लमजुङको तारेभिरमा बस दुर्घटना, ९ जनाको मृत्यु, १२ जना घाइते...

जेठ ६ – लमजुङको मध्यनेपाल नगरपालिकाको तान्द्राङ–टक्सार र जिताको विचमा पर्ने तारेभिरमा बिहीबार बेलुका बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । तनहुँको सदरमुकाम दमौलीबाट लमजुङको जिताकोटका लागि छुटेको ना ६ ख ४१३६ नम्बरको बस भिरबाट खसेर दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा १२ जना घाइते भएको प्रहरी चौकी सोतिपसलका प्रमुख असइ जितबहादुर थापाले जानकारी दिनुभयो । बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन । घाइते मध्ये केहीको अवस्था चिन्ताजनक छ । दुर्घटनामा ज्यान गुमाएकाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । ब

स भिरबाट झण्डै तीन सय मिटर तल खसेको हो । बस सहचालकले चलाएका कारण दुर्घटना भएको घाइते यात्रुले प्रहरीलाई बताएका छन् । सवारीका चालक सुरज विक भने फरार छन् ।

,

0 comments

Write Down Your Responses