SLC BOARD FIRST: समीक्षा सुवेदीले ग्रेड प्वाइन्ट एभरेज ४ अंक हाँसिल गरि भईन 'बोर्ड फस्ट्' , यस्तो छ उनको ग्रेडशीट

बुटवल: रुपन्देहीको मुर्गियास्थित सुनगाभा पब्लिक उच्च माविकी विद्यार्थी समीक्षा सुवेदीले ग्रेड प्वाइन्ट एभरेज ४ अंक हाँसिल गरेकी छन् । सतप्रतिशत ल्याउँदै समीक्षा 'बोर्ड फस्ट' भएको दाबी उनको स्कुल र परिवारले गरेको छ । 



परीक्षा नियन्त्रण कार्यालयबाट बिहीबार प्रकाशित २०७२ मा सञ्चालित एसएलसीको नतिजामा उनी 'बोर्ड फस्ट' भएको दाबी विद्यालयका प्राचार्य तिलक केसीले गरेका छन् । यो खुसियालीमा विद्यालयले शुक्रबार मुर्गियामा खुसियाली र्‍यालीको आयोजना गरेको छ । त्यसैगरी बुटवलस्थित अक्फोर्ड उच्च माविका अमृत पाण्डेले ३.९५ अंक ल्याएका गरेका छन् । त्यसैगरी सालझन्डीस्थित नवप्रभात बोर्डिङका विद्यार्थीले पनि ३.९५ अंक ल्याउन सफल भएको बताइएको छ ।

, ,

0 comments

Write Down Your Responses