२३ पटक विहे गरेका यी व्यक्ति जाे २ सय ५६ वर्षसम्म बाँचेका थिए
एजेन्सी, १५ जेठ । मानिस १०० /१५० सम्म बाँच सक्दछ । यति लामो समयसम्म बाँचेको व्यक्तिबारे हामीले बढेका र सुनेका पनि छौं । तर चीनका एक व्यक्ति २५६ वर्षसम्म बाँचेका थिए ।
शेन्जियाङ प्रान्तमा जन्मिएका ती व्यक्तिको नाम लि चिङ थियो । उनी प्राकृतिक चिकित्सक थिए र जडिबुटीद्धारा मानिसको उपचार गर्दथे । यस बाहेक उनी मार्शल आर्टका विशेषज्ञ पनि थिए ।
उनको बारेमा १९३३ न्युयोर्क टाइम्स तथा टाइम पत्रिकाले एकजना इतिहासशास्त्रीसँग साक्षात्कार गरेका थिए ।
इतिहासविद् उ चङ जीले एउटा पुरानो दस्तावेज भेट्टाएका थिए । उक्त दस्तावेजमा चीनका राजाले सन् १८२७ मा लीलाई १५० वर्षको हुँदा जन्मदिनको शुभकामना दिएका थिए ।
उनको २५६ वर्षको उमेरमा मृत्यु भएको थियो ।
आफ्नो जीवनकाल भर उनले २३ जनासँग विहे गरेका थिए । उनका १८० जना सन्तान थिए । सन् १९३३मा उनको मृत्यु भएको थियो ।



0 comments
Write Down Your Responses