेर ननिदाउने प्रियजनहरू कति हुनु हुन्छ कति १ त्यसैलेउहाँहरूलाई सम्झँदा सम्झँदै आफूलाई बिर्सन्छ । दुईतीन महिनाअघि एकजना बन्दी भाइले सुर्खेतबाट ‘हाम्रा कृष्ण सेनहरू!!!!’ शीर्षकमै कविता लेख्नु भएको रहेछ । जनआह्वानमा प्रकाशित भएको थियो। मैलेभन्दा पनि सिरहाका अन्य साथीहरूले रस लिई–लिई कविता पढ्नेर सुनाउने गरिरहनुभयो त्यो कविता । यी यस्ता अभिव्यक्ति र प्रसङ्गहरू हुन् , जसले मनलाई चस्स छुनेगर्छन् ।
पत्रकार साथीहरूले जसले मेरो विषयमा आफ्ना पत्रिकाहरूमा समाचार लेख्नुभयो, मेरै रिहाइको माग गर्नु भयो र गरी पनि रहनु भएको छ, त्यसको महत्व पनि आफ्नो ठाउँमा छँदैछ ।
तर, लेख र रचनाका पङ्क्तिहरूले मनलाई बढी उद्वेलित पार्ने रहेछन् ।
भाद्र २८ गते साप्ताहिक जनआस्थामा एकजना अपरिचित मित्रले ‘संविधानविपरीत प्रेसलाई धमाका’ शीर्षक लेखको अन्त्य यसरी गर्नु भयो‘ पत्रकारलाई राजधानीमा धम्की दिएर रोल्पा,रुकुम, जाजरकोट, कालीकोटमा छापामारलाई केही लछारपाटो लाग्दैन र लागिरहेकोछैन । एउटा कृष्णसेन र कैयौँ कृष्ण सेनलाई थुने पनि’ (केशवबहादुर श्रेष्ठ जनआस्था) मैले त यी तात्कालिक प्रसङ्गलाई मात्रै कोट्याउन खोजेकाहुँ । यस प्रसङ्गलाई यहीँनै रो कुँ ।
यी यस्ता गहन भावका र उदात्त प्रेमका अभिव्यक्तिहरू हुन्, जसले साँच्चैनै मनलाई उत्साहित बनाउँछ । त्यसैले तिमीले पनि यो भाव र अनुभूतिहरूलाई राम्ररी मनन गर्ने छौँ र आत्मसात्गर्ने छौँ ।
यी यस्ता भाव र अनुभूतिहरू हुन्, जसले हामीलाई‘म’ देखि माथि उठाएर ‘हामी’ बन्न घच्घच्याउँछन्, वैयक्तिक जीवनदेखि माथि उठाएर सामूहिक जीवनपद्धत्तिलाई चिन्न, बुझ्न बल र मद्दत पुर्याउँछन् ‘एक्लो’ हुनुको पीडाबाट मुक्त गरेर प्रसन्न र उदात्त बन्न सहयोग पुर्याउँछन् ।
अन्त्यमा कुशल रही तिम्रो कुशलताको हार्दिक कामना गर्दछु । साथै विजयादशमीको शुभकामना पनि । दशैँमा घर जानेबेला एकचोटी फोन गर्नू । तीन सय पूर्णाङ्क र दुईसय पूर्णाङ्कको समस्याले मेरो फर्म भर्न अप्ठ्यारो पर्यो भने एजुकेसनतिर नै भरिदिए हुन्छ ।
शेष पछि ! बिदा ।
तक्मा, भालुवाङमा पसेर देहरादुन काइँला बुवाको पुरानोरनयाँ ठेगाना, नभए उहाँले काम गर्ने अफिस र ठाउँको नाम भए पनि अर्जुन सँग सोधेर ल्याउनू ।
सुरेशजी र हेमकुमारजी तथा मञ्जु , तारा र सबैलाई मेरो सम्झना भनिदिनू । राजविराजबाट प्रकाशित हुने ‘सत्यापन’ साप्ताहिक ९भाद्र १८ गतेको० एक प्रति पठाउँदैछु । पत्रकार साथीहरूको सहयोग र प्रेम प्रशस्त पाइरहेकोछु, जस्तो लागि रहेकोछ ।
–सेन
केही दिन पहिले इलाम कारागारबाट सरुवा भएर केही बन्दीहरू आएका छन् । बाँसका राम्राराम्रा स्टार (तारा)हरू र मुढा सेटहरू बनाउँदा रहेछन् । मैले पनि सम्झनाका रूपमा एउटा बनिनू भनेको छु । स्टारका बीचमा लेख्ने एउटा कोटेसन दिनुस् भने वा मागे ।
मैले ०३६र०३७ सालतिर गाउने रामेश र मञ्जुलहरूको एउटा चर्चित लोकप्रिय गीतका दुई पङ्क्तिहरू लेखेर दिएँ ‘सङ्घर्ष हो जीवनरजीवन सङ्घर्ष हो ’ १५र१६ वटा मात्र अक्षर राख्न सकिने सीमा वा बाध्यता भएकाले स्टारमा तलका यी पङ्क्तिहरू भनेनअटाएर छुटे‘जीवन थाकेर बस्छु नभनरजीवनदेखि हारेर मर्छु नभनरसङ्घर्ष हो जीवन सङ्घर्ष हो ।’
यी पङ्क्तिहरू गुन गुनाउँदा आज के लाग्ने गर्छ भने रामेश र मञ्जुलहरूले यो गीत तिम्रो हाम्रो जीन्दगीलाई देखेर नै लेखेका हुन् । वास्तवमा यस्तो सबै लाई लाग्ने गर्छ जसले सङ्घर्ष पूर्णजीवन बिाइरहेका छन् । रूप र रङ्गमा फरक होला, हरेक मान्छेले आफ्ना निम्ति सङ्घर्ष गरिरहेको मानवजातिको हितकोनिम्ति साझा सङ्घर्ष गरिरहेको हुन्छ ।
जब सङ्घर्ष गर्नै पर्ने भने त्यो सङ्घर्ष मानव जातिको हितको निम्ति साझा सङ्घर्ष नै किन नगर्ने रु मानव जातिको साझा सङ्घर्ष मा नै सहभागी किन नहुने रु सायद यस्तै–यस्तैसोचहरूलेनैमानिस सङ्घर्षका बीचमा हेलिन्छ, सहज तथा सन्तुष्ट रहन्छ र जीवनलाई प्रेम गर्छ , सङ्घर्षलाई प्रेम गर्छ । प्रिय तक्मा, चिठी लेख्न बस्दा के लेख्ने होला भन्ने लागेको थियो। अहिले कलम समाएर लेख्न बसे पछि कलम कसरी रोक्ने होला भनने लागिरहेको छ ।
मनभित्र उर्लेका भावहरूलाईरअनुभूतिहरूलाई व्यावहारिक र दार्शनिक विचारहरूलाई कसरी सहज र सन्तुलित अभिव्यक्ति दिने होला भन्ने समस्याले सताइरहेकोछ ।
मेरा कविताहरू र काव्य तिनै भाव र अनुभूतिहरूका प्रस्फुटनहरू हुन् । अहिले छोरीलाई समर्पित गर्ने एउटा सुन्दर काव्य लेखुँं भनेर लागिरहेकोछु । ढिलोचाँडो पूरा गर्नेनैछु। मानसिक रूपले ‘बन्दी र चन्द्रागिरि’ तिम्रो निम्ति समर्पित छ । लौ त अहिलेविदा !
