काबुल आक्रमण: ‘धेरैजना मरे,’ टाउकोमा ब्याण्डेज बाँधेका क्षेत्रीले अस्पतालको बेडबाट भने, ‘मेरो परिवारलाई भन्न चाहन्छु ‘म सुरक्षित छु, घर फर्किन्छु ।’
काबुल, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा घाइते भएका एक नेपालीको पहिचान खुलेको छ । उनले आफू सकुशल रहेको भन्दै घर फर्किने बताएका छन् ।
अमृत रोकाया ‘क्षेत्री’ नामका ति नेपाली सुरक्षा गार्डले अस्पतालको शैयाबाटै एसोसिएटिड प्रेसलाई बताएअनुसार उनीहरु क्यानेडियन दूतावासमा कार्यरत थिए ।
दूतावासतर्फ जाँदै गरेका बेला नेपाली सुरक्षा गार्ड चढेको बस आक्रमणमा परेको हो ।
‘धेरैजना मरे,’ टाउकोमा ब्याण्डेज बाँधेका क्षेत्रीले अस्पतालको बेडबाट भने, ‘मेरो परिवारलाई भन्न चाहन्छु ‘म सुरक्षित छु, घर फर्किन्छु ।’
अफगानिस्तानको गृहमन्त्रालयले घटनामा १४ जना नेपाली मारिएको र ५ नेपालीसहित ९ जना घाइते भएको पुष्टि गरेको छ । तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहिदले घटनाको जिम्मेवारी लिएका छन् ।


0 comments
Write Down Your Responses