काठमाडौँ, ३०, जेठ । लामो समयको वैज्ञानिक अनुसन्धान र परीक्षणबाट नास्टले प्लास्टिकबाट तेल उत्पादन गर्ने नयाँ प्रविधि सुरु गर्न लागेको हो । पछिल्लो समय नेपालमा विज्ञान र प्रविधिको विकासले तीव्र गति लिएसँगै वैज्ञानिक अनुसन्धानले परिणाममुखी सफलता हासिल गरेको छ । प्रविधिमा लगानी र प्रोत्साहन भएका खण्डमा नयाँ प्रविधिमा नेपालले फड्को मार्छ भन्ने दरिलो उदाहरण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले चरितार्थ गरेको छ ।
नास्टले जैविक प्रविधिमा चमत्कारिक फड्को मार्दै खेर गइरहेको प्लास्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने नयाँ प्रविधि आविष्कार गरेको हो ।
नास्टको पछिल्लो यो सफलताले देशमा बढ्दो इन्धनको अभाव कम गर्न र प्लास्टिकजन्य फोहर व्यवस्थापन गरी वातावरणीय प्रदूषण नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्लास्टिकबाट तेल निकाल्ने अभियानमा संलग्न नास्टका वरिष्ठ वैज्ञानिक डा रवीन्द्र ढकालले जैविक प्रविधिमा फड्को मार्दै नास्टले नयाँ प्रविधि भित्र्याएको बताउनुभयो । प्लास्टिकबाट पेट्रोल, डिजल र मट्टितेलमा परिणत गर्न सक्ने यन्त्र परीक्षणका लागि जापानबाट ल्याइएको छ ।
एक किलो प्लास्टिक, एक लि तेल
वैज्ञानिकका अनुसार एक किलोग्राम प्लास्टिकबाट एक लिटर पेट्रोलियम पदार्थ निकाल्न सकिन्छ । प्लास्टिकबाट निस्केको तेल ३० प्रतिशत र अन्य पेट्रोल ७० प्रतिशत मिसाएमा अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरीय तेलमा परिणत हुनेछ ।
अहिले यो प्रविधिबाट निस्केको तेल सिधै बस, ट्रक, ट्र्याक्टर जस्ता सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।
नयाँ ढाँचाका सवारी साधनका लागि भने केही मिश्रण गर्नुपर्ने हुन्छ । जापान सहित एसिया र युरोपका ४५ देशमा प्लास्टिकबाट तेल निकाल्ने प्रविधि प्रयोगमा छन् । भारत, चीन र जापानले यस्ता प्रविधिका उपकरण बिक्री गर्दैआएका छन् । नास्टले सो प्रविधिबाट इन्धन उत्पादन गर्ने उद्देश्यले चीनबाट उपकरण भित्र्याएको छ ।
करिब रु ३६ लाख मूल्यको उक्त यन्त्र वीरगन्ज भन्सारमा आइपुगेको नास्टले जनाएको छ । यन्त्र आएपछि अनुसन्धानसँगै तेल उत्पादनको काम सुरु गरिने वैज्ञानिक ढकालले बताउनुभयो ।
नास्टले तीन महिनाको अनुसन्धान र परीक्षण अवधिमा १५ लि पेट्रोलियम पदार्थ उत्पादन गरेको जानकारी दिँदै ढकालले सो प्रविधिबाट वातावरण प्रदूषण नियन्त्रण र बढ्दो इन्धनको अभावलाई पूर्ति हुने बताउनुभयो ।