तिम्रो शुभेच्छुक
कृष्ण सेन ‘इच्छुक’
राजविराज कारागार, सप्तरी
६ आश्विन ०५७
२०७३ असार ४ गते , काठमाडौं । नेपाल आयल निभगले विभिन्न पदमा कर्मचारी भर्ना गर्न दरखास्त आवेदन माग गरेको छ । आयल निगमले एक विज्ञापन प्काशित गर्दै विभिन्न ६२ पदमा जागिर खुलाएको हो ।
मेकानिकल र सिभिलतर्फकोे उपप्रवन्धकदेखि सहायक मिस्त्रीसम्मका पदमा जागिर खुलेको छ ।
प्राविधिक देखि अप्राविधिकतर्फ पनि दरखास्त माग गरिएको छ ।
मेकानिकल उपप्रवन्धका ३ र सिभिलतर्फ ४ जना माग गरिएको छ । यस्तै , कम्प्युटर इन्जिनियर, इण्डलस्टि्रयल, पेट्रोलियम, केमिकल र इलेक्ट्रोमेकानिकलतर्फ एक-एक जना उपप्रवन्धक मागिएको छ ।
प्रशासन सहायक प्रवन्धक ९, लेखा सहायक प्रवन्धक ७, आइटी सहायक प्रवन्धक ३, प्रशासन बरिष्ठ सहायक ६, बरिष्ठ लेखा सहायक ४, बरिष्ठ ल्याब सहायक २ र बरिष्ठ कम्प्युटरसहायक ४ जनाका लागि आवेदन खुलेको छ ।
यसैगरी प्रशासन सहायक, लेखा सहायक र सहायक पदहरुका पनि आवेदन माग गरिएको छ । सम्बन्धित विषयमा स्नातक गरेका र एसएसलसी पास गरेका सम्मले पदअनुसार आवदेन दिन सक्नेछन् ।
असार-४, रामेछाप । रामेछाप, वेथान-५ मा रहेको यस बिद्यालयले बिगतका बर्षदेखी नै आफु जिल्लाकै उत्कृष्ट बिद्यालयको रुपमा पुरस्कृत हुँदै आफु अब्बल रहेको प्रमाणित गरिसकेको छ । रामेछाप जिल्लाको शैक्षिक बिकासमा उल्लेख्य योगदान पुर्याएको यस बिद्यालयको स्थापना २०१८ सालदेखी नै जिल्लाकै उदाहरणीय बिद्यालयको रुपमा रहेको थियो । बाल मैत्री शिक्षण बिधी, लगनशिलता, अनुशासन र शान्त शैक्षिक वातावरण नै सफलताको सुत्र रहेको बिद्यालयका प्रधानाध्यापक दल बहादुर वल बताउनु हुन्छ ।
यसै शैक्षिक बर्षदेखी कम्प्युटर ईन्जीनियरिङ कक्षाहरु सन्चालन गरेको बिद्यालयले २०७१ सालको SLC मा विशिष्ट सहित १००%, २०७२ सालको SLC मा पनि १००% नतिजा ल्याई जिल्ला प्रथम भएको थियो भने यस बर्षको SLC मा ६ जना - A ग्रेड, ८ जना- B+, ९ जना- B , ३ जन-C+ ल्याई SLC २०७३ को जिल्ला प्रथमको प्रमुख दावेदारको रुपमा आफुलाई प्रस्तुत गर्न सफल भएको छ ।
बुटवल: रुपन्देहीको मुर्गियास्थित सुनगाभा पब्लिक उच्च माविकी विद्यार्थी समीक्षा सुवेदीले ग्रेड प्वाइन्ट एभरेज ४ अंक हाँसिल गरेकी छन् ।
सतप्रतिशत ल्याउँदै समीक्षा 'बोर्ड फस्ट' भएको दाबी उनको स्कुल र परिवारले गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयबाट बिहीबार प्रकाशित २०७२ मा सञ्चालित एसएलसीको नतिजामा उनी 'बोर्ड फस्ट' भएको दाबी विद्यालयका प्राचार्य तिलक केसीले गरेका छन् ।
यो खुसियालीमा विद्यालयले शुक्रबार मुर्गियामा खुसियाली र्यालीको आयोजना गरेको छ । त्यसैगरी बुटवलस्थित अक्फोर्ड उच्च माविका अमृत पाण्डेले ३.९५ अंक ल्याएका गरेका छन् ।
त्यसैगरी सालझन्डीस्थित नवप्रभात बोर्डिङका विद्यार्थीले पनि ३.९५ अंक ल्याउन सफल भएको बताइएको छ ।
काठमाडौं– परीक्षा नियन्त्रण कार्यालय सानोठीमि भक्तपुरले एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थीका लागि पुरक (ग्रेड बृद्धि) परीक्षाका व्यवस्था गरेको छ ।
परीक्षा आगामी साउन १४ गतेदेखि हुने पनिकाले बिहिबार सार्वजनिक गरेको सुचनामा उल्लेख छ ।
यस्तै परीक्षार्थीले परीक्षाको नतिजा चित्त नबुझेमा पनिका, सम्बन्धित क्षेत्रिय निर्देशानालय वा जिल्ला शिक्षा कार्यालयमा नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिनेछ ।
२०७३ असार २ बिहीवार
काठमाडौं: परीक्षा नियन्त्रण कार्यालयले एसएलसी (प्रवेशिका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। पनिकाले यस वर्षदेखि पहिलोपटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको हो।
ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांकअनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिएको परीक्षा नियन्त्रक कृष्ण काप्रीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए।
एसएलसी परीक्षा गत चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। अघिल्लो वर्षको तुलनामा १३ दिन ढिलो गरी परीक्षा सञ्चालन गरिएको भए पनि नतिजा भने छिटो सार्वजनिक भएको हो ।
परीक्षा सञ्चालन हुनेबित्तिकै उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुर्याउन लाग्ने समय, परीक्षण केन्द्रमा परीक्षण गर्न लाग्ने समय तथा परीक्षण गरेपछि कति दिनभित्रमा केन्द्रमा नतिजा पठाउनेसम्मका कार्ययोजना बनाइएकाले काम छिटो भएको काप्रीले बताए। परीक्षा नियन्त्रण कार्यालयका अुनसार नियमिततर्फ सहभागी ४३७३२६ जना परीक्षार्थीको परीक्षाफल यस्तो रहेको छ ।
