यस्तो रुख, जसमा ४० प्रकारका फल फल्छन्


एजेन्सी । अमेरिकामा भिजुअल आर्टसका प्रोफेसरले एउटा अदभूत रुख तयार गरेका छन् । उनले एउटा रुख तयार पारेका छन्, जसमा ४० प्रकारका फल फल्छन् । यो रुखको मूल्य अहिलेसम्म मानिसहरुले करिब ३० लाखभन्दा बढी दिइसकेका छन् । यस रुखलाई अमेरिकाको सेराक्युज विश्वविद्यालयका भिजुअल प्रोफेसर वान ऐकेनले तयार पारेका हुन् ।उनले यस रुखको नाम नै ट्री अफ ४० राखेका छन् । 

वानका अनुसार उनले ट्री अफ ४० प्रोजेक्ट सन् २००८ मा न्युयोर्कको स्टेट एग्रिकल्चरल एक्सपेरिमेन्टमा एक बगैचा देखेपछि सुरु गरेका थिए ।उक्त बगैचामा करिब २०० प्रजातिका बिरुवाहरु थिए । उक्त बगैचा पैसाको अभावमा बन्द हुन लागेको थियो । सो बगैचा उनले भाडामा लिए र ग्राफ्टिङ प्रविधिबाट यस्तो रुख निर्माण गरेका हुन् ।

0 comments

Write Down Your Responses