नास्टले भूकम्प प्रभावित जिल्लामा पाल लगायत सामग्रीमा बढी प्लास्टिकजन्य पदार्थ हुने भएकाले ती क्षेत्रलाई प्राथमिकता दिएर तेल उत्पादन गरिने जनाएको छ । पुनःनिर्माणका क्रममा प्लास्टिक त्यत्तिकै खेर जाने र फोहर बढ्ने भएकाले त्यसको सदुपयोगसँगै तेल उत्पादन गर्नका लागि भूकम्प प्रभावित जिल्ला नै रोजाइमा परेको वैज्ञानिक ढकालले बताउनुभयो ।
तेत्तीस लाख बढी ग्राम प्लास्टिक खपत
एसियाली विकास बैंँकको एक प्रतिवेदन अनुसार एक नेपालीाबट प्रतिव्यक्ति प्रतिदिन खेर जाने प्लास्टिकको मात्रा १२० ग्राम छ ।
त्यस हिसाबले दुई करोड ८० लाख नेपालीबाट ३३ लाख ६० हजार ग्राम प्लास्टिक दैनिक खपत हुने गरेको छ । सो प्रविधि प्रयोग गर्ने हो भने दैनिक दुई हजार तीन सय किलोलिटर पेट्रोलियम पदार्थ निस्कन्छ । यसरी हेर्दा वार्षिक आठ लाख ५८ हजार ४८० किलोलिटर उत्पादन हुन्छ ।
नेपाल आयल निगमको तथ्याङ्क अनुसार वार्षिक १३ लाख किलोलिटर पेट्रोलियम पदार्थ खपत हुन्छ । भविष्यमा सो प्रविधिलाई नागरपालिकासँग साझेदारी गरेर अघि बढ्ने नास्टको योजना छ । यसमा प्रयोग भइसकेका र खेरगइरहेका प्लास्टिकलाई प्रयोग गर्न सकिन्छ, नयाँ प्लास्टिक चाहिँदैन ।
नास्टले अहिले भित्र्याएको यन्त्रबाट एक पटकमा एक घन्टाका अवधिमा १० केजी प्लास्टिक पेलेर १० लि तेल निकाल्न सकिन्छ ।
सो प्रविधिको अनुसन्धान प्रवद्र्धनमा ढकाल सहित नास्टका पाँच वैज्ञानिक लागिपरेका छन् । प्रा डा जीवराज पोखरेलले खेर गएको प्लास्टिकलाई तेलमा बदल्ने प्रविधि आविष्कार गर्न नास्टले वैज्ञानिक सफलता पाउनु देश विकासको सङ्केत हो भन्दै यो प्रविधिलाई थप अनुसन्धान र प्रवद्र्धन गर्ने योजना सुनाउनुभयो ।
जापानको एक गैरसरकारी संस्था इको पार्टीको सहयोगमा नास्टले जैविक प्रविधिमा आधारित प्लास्टिकबाट तेल उत्पादन सुरु गर्ने प्रविधिलाई नेपालमा प्रवद्र्धन गर्न अभियानै चलाएको थियो ।
पहिलो चरणमा एक महिना जापानबाट ल्याइएको यन्त्र जडानयुक्त ट्रक देशका विभिन्न स्थानमा लगेर प्लास्टिकबाट तेल निकाल्ने प्रविधि प्रदर्शन गरिएको थियो ।
एक वर्षअघि नास्टले इको पार्टीसँग उक्त प्रविधि भित्र्याउनेबारे द्विपक्षीय सम्झौता गरेको थियो । त्यसअनुरुप जापानको प्राविधिक तथा भौतिक सहयोगमा नेपालमा यसको पहिलो चरणको प्रचारात्मक अभियान सकिएको छ ।
काठमाडौं, २२ जेठ । कुटपिट गरेर तथा धम्क्याएर अभियुक्तलाई घटनाबारे बोल्न लगाउने प्रहरीको अनुसन्धान शैली फेरिँदै गएको छ। अपराध अनुसन्धानमा नेपाल प्रहरीले झुटो बोलेको पत्ता लगाउने आधुनिक पोलिग्राफ प्रविधिलाई प्राथमिकता दिएको छ।
दुई वर्षमा हजारभन्दा धेरै घटनामा प्रहरीले पोलिग्राफको सहयोगमा अनुसन्धान गरेको छ। प्रहरीले २३ माघ ०७० बाट अपराध अनुसन्धानमा पोलिग्राफ टेस्ट सुरु गरेको थियो। त्यसयता एक हजार १५ जना अभियुक्तमाथि पोलिग्राफ टेस्ट गरिएको अपराध अनुसन्धान विभागका एआइजी विज्ञानराज शर्माले बताए।