परीक्षा सञ्चालन हुनेबित्तिकै उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुर्याउन लाग्ने समय, परीक्षण केन्द्रमा परीक्षण गर्न लाग्ने समय तथा परीक्षण गरेपछि कति दिनभित्रमा केन्द्रमा नतिजा पठाउनेसम्मका कार्ययोजना बनाइएकाले काम छिटो भएको काप्रीले बताए। परीक्षा नियन्त्रण कार्यालयका अुनसार नियमिततर्फ सहभागी ४३७३२६ जना परीक्षार्थीको परीक्षाफल यस्तो रहेको छ ।
३.६ देखि ४.० ल्याउने परीक्षार्थी १६४५४
३.२ देखि ३.६ ल्याउने परीक्षार्थी ४१५७७
२.८ देखि ३.२ ल्याउने परीक्षार्थी ४८६११
२.४ देखि २.८ ल्उाउने परीक्षार्थी ६३१८१
२.० देखि २.४ ल्याउने परीक्षार्थी ९४७१६
१.६ देखि २.० ल्याउने परीक्षार्थी १०४२७८
१.२ देखि १.६ ल्याउने परीक्षार्थी ५६७६३
०.८ देखि १.२ ल्याउने परीक्षार्थी ८०००
०.० देखि ०.८ ल्याउने परीक्षार्थी ११ जना
नियमिततर्फ उमेर नपुगेका विद्यार्थीहरु १६ जना रहेका परीक्षा नियन्त्रण कार्यालय जनाएको छ ।
एक्जाम्टेडतर्फ सहभागी भएका १५०८२६ परीक्षार्थीहरुमध्येको परीक्षाफल यस्तो छ ।
३.६ देखि ४.० ल्याउने परीक्षार्थी ४ जना
३.२ देखि ३.६ ल्याउने परीक्षार्थी ८ जना
२.८ देखि ३.२ ल्याउने परीक्षार्थी ९४ जना
२.४ देखि २.८ ल्याउने परीक्षार्थी २९४३ जना
२.० देखि २.४ ल्याउने परीक्षार्थी २९७८० जना
१.६ देखि २.० ल्याउने परीक्षार्थी ७५३४० जना
१.२ देखि १.६ ल्याउने परीथार्थी ३७०३९ जना
०.८ देखि १.२ सम्म ल्याउने परीक्षार्थी २४५२ जना
०.० देखि ०.८ ल्याउने परीक्षार्थी २ जना
एक्जाम्टेडतर्फ उमेर नपुगेका २७ जना परीक्षार्थी रहेका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी भएका थिए । पनिकाको तथ्यांकअनुसार यस वर्ष छात्रका तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी थिए ।
कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना थिए। तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र थिए।
त्यस्तै आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी थिए। प्राविधिक धारका ३ हजार दुई सयजना परीक्षार्थी थिए। त्यसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र थिए।
परीक्षा नियन्त्रक काप्रीले एसएलसीको नतिजा एसएमएस, आइभीआर र वेबसाइटमा थाहा पाउन सकिने जानकारी दिए।
परीक्षा नियन्त्रक काप्रीले इन्टरनेटबाट हेर्न नसक्नेहरुले एसएमएसबाटै परिणाम थाहा पाउन सकिने बताए। 'नतिजा थाहा पाउन आफ्नो मोबाइलको म्याजेज बक्समा SLC लेखेर एक स्पेस दिएपछि सिम्बोल नम्बर लेखी १६००, ५००१, ५२२५, ५५६६, ४९४९ र ७६७६ मा एसएमएस गर्नुहोला', काप्रीले भने, 'नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि नतिजा जान्न सक्नुहुन्छ।'
एसएलसीको परिणाम शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मार्फत पनि थाहा पाउन सकिने सुविधा छ। त्यसैगरी अन्य सरकारी साइटहरुमा शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यालयकै वेबसाइट www.soce.gov.np बाट पनि नतिजा जान्न सकिने छ।
त्यसैगरी नेपाल टेलिकमको वेबसाइट www.slc.ntc.net.np मा गएर पनि एसएलसीको नतिजा थाहा पाउन सकिनेछ।
बिहीबार, २ असार
काठमाडाैं । एसएलसीमा ग्रेड प्वाइन्ट एभरेज (जीपीए) २ ल्याएका विद्यार्थीले मात्रै विज्ञान समूहका विषय पढ्न पाउने भएका छन् ।
एसएलसी परीक्षाको नतिजा आउने अघिल्लो दिन बुधबार उच्च माध्यमिक शिक्षा परिषद्को बोर्ड बैठकले कक्षा ११ मा कुन विषय पढ्न कति जीपीए चाहिने भन्ने तय गरेको हो । जीपीए भनेको अक्षरमा गरिएको विद्यार्थीको मूल्यांकन स्तरीकरणको आनुसांख्यिक मान हो ।
परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा लिएको एसएलसी परीक्षाको पूरै नतिजा पहिलो पटक ग्रेडिङ प्रणालीबाट बिहीबार सार्वजनिक गर्दैछ । परीक्षामा ६ लाख १ सय २० विद्यार्थी सहभागी थिए ।
विज्ञान समूह अध्ययन गर्न २ जीपीए हुनुपर्छ भने व्यवस्थापन, शिक्षा, मानविकी संकाय अध्ययन गर्न कम्तीमा १.६ जीपीए ल्याउनुपर्ने छ । ३० देखि ४० प्रतिशत अंक ल्याउनेको समग्रमा १.६ जीपीए हुन्छ । ‘कुन विषय पढ्न कति ग्रेड ल्याउनुपर्ने भन्ने निक्र्योल गरेका छौं,’ उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष चैतन्य शर्माले भने, ‘अनिवार्य विषयमा कम्तीमा डी प्लस ल्याउनैपर्ने हुन्छ ।’
