यी हुन् उत्तर कोरिया बारे निकै अनौठा २५ तथ्यहरु (फोटो फिचर सहित )-यो पनि पढ्नुहोस्:उत्तर कोरिया लाई चिन्नुहुन्छ ? ...
सिंगो विश्व आर्थिक विकास र
प्रविधिमा प्रतिस्पर्धा गरिरहेको छ । आर्थिक रुपमा सबल राष्ट्रसंग प्रतिस्पर्धा
गर्न नसक्नेहरु पनि लोकतन्त्र र विकासकै बाटोतर्फ अग्रसर छन् । तर, विश्वमा अझै पनि एउटा यस्तो देश छ, जसको हरेक कुरा रहस्यको घेरामा हुन्छन् । उसका देशमा भएका
ठूलै उथल-पुथल पनि महिनौंसम्म विश्वले थाहा पाउँदैन । देशका नागरिकहरु पनि बाहिरी
देशमा के हुँदैछ पत्तो पाउँदैनन् ।
उनीहरुको संसार नै केबल आफ्नै
देश हो ।हजुर हामी कुरा गर्दैछौं उत्तर कोरियाको । विभिन्न अन्तराष्ट्रिय न्यूज
साईटहरुको सहयोगमा हामीले
उत्तर कोरियाबारे २५ वटा अनौठा तथ्य प्रस्तुत गर्दैछौं । जुन पढेर वा सुनेर तपाईं अचम्ममा पर्नु हुनेछ ।
१. उत्तर कोरियामा हप्तामा ६
दिनमात्रै होइन सातौं दिन पनि काम गर्नुपर्छ । ६ दिन जागिर गर्नेहरुले सातौं दिन
अनिवार्य रुपमा स्वयम् सेवा गर्नुपर्छ । यस्तो अवस्थामा नागरिकहरु हप्ताको सातै
दिन काममा व्यस्त हुन्छन् ।
२. आफ्नो शासनकालमा किम जोंग II ले बायोग्राफी सार्वजनिक गरे । त्यसमा लेखिएको केही कुरा निकै भ्रम फैलाउने खालका छन्
। उनले बायोग्राफीमा लेखेका छन्, ‘मेरो
जन्म दुईवटा इन्द्रेणीको बीचमा भएको थियो । म जन्मिएपछि त्यो दुई इन्द्रेणीको
बीचमा आकाशमा एक नयाँ तारा चम्किएको थियो रे !’ यसमा उनको नियत भनेको आमजनतामा भ्रम भैलाउनु नै हो । ता कि
नागरिकहरुले आफूलाई साक्षात ईश्वर मानुन् र सदियौंसम्म आफ्ना पुस्ताले एकलौटी राज
गर्न पाओस् ।
३. उत्तर कोरियामा अहिले
विश्वमा जस्तो सन २०१५ चलिरहेको छैन । त्यहाँ त बल्ल १०४ साल भयो । उत्तर कोरियाले
जूश क्यालेण्डर प्रयोग गर्छ । |सापो| किम II सुंगको
जन्मपछि नै सालको गणना सुरु भएको थियो ।
४. उत्तरकोरियाको हरेक घरमा
सरकारद्वारा नियन्त्रित रेडियो अनिवार्य जडान गरिएको छ । नागरिकहरुलाई यो रेडियो
नबजाउने वा नसुन्ने अधिकार छैन ।
५. जस्तोसुकै अपराध होस्, माफी भन्ने कुरा उत्तर कोरियाको शब्दकोशमा नै भेटिन्न । कि त आजीवन जेल, कि मृत्युदण्ड । यदि कसैको साथमा बाईबल भेटियो वा कसैले
पोर्न फिल्म हेर्दै गरेको भेटियो भने पनि फाँसीमा चढाइन्छ ।
६. उत्तर कोरियामा कसैले पनि
गरीबको तस्वीर खिच्न पाउँदैन । टुरिष्टहरुले पनि कुनै |सापो| गरीब
उत्तर कोरियनको तस्वीर खिचेर लाने अधिकार छैन । गरीबको तस्वीरले देशको इमेज खराब
गर्छ भन्ने मान्यता त्यहाँ छ । तर, प्राय
उत्तर कोरियन गरीबीको चपेटामा छन् ।
७. उत्तर कोरियामा ८ र १७ जुलाईको दिन कुनै खालको उत्सव
मनाउने छुट छैन । जन्म दिन नै यही दिनमा पर्यो
भने पनि उसले जिन्दगीभर सेलिब्रेसन गर्न पाउँदैन । किनकी पूर्व शासक किम II सुङ र किम जोंग II को
मृत्यु क्रमश: यही दुई तारिखमा भएको थियो ।
८. टूरिस्टहरु मोबाइल बोकेर
उत्तर कोरियामा छिर्न पाउँदैनन् । मोबाइल एयरपोर्ट मै कब्जा गरिन्छ । फर्कने बेला
उनीहरुले मोबाइल फिर्ता पाउँछन् ।
९. उत्तर कोरिया पुग्ने कुनै
पनि टुरिष्टले स्थानीयसँग बोल्न पाउँदैन । ऊ एयर पोर्टबाट निस्किएपछि सरकारद्वारा
