डहु उ. मा. वि. यस्तो बिद्यालय: जुन निरन्तर रुपमा ३ बर्ष देखी प्रथम (फोटो फिचर सहित)


असार-४, रामेछाप ।  रामेछाप, वेथान-५ मा रहेको यस बिद्यालयले बिगतका बर्षदेखी नै आफु जिल्लाकै उत्कृष्ट बिद्यालयको रुपमा पुरस्कृत हुँदै आफु अब्बल रहेको प्रमाणित गरिसकेको छ । रामेछाप जिल्लाको शैक्षिक बिकासमा उल्लेख्य योगदान पुर्याएको यस बिद्यालयको स्थापना २०१८ सालदेखी नै जिल्लाकै उदाहरणीय बिद्यालयको रुपमा रहेको थियो । बाल मैत्री शिक्षण बिधी, लगनशिलता, अनुशासन र शान्त शैक्षिक वातावरण नै सफलताको सुत्र रहेको बिद्यालयका प्रधानाध्यापक दल बहादुर वल बताउनु हुन्छ । 

यसै शैक्षिक बर्षदेखी कम्प्युटर ईन्जीनियरिङ कक्षाहरु सन्चालन गरेको बिद्यालयले २०७१ सालको SLC मा विशिष्ट सहित १००%,   २०७२ सालको SLC मा पनि १००% नतिजा ल्याई जिल्ला प्रथम भएको थियो भने यस बर्षको SLC मा  ६ जना - A ग्रेड,  ८ जना- B+, ९ जना- B ,  ३ जन-C+  ल्याई   SLC २०७३ को जिल्ला प्रथमको प्रमुख दावेदारको रुपमा आफुलाई प्रस्तुत गर्न सफल भएको छ । 




 रामेछाप जिल्लामा सामुदायिक बिद्यालयतर्फ खस्किदो शैक्षिक गुणस्तर र नतिजालाई सुधार्न डहु उ. मा. वि .बाट अरु बिद्यालयले  सिक्नु पर्ने कुराहरु  धेरै रहेको  रामेछापका  शैक्षिक  अभिन्यता  तथा  सोही  बिद्यालयका  भु. पु .प्रधानाध्यापक खड्ग बहादुर घिसिङ बताउनुहुन्छ ।

, ,

0 comments

Write Down Your Responses