‘पोलिग्राफ टेस्टबाट धेरै जटिल घटनाको अनुसन्धान सुल्झिएको छ,’ एआइजी शर्माले भने, ‘अदालतले पनि सहायक प्रमाणका रूपमा स्वीकार गर्ने भएकाले मुद्दा पनि बलियो हुने गरेको छ।’
फुटबल खेलाडी विमल घर्तीमगरकी बहिनी मनीषाको मृत्युको छानबिनमा केही दिनअघि मात्र प्रहरीले मनीषाका प्रेमी आशिष चौधरीको पोलिग्राफ टेस्ट गरेको थियो। चौधरीले मनीषा झुन्डिएको बताएकोमा पोलिग्राफ टेस्टमा पनि उनले नढाँटको रिपोर्ट आएको थियो। जसले घटनाको अनुसन्धानलाई सहज बनायो।
तीन सय ८५ जनाले ढाँटेको पुष्टि
हालसम्मका एक हजार १५ मध्ये पोलिग्राफ टेस्टमा तीन सय ८५ जनाले ढाँटेको पुष्टि भएको थियो। ६५ जना अभियुक्तले पोलिग्राफ टेस्ट गर्नेबित्तिकै अपराध स्विकारेका थिए। त्यसअघि प्रहरीले पटक–पटक सोध्दा पनि उनीहरूले अपराध स्विकारेका थिएनन्।
त्यस्तै अनुसन्धानमा तानिएका चार सय ९० जनाले भने सोधपुछकै क्रममा नढाँटेको पोलिग्राफ टेस्टको रिपोर्ट आएको थियो। टेस्ट गरिएकामध्ये ७५ जनाको अस्पष्ट रिपोर्ट आएको छ । पोलिग्राफले अभियुक्त पत्ता लाग्ने मात्र होइन अनुसन्धानका लागि पक्राउ परेका निर्दोष व्यक्ति पनि छुट्ने गरेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ।
काठमाडौं, २१ जेठ । इन्टरनेटको दुनियाँमा आफ्नो अस्तित्व अग्रस्थानमा राख्न सफल गुगलले नेपालीहरूको मन फेरि एक पटक छुने प्रयास गरेको छ । धेरै नेपालीहरूलाई आज गणतन्त्र दिवस हो कि होइन भनेर थाहा नहुन सक्छ ।
तर, गुगलले नेपालमा गणतन्त्र दिवस भएको अवसरमा राष्ट्रिय चरो डाँफेलाई राखेर गुगलका अक्षरहरूलाई विशेष प्रकारको बनाएको छ ।
गुगल क्रोमा खोल्नेवित्तिकै नेपालको राष्ट्रिय चरो डाँफे बीचमा देखिन्छ । गुगलका अक्षरहरू पनि विशेष प्रकारका बनाइएका छन् ।गुगलले विशेष महोत्सव, चाढपर्व र विशेष दिनका अबसर पारेर विश्वभरिका देशमा आफ्नो प्रस्तुति दिने गरेको छ ।
जेठ ६ – आवश्यक
परेकै बेला मोवाइल फोनमा चार्ज नभएर हैरानी खेप्नु परिरहन्छ । कहिले चार्जर
बिर्सिने, कहिले बत्ती नहुने त कहिले चार्जर नै
बिग्रिएर समस्या हुने ।
सूर्यको तापक्रमले पृथ्वीको जमिनको सतहको तापक्रम बढ्छ । सो तापक्रमले पृथ्वीको सतहमा रहेको जलाशयका स्रोतहरू जस्तै– ताल, तलाउ, नदी, सागर, महासागरबाट वाष्पीकरण विधिबाट पानीका कण माथितिर उड्दै जान्छ । यसरी जमिन तातेर वाष्पीकरण विधिबाट माथि गएका पानीका कणहरूले बादलको रूप लिन्छ । बादल हावाको माध्यमबाट गतिमान हुन्छ ।
यसरी गतिमान हुँदा विभिन्न बादलबीच हुने घर्षणबाट चार्जहरू उत्पन्न हुन्छन् ।