११ मा पढ्न एसएलसीमा आठ विषयमध्ये अनिवार्य अंग्रेजी, नेपाली, सामाजिक, गणित, विज्ञानमा कम्तीमा डी प्लस ल्याउनैपर्ने छ । अनिवार्य जनसंख्या तथा स्वास्थ्य र अरू दुई ऐच्छिक विषयमा भने डी र ई ल्याए पनि ११ मा पढ्न पाइन्छ ।
अंग्रेजी कमजोर भएका विद्यार्थीले पनि शिक्षातर्फको ऐच्छिक विज्ञानका विषयहरू अध्ययन गर्न सक्नेछन् ।
विज्ञान समूह रोज्ने विद्यार्थीले एसएलसी परीक्षामा अनिवार्य विज्ञान र गणितमा सी प्लस ग्रेड ल्याएको हुनुपर्छ ।
सी प्लस भन्नाले ५० देखि ६० प्रतिशत हुन्छ । अंग्रेजीमा सी (४० देखि ५० प्रतिशत), सामाजिक र नेपालीमा कम्तीमा डी प्लस (३० देखि ४० प्रतिशत) ल्याउनुपर्ने हुन्छ ।
कक्षा ११ को प्राविधिकतर्फ अध्ययन गर्न कम्तीमा १.६ जीपीए ल्याउनुपर्ने हुन्छ । यसमा पनि विज्ञान, गणित र अंग्रेजीमा सी ग्रेड, सामाजिक र नेपालीमा डी प्लस ल्याउनुपर्ने हुन्छ । व्यवस्थापन समूह अध्ययन गर्न १.६ जीपीए, गणितमा सी, अंग्रेजी, नेपाली, सामाजिक र विज्ञानमा डी प्लस ल्याउनुपर्ने हुन्छ ।
त्यस्तै सैद्धान्तिक र प्रयोगात्मक भएको विषयमा फरक ग्रेड ल्याउनुपर्ने मापदण्ड तोकिएको छैन । यो निर्णयले प्रयोगात्मकमा ए प्लस र सैद्धान्तिकमा ई ल्याए पनि विद्यार्थीले भर्ना पाउने छन् ।
यसले सिकाइ क्षमता कमजोर भएका विद्यार्थीले पनि कक्षा ११ मा अध्ययन गर्न पाउने भएका छन् । दुई विषयसम्म डी र ई ग्रेड ल्याउने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था छ ।
अधिकांश विषय अध्ययन गर्न सबै विषय अध्ययन गर्न अंग्रेजीमा सी र डी प्लस ल्याए हुनु भनिएको छ ।
यसअनुसार ग्रेड सी भन्नाले ४० देखि ५० र डी प्लसमा ३० देखि ४० प्रतिशत हुन्छ । व्यवस्थापन समूह रोज्ने विद्यार्थीले अनिवार्य अंग्रेजीमा डी प्लस ल्याए पनि हुने व्यवस्था गरेको छ । अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।
नियमित व्यायाम गर्ने महिलाले स्वस्थ शरीरसँगै बढी यौन सन्तुष्टि पाउने एक अध्ययनले देखाएको छ । नियमित जगिङ अथवा जिम गर्ने महिलामा यौन उत्तेजना चाँडै आउँछ । साथै, त्यस्ता महिलाले चरमोत्कर्ष चाँडै हासिल गर्ने अध्ययनले पत्ता लगाएको छ ।
अमेरिकी राज्य फ्लोरिडाको अटलान्टिक युनिभर्सिटीका प्राध्यापक टिना एम पेनहोको टोलीले गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो । उत्तेजना बढाउन चाहने महिलाले आफ्नो शरीरलाई क्रियाशील बनाउनुपर्छ ।
व्यायामको क्रममा महिलाको शरीरमा ग्रोथ तथा टेस्टोस्टोरन हार्मोन बढी पैदा हुने र यस्तो हार्मोनले कामोत्तेजना जगाउने अनुसन्धानका क्रममा पत्ता लागेको उनले बताइन ।
अनुसन्धानका क्रममा केही महिलालाई २० मिनेटसम्म साइकलिङ गराइएको थियो । त्यसलगत्तै उनीहरुलाई पोर्न फिल्म देखाइयो । सामान्य अवस्थामा भन्दा साइकलिङ गरेपछि पोर्न फिल्म हेर्दा महिलामा एक सय ६९ प्रतिशत बढी कामोत्तेजना जागेको मापन गरिएको थियो । व्यायामका कारण तनावमुक्त हुने र यसले यौन क्रियाकलापमा लीन हुन महिलालाई प्रेरित गर्ने तथ्य यसअघि पनि विभिन्न अध्ययनले पत्ता लगाइसकेको थियो । एजेन्सी
३२ जेठ, काठमाडौं । ‘प्लस टु अध्ययन गर्दा गर्दै बेरोजगारीका कारण आफन्तलाई काम खोजिदिनु भनेको थिएँ, विदेश पठाइदिन्छु भन्दै भारतमा लगि बिक्री गरेछन्’, बेचिएकी ती युवतीले भनिन् । १८ वर्षको उमेरमा बेचिएकी एक किशोरीले बेचिएको स्थानबाट फर्किएर जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोमबार उजुरी दिएकी छिन् ।
काभ्रे पाँचखाल नगरपालिका–११ तत्कालीन बालुवा गाविस घर भएकी १८ वर्षीया युवतीलाई दलालहरुले २०७१ साल बैशाख २० गते घरबाटै फकाएर दिल्ली पुगाएका थिए । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
‘आफू बेरोजगार रहेकाले आफन्तहरुलाई जागिर खोजिदिन भनेको थिएँ, जागिर राम्रो छ, कमाई राम्रो छ विदेश जानुपर्छ भन्दै उनीहरुले नै निःशुल्क पासपोर्ट बनाइदिए पीडितले भनिन्,‘पासपोर्ट बनाएको कुरा घरमा बुबा आमालाई समेत थाहा दिएको थिइन ।’ कक्षा ११ को अध्इयन गर्दै गर्दा आफन्त नाता पर्नेले उनलाई ललाईफकाई गरी भारतसम्म पुगाई बिक्री गरेर फर्किएका थिए ।
भारत हुँदै अबुधाबी पुर्याएकी उनलाई घरेलु कामदारको रुपमा एक अरबीको घरमा राखिएको थियो ।
घरेलु कामदारका रुपमा राखिएकी बालिकालाई घरका मालिकले अभद्र व्यवहारमात्रै गरेनन् दैनिक शारीरिक शोषण गर्न थाले ।
‘बच्चै छु, यस्तो काममा मलाई नलगाउनुस्, म सक्दिँन भन्दा पनि उसले मानेन’, युवतीले भनिन्, ‘तँलाई ६ लाख रुपैयाँमा किनेर ल्याएको पूजा गर्न होर ?’
