राजेश हमाल र मधुवीच खटपट यस कारण सुरु भयो...
काठमाडौ । नेपाली चलचित्रका महानायक राजेश हमाल र उनकी श्रीमति मधु भट्टराई आफ्नो दोस्रो बैवाहिक उत्सव मनाउने तयारीमा छन । उनीहरुको दोस्रो बैवाहिक वर्षगाँठ अगामि जेठ १० गते हुँदै छन ।
दोस्रो बैवाहिक वर्षगाँठ मनाउने तयारी भईरहेको बेला उनीहरुवीचको दाम्पत्य जीवन संकटपूर्ण अवस्थाबाट गुज्रिईरहेको खवरहरु बाहिर आए ।
ती खवरहरुको राजेश हमाल र उनकी श्रीमितले अहिलेसम्म औपचारिक खण्डन गरिसकेका छैनन ।
समाचारहरु बाहिर आएपछि हमालले आफ्नो विवाह भएपछिको तस्वीर सार्वजनिक गरेर आफूहरुवीच कुनै खटपट नपरेको सन्देश प्रवाह गर्न त खोजे तर त्यो फोटो पुरानो भएको समाचारहरु आएपछि उनको खण्डन गर्ने प्रयासमाथि पानी फेरियो ।
उनले पुराना तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेर खण्डन गर्ने प्रयास गरिरहँदा उनीहरुवीचको खटपटको कारणहरु विस्तारै बाहिरिन थालेको छ ।
प्राप्त जानकारी अनुसार उनीहरुवीचको खट्पटको प्रमुख कारण सन्तान जन्माउने विषयलाई लिएर हो ।
महानायक हमाल अहिले ५६ वर्षको पुगिसके । विवाह भएको दुई वर्षसम्म पनि उनीहरुको सन्तान हुने खवर बाहिर आएको छैन । पतिको ढल्कदो उमेर र सन्तान जन्माउने विषयमा पतिको तत्काल चाहना नदेखिएको विषयले उनीहरुवीच खटपट सुरु भएको हो ।
उनीहरु निकट स्रोतका अनुसर मधु सन्तान जन्माउन चाहन्छिन तर महानायक तत्काल सन्तानको पक्षमा देखिएको छैन यस विषयले उनीहरुवीच खटपट सुरु भएको हो ।
त्यसैगरी हमालको समयलाई लिएर पनि उनीहरुवीच मनमुटाव छ । महानायक हमालले मुस्किलले हिजो आज महिनामा पाँच दिन समय दिने गरेका छन ।
त्यसमा पनि मुलुक बाहिरको कार्यक्रम पर्दा उनी महिनौ बाहिर रहन्छन ।
ति समयमा मधु एक्लै बस्नु पर्ने हुँदा उनी असन्तुष्ट छिन । आफै पनि मोडल रहिसकेकी मधु पतिले बढी भन्दा बढी समय दिउन भन्ने चाहन्छिन ।
त्यसैगरी हिजो आज हमालले आफ्नी पत्नीलाई बाहिरका कुनै पनि कार्यक्रममा सँगै लिएर नगएको कारण पनि सम्बन्धमा केही तितो पन आएको उनी निकटहरु बताउँछन । महानायक र मधु सार्वजनिक कार्यक्रममा नदेखिएको लामो समय भईसकेको छ । यसले पनि यी कुराहरुलाई थप पुष्टि गर्छन ।


0 comments
Write Down Your Responses