विमल बेल्जियम भएको बेला उनको के के भयो घरमा ?
१३ जेठ, काठमाडौं ।
नेपाली फुटवलका निक्कै चर्चित फुटवलर हुन् विमल घर्ती मगर । उनी युरोपका क्लवबाट फुटवल समेत खेलिसकेका छन् ।
अण्डर एज टिमामा हुँदा समेत राष्ट्रिय टिमको स्ट्राइकर बनेर चर्चित बनेका बिमल यतिबेला बेल्जियममा छन् ।
तर उनी बेल्जियममा भएको समयमा नवलपरासी बर्दघाट ८ भुताहस्थित विमलको घरमा बुधबार राति विभत्स घटना भएको छ । घरमा एक्लै रहेकी उनकी बहिनी मनीषा घर्ती मृत अवस्थामा फेला परेकी छिन् ।
घटना हुँदा बिमल मात्र होइन उनकी आमा पनि घरमा थिइनन् । दाइ बिमल बेल्जियम गएको र आमा वुटबल गएको समयमा उनको घरमा एक युवक आएको छिमेकीहरुले बताएका छन् ।
विहान मनिषा मृत अवस्थामा भेटिएको भन्दै गाउँलेले खबर गरेपछि विहीबार प्रहरी टोली पुगेको थियो ।
उनको घाँटीमा कसैले गला दवाएको जस्तो चिन्ह रहेको समेत प्रहरीले खुलाएको छ ।
नवयुग श्रेष्ठलाई फेसबुकबाटै प्रेमिकाको भ्यालेन्टाइन शुभकामना
नवलपरासीका एसपी राजेन्द्र चौधरीका अनुसार मनिषा घरको खाटमा मृत अवस्थामा फेला परेकी थिइन् । छिमेकीहरुले राति एक युवक घर्तीको घरमा आएको र उनीहरुबीच झगडा परेको समेत बताएका छन् । राति झगडा गरेर युवक बाहिरिएपछि उनी मृत अवस्थामा फेला परेकी थिइन् ।
छिमेकीको बयानका आधारमा झगडा गरेर भागेको ठानिएका स्थानीय युवक आशिष चौधरी र अर्का एक युवकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले मनीषाको हत्या हो कि आत्महत्या भन्ने अझै प्रष्ट नभएको र पोष्टमर्टमपछि मात्र यो खुल्ने बताएको छ ।
पक्राउ पर्ने युवक बिमलका सहपाठी
आशिष र मनीषा प्रेम सम्बन्धमा रहेको अनुमान गरिएको छ । गाउँलेका अनुसार आशिष विमलका सहपाठी समेत हुन्। मनीषाको हत्या हो कि आत्मह्या भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
राति सम्म फेसबुकमा सक्रिय
विमलकी बहिनी मनीषा घटना हुनु केही घण्टा अघी सम्म पनि फेसबुकमा सक्रिय रहेको फेसबुकले देखाएको छ । २१ घण्टा अघी मात्र फेसबुक प्रोफाइल तस्विर परिवर्तन गरेकी मनीषाको तस्विरमा बेल्जियमबाट विमलले समेत कमेन्ट गरेका छन् ।
“मिस यू ब्यूटीफुल सिष्टर” भन्दै उनले गरेको कमेन्टमा “मिस यू टू ब्रोदर” भन्दै मनीषाले जवाफ फर्काएको देखिन्छ ।
राति सम्म फेसबुकमा सक्रिय थिइन् मनीषा
त्यसैगरी केही दिन अघि मात्र मनीषाले ‘आइ वान्ट टू स्लिप फर एभर” अर्थात “म सदाका लागि निदाउन चाहन्छु” भन्ने लेखिएको तस्विरलाई फ्रोफाइल पिक्चर बनाएको पनि फेसबुकबाट देखिएको छ ।
पक्राउ परेका युवक विमलका सहपाठी
मनीषाले हरेक जसो तस्विरमा बिमललाई ट्याग गरेको देखिन्छ ।
घटनाबारे राससको समाचार
फुटबलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको ‘हत्या’ गरेको आशङ्कामा प्रहरीले दुईजना युवालाई पक्राउ गरेको छ ।
गएराति नवपलरासीको बर्दघाट–८ पञ्चनगरस्थित घरमा एक्लै रहेकी उनी बिहीबार बिहान घरभित्र मृत फेला परेकी थिइन् ।
आमा अघिल्लो दिन कामका लागि बुटवल गएर बिहान घर फर्कंदा घरमा छोरी मृत भेटिएपछि आफन्त र प्रहरीलाई खबर गरेकी थिइन् । उनी मृत भेटिएको खाटमा रगतका दाग भेटिएको प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र चौधरीले जानकारी दिए ।
टेबुलमा खुट्टा र आधा शरीर खाटमा रहेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । बेलुका ८÷९ बजेतिर घटना भएको हुन सक्ने एसपी चौधरीले बताए। पक्राउ परेका दुवैजनालाई प्रहरीले अनुसन्धान थालेको छ बेलुकासम्ममा यथार्थ कुरा बाहिर आउँछ प्रहरी उपरीक्षक चौधरीले भने – “परीक्षणका लागि अस्पतालमा शव ल्याएका छौँ आत्महत्या हो कि कर्तव्य हो पत्ता लाग्छ ।”
उनको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा राखिएको छ । मनिषाको शव फेला परेपछि उनका आफन्त र साथीहरु शोकमा परेका छन् । उनी न्यूलाइफ उच्च मावि बर्दघाटमा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् ।


0 comments
Write Down Your Responses