गुरुले के दिए अन्तिममा प्रचण्डलाई ?

कसैको जीन्दगी दुर्भाग्य नै दुर्भाग्यले भरिएको हुन्छ । अवसरबाट सधैंभरी पछि पर्नु र अन्तिममा सकसपूर्ण अवस्थामा पुग्नु कतिको नियति नै बनिदिन्छ । 

यस्तै नियतिमा कम्युनिष्ट आन्दोलनमा लागेर पूरै जीवन व्यतित गर्न लागेका नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य किरण पुगेका छन् । राजनीतिमा लागेर कहिल्यै लाभको पद नलिएका र त्यस्तो लालचा पनि नदेखाएका इमान्दार छविका किरणले नेतृत्व गरेको पार्टीका झण्डै ९० प्रतिशत नेता कार्यकर्ता एमाओवादीसँग पार्टी एकता गरेर बिलय हुने निष्कर्शमा पुगेपछि वैद्य संकटमा मात्रै परेका छैनन्, रामकृष्ण ढकालले गाएको गीत 'उडायो सपना सबै हुरी' ले भने जस्तो अवस्थामा पुगेका छन् । 

सर्वहारा वर्गलाई मुक्ति दिलाउने भन्दै जीवनभरी लडेका उनी वृद्वबयमा आफ्नै अस्तित्व जोगाउने नसक्ने निरीह अवस्थामा पुगेका छन् । साँघु साप्ताहिकमा खबर छ । स्रोतका अनुसार, एमाओवादीसँग पार्टी एकता गर्न उपाध्यक्ष सीपी गजुरेल, स्थायी समिति सदस्य इन्द्रमोहन सिग्देल, पोलिटब्यूरो सदस्य दिनेश शर्मा र परि थापा समूहबाट आएका बाहेकका नेता कार्यकर्ता तयार भएपिछ वैद्यको पार्टीको अब धुकधुकी नै जोगिने हो वा होयन भन्ने संशय खडा भएको छ ।

,

0 comments

Write Down Your Responses