ती पानीका कण विभिन्न तहमा विभिन्न तापक्रममा बसेका हुन्छन् । जब पानीको मात्रा बादलमा पर्याप्त मात्रामा पुग्दछ, बादलको तह बाक्लिँदै जान्छ, जसलाई क्युमलोनिम्बस भनिन्छ । धेरै बाक्लो भएपछि यसबाट प्रकाश छिर्न नसक्ने हँदा कालो हुने भएकाले यस्तो बादललाई कालो बादल पनि भनिन्छ । जब कालो बादल आकाशमा देखा पर्दछ, चट्याङ पर्ने सम्भावना बढी हुन्छ । यसको तल्लो भागमा प्रशस्त मात्रामा पानीका थोपाहरू रहेका हुन्छन् भने माथिल्लो भागमा धेरै चिसो तापक्रम हुने भएकाले बरफको टुक्रा हिउँ, असिना आदि रहेका हुन्छन् ।
जब बादलभित्र नै एक तह र अर्को तहको तापक्रममा धेरै फरक पर्दछ र बादलहरू नै आपसमा गतिमान भई छिटो–छिटो हिँड्छन् । जसको कारण बादलभित्र हुरीबतास तलमाथि चल्छ ।
यसरी चलेको हुरीबतासले बादलभित्र घर्षण पैदा भई धनात्मक तथा ऋणात्मक चार्जहरू उत्पन्न गराउँछन् । सुरुसुरुमा आकाशको माथिल्लो भागमा बादलभित्रै बिजुली चम्किने गर्दछ । यस्तो चट्याङलाई बादलदेखि बादलबीचको चट्याङ भनिन्छ, जसले पृथ्वीमा भएको वस्तुहरूमा असर गर्दैन तथा पृथ्वीमा कुनै मानवीय हानि–नोक्सानी हुँदैन ।
बादलभित्र भएका हुरीबतास धेरै समयपछि बादलबाट बाहिरतिर निस्कन थाल्छन् । फलस्वरूप पृथ्वीको सतहमा आँधिबेहरी चल्न थाल्छ । घर्षणका कारणबाट चार्जहरू धेरै मात्रामा बनेपछि बादलमा भएका चार्जहरूको कारणले पृथ्वीमा पनि विपरीत किसिमका चार्जहरू उत्पन्न हुन्छन् । यसरी आकाशमा भएको बादलका चार्जहरू र पृथ्वीमा भएको विपरीत चार्जहरूमा विभिन्न प्रतिक्रिया हुन्छन् । आकाशमा एक बिजुली चम्किने बेलामा पृथ्वीको वायुमण्डलको तापक्रम अत्यधिक मात्रामा बढ्ने गर्दछ ।
यसले वायुमण्डललाई आकस्मिक रूपमा तताइदिने र सो तापक्रम लगभग ३० हजार डिग्री सेल्सियससम्म पुग्ने वैज्ञानिक अध्ययन–अनुसन्धानले देखाएको छ । यसरी तातिएपछि वायुमण्डलको आयतन एक्कासि वृद्धि हुँदा ठूलो आवाज निस्कन्छ, जसलाई मेघ गर्जन भनिन्छ । त्यसैकारणले चट्याङ पर्ने र मेघ गर्जन हुने घटना एकैसाथ हुने गर्छ ।
जब आकाशमा छिटो–छिटो बिजुली चम्कने र मेघ गर्जन थाल्छ, पृथ्वीमा हुरीबतास चल्न थाल्यो भने चट्याङको डर बढ्दै जान्छ र चट्याङबाट हानि–नोक्सानी हुने खतरा बढी हुन्छ । त्यससँगै विस्तारै पानी पनि पर्न थालेमा बादलबाट निस्कने हुरीबतास र वर्षासँगै बादलमा भएका चार्जहरू पनि बहन्छन् र विद्युतीय धार पनि आकाशबाट पृथ्वीतिर बग्दछ । यस्तो बेलामा पानीमा भिज्ने व्यक्ति वा अन्य कुनै वस्तुलाई विद्युतीय प्रवाह लाग्ने डर अत्यधिक मात्रामा हुन्छ ।
