कोरियामा ५ महिनाभित्र ५ हजार कामदार
५ जेठ-ईपीएस कोरिया शाखाका अनुसार सन् २०१६ को मे १७ सम्म कोरिया जान योग्य सूचीमा रहेका मध्ये ५ हजार १६१ नेपाली कामदारको श्रम सम्झौता प्राप्त भएको हो ।
वर्षमा ५ हजार ८ देखि ६ हजारसम्म नेपाली कामदार जान्छन तर यो वर्षको ५ महिना नपुग्दै ठूलो संख्यामा कामदारको श्रम सम्झौता भएकोे छ ।
इपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले छोटो समयमै नेपाली कामदारलाई बढी श्रम सम्झौता दिनु भनेको कारियाले बढी प्राथमिकतामा राखेको बुझिएको जनाए । उनले नेपालको निरन्तर पहलका करण यो सम्भव भएको बताए ।
सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि कोरियाले नेपाली कामदार लिन सुरु गरेको हो ।
हालसम्म दक्षिण कोरियामा ईपीएसमार्फत ४० हजार नेपाली कामदार पुगिसकेका छन् । आजको कारोबारमा समाचार छ।

0 comments
Write Down Your Responses