खान लगाउन समेत नदिइकन एकोहोरो शोषण मात्रै गरेपछि बालिकाले भाग्ने प्रयास गरिन तर सफल भइनन् ।
करिब एक महिनापछि राति घरमा कोही नभएको मौका छोपी उनी अरबीको घरबाट त भागिन् तर जाने ठाउँ कहीँ भएन ।
२०७१ असोजमा नेपाली दूताबासको शरणमा पुगेकी उनलाई सिन्धुपाल्चोक समाजले सहयोग रकम संगलन गरेर पठाएपछि २०१४ डिसेम्बर १९ मा उनी बल्ल नेपाल फर्कन सफल भइन् ।
१८ वर्षमा बेचिएकी बालिका अहिले २० वर्षकी भएकी छिन् ।
जेठ -३०, इतिहासमा यस्ता कैयौ राजारानी छन् जसको कहानी सुनेर हामी अचम्ममा पर्छौ । कोही आफ्नो शत्तिका लागि त कोही आफ्नो कार्यकालमा निर्माण गरेका भवनहरु र तिनका शासनशैलीका लागी । तर, एक प्रशिद्ध महारानीको मृत्युको कारण सेक्स बन्यो त्यो पनि घोडासँग ।
इतिहासमा आफ्नो बेग्लै पहिचान बनाएकी रुसकी महारानी केथरिन दि ग्रेट द्धितिय सेक्सको भोगी महारानीको रुपमा चिनिन्छन् । उनको यौन प्यास आफ्नो पति पिटरबाट पुरा नभएपछि उनी पतिसँग टाढिएर बस्न थालेकी थिइन् ।
भन्निछ कि सन् १७२९ देखि १७९६ सम्म उनी सेक्सको भोगी थिइन् । उनले आफ्नो यौन सुन्तुष्टि मेटाउन महलभरि पुरुषहरु राखेकी थिइन्।समस्या यस्तो सम्म थियो कि उनी आफ्नो गोप्यभन्दा पनि गोप्य कामका लागि पुरुषहरुको प्रयोग गर्थिन् ।
‘केथरिन द ग्रेट’ – लव सेक्स एण्ड पावर मा यस कुराको बयान गरिएको पाइन्छ ।
पतिबाट सन्तान सुख प्राप्त नभएपछि उनीले सेनापतिसँग सेक्स गरेकी थिइन् । त्यहिबाट उनलाई सन्तान सुख प्राप्त भएको थियो । उनि नोकरहरुसँग सेक्स गर्थिन् र रातमा व्याचलर पार्टी गर्न रुचाउँथिइन् । यी रानीले आफ्नो लागि एक विशेष सैलुन बनाएकी थिइन् । उक्त सैलुनमा विभिन्न आसनमा सेक्स गरेको सामानहरु राखिएको थियो ।
तर, रानीको मृत्युबारे हालसम्म कुनै त्यस्तो ठोस खुलासा भएको थिएन ।
केही मानिसहरुले उनको सामान्य रुपमै मृत्यु भएको बताइएको थियो । तर, केही इतिहासकारका अनुसार उनको मृत्यु अस्तबलमा रहेको घोडासँग सेक्स गर्ने क्रममा मृत्यु भएको बताउने गर्छन् । रुसकी महारानी केथरिन दि ग्रेट द्धितियको सेक्सका लागि मरिमेट्ने महिलाको रुपमा आज उत्तिकै चर्चा छ । एजेन्सी
२६ जेठ, काठमाडौं। विश्वमा उदाउँदो महाशक्तिका रुपमा परिचित भारतका ६३१ उद्योगले नेपालमा विभिन्न क्षेत्रमा ८० अर्ब ६७ करोड १० लाख रूपैयाँभन्दा बढी लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् । मुलुकमा ऊर्जाको चरम सङ्कट बढेका बेला छिमेकी भारतका १९ उद्योगले नेपालको ऊर्जा क्षेत्रमा मात्र ४५ अर्ब ८० करोड ३० लाख रूपैयाँभन्दा बढी लगानी गर्ने भएका छन् ।
भारतीय उद्योगको सबैभन्दा बढी लगानी नेपालको ऊर्जामूलक क्षेत्रमा रहेको उद्योग विभागले जनाएको छ । सरकारले ‘विदेशी लगानी नीति, २०७१’ मार्फत विदेशी लगानीलाई ऊर्जा क्षेत्रमा प्राथमिकता दिएपछि ऊर्जा क्षेत्रमा विदेशी लगानी बढेको विभागका महानिर्देशक महेश्वर न्यौपाने बताए।
लगानी गर्न स्वीकृति प्राप्त गरेका ६३१ भारतीय उद्योगको कृषि तथा वनजन्य क्षेत्रमा ४२ करोड, ७० लाख, निर्माणमा एक अर्ब ८७ करोड ६० लाख, उत्पादनमूलक क्षेत्रमा १७ अर्ब ५१ करोड ७० लाख रूपैयाँ लगानी रहेको छ ।
त्यस्तै खनिजमा रु दुई अर्ब ४४ करोड ९० लाख, सेवा क्षेत्रमा १० अर्ब ६२ करोड २० लाख र पर्यटनमा एक अर्ब ९७ करोड ५० लाख रूपैयाँ लगानी गर्न स्वीकृति प्राप्त गरेको विभागको तथ्याङ्क छ।
विसं २०७३ वैशाख मसान्तसम्म स्वीकृत पाएका भारतीय उद्योगको उक्त लगानीबाट मुलुकका विभिन्न क्षेत्रमा ६५ हजार १०७ रोजगारी सिर्जना हुनेछ । ऊर्जा क्षेत्रमा विदेशी लगानी प्रोत्साहन गर्न छुट्टै रणनीति र सरकारी निकायबीच आवश्यक समन्वयको खाँचो रहेको महानिर्देशक न्यौपानेको भनाइ छ ।
