प्रधानमन्त्री ओली यसरी बने झन् शक्तिशाली, राजनीतिले मोड फेर्यो !

मंगलबार, ३२ जेठ- सत्ता साझेदार प्रमुख दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बजेट भाषणपछि प्रधानमन्त्री फेर्ने भद्र सहमति भएको भन्दै बजारमा हल्ला चलरिहेका बेला कांग्रेसले पनि छेउमा बसेर सत्ताको च्याखे दाउ थापेको विभिन्न अड्कलहरु भैरहेका बेला प्रमुख प्रतिपक्षी दल सरकार परिवर्तनको रेसमा नरहेको देखिनु र सत्ता साझेदार माओवादी केन्द्रले पनि तत्काल बहुमतिय सरकार बनाउने खेलमा इच्छा नदेखाउनुले ओली सरकार बलियो बन्दै गएको देखिन्छ । “कानुन संसद्ले बनाउने हो, कांग्रेस संसदमा छ, त्यहीँ बसेर कानुन निर्माण गर्दै संविधान कार्यान्वयनमा लाग्छौँ । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार कांग्रेसले हटाउँछु भनेर हट्ने र राख्छु भनेर रहने होइन, त्यो घटकमा जबसम्म तालमेल रहन्छ तबसम्म केपी ओली नेतृत्वको सरकार रहन्छ ।” यो भाषण नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको हो र उनले चितवनमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोलेका हुन् ।  

यद्यपी माओवादी केन्द्रका शीर्ष नेताहरुले अहिले पनि राष्ट्रिय सहमतिको सरकारको बहस गरिरहेका छन् । कतिसम्म भने कांग्रेस सभापति शेरबहादुर देउवाले जेष्ठ ३० मा आयोजित एक कार्यक्रममा आफुहरु सत्ता परिवर्तनको पक्षमा नरहेको र राष्ट्रिय सहमतिको सरकार तत्काल सम्भव नभएको बताएर ओलीको पक्षमा अघोषीत समर्थन गरेका थिए । बजेट भाषणपछि केपी शर्मा ओली सरकार परिवर्तन गर्ने विषयले निकै चर्चा पायो । सत्तारुढ दल भित्रै यो विषयले निकै चर्को बहसको रुप लियो । एमालेमा त झन् यो विषय उग्र नै बन्न पुग्यो । बरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल, उपाध्यक्ष बामदेव गौतमले भद्र सहमति भएको र अब एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाइनुपर्ने कुरा सार्वजनिक समारोहहरुमै बोले । तर, अहिले आएर यो विषय विस्तारै सेलाउन थालेको मात्रै छैन, वर्तमान सरकार झन् बलियो बनीरहेको तर्क भैरहेका छन् । आखिर किन हच्कीयो माओवादी केन्द्र ? सरकार परिवर्तनको आवाज बुलन्द गर्ने व्यक्तिका रुपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता कृष्णबहादुर महरा, वर्षमान पुन लगायतका हुन् । अध्यक्ष प्रचण्डले अहिले पनि सहमतिको रटान लगाइरहेका छन् र अरु नेताहरुले त्यसमै मलजल गरिरहेका छन् । तर, प्रचण्ड असार दश देखि चीन भ्रमणमा जाने तयारी भैरहेको छ । करिब दुई साता लामो भ्रमणमा जान लागेका प्रचण्डले त्यसपछि मात्रै सरकार परिवर्तनबारे योजना बनाउने तयारी गरेको बताइन्छ । त्यसो तयतीबेदा देश दौडाहमा रहेका प्रचण्डले वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा भए पनि सहमतिको सरकार बनाउनेपर्ने बताउन थालेका छन् । 

