सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा ३ घन्टामा १३ भूकम्पको धक्का...

बझाङ, असार १७ – सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा बुधबार लगातार भूकम्प गएका छन् । बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा पहिलो भूकम्प गएको र ५ बजेर ५१ मिनेटमा १३ औँ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको, ३ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको र ३ बजेर २९ मिनेटमा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएका हुन् । तेह्रवटै भूकम्पको केन्द्रविन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्वको मयानामा परेको छ । भूकम्पपछि स्थानीय बासिन्दा घरबाहिर र खुला ठाउँमा जम्मा भएका थिए ।

,

0 comments

Write Down Your Responses