विमलको जीवनमा परेका २ बज्रपात...
१५ जेठ, काठमाडौं ।
नेपाली फुटवलका निक्कै चर्चित फुटवलर हुन् विमल घर्ती मगर । अण्डर एज टिममा हुँदा समेत राष्ट्रिय टिमको स्ट्राइकर बनेर चर्चित बनेका बिमलको सेलिब्रेटी स्टारडम उनको फ्यान फलोअरबाट प्रष्टिन्छ ।
उनी युरोपका क्लवबाट फुटवल समेत खेलिसकेका छन् । तर तीनै विमललाई यतिबेला भने बज्रपात परेको छ ।
नवलपरासी बर्दघाट ८ भुताहस्थित विमलको घरमा बुधबार राति विभत्स घटना भयो । घरमा एक्लै रहेकी उनकी बहिनी मनीषा घर्ती मृत अवस्थामा फेला परिन् ।
बहिनीको निधनपछि खुट्टाको लिगामेन्ट उपचारका क्रममा बेल्जियममा रहेका विमल अकस्मात नेपाल फर्किएका छन् । शुक्रबार विहान काठमाडौं आएपुगेका विमल विमानस्थलबाट सिधै बहिनीको शव हेर्न टिचिङ अस्पताल पुगे । बुधबार राति विमलको घरमा यस्तो दुखद् घटना हुँदा बिमल मात्र होइन उनकी आमा पनि घरमा थिइनन् । दाइ बिमल बेल्जियम गएको र आमा वुटबल गएको समयमा मनिषा मृत अवस्थामा भेटिएको भन्दै गाउँलेले खबर गरेपछि विहीबार प्रहरी टोली पुगेको थियो ।
बाबुको पनि अप्राकृतिक निधन
विमलकी बहिनीको हत्या वा आत्महत्या भन्ने खुट्टिन बाँकी छ । विमलको घरमा यस्तो अप्राकृतिक निधन भएकी मनीषा पहिलो सदस्य होइनन् । उनका पिताको पनि गोरुले हान्दा निधन भएको थियो । मोटरसाइकलमा सवार रहेको बेला साँढेले प्रहार गरेपछि उनको निधन भएको थियो । प्रहरी हवल्दार रहेका विमलका पिताको निधनपछि परिवारमा विमल र उनकी बहिनीलाई आमाले निक्कै दुःखले हुर्काएकी थिइन् ।
यस्तो थियो विमल र मनीषाबीच अन्तिम फेसबुक भलाकुसारी
१४ वर्ष अघि बाबुको त्यस्तो निधनबाट टुहुरो बनेका विमललाई पुनः त्यस्तै बज्रपात आइलागेको छ । उनको घरमा अव केवल आमा छोरा मात्र छन् ।


0 comments
Write Down Your Responses