खल्तीमा मोवाइल राख्दा चार्ज हुने लुगा !

जेठ ६ आवश्यक परेकै बेला मोवाइल फोनमा चार्ज नभएर हैरानी खेप्नु परिरहन्छ । कहिले चार्जर बिर्सिने, कहिले बत्ती नहुने त कहिले चार्जर नै बिग्रिएर समस्या हुने ।  अब ढुक्क हुनुहोस्, यस्तो समस्या समाधानका लागि काम भइरहेको छ । मोवाइल खल्तीमा राख्ने बित्तिकै चार्ज हुने लुगा बन्दै छन् । अमेरिकाको न्यू योर्कमा फेसन टेक्नोलोजिष्टको काम गरिरहेका अमान्दा पाक्र्स मानिसलाई खास लाग्ने र प्रविधिको  भरपुर उपयोग गर्न सकिने कपडा बनाउन एउटा समूहसँग जुटिरहेकी छिन् । तर यसको लागि दुई विपरीत ध्रुब फेसन डिजाइनिङ र विज्ञान प्रविधिलाई एकै स्थानमा ल्याउनुपर्ने हुन्छ । अमान्दा पाक्र्स अन्य केही प्राविधिकसँगै यस काममा जुटिरहेको  खबर छ । 

मोवाइल फोन चार्ज हुने कपडा बनाउनु त्यति चुनौतिको कुरा होइन । तर मानिसलाई लगाउन सहज हुने मिलेको कपडामा प्रविधि जोड्नु चुनौतिको विषय हो । उनी भन्छिन्, ‘कपडामा यो प्रविधि एकदम सहज हुनेगरी जोडिनुपर्छ, जसरी पानीमा चिनि मिलेको होस्, मानिसको शरिरमा त्यसले कुनै असर नगरोस् ।’  उनीहरु अहिले त्यस्तो कपडा निर्माणको सुरुवाती चरणमा छन् । यो प्रविधिको विकास सफल परीक्षण हुनेमा उनीहरु ढुक्क छन् । अब मोवाइल चार्ज गर्नु कुनै समस्याको विषय हुने छैन । अब कपडा बनाउन पनि हार्डवयर र सफ्टवयर आवश्यक पर्ने देखिएको छ ।

, , ,

0 comments

Write Down Your Responses