काँगडा: कुनै बेला हाम्रो आफ्नै भुमिमा रहेको यो मन्दिर १ बर्षमा ८ महिना पुरै गायब हुन्छ भने ४ महिना देखा पर्छ, पुरा पढ्नुहोस र हेर्नुहोस (फोटोफिचर सहित)

काँगडा अहिले भारतको हिमाचल प्रदेशमा पर्दछ । यही काँगडामा एउटा यस्तो मन्दिर छ, जुन हरेक वर्ष ८ महिना पूरै गायव हुन्छ, त्यहाँ नामोनिसान केही देखिन्न, फेरि ४ महिना जस्ताको तस्तै देखिन्छ । पश्चिम किल्ला काँगडा, पूर्वमा टिष्टा पुगेथ्यौँ । कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ ? गाउँछ गीत नेपाली, ज्योतिको पंखा उचाली ….’ बोलको स्वदेश गानको यो लाइन प्राय: नेपालीलाई कण्ठै छ । त्यतिबेला काँगडा र टिष्टासम्म नेपाल थियो भन्ने भाव यसमा छ । 

 कसरी हराउँछ बर्खामा ? 

खासमा यो मन्दिर एक ठूलो बाँधको टापुमा पर्छ । मनसुन आएपछि त्यहाँको जलस्तर बढ्दछ । जसका कारण मन्दिर पूरै पानीमा डुब्छ । जब हिउँद लाग्छ, पानीको सतह विस्तारै घट्न थाल्दछ, अनि मन्दिर पनि सतहमा देखिन्छ । मन्दिरको हालको अवस्था यस्तो छ, विस्तारै पानीको सतह बढिरहेकाले केही समयमै यो डुब्नेछ । स्थानीय किम्बदन्ती अनुसार यो मन्दिर महाभारतकालमा निर्माण गरिएको हो । यसलाई पाण्डवहरुले बनाएका हुन् । उनीहरु यहाँ स्वर्ग जाने सिंढी पनि बनाउन चाहन्थे, तर सो योजना अधुरै रहेको बाइन्छ । यो पाण्डवहरुको वनबासको समयमा निर्माण भएको स्थानीय वृद्धहरु बताउँछन् । किम्बदन्तीहरुमा विश्वास गर्ने हो भने पाण्डवहरुले यो मन्दिर मात्रै एक रातमा बनाएका थिए । तर त्यसो रात १२ वा १० घण्टाको होइन, पूरा ६ महिनाको थियो । पाण्डवहरुकै आग्रहमा भगवान श्रीकृष्णले सो रात ६ महिनासम्म लम्ब्याइदिएका थिए ।

यसकारण अधुरै रह्यो स्वर्ग जाने सिँढी 

 त्यहाँ नजिकै एक महिलाको घर थियो । उनी रातभर जागा रहेर आफ्नो कोलबाट तेल पेल्ने काम गर्थिन् । जब एकरात उनी काम गरिरहेकी थिइन्, उनलाई रात निकै लम्बिएको महसुस भयो । काम गर्दै गइन्, तर उज्यालो नै भएन । निकै लामो समयसम्म उज्यालो नै नभएपछि उनी मज्जाले चिच्याइन् । सो चिच्याहट मन्दिर र सिँढी निर्माणमा व्यस्त रहेका पाण्डवहरुले पनि सुने । महिलाको यस्तो चिच्याहटलाई सायद उनीहरुले अशुभ संकेतका रुपमा बुझेछन् क्यारे निर्माण कार्य अधुरै छोडेर गए । जबकी त्यतिबेला जम्मा तीनवटा सिँढी मात्रै बनाउन बाँकी थियो । 
८ महिनासम्म डुब्छ मन्दिर 

 हिमाचलको पौंग ड्यामको डुवान क्षेत्रभित्र पर्ने टापुमा यो मन्दिर अवस्थित छ । वर्षमा करिब ८ महिना यहाँ पानी भरिभराउ हुन्छ । पानीको सतह निकै घटेपछि मात्र यो मन्दिर सतहमा देखिन्छ । यहाँ महाभारतकालीन बस्तु र कला अझै देख्न सकिन्छ । हिउँदमा डुंगाको सहायताले मानिसहरु यो मन्दिरमा पुग्ने गर्छन् । लामो समयसम्म पानीमा डुबेपनि त्यहाँबाट उत्रिँदा मन्दिरमा कुनै क्षति पुगेको हुँदैन ।

0 comments

Write Down Your Responses