वहुमतद्धारा वैद्य हटाउने तयारी, फुट्ने भयो वैद्य माओवादी...

केही वर्ष पहिला मात्रै एकिकृत नेकपा माओवादीसँग फुटेर बनेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी पून फुटको संघारमा पुगेको छ । माउ पार्टीसँग फुटेको वर्षदिन नपुग्दै एकपटक फुट बेहोरेको माओवादीबाट यसअघि नेत्रविक्रम चन्द नेतृत्वको अर्को माओवादी बनिसकेको छ । 

वैद्य नेतृत्वको सोही माओवादी फेरी फुटको औपचारिकता कुरेर बसेको छ । गत चैत्र १२ गते देखि १ हप्ता सम्म बसेकाे केन्द्रिय समितिको बैठकमा एमाओवादीसँगको एकताका विषयमा मतान्तर हुँदा स्थगित भएको बैठक पुन राख्न अध्यक्ष वैद्यले नमाने पछि बैशाख २८ गतेका लागी महासचिव रामबहादुर थापाले बैठक आव्हान गरेका थिए । 


 महासचिव थापाले आव्हान गरेको बैठकमा नजानका लागी वैद्यले एक विज्ञप्ती जारी गर्दै सार्वजनिक अपिल गरेपछि फुटको अन्तिम संघारमा पुगेको हो । महासचिव बादल सहितका बहुमत तथा मुख्य नेताहरु एमाओवादीसँग एकताको पक्षमा छन् भने स्वंयम वैद्य भने तत्काल एकताको पक्षमा छैनन् । 

केन्द्रिय समितिमा १९१ मध्य १३० भन्दा बढी केन्द्रिय सदस्य थापाको पक्षमा रहेको र आफुसँग अल्पमत हुने भएका कारण वैद्यले केन्द्रिय समितिको स्थागित बैठक पून बोलाएका थिएनन् । माओवादी स्रोतका अनुसार थापाले अब बैठकमा अध्यक्ष वैद्य नआए उनलाई पार्टीबाट कारवाही गर्दै एमाओवादीसँग औपचारिक एकता प्रक्रिया अघि बढाउनेछन् । सम्बन्धित शीर्षकहरु :

,

0 comments

Write Down Your Responses