विदेशी उद्योग दर्ता प्रक्रियाको सहजताका लागि विभागले अनलाइन सेवा सुरु गर्ने तयारी गरेको र आगामी जुलाइसम्ममा सञ्चालनमा आउने उहाँले बताउनुभयो ।
नेपालमा विसं २०४६ देखि हालसम्म विश्वका कुल ८७ देशका जम्मा तीन हजार ५७८ उद्योगले लगानीका लागि स्वीकृति प्राप्त गरेका छन् । त्यसमध्ये सबैभन्दा बढी लगानी भारतीय उद्योगको रहेको छ ।
विदेशी उद्योगको जम्मा लगानी एक खर्ब ९२ अर्ब ९४ करोड ९० लाख रूपैयाँ रहेको छ भने उक्त लगानीबाट दुई लाख १४ हजार १२१ रोजगारी सिर्जना भएको अनुमान छ ।
विदेशी उद्योगलाई प्रोत्साहन गर्न दर्ता प्रक्रियाका बारेमा जानकारी दिने उद्देश्यले विभागले निकट भविष्यमै विज्ञमार्फत निःशुल्क परामर्श सेवा दिन डेस्क स्थापना गर्ने विभागका निर्देशक एवम् प्रवक्ता रुद्रबहादुर मल्लले जानकारी दिए ।
उद्योग दर्ता प्रक्रियामा सहजताका लागि विभागले एकद्वार नीति बनाएर काम अघि बढाएपनि अन्य सरकारी निकायसँगको समन्वयको अभावमा त्यसमा भने काम अघि बढेको देखिदैन् ।
काठमाडौं, जेठ २२ – लामो समयदेखी अस्थायी रुपमा काम गरिरहेका शिक्षकको ब्यवस्थापन हुने भएको छ । शिक्षा ऐनको आठौं संशोधन विधेयक पारित गरेसँगै १७ हजार अस्थायी शिक्षकलाई विभिन्न विकल्प दिएर ब्यबस्थापन गर्न सकिने बाटो खुलेको हो ।
यससँगै अवकास लिन चाहने शिक्षकका लागि तीन वटा विकल्प खुलेका छन् । पाँच वर्षदेखि १० वर्षसम्म सेवा गरेकालाई प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलव बराबरको रकम, १० देखि १५ वर्षसम्म सेवा गरेकालाई प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलव बराबर र १५ वर्षभन्दा बढी समय सेवा गरेकालाई प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलव सुविधा बापत पाउने छन् ।
त्यस्तै २०५२ सालपछिका विज्ञापनबाट स्थायी भएका वा हुने शिक्षकलाई निवृत्तिभरणको लागि बढीमा ७ वर्षको अस्थायी सेवा थप गर्न सकिने विधेयकमा उल्लेख छ । विधेयक परितभएसँगै कृषि र पशु विज्ञान विषयमा स्नातक गरेका व्यक्ति अस्थायी अनुमतिपत्रका लागि लिइने परीक्षामा उमेद्वार हुन पाउनेछन् ।
एसएलसी परीक्षाको अन्त्य
यस्तै प्रारम्भिक देखी ८ सम्म आधारभुत र ९ देखी १२ कक्षा माध्यामिक तह हुनेछ भने एसएलसी परीक्षाको अन्त्य गर्दै एसएलसी जस्तो परीक्षा अब कक्षा १२ मा मात्र हुनेछ । त्यस्तै उच्च माध्यामिक शिक्षा परिषद् शिक्षा मन्त्रालयमा गाभिनेछ र राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० र माध्यामिक तहको अन्त्यमा हुने परीक्षाको काम गर्ने विधेयकमा उल्लेख छ ।
संसदको महिला बालबालिका र ज्येष्ठ नागरिक र समाजकल्याण समितिले एक हप्ताअघि संसदमा पेश गरेको विधेयक सर्वसम्मतीले पारित भएको हो । राष्ट्रपतिले प्रमाणिकरण गरेपछि विधेयक कार्यान्वयनमा आउनेछ ।
साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ ।
परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकोमा पुग्यो । भगवान ‘म किन गरीब ?’ भन्ने उसको प्रश्नमा बुद्धले यस्तो जवाफ दिए कि उसको गरिबी एक मिनेट पनि टिकेन ।
भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि बुद्ध आफूले प्राप्त गरेको ज्ञान बाँढ्ने अभियानमा थिए । यसैक्रममा एक गाउँमा पुगेपछि उनले सबैलाई भेला परेर आफूले प्राप्त गरेको ज्ञान बाँढ्न थाले । मानिसहरु गौतम बुद्धकोमा आ-आफ्ना दु:ख, पीडा र रोदन लिएर पुग्थे अनि उर्जा र जोशले भरिएर फर्किन्थे ।
म किन गरीब ?
