यसरी पर्दैछ प्रत्यक्ष असर कोरियामा नेपाली कामदारलाई !

८-असार । माग घटेपछि उत्पादक कम्पनीले धमाधम कामदार काटौती गर्न थालेका छन् । कोरियामा पानीजहाजको मागमा उच्च गिरावट आएपछि त्यसको प्रत्यक्ष असर नेपाली कामदारमा पर्ने भएको छ । ती कम्पनीमा ठूलो संख्यामा नेपाली काम गर्छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । हुन्डाई इन्डस्ट्रिज कम्पनी, सामसुङ हेभी इन्डस्ट्रिज कम्पनी र डेउ सिपबिल्डिङ एन्ड मेरिन इञ्जिनियरिङ कम्पनीमा जहाज उत्पादनमा यस वर्ष गिरावट आएको छ । रोजगार अनुमति प्रणालीमार्फत आएका आठ सय २५ नेपाली कामदार डेउ सिपबिल्डिङ एन्ड मेरिन इन्जिनियरिङ कम्पनीमा कार्यरत छन् । 

अहिले ती कम्पनीले कामदार कटौती सुरु गरेका छन् । हुन्डाई इन्डस्ट्रिज कम्पनीले मे महिनाको पहिलो साता मरिब तीन हजार कामदार कटौती गरेको छ भने सामसुङ हेभी इन्डिस्ट्रिज कम्पनीले स्वेच्छिक अवकाशको योजना ल्याएको छ । डेउ सिपबिल्डिङ एन्ड मेरिन इञ्जिनियरिङ कम्पनीले यही जुलाईदेखि मजदुरको सेवा सुविधा कटौतीको नयाँ नियम लागू गर्दैछ । ठूलो संख्यामा डेउ कम्पनीप्मा आश्रित नेपाली कामदार परिवर्तित प्रावधानको मारमा पर्नेछन् । २०१६ को सुरुवातदेखि पानी जहाजको मागमा गिरावट आएको थियो। माग घटेपछि जहाज उत्पादक कम्पनीले गत मार्चदेखि जनशक्ति घटाउँदै लगेका छन् । पानी जहाज उत्पादनमा उल्लेख्य कमी र मूल्य घटाउने दबाबका कारण थप जनशक्ति घट्ने निश्चित छ ।

, ,

0 comments

Write Down Your Responses