भाउजुलाई…आशंकामा दाईको नै यस्तो भयानक कार्य

आफ्नी पत्नीसँग यौनसम्बन्ध राखेको आशंकामा छ महिना पहिले एक व्यक्तिले आफ्नै भाइको हत्या गरेको खुलासा भएको हो । भारतको मध्यप्रदेशमा एकपटक फेरि देबर भाउजुको पवित्र सम्बन्धमा आशंका गरेर भयानक घटना बाहिर आएको छ । हत्या गर्नुअघि ती व्यक्तिले आफ्नै भाईको नाक काटिदिएका थिए । पाटन थाना क्षेत्रको मोरझरी गाउँका ३५ वर्षीय कालु पुत्र वालजी आफ्नो काकाको छोरा रालु पुत्र नाथुसँग सेमलिया गाउँमा गएका थिए । 

दाई रालुले आफ्ना साथीसँग मिलकर पत्नीसँग अवैध सम्बन्ध राखेको आशंकामा कालुलाई कुटपिट गरेर हत्या गरेको स्थानीय पुलिसले जनाएको छ।रालुले भाई कालुको नाक काट्नुका साथै लठ्ठीले होनर कुटपिट गरेको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ। आफ्नै दाई र उनका साथीको कुटपिटबाट गम्भीर चोट लागेका कालु अचेत भएका थिए । 

तत्काल सूचना पाएको थांदला थाना पुलिसले कालुलाई उद्दार गरेर स्थानीय चिकित्सालयमा भर्ती पनि गराएको थियो । कालुलाई थप उपचारका लागि महात्मा गांधी चिकित्सालयमा लगियो।उपचारका क्रममा कालुको स्वास्थ्यमा सामान्य सुधार भएपछि आफन्तले उदयपुरस्थित घर लगेका थिए । तर, १५ दिनअघि घर लगिएका कालुको मंगलवार राति अचानक मृत्यु भएको प्रहरीले जनाएको छ । – एजेन्सी

, ,

0 comments

Write Down Your Responses