त्यसैक्रममा एक दु:खी व्यक्तिले भगवान बुद्धसँग आफ्नो गरिबीको कारण सोध्न चाह्यो । ऊ हिम्मत गरेर बुद्धको शिविरतर्फ अघि बढ्यो । मानिसहरु पालैसँग एक-एक गरी बुद्धलाई भेटिरहेका थिए । ऊ पनि आफ्नो पालो पर्खिएर लाइनमा बस्यो ।
भगवान बुद्ध चुपचाप गाउँबासीको समस्या सुन्दै निकै नै शान्त र सालिन भावमा उपदेश दिइरहेका थिए । त्यत्तिकैमा उसको पालो आयो । उसले बुद्धलाई प्रणाम गर्यो अनि प्रश्न अघि सार्यो, ‘भगवान, म किन गरीब ?’ बुद्धले मुस्कुराएर जवाफ दिए, ‘तिमीले कहिल्यै कसैलाई केही दिएनौ, त्यसैले गरीब छौ ।’
उसले आश्चर्य मान्दै प्रतिप्रश्न गर्यो, ‘म सँग केही हुनुपनि त पर्यो नि दिनलाई ! मसँग केही छैन । बडो मुस्किलले बिहान-बेलुका हातमुख जोड्छु ।’ बुद्धले आफ्नै सालिनतामा जवाफ दिए, ‘तिमीसँग एक अनुहार छ, कसैलाई पनि मुस्कान दिन सक्छौ । तिमीसँग एउटा मुख पनि छ, कसैको प्रसंसा गर्न र मिठो बोल्न सक्छौ । तिमीसँग दुई हात छ, आवश्यक पर्दा जो कोहीलाई पनि सघाउन सक्छौ । यो सबै तिमीसँग छ, तिमी कसरी गरीब भयौ ? गरिबी तिम्रो मनमा छ । मनबाट यो भ्रम निकाली देऊ, तिम्रो गरिबी आफैँ हटेर जानेछ ।’
त्यसपछि ऊ पनि अरुजस्तै उर्जावान भएर फर्कियो । उसको गरिबी त बुद्धको कुरा सुन्दा नै भागिसकेको थियो । त्यसपछि उसले कहिल्यै गरिबीको अनुभवसमेत गरेन । बाँकी जिन्दगी सुखपूर्वक बित्यो ।
त्यसैले आजैबाट आफ्नो मनको गरिबीलाई हटाउनुस्, अहिल्यै तपाईं आफूलाई धनी महसुस गर्न थाल्नुहुनेछ ।
सूर्यको तापक्रमले पृथ्वीको जमिनको सतहको तापक्रम बढ्छ । सो तापक्रमले पृथ्वीको सतहमा रहेको जलाशयका स्रोतहरू जस्तै– ताल, तलाउ, नदी, सागर, महासागरबाट वाष्पीकरण विधिबाट पानीका कण माथितिर उड्दै जान्छ । यसरी जमिन तातेर वाष्पीकरण विधिबाट माथि गएका पानीका कणहरूले बादलको रूप लिन्छ । बादल हावाको माध्यमबाट गतिमान हुन्छ ।
यसरी गतिमान हुँदा विभिन्न बादलबीच हुने घर्षणबाट चार्जहरू उत्पन्न हुन्छन् ।
ती पानीका कण विभिन्न तहमा विभिन्न तापक्रममा बसेका हुन्छन् । जब पानीको मात्रा बादलमा पर्याप्त मात्रामा पुग्दछ, बादलको तह बाक्लिँदै जान्छ, जसलाई क्युमलोनिम्बस भनिन्छ । धेरै बाक्लो भएपछि यसबाट प्रकाश छिर्न नसक्ने हँदा कालो हुने भएकाले यस्तो बादललाई कालो बादल पनि भनिन्छ । जब कालो बादल आकाशमा देखा पर्दछ, चट्याङ पर्ने सम्भावना बढी हुन्छ । यसको तल्लो भागमा प्रशस्त मात्रामा पानीका थोपाहरू रहेका हुन्छन् भने माथिल्लो भागमा धेरै चिसो तापक्रम हुने भएकाले बरफको टुक्रा हिउँ, असिना आदि रहेका हुन्छन् ।
जब बादलभित्र नै एक तह र अर्को तहको तापक्रममा धेरै फरक पर्दछ र बादलहरू नै आपसमा गतिमान भई छिटो–छिटो हिँड्छन् । जसको कारण बादलभित्र हुरीबतास तलमाथि चल्छ ।
यसरी चलेको हुरीबतासले बादलभित्र घर्षण पैदा भई धनात्मक तथा ऋणात्मक चार्जहरू उत्पन्न गराउँछन् । सुरुसुरुमा आकाशको माथिल्लो भागमा बादलभित्रै बिजुली चम्किने गर्दछ । यस्तो चट्याङलाई बादलदेखि बादलबीचको चट्याङ भनिन्छ, जसले पृथ्वीमा भएको वस्तुहरूमा असर गर्दैन तथा पृथ्वीमा कुनै मानवीय हानि–नोक्सानी हुँदैन ।
बादलभित्र भएका हुरीबतास धेरै समयपछि बादलबाट बाहिरतिर निस्कन थाल्छन् । फलस्वरूप पृथ्वीको सतहमा आँधिबेहरी चल्न थाल्छ । घर्षणका कारणबाट चार्जहरू धेरै मात्रामा बनेपछि बादलमा भएका चार्जहरूको कारणले पृथ्वीमा पनि विपरीत किसिमका चार्जहरू उत्पन्न हुन्छन् । यसरी आकाशमा भएको बादलका चार्जहरू र पृथ्वीमा भएको विपरीत चार्जहरूमा विभिन्न प्रतिक्रिया हुन्छन् । आकाशमा एक बिजुली चम्किने बेलामा पृथ्वीको वायुमण्डलको तापक्रम अत्यधिक मात्रामा बढ्ने गर्दछ ।
यसले वायुमण्डललाई आकस्मिक रूपमा तताइदिने र सो तापक्रम लगभग ३० हजार डिग्री सेल्सियससम्म पुग्ने वैज्ञानिक अध्ययन–अनुसन्धानले देखाएको छ । यसरी तातिएपछि वायुमण्डलको आयतन एक्कासि वृद्धि हुँदा ठूलो आवाज निस्कन्छ, जसलाई मेघ गर्जन भनिन्छ । त्यसैकारणले चट्याङ पर्ने र मेघ गर्जन हुने घटना एकैसाथ हुने गर्छ ।
