इडिभी २०१७ को नतिजा अाज

 १९ वैशाख काठमाडौं ।

 अमेरिकी डाइभर्सिटी भिषा (इडिभी)को नतिजा मंगलबार सार्वजनिक हुने भएको छ । अमेरिकाको कन्सुलर ब्यूरोको वेवसाइटमा उल्लेख भएअनुसार इडिभी २०१७ का लागि सन् २०१५ अक्टोवर १ देखि नोभेम्बर ३ सम्म खोलिएको डिभी चिठ्ठाको नतिजा आउँदो मंगलबार सार्वजनिक गरिनेछ ।

 मंगलबार इडिभीको नतिजा सार्वजनिक भइसकेपछि डिभी परेकाहरुले सन् २०१७ को सेप्टेम्बर ३० सम्म कन्फरमेसन नम्बर लिइसक्नु पर्नेछ ।

 साथै इडिभी २०१६ का लागि २०१४ अक्टोबर १ देखि नोभेम्बर ३ सम्म खोलिएको चिठ्ठा परेकाहरुले पनि आगामी सेप्टेम्बर ३० सम्म कन्फरमेसन नम्बर लिइसक्नुपर्नेछ । इडिभी २०१७ को नतिजा डिभी लट्री डट स्टेट डट जिओभीमा लगइन गरेर हेर्न सकिनेछ ।

, , ,

0 comments

Write Down Your Responses