गुगलले नेपालीहरूलाई ‘ठूलो’ उपहार दियाे...

काठमाडौं, २१ जेठ । इन्टरनेटको दुनियाँमा आफ्नो अस्तित्व अग्रस्थानमा राख्न सफल गुगलले नेपालीहरूको मन फेरि एक पटक छुने प्रयास गरेको छ । धेरै नेपालीहरूलाई आज गणतन्त्र दिवस हो कि होइन भनेर थाहा नहुन सक्छ । 

तर, गुगलले नेपालमा गणतन्त्र दिवस भएको अवसरमा राष्ट्रिय चरो डाँफेलाई राखेर गुगलका अक्षरहरूलाई विशेष प्रकारको बनाएको छ । गुगल क्रोमा खोल्नेवित्तिकै नेपालको राष्ट्रिय चरो डाँफे बीचमा देखिन्छ । गुगलका अक्षरहरू पनि विशेष प्रकारका बनाइएका छन् ।गुगलले विशेष महोत्सव, चाढपर्व र विशेष दिनका अबसर पारेर विश्वभरिका देशमा आफ्नो प्रस्तुति दिने गरेको छ ।

, , ,

0 comments

Write Down Your Responses