प्रशिक्षित गाईडहरुकै नियन्त्रणमा हुन्छ । आफ्नो स्वेच्छाले केही गर्न पाउँदैन ।
१०. यहाँका टिभीहरुमा जम्मा ३
वटा च्यानलमात्रै आउँछ । यी च्यानलहरुले किम जोंग उनको भक्तिगाथामात्रै गाउँछन् ।
११. देशमा सरकारी अधिकारी र
सेनाका अधिकृतहरुबाहेक कसैलाई पनि निजी गाडी किन्ने छुट छैन ।
१२. उत्तर कोरियामा कुनै
इन्टरनेट सेवा छैन |सापो| इन्टरनेटमा सफर गर्ने अधिकार भीआईपीहरुलाई मात्रै छ । उत्तर
कोरियाको आफ्नै इन्टरनेट अपरेशन सिस्टम छ । जसको नाम ‘रेड स्टार’ हो ।
१३. उत्तर कोरियाको बाहिरी विश्वसँगको सम्बन्ध पूरै डिस्कनेक्ट छ । न्यूजपेपर्स, म्यागेजिन र न्यूज च्यानलहरुले बाहिरी विश्वको समाचारलाई कुनै स्थान नै दिँदैनन् । मात्रै उत्तर कोरियाबारे प्रपोगाण्डा गरिन्छ । त्यसैले हरेक उत्तर कोरियन नागरिक झुठको घेरामा बाँचिरहेका छन् ।
१४. सडकमा ठाउँ-ठाउँमा पब्लिक
स्पीकर लगाईएको छ । प्रपोगाण्डा जुनसुकै बेला सुरु हुनसक्छ । नागरिकहरु त्यसलाई
विश्वास गर्न र पालना गर्न बाध्य हुन्छन् ।
१५.
करिब २.५ लाख उत्तर कोरियन जेलमा छन् । यस्ता जेलहरुलाई विध्युतिय तारबारले घेरिएको
छ ।
१६. कुनै पनि व्यक्तिले आफू
खुसी पहिरन लगाउन पाउँदैन । सरकारले नै यसलाई कन्ट्रोल गर्छ । उत्तर कोरियामा
जिन्सका कपडा प्रतिबन्धित छ ।
१७. किम जोन उङ्गले आफ्ना
अंकललाई मारेर निर्वस्त्र पारी १२० वटा भोका कुकुरको हुलमा फालिदिएका थिए । ताकि
कुकुरले लुछेरै सकाओस् ।
१८. उत्तर कोरिया वर्तमान
विश्वमा एकमात्रै तानाशाही र रुढीग्रस्त शासन व्यवस्था भएको मुलुक हो । वर्षौं
पहिले मरिसकेका शासकको अधिनमा अझै पनि नागरिक छन् ।
१९. उतर कोरियामा २ हजार महिलाको ‘Pleasure Squad’ बनाईएको छ । यसको मतलब त्यही हो जुन तपाईं तस्वीर हेरेर सोच्दै हुनुहुन्छ ।
२०. उत्तर कोरियाली
विद्यार्थीहरु इतिहासको नाममा आफ्नै देशको बारेमामात्रै पढ्छन् । पाठ्यक्रमहरु किम
जोंग I र किम जोंग II को
बहादुरीका गाथाले भरिएका हुन्छन् ।
२१. उत्तर कोरियामा हरेक घर
खैरो रंगले रंग्याउनु अनिवार्य छ । त्यसको माथि शासकहरुको तस्वीरसमेत राख्नै पर्छ
।
२२. उत्तर कोरियामा हरेक ५
वर्षमा चुनाव हुन्छ । तर, उम्मेद्वार
एकमात्रै । अरु कसैलाई पनि किम परिवारसँग प्रतिस्पर्धा गर्ने अधिकार छैन ।
२३. उत्तर कोरियाली
पुरुषहरुले हेयर स्टाइलसमेत आफूखुसी राख्न पाउँदैनन् । किम जोंग उनकोजस्तै |सापो| हेयर
स्टाईल राख्न अनिवार्य छ । कलाकारबाहेक महिलाहरुलाईसमेत आफूखुसी कपाल राख्नमा
बन्देज लगाईएको छ ।
२४. उत्तर कोरियाले दक्षिण
कोरियालाई लोभ्याउनका लागि किजोंग डोंग सिटी बनाएको छ । यो डमी सिटी हो । यहाँ
कोही रहँदैनन् । तर उत्तर कोरियाले यसमा खुबै लगानी गरेको छ ।
२५. उत्तर कोरियामा ठूला
अपराधमा तीन पुस्ते सजाय पनि तोकिन सक्छ । यसको मतलब हजुरबाले गल्ती गरेको भए
नातीसम्मले पनि त्यसको सजाय भोग्नुपर्छ । यदि तीन पुस्ते आजिवन काराबास भयो भने
हजुबाबुदेखि नातीसम्म सबै जेलमै सड्छन् ।
विभिन्न अन्तराष्ट्रिय न्युजहरुको सहयोगमा





























0 comments
Write Down Your Responses