यस्तो बेलामा घरबाहिर जानु खतरनाक मानिन्छ, तर केही समय पानी परिसकेपछि कालो बादलमा भएका चार्जहरू पानीसँगै पृथ्वीतिर झर्ने भएकाले चट्याङको मात्रामा केही कमी हुन जान्छ । बादलमा भएका चार्जका कणहरू बादलबाट पृथ्वीतिर झर्दा हुने विद्युतीय धारलाई चट्याङ भन्न सकिन्छ । वैज्ञानिक अध्ययन–अनुसन्धानअनुसार यस्तो एकपटकको चट्याङ पर्ने बेलामा पाँच हजार एम्पियरदेखि दुई लाख एम्पियरसम्मको विद्युतीय करेन्ट प्रवाह भएको पाइएको छ ।
यस्तो अत्यधिक करेन्टको प्रवाह नै चट्याङको प्रमुख खतराको कारक हो । यस्तो अत्यधिक विद्युतीय प्रवाह मानिस, जन्तु–जनावर, वन, जंगल, रुखबिरुवामा हुनेबित्तिकै सबै भष्म हुन्छन् । यसकै कारणले नेपालमा वर्षेनि ठूलो धनजनको क्षति भइरहेको हुन्छ । यो चट्याङका लागि बादलमा भएका चार्जहरूलाई जमिनमा भएको अग्लो सतहबाट केही विपरीत धु्रवका चार्जहरूले संकेत गरेमा वा अग्ला सतहमा विपरीत धु्रवका चार्जहरू उत्पन्न गराएमा यो अझ खतरा हुन्छ ।
चट्याङबाट घरका सिसा फुट्ने, वन–जंगलमा आगलागी हुने, रूख–बिरुवा मर्ने, जनावर मर्ने आदि हुन्छ । त्यसैले आकाशमा कालो बादल देख्नेबित्तिकै चट्याङको सम्भावना भएकाले सुरक्षित उपाय अपनाउनुपर्छ ।
त्यसैले नेपालको पहाडी, हिमाली उच्च भागमा, अग्ला रूखहरूमा, अग्ला टावरहरूमा, तिखा गगनचुम्बी भवनहरूमा चट्याङ पर्ने खतराको डर बढी मात्रामा रहन्छ । घरमा विद्युतीय सामानहरूमा धेरै करेन्ट बगेर सो सामानहरू जस्तैः टेलिभिजन, रेफ्रिजेरेटर, फोन आदि बिग्रने, घरमा आगलागी हुने, वन–जंगलमा आगलागी हुने आदि घटना चट्याङबाट हुने गर्छ ।
चट्याङका लागि वातावरणले पनि धेरै असर पारेको हुन्छ । जलवायु परिवर्तनले गर्दा तातोमा बढी तातो र चिसोमा बढी चिसो हुने भएकाले चट्याङमा पनि यसको असर रहेको हुन्छ ।
त्यस्तै ‘ग्लोबल वार्मिङ’ ले भूसतह तात्नुका साथै वायुमण्डलका कणहरूको परिवर्तनको कारणले चट्याङमा पनि परिवर्तन गराउँछ । जमिनमाथि भएको वायुमण्डलमा भएका सबै परिवर्तनले चट्याङमा असर गरे पनि जमिनभित्र भएका घटनाहरूले चट्याङमा कुनै असर नगर्ने वैज्ञानिक अनुसन्धानद्वारा पुष्टि भएको छ । अतः भूकम्प र ज्वालामुखी विस्फोट आदिले चट्याङमा कुनै असर गर्दैन ।
चट्याङबाट धेरै धनजनको हानि–नोक्सानी हुने, मानिसका आँखामा असर गर्ने, ठूलो आवाजको कारणले कानको जाली फुट्ने, घरका सिसा फुट्ने, वन–जंगलमा आगलागी हुने, रूख–बिरुवा मर्ने, जन्तु–जनावरहरू मर्ने आदि हुन्छ । त्यसैले आकाशमा कालो बादल देख्नेबित्तिकै चट्याङको सम्भावना भएकाले सुरक्षित उपाय अपनाउनुपर्छ । चट्याङ प्रायजसो मनसुन सुरु हुनुपूर्व एक÷डेढ महिना अघिदेखि सुरु हुन्छ र त्यस समयमा प्रायः दिउँसो २–३ बजेदेखि बेलुकी ७–८ बजेसम्म बढी हुन्छ ।
यसबाट बच्ने सबभन्दा उत्तम उपाय घरभित्र बस्नु नै हो । घरभित्र बस्दा पनि टेलिभिजन÷टेलिफोन आदि विद्युतीय उपकरण बन्द गर्ने, पानीका धाराहरू सबै बन्द गर्ने, नचलाउने, झ्यालको छेउ, भित्तामा अडेस लगाएर नबस्ने आदि सावधानी अपनाउनुपर्छ ।
