दिक्षितको यस्तो छ नाटक वीर अस्पतालमा
वीर अस्पतालका एक चिकित्सककाअनुसार दिक्षितले अस्पतालमा बसेर पूर्ण रुपमा नाटक गरिरहेका छन् र दुनियाँलाई आफू बिरामी भएको प्रचार गराइरहेका छन् ।नेपालको सार्वभौमसत्ता, अखण्डता विरुद्ध पत्रकार भएकै नाममा दिक्षितले गलत धन्दा चलाएको आम नागरिकलाई थाहा छ ।
साझा यातायाताको अध्यक्षको हैसियतमा उनले सरकारी स्रोतको समेत दोहन गरेका छन् । सरकारको ९० प्रतिशत सेयर रहेको साझा यातायातको नाममा रहेको सरकारी जग्गालाई आफूखुसी बेचेर व्यक्तिगत सम्पतिका रुपमा बनाएको तथ्य कोही कसैबाट छिपेको छैन ।
आफूलाई कानुन भन्दा माथि राखेर प्रस्तुत हुने दिक्षितको नागरिकता नेपालको भएपनि मन र कार्य भने विदेशी स्वार्थ अनुसार नै चलेको तथ्य कोही कसैबाट छिपेको छैन । जनआह्वान साप्ताहिकमा खबर छ ।

0 comments
Write Down Your Responses