१३ रोचक तथ्य गुगलको बारेमा, जुन अधिकांशलाई थाहा छैन
‘ल्यारी पेज’ र ‘सर्जी ब्रिन’ले स्टानफोर्ड युनिभर्सिटीमा पिएचडी गर्नक्रममा ‘गुगल’को स्थापना गरेका थिए र सन् १९९८ सेप्टेम्बर ४ मा यसलाई आधिकारिक रूपमै व्यक्तिगत कम्पनीमा शामिल गरियो।
गुगल वेबसाइट हेर्दा जति साधारण देखिन्छ, त्यति साधारण भने पक्कै पनि छैन। गुगलले गर्ने हरेक काम, अनि यसले दिने हरेक सुविधा अरूको भन्दा अलि भिन्नै हुन्छ।
पढ्नुहोस्, विश्वचर्चित गुगल वेबसाइटको बारेमा रोचक तथ्यहरू, जुन सायद तपाईँलाई थाहा छैन होलाः
१. Google नाम वास्तवमा गणितिय तत्व ‘googol’ बाट साभार गरिएको हो। 1 अङ्कको पछाडि सयवटा 0 भएको अङ्कलाई नै गणितमा googol भनिन्छ।
२. संस्थापक ल्यारी पेज र सर्जी ब्रिनले सुरुमा यसको नाम Backrub राखेका थिए।
३. गुगल कम्पनीको मूख्य शाखाको बगैँचामा उम्रिएका घाँसपातलाई हटाउनको लागि गुगलले नियमित रूपमा भेडा चराउने गर्दछ।
४. ‘गुगल इन्स्ट्याण्ट’को कारणले गर्दा अहिले I’m Feeling Lucky बटन हटाइएको छ।
५. सन् २०१० यता, गुगलले हरेक हप्ता सरदरमा एउटा प्राविधिक कम्पनी किन्ने गरेको छ।
६. ल्यारी र सर्जीको व्यक्तिगत विमानको लागि नासामा छुट्टै रनवे बनाइएको छ, जहाँ अरू कुनै विमान पनि अवतरण गर्न पाइँदैन।
७. गुगलले आफ्नो नामको गलत हिज्जेको पनि डोमेन किनेको छ, जस्तै; www.gooogle.com, www.gogle.com, www.googlr.com
८. गुगलको पहिलो कम्प्यूटर स्टोरेज लेगोबाट बनाइएको थियो।
९. अमेरिकामा गुगलका कुनै पनि कामदारको मृत्यु भएमा, एक दशकसम्म सो कामदारको वार्षिक तलबको ५०% उसको परिवारलाई दिने गर्दछ।
१०. गुगलको आफ्नै चमेनागृहबाट कुनै पनि कार्यालय १५० फिटभन्दा टाढा छैन।
११. गुगलको सर्च बारमा कुनै पनि अङ्क लेखेर त्यसको पछाडि ‘=english’ टाइप गर्नुभयो भने गुगलले त्यसको उच्चारण गरिदिन्छ।
१२. गुगलको उल्टो भर्जन पनि छ- Google Mirror जहाँ हरेक कुरा उल्टो देखाइन्छ।
१३. गुगलले आफ्नो कम्पनीलाई सन् १९९९ मा Excite नामक कम्पनीलाई १ मिलियन डलरमा बेच्न खोजेको थियो, तर Excite का सीईओले किन्न मानेनन्।
गुगल केवल Search Engine मा मात्रै सिमित छैन, यसको नयाँ अनि रचनात्मक आइडियाले विश्वभरी नै चर्चा पाउने गरेको छ। हरेक पक्षमा अद्वित्तीय गुगलले आगामी वर्षहरूमा के-कस्ता प्रगति गर्नेछन्, त्यो त हेर्न बाँकी नै छ।


0 comments
Write Down Your Responses