८ हजार अस्थायी शिक्षकलाई गोल्डेन ह्यानसेकबाट घर पठाइदै…
काठमाडौं ९ बैशाख: सरकारले अस्थायी शिक्षकहरुलाई सहुलियतपूर्ण
अवकाश (गोल्डेन ह्यान्डसेक) मार्फत विदा गर्ने भएको छ । लामो समयदेखि अस्थायीमा
कार्यरत शिक्षकका लागि सहुलियतपूर्ण अवकाश दिनेगरि शिक्षा ऐनमा
संसोधन विधेक तयार भएको छ । व्यवस्थापिका संसदको उपसमितिले सबै
सरोकारवालासँग छलफल गरेर प्रतिवेदन तयार गरेको छ । तीनवटा विकल्प सहित अस्थायी
शिक्षकहरुको व्यवस्थापन गर्नेछ ।आर्थिक वर्ष २०७२÷०७३ को बजेट वक्तव्यमा पार्नेगरि अस्थायी
शिक्षकको व्यवस्थापन गर्न लागिएको स्रोतले जनाएको छ ।
हाल करिब २५ हजार अस्थायी शिक्षक
कार्यरत छन् । सरकारले बजेट तर्जुमा गरेमा त्यसमध्ये आधाजसो शिक्षक सहुलियतपूर्ण
अवकाशमा जानसक्ने देखिएको छ । विज्ञसभासदसहित रहेका कार्यदलले सबै
सरोकारवालासँग छलफल गरेर प्रस्ताव तयार गरेको हो ।५ वर्ष पूरा गरेका शिक्षकलाई
स्थायी प्रक्रियामा
लगिनेछ ।
अहिले ३२ वर्षसम्म अस्थायी रूपमा काम
गरेका शिक्षक पनि
कार्यरतछन् । प्रस्तावित विधेयकमा शिक्षक सेवालाई निरन्तरता दिन नचाहने अस्थायी शिक्षकले
स्वैच्छिक अवकाश लिन सक्ने र उनीहरूका लागि ’गोल्डेन ह्यान्डसेक’ व्यवस्था गरिनेछ ।गोल्डेन ह्यान्डसेक
रकम भने सेवा गरेको वर्षका आधारमा नियमावलीमा तोकिनेछ ।अस्थायी शिक्षकलाई
प्रतिवर्ष बढीमा डेढ महिना र बटीमा आधा महिनाको अतिरिक्त तलब सुविधा दिएर तीनवटा
मापदण्डमा बिदाइ
गर्ने प्रस्ताव तयार भएको छ । सबैभन्दा धेरै समय कार्यरतलाई डेड महिनाका दरले,
त्यसपछि एक महिना र कमलाई उसले काम
गरेका बर्ष हिसाव गरेर आधा महिनाको तलब दिने प्रस्ताव तयार
गरिएको छ ।करिब ८ हजार शिक्षकले स्वच्छिक अवकास लिन सक्ने र गोल्डेन ह्यान्डसेक करिब डेड
अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
गोल्डेन ह्यान्डसेकबाट विदा हुन
नचाहानेलाई प्रतिस्पर्धा गराउने र फेल भएकालाई कुनै सुविधा नदिने तयारी छ ।अस्थायी
शिक्षकका पक्षमा पछिल्लो हुन लागेको यो अहिलेसम्मकै महत्वपूर्ण
निर्णय मानिएको छ । २०५२ पछि शिक्षक सेवा आयोग नखुलेकाले सामुदायिक विद्यालयमा
करिब २५ हजार शिक्षक अस्थायी रूपमा कार्यरत छन् । २०४९ देखि ०६३ सम्म धेरै
भर्ना भएका थिए ।


0 comments
Write Down Your Responses