पुरैनी गाउँ: यी आमा जसले छोरीको घर बिगारी ज्वाईसंग बिहे गरिन्, यसरी बस्यो सासु र ज्वाईको प्रेम...
असार ४, काठमान्डौ। यस्तो पनि हुँदो रहेछ दुनियाँमा । जहाँ छोरीको घर बसाउने आमा नै छोरीकी सौता बनेकी छिन् ।
घटना भारतको विहार राज्यस्थित मधेपुरा जिल्लाको हो । जहाँको पुरैनी गाउँमा एक महिलाले आफ्नै छोरीका श्रीमान (ज्वाई)सँग प्रेम गर्दै विहेसम्म गरेकी छिन् ।
आशा देवी नामकी यी महिलाले केही वर्ष पहिला मात्र आफ्नो छोरीको विहे धुमधामका साथ गरेकी थिइन् ।
तर, अहिले उनले ज्वाईसँगै पूर्णिया कोर्ट (अदालत)मा विहे गरेकी छिन् ।
यो सम्बन्ध थाहा पाएपछि छोरी बेहोस भएकी छिन् । त्यसपछि होसमा आएकी उनले सोच्न सकिरहेकी छैनन् कि जून आमाले उनको घर बसाएकी थिइन् त्यही आमाले घर बाड्न सक्छिन् र ?
यसरी बस्यो सासु र ज्वाईको प्रेम
छोरी विहे गरेर पठाएको केही दिनमै ज्वाई विरामी परे । यो खबर सुनेर सासु ज्वाईको हेरचाँह गर्न छोरीको घर पुगिन । फेरि एक–अर्काबीच प्रेमको टुसा पलायो । उनी आफ्नो घर फर्किइन् तर, ज्वाई र उनको प्रेम झन झन बढ्दै गयो । दुबै घण्टौसम्म एक–अर्काबीच फोनमा कुरा गर्न थाले ।
गाउँलेले सासु र ज्वाईले विहे गर्न लागेको थाहा पाएपछि उनीहरुले पञ्चायतबाट सासु र ज्वाई सँगै बस्ने निर्णय गराए । पञ्चायतले सासु र ज्वाईबीच गहिरो प्रेम भए दुबैलाई एक साथ बस्न दिनुपर्छ भन्यो । पञ्चायतको फैसलाले सासु र ज्वाई खुसी भए । त्यसको भोलिपल्ट ससुराले छोरीलाई घर लिएर आए ।
(भारतीय सञ्चारमाध्यमको सहयोगमा)


0 comments
Write Down Your Responses