पक्की घर जहाँ फलामे डन्डीहरू प्रयोग गरेर बनाइएको हुन्छ, घरको छानामा (लाइटनिङ एरेस्टर) चट्याङ भगाउने यन्त्र जडान गर्ने वा राम्रोसँग अर्थिङ गर्नु उचित हुन्छ ।
घर बाहिर भएमा गाडीभित्र झ्यालढोका बन्द गरी बस्ने, स्विमिङमा पानीभित्र भए पानी बाहिर निस्कने, रूख वा अग्ला वस्तुहरू भए त्यसको नजिक नबस्ने, चौरमा भए सकेसम्म थोरै क्षेत्रफल हुने गरी घुँडाले भुइँमा टेकेर टाउकोलाई निहुराएर दुवै हात टाउकोमाथि राखी बस्नुपर्छ । खेल मैदानमा भए धेरैजना एकै ठाउँमा नबस्ने, बिजुलीको खम्बा तथा तारहरू नजिक नबस्ने आदि सावधानी अपनाउनुपर्छ । घर बनाउँदाको अवस्थामा भए चट्याङ रडको प्रयोग गर्नु बुद्धिमानी हुनेछ ।
नेपालको सबैभन्दा ठुलो र सस्तो अनि सरकारी स्वामित्वको टेलिफोन प्रदायक कम्पनी हो, नेपाल टेलिकम ।
टेलिकमले बेला बेलामा विभिन्न सुविधाहरु दिदै आएको छ । र अहिले फेरि नयाँ सुविधा दिएको छ ।
अब टेलिकमको पोष्टपेड सिमबाट विदेशमा पनि रोमिङ शुल्क नलाग्ने भएको जनाएको छ । टेलिकमले सार्वजनिक सूचना जारी गरी यसबारेमा जानकारी गराएको हो ।
टेलिकमले दिएको जानकारी यस प्रकार छ ।
तपाईँसँग पोस्टपेड मोबाइल छ र विदेश जान लाग्नु भएको छ भने अब नयाँ बिकल्प । नेपालमै भएको बेलामा पनि सबैतिर कल गर्न सकिन्छ ।
तपाईँसँग अब NTPro एकाउन्ट र इन्टरनेट सुविधा भए पुग्छ ।
नेपाल टेलिकमले नयाँ सेवाको रुपमा उपभोक्ताहरुलाई NTPro सेवा उपलब्ध गराउने भएको छ ।
NTPro प्रयोग गरी नेपाल वा विदेशबाट समेत GSM नेटवर्क बाहिर भएको तर कुनै Internet Zone भित्र रहेको अवस्थामा आफ्नै पोस्टपेड मोबाइलमार्फत विश्वभर कल गर्न वा कल प्राप्त गर्न सकिन्छ ।
यो सुविधा उपभोग गर्नका लागि पहिले इन्टरनेटको प्रयोग गरी आफ्नो जीएसएम पोस्टपेड मोबाइल मार्फत NTPro एकाउन्ट खोल्नु पर्छ । यसका लागि Apple App Store र Google Play Store बाट NTPro App डाउनलोड गर्नुपर्छ । sub ntpro टाईप गरी १४२८ मा SMS गरेपछि प्राप्त युजर नेम र पासवर्ड प्रयोग गरी यो सेवा उपयोग गर्न सकिन्छ ।
विदेशमा जाँदा रोमिङ सुविधा नलिइकन नै नेपालमा कल गर्नका लागि समेत यसको प्रयोग गर्न सकिन्छ । यो सेवा रोमिङ सेवाको सजिलो बिकल्पको रुपमा रहेको छ । NTPro बाट NTPro मा निःशुल्क कल गर्न सकिन्छ । NTPro बाट कल गर्दा वा रिसिभ गर्दा नेपाल टेलिकमको जीएसएम पोष्टपेड नम्बर नै कायम रहनेछ ।
यसबाट कम्पनीको नेटवर्कमा ( GSM,CDMA,PSTN Phone) कल गर्दा र कम्पनीको नेटवर्कबाट NTPro मा कल Receive गर्दा प्रतिमिनेट रु. ६।– शुल्क लाग्छ । त्यसैगरी यसबाट अन्तर्राष्ट्रिय कल गर्दा कम्पनीको विद्यमान अन्तर्राष्ट्रिय महसुल दर भन्दा रु. ६।– बढी शुल्क लाग्छ ।