प्रचण्डले कांग्रेस र एमालेको समर्थनमा आफु प्रधानमन्त्री बन्ने सोच बनाएका थिए । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति भए प्रचण्ड, बहुमतिय भए आफु हुनुपर्ने अडान राखेर एमालेलाई बाहिर राख्ने रणनीति अबलम्वन गर्न खोज्नुले प्रचण्ड हच्कीएका हुन् । अनि एमालेले पनि सहजै रुपमा कांग्रेसले प्रचण्डलाई स्विकार नगर्ने बुझेका कारण उ चुपचाप बसिरहेको छ । एमालेले प्रचण्डले धोका दिए आफुले शेरबहादुरलाई समर्थन गर्नसक्ने संकेत देखाउनु, स्थानीय र भावि संसदीय निर्वाचनको पुर्व आंकलन र सम्भावित कम्युनिष्ट गठबन्धन तोड्न नचाहनु जस्ता कारणले प्रचण्ड हच्कीएको विश्लेषण गरिएको छ । चिनियाँ समर्थन पनि वर्तमान सरकारलाई रहेको र सरकारका अडानका कारण राष्ट्रियता लगायतका विषयमा जनताले ओलीलाई रुचाएको लगायतका कारण पनि यसमा चुप बसेको देखिन्छ । 

कांग्रेस पनि ओलीकै पक्षमा ! 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आन्तरिक विवादमा छ । खास गरि सभापति देउवा र बरिष्ठ नेता पौडेलका विचमा तिब्र विवाद छ । सरकार परिवर्तनका विषयमा पनि उनीहरुबीच विवाद छ । देउवाले प्रचण्ढलाई उचालेर सरकार परिवर्तन गराउन खोजेको र असफल भएको भन्दै पार्टीमा आलोचना भयो । यसपछि देउवा चुप बसे । बजेटमार्फत् सरकारले ल्याएका केही कार्यक्रमहरु निकै लोकप्रिंय बन्ने देखेपछि कांग्रेसले बजेटका शब्द शब्दमा राजनीति गर्न खोजेको आरोप पनि लागेको छ । जस्तो कि, रातो किताबका नाममा पटक पटक संसद बैठक अबरुद्ध पार्नु, बजेट सार्वजनिक भएको विषयमा संसर अबरुद्ध पार्नु र छानबिन समिति गठन गर्न बाध्य पार्नु जस्ता कारण । कांग्रेस नेतृ सुजाता कोइरालाले त वर्तमान सरकार पाँच वर्ष टिक्नुपर्ने, राजनीतिक स्थायीत्वका लागि सरकारलाई काम गर्न दिनुपर्ने जस्ता विषयहरु सार्वजनिक मञ्चमै बोलिन् । यतीबेला कांग्रेस पर्ख र हेरको अवस्थामा छ । ओलीका आश्वासनहरु हावादारी भएको बताउँदै आएको कांग्रेसले केही समय ओलीलाई नै प्रधानमन्त्री बन्न दिने र आश्वासन पुरा गर्न नसकेको कुरा जनताका विचमा लाने रणनीति लिएको बुझीन्छ । यस बीचमा एमालेका नेताहरु मौन बसेका छन् । आफ्नै अध्यक्ष नेतृत्वको सरकार परिवर्तन गरेर अराजकता ल्याउन खोजेको आरोप लाग्ने भएपछि एमालेका शीर्ष नेताहरु पनि मौन बसेका छन् । 

अब ओलीको परिक्षा

वर्तमान सरकारको आयुका बारेमा भैरहेका अड्कलबाजीका बीच अब सरकार लम्बिने लगभग पक्का छ । अब यो सरकारले आगामि वर्षको माघसम्म सत्ता सम्हाल्न सक्ने अवस्था आउने देखिन्छ । यस्तो अवस्थामा ओलीका बीचमा चुनौतिका पहाड छन् । बजेट मार्फत् ल्याइएका पपुलर कार्यक्रमहरुको कार्यान्वयन, रेल, पानीजहाज, घरघरमा ग्यासको पाइलाइन, एक घर एक रोजगारी जस्ता विषयहरुको कार्यान्वयनको पक्षमा जनता छन् । अनि संविधानको पालना र कार्यान्वयन गराउने चुनौति पनि उनका सामु छ । उनले बाँडेका सपनाहरु पुरा हुने आशामा रहेका जनताले हाललाई सपना देख्ने, निडर प्रधानमन्त्रीका रुपमा ओलीलाई बुझेका छन् । अबको बाँकी कार्यकालमा उनले सपना पुरा गर्ने योजना ल्याउने प्रतिक्षामा जनता छन् । तर, सपना सिर्फ सपना मात्रै भैदियो भने त्थ्यसपछिको अवस्थाका बारेमा प्धानमन्त्री आफैंले अनुमान गरिसकेका होलान् ।

,

0 comments

Write Down Your Responses