नेपालथोक पक्की पुल: निर्माण शुरु भएको धेरै बर्ष हुँदा पनि अनिश्चित बन्यो, हेर्नुहोस आस्थायी यो पुलबाट ओहोरदोहोर कहिले सम्म ? पुरा फोटो फिचर सहित
राजाको प्रत्यक्ष शासनकालमा यातायातमन्त्री बनेका कमल चौलागाईंले २०५९ मा शिलान्यास गरे रामेछापको नेपालथोक पुल सात वर्षदेखि अलपत्र स्थानीयले ऋण खोजेर बनाए अस्थायी पुल
रामेछाप
राजाको प्रत्यक्ष शासनकालमा यातायातमन्त्री बनेका कमल चौलागाईंले २०५९ मा शिलान्यास गरेको "लुभु–गाल्वा" सडकमा गाडी गुड्ला स्थानीय विश्वस्त थिएनन् ।
कुनै इन्जिनियरको नापजाँचविना भीरपहरा फोरेर निर्माण थालिएको कच्ची बाटो बेथान पुग्दा–नपुग्दै खनियापानीका केही स्थानीय भन्थे, 'यो बाटो खनेपछि भैंसी हिँडाउन सजिलो हुने भयो ।' ट्र्याक खुलेको केही दिनमै मुस्किलले सुनकोसीबाट तारिएका ट्रक लुभुघाटबाट उकालो लागे ।
'भैंसी हिडाउने बाटो' भन्दै गिज्याउने चुपचाप भए ।
बीपी राजमार्ग सडकखण्डमा पर्ने सिन्धुलीको दुम्जास्थित नेपालथोक भन्दा ठीक पारिपट्टि रहेको रामेछापका १५ गाविसमा वर्षौंअघि कच्ची सडक बने पनि सुनकोसीमा पुल नबन्दा स्थानीय बत्तीमुनिको अँध्यारोमा बाँच्न बाध्य थिए ।
बीपी राजमार्गमा हर्न बजाउँदै दौडने गाडीको अवाज राकाथुम र खनियापानीका घर–घरबाट सुनिन्थ्यो तर गाडी चढ्ने ठाउँमा पुग्न घन्टौं पैदल हिँड्न पथ्र्यो । केही दिनअघिदेखि स्थानीयले थोरै राहतको सास फेर्न थालेका छन् ।
स्थानीय अगुवाले ऋण खोजेर रामेछाप–सिन्धुली सिमानामा पर्ने खैरेनीघाटमा अस्थायी पुल बनाएसँगै रामेछाप–२ का १५ गाविस सिधै काठमाडौंसँग जोडिएका छन् ।
हिजोआज काठमाडौंबाट छुटेका गाडी अस्थायी पुल तरेर बेथान हुँदै गाल्वा पुगेर रोकिन थालेका छन् । गतसाता खनियापानी–९ का विदुर भण्डारी काठमाडौंमा रहेको छोरालाई फोन गरेर सिधै घरैमा आउने गाडी चढ्न आग्रह गर्दै थिए । कोटेश्वरबाट गाल्वाको गाडी चढेको उनको छोरो तीन घन्टामा आँगनमै ओर्लिए । 'खैरेनीघाटमा अस्थायी पुल बनेपछि धेरै सुविधा भएको छ,' भण्डारीले भने, 'काठमाडौं पानीपँधेरोजस्तै भयो ।'




0 comments
Write Down Your Responses