के नखाने गर्भावस्थामा ?
![]() |
गर्भावस्थामा कतिपय कुरा खानु
हुँदैन । यस्ता खानेकुराले यो नाजुक स्थितिमा नोक्सान पुर्याउन सक्छ । यसका
अतिरिक्त गर्भावस्थामा चिकित्सकले दिएको सीमित औषधि सेवन गर्नुपर्छ । आफैंले
जथाभावी औषधि सेवन गरे गर्भमा रहेको भ्रूणमा नकारात्मक असर पर्न सक्छ । एन्टिबायोटिक, एन्टिपायरिटिक तथा पीडाबाट मुक्त हुन पनि निर्धारित औषधि तोकिएको हुन्छ ।
यस्तो स्थितिमा गर्भवती महिलालाई कुनै प्रकारको इन्फेक्सन हुनुहुँदैन ।
सलाद तथा फल
पार्टी तथा रेस्टुराँमा फलफूल तथा सलादको मेन्यु पनि
हुन्छ । त्यहाँ गएर यस्ता खानेकुरा अर्डर गर्दा तथा खाँदा केही घन्टा पहिले
काटिएको हुन सक्छ । काटिएका पुराना फलफूलमा धेरै प्रकारका कीटाणु हुने सम्भावना
हुन्छ । त्यसैले इन्फेक्सनको सिकार हुन सकिन्छ ।
फलफूल तथा उखुको जुस
बाहिर जुस बनाउनुअघि फललाई सफा पानीले पखालिएको
हुँदैन भने बनाउने भाँडा पनि सफा नहुन सक्छ ।
अण्डा
अण्डामा साल्मेनोला स्पिसिज ब्याक्टेरिया हुन्छ । यो
कुनै किसिमको इन्फेक्सनको कारण बन्न सक्छ । गर्भावस्थामा अण्डाको सेवन कम गर्नु वा
गर्दै नगर्नु वेश हुन्छ । किनभने यसबाट इन्फेक्सन हुने सम्भावना वृद्धि हुनुका
साथै पचाउन पनि कठिन हुन्छ । अण्डा राम्रोसँग पकाएर खानुपर्छ । पोच तथा आधा मात्र
पाकेको अण्डा खानुहँुदैन ।
डब्बा बन्द माछा–मासु
डब्बामा बन्द, फ्रोजन मासु, माछा, टुना फिस, बेकन आदि सेवन गर्नु उचित हुँदैन । यसमा मरकरी पाइन्छ जसले
भ्रूणको मानसिक विकासमा असर पुर्याउन सक्छ ।
मिठाईं तथा डेजर्ट
मिठाईं तथा डेजर्ट पनि धेरै कम मात्र सेवन गर्नुपर्छ
। मिठाईंले कुनै पनि किसिमको पोषण दिँदैन । मीठो चीज सेवन गर्दा तौल मात्र बढ्छ ।
शिशुको जन्मसँगै जटिलता उत्पन्न हुन सक्छ ।


0 comments
Write Down Your Responses