अहिलेको हाइटेक जमानामा सबैसँग स्मार्टफोन हुन्छ नै । स्मार्ट फोन भएपछि थ्री जी वा बाई-फाईबाट इन्टरनेट चलाउने कुरा कुनै नयाँ कुरा भएन । तर कहिले काँहि बाहिर निस्किँदा वा आफ्नो इन्टरनेटले काम नगर्दा नेट चलाउन नपाएर छटपटी हुने गर्छ ।
यस्तै अवस्थामा कसैको बाई-फाई पासवर्ड थाहा पाउन पाए ! पक्कै रमाइलो हुन्छ ।
कलेज, मल वा सिनेमा हलमा बाई-फाईका ओपन नेटवर्क हुने गर्छन् । तर पासवर्ड विना इन्टरनेट चलाउन पाइँदैन । तर तपाइँले सहजै यस्ता नेटवर्कका पासवर्ड थाहा पाउन सक्नु हुन्छ ।
यहाँ पब्लिक बाई-फाईको पासवर्ड थाहा पाउने तरिका उल्लेख गरिएको छः
१- बेष्ट बाई-फाई नेटवर्क ह्याकर
यो एप बनाउने कम्पनीले जस्तो सुकै पासवर्ड पनि आफ्नो एप्लिकेसनबाट एन्क्रिप्शन तोडेर पत्ता लगाइदिने दावी गर्छ । यो एप पब्लिक वाइफाइलाई पासवर्ड ह्याक गर्न चर्चित मानिन्छ ।
२- हाऊ टू ह्याक वायरलेस नेटवर्क
यो पनि अर्को एप हो । जसले वाइफाइ पासवर्ड ह्याकिङको ट्यूटरियल जस्तै काम गर्छ । यसलाई ऐथिकल ह्याकिङ समेत भनिएको छ । यसले वाइफाइ पासवर्ड प्रोटेक्सनका लागि बनाइएको एल्गोरिथम ह्याक गर्न पनि सिकाउँछ ।
३- बाई-फाई ह्याकर
वाई-फाई ह्याकर बीएनजी पनि चर्चित पासवर्ड ब्रेकिङ एप हो । यो एप इन्स्टल गरेपछि ओफन वाइफाइ नेटवर्क रेञ्जमा जानुस् र यसले तपाइँको चाहाना पुरा गरिदिन्छ ।
४- ह्याक बाई-फाई पासवर्ड
यो एप पनि गुगल प्लेमा निशुल्क उपलब्ध छ । यसले केही सेकेण्डमा बाइफाइ पासवर्ड पत्ता लगाउन सहयोग गर्छ । तपाइँलाई अचम्म लाग्ला अहिले सम्म १० लाख भन्दा बढी मानिस यो इन्स्टल गरिसकेका छन् ।
५- फाइण्ड माइ राउटर्स पासवर्ड
डिफल्ट पासवर्ड रिकभरी, म्यानुअल पासवर्ड रिकभरी तथा डिक्सनरी पासवर्ड रिकभरी जस्ता फङ्कसन भएको यो एप तपाइँका तपाइँका लागि फाइदाजनक हुन सक्छ । नयाँ राउटर किनेपछि यसको पासवर्ड थाहा नहँदा समेत यो एपले पत्ता लगाइदिन सक्छ ।
एजेन्सी । उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको दावी गरेपछि दुनियाभर हलचल पैदा भएको छ । उत्तर कोरियाका तानाशाह किम जोंग उनले आफूहरुले हाइड्रोजन बम बनाएको संकेत गत डिसेम्बरमा नै दिएका थिए । यसअघि पनि उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रमका कारण निरन्तर विवादमा पर्दै आएको छ । हलचल यसकारण पनि भएको छ, हाइड्रोजन बम दुनियाको सबैभन्दा खतरनाक र विनासकारी बम हो । यद्यपी आजसम्म कुनै पनि युद्धमा यसको प्रयोग भएको छैन । जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु बम खसालेको थियो । परमाणु बमले ति दुई शहरलाई मरभूमीमा नै परिणत गरिदियो । जबकी हाइड्रोजन बम त्यो भन्दा पनि कैयन गुणा विनासकारी हुन्छ । जुन कुराको संकेत उत्तर कोरियाले बुधबार त्यसको परीक्षण गर्दा भूकम्प गएबाट नै पाउन सकिन्छ ।