जब आकाशमा छिटो–छिटो बिजुली चम्कने र मेघ गर्जन थाल्छ, पृथ्वीमा हुरीबतास चल्न थाल्यो भने चट्याङको डर बढ्दै जान्छ र चट्याङबाट हानि–नोक्सानी हुने खतरा बढी हुन्छ । त्यससँगै विस्तारै पानी पनि पर्न थालेमा बादलबाट निस्कने हुरीबतास र वर्षासँगै बादलमा भएका चार्जहरू पनि बहन्छन् र विद्युतीय धार पनि आकाशबाट पृथ्वीतिर बग्दछ । यस्तो बेलामा पानीमा भिज्ने व्यक्ति वा अन्य कुनै वस्तुलाई विद्युतीय प्रवाह लाग्ने डर अत्यधिक मात्रामा हुन्छ ।
यस्तो बेलामा घरबाहिर जानु खतरनाक मानिन्छ, तर केही समय पानी परिसकेपछि कालो बादलमा भएका चार्जहरू पानीसँगै पृथ्वीतिर झर्ने भएकाले चट्याङको मात्रामा केही कमी हुन जान्छ । बादलमा भएका चार्जका कणहरू बादलबाट पृथ्वीतिर झर्दा हुने विद्युतीय धारलाई चट्याङ भन्न सकिन्छ । वैज्ञानिक अध्ययन–अनुसन्धानअनुसार यस्तो एकपटकको चट्याङ पर्ने बेलामा पाँच हजार एम्पियरदेखि दुई लाख एम्पियरसम्मको विद्युतीय करेन्ट प्रवाह भएको पाइएको छ ।
यस्तो अत्यधिक करेन्टको प्रवाह नै चट्याङको प्रमुख खतराको कारक हो । यस्तो अत्यधिक विद्युतीय प्रवाह मानिस, जन्तु–जनावर, वन, जंगल, रुखबिरुवामा हुनेबित्तिकै सबै भष्म हुन्छन् । यसकै कारणले नेपालमा वर्षेनि ठूलो धनजनको क्षति भइरहेको हुन्छ । यो चट्याङका लागि बादलमा भएका चार्जहरूलाई जमिनमा भएको अग्लो सतहबाट केही विपरीत धु्रवका चार्जहरूले संकेत गरेमा वा अग्ला सतहमा विपरीत धु्रवका चार्जहरू उत्पन्न गराएमा यो अझ खतरा हुन्छ ।
चट्याङबाट घरका सिसा फुट्ने, वन–जंगलमा आगलागी हुने, रूख–बिरुवा मर्ने, जनावर मर्ने आदि हुन्छ । त्यसैले आकाशमा कालो बादल देख्नेबित्तिकै चट्याङको सम्भावना भएकाले सुरक्षित उपाय अपनाउनुपर्छ ।
त्यसैले नेपालको पहाडी, हिमाली उच्च भागमा, अग्ला रूखहरूमा, अग्ला टावरहरूमा, तिखा गगनचुम्बी भवनहरूमा चट्याङ पर्ने खतराको डर बढी मात्रामा रहन्छ । घरमा विद्युतीय सामानहरूमा धेरै करेन्ट बगेर सो सामानहरू जस्तैः टेलिभिजन, रेफ्रिजेरेटर, फोन आदि बिग्रने, घरमा आगलागी हुने, वन–जंगलमा आगलागी हुने आदि घटना चट्याङबाट हुने गर्छ ।
चट्याङका लागि वातावरणले पनि धेरै असर पारेको हुन्छ । जलवायु परिवर्तनले गर्दा तातोमा बढी तातो र चिसोमा बढी चिसो हुने भएकाले चट्याङमा पनि यसको असर रहेको हुन्छ ।
त्यस्तै ‘ग्लोबल वार्मिङ’ ले भूसतह तात्नुका साथै वायुमण्डलका कणहरूको परिवर्तनको कारणले चट्याङमा पनि परिवर्तन गराउँछ । जमिनमाथि भएको वायुमण्डलमा भएका सबै परिवर्तनले चट्याङमा असर गरे पनि जमिनभित्र भएका घटनाहरूले चट्याङमा कुनै असर नगर्ने वैज्ञानिक अनुसन्धानद्वारा पुष्टि भएको छ । अतः भूकम्प र ज्वालामुखी विस्फोट आदिले चट्याङमा कुनै असर गर्दैन ।
चट्याङबाट धेरै धनजनको हानि–नोक्सानी हुने, मानिसका आँखामा असर गर्ने, ठूलो आवाजको कारणले कानको जाली फुट्ने, घरका सिसा फुट्ने, वन–जंगलमा आगलागी हुने, रूख–बिरुवा मर्ने, जन्तु–जनावरहरू मर्ने आदि हुन्छ । त्यसैले आकाशमा कालो बादल देख्नेबित्तिकै चट्याङको सम्भावना भएकाले सुरक्षित उपाय अपनाउनुपर्छ । चट्याङ प्रायजसो मनसुन सुरु हुनुपूर्व एक÷डेढ महिना अघिदेखि सुरु हुन्छ र त्यस समयमा प्रायः दिउँसो २–३ बजेदेखि बेलुकी ७–८ बजेसम्म बढी हुन्छ ।
यसबाट बच्ने सबभन्दा उत्तम उपाय घरभित्र बस्नु नै हो । घरभित्र बस्दा पनि टेलिभिजन÷टेलिफोन आदि विद्युतीय उपकरण बन्द गर्ने, पानीका धाराहरू सबै बन्द गर्ने, नचलाउने, झ्यालको छेउ, भित्तामा अडेस लगाएर नबस्ने आदि सावधानी अपनाउनुपर्छ ।
पक्की घर जहाँ फलामे डन्डीहरू प्रयोग गरेर बनाइएको हुन्छ, घरको छानामा (लाइटनिङ एरेस्टर) चट्याङ भगाउने यन्त्र जडान गर्ने वा राम्रोसँग अर्थिङ गर्नु उचित हुन्छ ।
घर बाहिर भएमा गाडीभित्र झ्यालढोका बन्द गरी बस्ने, स्विमिङमा पानीभित्र भए पानी बाहिर निस्कने, रूख वा अग्ला वस्तुहरू भए त्यसको नजिक नबस्ने, चौरमा भए सकेसम्म थोरै क्षेत्रफल हुने गरी घुँडाले भुइँमा टेकेर टाउकोलाई निहुराएर दुवै हात टाउकोमाथि राखी बस्नुपर्छ । खेल मैदानमा भए धेरैजना एकै ठाउँमा नबस्ने, बिजुलीको खम्बा तथा तारहरू नजिक नबस्ने आदि सावधानी अपनाउनुपर्छ । घर बनाउँदाको अवस्थामा भए चट्याङ रडको प्रयोग गर्नु बुद्धिमानी हुनेछ ।





















