कोरियाली शासकको एक 'गोपनीय प्लेजर दस्ता'को खुलासा ,भर्जिन केटीहरुलाई स्कूलबाटै उठाइन्छ

एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ उनको एक 'गोपनीय प्लेजर दस्ता'को खुलासा भएको छ । यसमा स्कूले युवतीहरुलाई सामेल गराइन्छ । यिनीहरुको उमेर १३ वर्षसम्मको हुन्छ । हालै सार्वजनिक भएको खबर अनुसार यी युवतीहरुलाई सैनिकले स्कूलबाटै उठाउँछन् । त्यसपछि तिनीहरुलाई उत्तर कोरियाको स्मल मिलिटरी सर्कलमा पेश गरिन्छ । अनि किम जोङ उनको प्लेजर दस्तामा भर्ती गरिन्छ । भर्ती गर्नुअघि उनीहरुको मेडिकल चेकअप हुन्छ । चेकअप पनि उनीहरुको भर्जिनिटी नस्ट भएको छ कि छैन भनेर पत्ता लगाउन । यस्तो खुलासा किमको प्लेजर दस्ताबाटै भागेकी एक युवतीले गरेकी हुन् । उनी सन २०१० मा साउथ कोरिया भाग्न सफल भएकी थिइन् । अहिले आएर उनले किमको प्लेजर दस्ताबारे खुलासा गरेकी हुन् । उनले भनिन्, 'जब म १५ वर्षको थिएँ, तब सेनाका केही जवानले मलाई स्कूलको क्लास रुमबाटै उठाएर लगे । त्यतिबेला उनीहरुले मलाई केही भनेनन्, चुपचाप लिएर हिँडे । पछि कसैसँग सेक्स त गरेको छैन नि भनेर सोधे ।' उनी किम जोङ उनका पिता अर्थात उत्तर कोरियाका पूर्वशासक किम जोङ इलसँग एक दशकसम्म रहिन् । यद्यपी इलले उनीसँग कहिल्यै सेक्स गरेनन् । तर, उनको दावी छ कि उनीसँगै लगिएका अन्य साथीहरुसँग भने यौन सम्बन्ध पनि हुन्थ्यो । स्रोतकाअनुसार त्यहाँका शासकको मातहतमा एउटा वाइल्ड सेक्स पार्टी हुन्थ्यो । सो पार्टीमा सहभागी हुने सबै पुरुषले आफ्नो शीर मुण्डन गर्थे भने युवतीहरुको गुप्ताङ्ग शेव गरिन्थ्यो । यद्यपी किम जोङ उनले आफू सत्तामा आएपछि यस्तो ग्रुपलाई खारेज गरिदिएको बताइन्छ, जुन उनका बाबुले रासलिलाका लागि बनाएका थिए । यस्तो उनले सन २०११ मा सत्तामा आएपछि गरेका हुन् । किमले सोल-जु सँग विवाह पनि गरिसकेका छन् । उनकी एक छोरी छिन् । तर, अहिले किमले त्यो दस्तालाई पुन: ब्यूँताउन आदेश दिएका छन् । त्यसकालागि अग्ला र सुन्दर युवतीहरुलाई छनोट गर्न भनिएको छ । स्रोतलाई उद्धृत गर्दै Chosun Ilbo नामक अखबारमा छापिएको खबरअनुसार अहिलेसम्म छनोट गरिएका युवतीहरुलाई पोङ्याङस्थित सेन्टरपिस कोरियन होटलमा राखिएको छ । उनीहरुलाई हाल सुरक्षा तालिम दिइँदैछ । त्यहाँ सुरक्षा तालिम पूरा हुनुका साथै भर्जिन रहेको प्रमाणित भएपछि उनीहरुलाई किमको दस्तामा लगिनेछ ।

, ,

0 comments

Write Down Your Responses