शिक्षाका श्रोत व्यक्तीको बसको ठक्करले मृत्यु...
वैशाख ७, २०७३ - रामेछापको मन्थली
स्थित बिनीता चोकमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा परी जिल्ला शिक्षा
कार्यालय रामेछापमा कार्यरत श्रोत व्यक्ति भिमवहादुर थापाको ज्यान गएको छ । अर्का
श्रोत व्यक्ति नारायणहरी सुवेदी घाईते भएका छन् ।थापा सवार मोटरसाइकललाई विपी यातायातको ना ४ ख ९००५
नम्बरको बसले ठक्कर दिएको थियो । घाईते सुवेदीले चलाएको मोटरसाइकलमा पछाडि बसेका
थापाको घटनास्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख
मोहनकुमार परियारले वताए । दुर्घटनामा परि घाईते
भएका सुवेदीलाइ तामाकोसी सहकारी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उक्त
अस्पतालका चिकित्सक केशवसिं धामीका अनुसार उनको अवस्था सामान्य छ ।जन्ती बोकेर रामेछापको फुलासीबाट सिराहा जादै गरेको उक्त बसका चालक बर्दीबास निवासी काले तामाङ्गलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 comments
Write Down Your Responses