आज हामी हाइड्रोजन बमबारे जान्नै पर्ने ५ तथ्यबारे जानकारी दिँदैछौं ।
१. हाइड्रोजन बमले एक विस्फोटमा नै निकै ठूलो शहरलाई पनि निमेषभरमा ध्वस्त बनाउन सक्छ । ९ मे १९५१ मा पहिलो हाइड्रोजन बम परीक्षण भएको थियो ।
२. हाइड्रोजन बम र एटम बमबीचमा निकै ठूलो अन्तर छ । एटम बममा फिजनबाट ताप पैदा हुन्छ भने, हाइड्रोजन बममा एटम बमको फ्यूजनबाट ।
३. फ्यूजनका लागि १ करोड डिग्रीभन्दा बढी तापमान जरुरी छ । हाइड्रोजन बममा फिजन र फ्यूजन दुबैको प्रयोग हुन्छ ।
फिजन र फ्यूजमा अन्तर:
फिजन र फ्यूजन दुई अलग-अलग प्रक्रिया हुन् । फिजनमा एक परमाणु दुई वा त्यसभन्दा बढी अणुमा विभाजित हुन्छ । फ्यूजन तब हुन्छ, जब दुई वा त्यसभन्दा बढी अणु एक आपसमा मिल्छन्, र निकै ठूलो परमाणु बन्छ ।
४. हाइड्रोडन बम हाइड्रोजनका अणुहरुको फ्यूजनबाट बन्छ । यसकारण यसलाई हाइड्रोजन बम भनिएको हो । यसमा फिजन र फ्यूजन दुबै प्रक्रिया सामेल हुन्छ ।
५. साना हाइड्रोजन बमहरु प्रहारका लागि निकै सहज हुन्छन् । यसलाई मिसाइलमा सहजै प्रयोग गर्न सकिन्छ
काठमाडौं । मोबाइल फोन यति धेरै आवश्यक चिज बनिसकेको छ कि थोरैबेर मात्रै आँखाबाट टाढा भयो भने पनि ठूलै समस्या झेल्नुपर्छ । मोबाइल कतिपय समयमा राखेको ठाउँ भूल्न सकिन्छ भने कतिपय समयमा हराउन पनि सक्छ ।यदि तपाईंको मोबाइल फोन हरायो भने त्यो अहिले कहाँ छ भन्ने तुरुन्तै आफैँ पत्ता लगाउन सकिन्छ । त्यतिमात्रै होइन र तपाईंले त्यसलाई लक गरिदिन र त्यहाँ भएका डाटाहरु मेटाउन पनि सक्नुहुन्छ । तरिका निकै सजिलो छ ।
यस्तो सुविधा तपाईंलाई गुगलले दिएको छ ।
यसरी गर्नुहोस्
– सबैभन्दा अघि गुगलको होम पेज खोल्नुहोस् । त्यहाँ जिमेल आईडी लगइन गर्नुहोस, जुन तपाईंको एण्ड्रोइड डिभाइस प्रयोग भएको मेल आइडी होस् ।
– त्यसपछि गुगल सर्च बक्समा गएर ‘Where’s my phone ?’ सर्च गर्नुहोस् । जब तपाईंले यस्तो सर्च गर्नुहुन्छ, तत्कालै एउटा लोकेशन म्याप खुल्छ ।
– यस म्यापमा केही सेकेण्डमा नै आफ्नो मोबाइलको अहिलेको लोकेशन देख्न सक्नुहुन्छ । यदि तपाईंको आसपासमा नजिकै भए त्यसमा फूल भोल्यूममा रिङ बजाउने तथा धेरै टाढा रहेको भए त्यसलाई लक गरिदिने वा त्यसमा भएका सामग्रीहरु मेट्ने अप्सन पनि प्राप्त हुन्छ ।
यद्यपी आईफोन युजरले भने यो ट्रिकबाट फाइदा लिन सक्दैनन् । तपाईंको फोन अनिवार्य एण्ड्रोइड हुनु जरुरी छ । iPhone का प्रयोगकर्ताले iCloud को मद्दतमा हराएको डिभाइस खोज्न सक्दछन् ।









