यी हुन् बजेटका १४ विशेषता, जस्का कारण मुलुकले काँचुली फेर्नेछ

सरकारले आगामि आर्थिक वर्षको बजेट संसदमा पेश गरेको छ । जुन बजेट कार्यान्वयन हुन सक्यो भने देशको आर्थिक अवस्था निकै माथि आउने छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा पेश गरेको १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ९४ हजारको बजेटको सफल कार्यान्वयन भएमा देशले आर्थिक रुपमा काँचुली नै फेर्ने छ । यो बजेटमा प्रस्तुत गरिएका आर्थिक क्रान्तिका विभिन्न आधारहरु रहेका छन् । यसका १४ विशेषताहरु निम्न अनुसार रहेका छन् । 

कर्मचारीको तलवमा २५ प्रतिशतले वृद्धि आयकर छुटको दायरा बढाइयो । 
व्यक्तिका लागि ३ लाख ५० हजार र दम्पत्तिका लागि ४ लाख वाषिर्क आम्दानीमा कर नलाग्ने । 
सामाजिक सुरक्षा भत्ता दोब्बरले वृद्धि ।
आफ्नै गाउँ आफै बनाउँ कार्यक्रमको बजेटपनि दोब्बरले वृद्धि ।
निर्वाचन क्षेत्र विकास कोषको रकम ३ करोड पुर्‍याइयो । 
संसदीय विकास कोषको बजेट ५० लाख । 
पत्रकारलाई सरकारी अस्पतालमा उपचारमा ५० प्रतिशत छुटको व्यवस्था । 
रेल मार्ग र काठमाडौंमा मेट्रो रेलको अध्ययन गरिने पानी जाहाज सञ्चालनको अध्ययन गरिने । 
शैक्षिक प्रमाणपत्रका आधारमा ऋण । 
प्रत्येक प्रदेशमा एक मेडिकल कलेजको अवधारणा । 
पेट्रोलियम पदार्थमा ५ प्रतिशत पूर्वाधार कर । 
पुनःनिर्माणमा एक खर्ब ४० अर्ब । 
तरार्इका प्रत्येक सदरमुकामको विकासमा ५० करोड ।

,

0 comments

Write Down Your Responses