इतिहासमा आजै हो आधुनिक ब्राको आविस्कार भएको

BD4748-002एजेन्सी, १७ जेठ । १८८९ मा आजैको दिन आधुनिक ब्राको आविस्कार भएको थियो । भिक्टोरियन कालमा महिलाहरु कोर्सेट लगाउँथे जुन एकप्रकारको ज्याकेटजस्तो हुन्थ्यो, जसलाई पछाडिबाट डोरीले बेस्कन कसिएको हुन्थ्यो । त्यो डोरी यसरी कसिएको हुन्थ्यो कि चिकित्सकले यसरी शरीरमा डोरी कस्दा शरीर काँप्ने, पेटमा गडबडी हुने र श्वास फुल्नेजस्तो समस्या हुने चेतावनी दिएका थिए । 
लण्डनको विज्ञान संग्रहालयमा जो पुश अप ब्रा राखिएको छ जुन १९ औं शताब्दीको सुरुमा बनाइएको थियो । लाइफ पत्रिकाका अनुसार ३० मे १८८९ मा फ्रान्सकी हरमिनी काडोलेले आधुनिक ब्रा बनाएकी हुन् । उनले बनाएको उक्त ब्रालाई कोर्सेलेट जर्ज नाम दिइएको थियो । त्यसपछि १९६० को दशकमा महिलावादीहरुले ब्राको विरुद्ध आन्दोलन नै सुरु गरे । उनीहरुको दावी थियो, महिलालाई यसरी सिंगार्ने काम पितृसत्तात्मक समाजको काम हो र यसबाट महिलामाथि दमन भइरहेको हुन्छ । उनीहरुको थप दावी थियो कि यसबाट महिलाहरु यौन सम्पर्क गर्ने वस्तुमा रुपान्तरित हुन्छन् ।

, ,

0 comments

Write Down Your Responses