वैद्य माओवादीमा दुई चिरा, को–कता जान्नुहाेस


माउ पार्टीसँग एकता एजेण्डामा मोहन वैद्य नेतृत्व माओवादी विभाजनको संघारमा देखिएको छ । अध्यक्ष वैद्यलाई छाडेर प्रभावशाली नेता राम बहादुर थापासहित पुराना नेतापंक्ति एकीकृत माओवादीसँग एकतानजिक पुगेका हुन् ।

 प्रचण्ड नेतृत्व माओवादीसँग पार्टी एकीकरण विषयमा उत्पन्न विवाद समाधान गर्न नसक्दा वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा विभाजनको रेखा बाक्लिँदै गएको हो ।

 को, कता ? 

 मोहन वैद्यतर्फ, सिपी गजुरेल, हरिभक्त कँडेल, परी थापा, इन्द्रमणी सिग्देल र दिनेश शर्मा 

 रामबहादुर थापातर्फ देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, सूर्य सुवेदी, महेश्वर दाहाल र लेखनाथ न्यौपाने आजको नागरिक दैनिकमा खबर छ ।

, ,

0 comments

Write Down Your Responses