होसियार ! सेफ्टी पिन प्रयोग गरेर हुँदैछ एटिएम ह्याक, थाहा नपाउँदै रित्तिएला बैंक खाता ! कसरी ह्याक भयो पिनको सहायताले ?
२३ जेठ । घटना भारतमा घटेको भएपनि नेपालमा पनि सतर्कता अपनाउनु पर्ने अवस्था छ ।भारतको बिहारस्थित जोधपुरमा एटीएम ह्याक गरेर पैसा चोरी गर्ने गिरोहको खुलासा भएको छ । उनीहरुले सानो सेफ्टी पिनको प्रयोग गरेर ग्राहकहरुको खाता रित्याउँदै आएका थिए । जसमा एसबीआई र एसबीबीजे बैंकका एटिएम सामेल थिए । भारत र नेपालमा हुने आपराधिक घटनाको प्रकृति लगभग उस्तै हुन्छ । कुनै पनि अपराधमा संलग्न गिरोहहरु एउटा देशमा कडाई भएपछि अर्को देशमा पुग्ने गरेका छन् ।
खुल्ला सिमानाका कारण पनि नेपाल र भारतबीच आवतजावतमा कुनै समस्या छैन ।
कसरी ह्याक भयो पिनको सहायताले ?
प्रहरी अनुसन्धानका क्रममा उनीहरुले एटीएम ह्याक गर्ने तरिकाको पनि खुलासा भएको छ । यो गिरोह निकै चलाखीका साथ एटिएम मेसिनको आसपासमा नै रहने गर्दथ्यो । गिरोहको एक सदस्यले एटिएम मेसिनमा रहेको क्यान्सिल बटनको मुनी पिन घुसार्ने काम गर्दथ्यो, ताकि ग्राहकले क्यान्सिल बटन थिच्दा ट्रान्जिक्सन क्यान्सिल नहोस् ।
यसैक्रममा ग्राहक आउँथे । कार्ड मेसिनमा हालेपछि पैसा निकाल्नका लागि पिन नम्बर पनि थिच्दथे । तर, एटिएमले काम गर्दैन थियो ।
त्यसैक्रममा एटिममा पालो कुरेजस्तै गरी ढोकामा बसेर अर्कोले पिन नम्बर नियाल्दथ्यो । त्यसपछि एटिएमको बटनमा सेप्टी पिन राख्ने साथीलाई उसले सो पिन नम्बर एसएमएस गरिदिन्थ्यो ।
उता ग्राहक भने क्यान्सिल बटन थिचेपछि ट्रान्जिक्सन क्यान्सिल भयो भनेर ढुक्क साथ बाहिर निस्किन्थे । त्यसपछि उनीहरु मध्ये एकजना भित्र जान्थ्यो अनि सो सेप्टी पिनको टुक्रा निकालेर ट्रान्जिक्सन कन्टिन्यू गर्दथ्यो ।
यो गिरोहले कैयन बैंकको एटिएममा यस्तो प्रयास गरेको थियो । एसबीआई र एसबीबीजेको एटिएममा उनीहरुको परीक्षण सफल भयो । त्यसपछि उनीहरुले यीनै दुई बैंकको एटिएमलाई निसाना बनाएर एटिएम चोरी धन्दा चलाउँदै आएका थिए ।


0 comments
Write Down Your Responses