नतिजा प्रकाशित(RESULT PUBLISHED)...
काठमाडौँ-त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७२ माघमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको जनप्रशासन स्नातकोत्तर तह (एमपिए) दोस्रो वर्ष २०७१ को परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ।
यसैगरी परीक्षा नियन्त्रण कार्यालयले २०७२ साल भदौ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह चारवर्षे (बिएफए) दोस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ। उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np and www.educationonkhabar.com मा पनि हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ। साथै ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।


0 comments
Write Down Your Responses