आशिषको बयान- झगडा भएपछि मनिषा र म छुट्टाछुट्टै कोठमा सुत्यौं

१३ जेठ । फुटवलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको मृत्यु रहस्यमय भएको भन्दै शव परीक्षणका लागि काठमाडौं पठाइएको छ । आज बिहान बर्दघाट–८ स्थित घरभित्र मृत भेटिएकी मनिषाको शव परीक्षणका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी लगिए पनि प्रहरीले शव परीक्षणका लागि काठमाडौं पठाएको हो । 

 जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्र चौधरीले भने – ‘शव परीक्षणका लागि काठमाडौँ पठाएका छौँ, यसले अनुसन्धानलाई सहयोग पुर्‍याउँछ ।’ घटनाको सूक्ष्म अनुसन्धानका लागि विशेष टोली खटाई काठमाडौं शव लैजान लागिएको प्रहरीले जनाएको छ । 

 कोठामा रहेको खाटको सिरानतिरको सिसा फुटेको, कपडा लथालिङ्ग भएको अवस्थामा आफूहरु घटनास्थलमा पुगेको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । प्रहरीको नियन्त्रणमा रहेका तिलकपुरका २२ वर्षीय रुद्रनारायण चौधरी (आशिष)ले मनिषाको घर साँझ गएको तर फरक–फरक कोठामा सुतेको बयान प्रहरीलाई दिएका छन् । आमा नभएका बेला घर पुगेका उनी राति सामान्य झगडा भएपछि घर छोडेर हिँडेको प्रहरीले जनाएको छ । रासस

, ,

0 comments

Write Down Your Responses