प्रचण्ड–वादल मिलेकै दिन वैद्य–विप्लव मिले
६ जेठ, काठमाडौं।
प्रचण्ड र वादलबीच पार्टी एकता घोषणा भएकै दिन पार्टी एकता प्रक्रिया बाहिर रहेका नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य र नेकपा माओवादीका महासचिव नेक्र विक्रम चन्द्र विप्लवले एकताको विरोध गरेका छन् ।
वैद्य विप्लव र केही समय अघि एमाओवादीबाट बाहिएिका हेमन्त प्रकाश ओलीले संयुक्त विज्ञप्ती जारी गर्दै एमाओवादीको नेतृत्वमा कतिपय अवसरवादी घटकहरुका बीचमा पार्टी एकताको ठूलो होहल्ला र दक्षिणपन्थी अवसरवादीको हावाहुरी चलेको संज्ञा दिएका छन् ।
राष्ट्रिय स्वाधीनता, जनताको जनतन्त्र तथा जनजीविकाका आधारभूति समस्याहरुको समाधानका निम्ति गरिेने आन्दोलन र देश तथा जनताको मुक्तिको निम्ति अत्यन्तै भ्रामक तथा घाइत रहेको तीन दलले निष्कर्ष निकालेका छन् ।
दस पार्टीबीच भएको एकता दक्षिणपन्थी नवसंशोधनवादी गठबन्धन हो, यसको विरुद्ध सघर्ष गदै जाने बताउदै संयुक्त विज्ञप्तीमा भनिएको छ,‘नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादी र साम्यवादी दिशामा अगाडि बढ्ने छौं ।’

0 comments
Write Down Your Responses