विप्लव माओवादीद्वारा काठमाडौं जिशिअलाई कालोमोसो...(हेर्नुहोस भिडियो सहित)
बुधबार, १५ वैशाख
काठमाडौं । बुधबार दिउँसो गौतमकै कार्यकक्षमा पुगेर विप्लव माओवादीका कार्यकर्ताहरुले काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई कालोमोसो दलेका छन् । विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले कालोमोसो दलेका हुन् ।
गौतमले शिक्षा क्षेत्रमा अनियमितता गरेको, आर्थिक घोटाला गरेको लगायतका आरोप लगाइएको पर्चा घटनास्थलमा फेला परेको थियो । कालोमोसो दलेलगत्तै माओवादी कार्यकर्ताहरु भागेका थिए । प्रहरीले कालोमोसो दल्नेहरुको खोजी तीव्र पारेको छ ।


0 comments
Write Down Your Responses