चीन-काठमाडौं रेल गुडेपछि दिल्ली सशंकित...

चीनको उत्तरपश्चिम प्रान्त कान्सुको राजधानी लान्चोउबाट प्रस्थान गरेको रेलमा अगाडि रातो ब्यानरमा लेखिएको छ– दक्षिण एसियाली अन्तर्रा्ष्ट्रिय रेल यातायात, लान्चोउ—सिगात्से—काठमाडौं ।

 गन्तव्य लान्चोउदेखि काठमाडौंसम्म भनिए पनि रेल सिगात्सेसम्म मात्र पुग्ने हो । तर, त्यसले बोकेका कन्टेनर काठमाडौं आइपुग्नेछन् । तर, पनि कान्सुको इकोनोमिक डेली मात्र होइन, चीनको प्रसिद्ध राष्ट्रिय दैनिक पिपुल्स डेलीको अनलाइन संस्करणमा पनि भनिएको छ– चीनदेखि काठमाडौंसम्म पहिलो रेल यातायातको सुरुवात । 

 यो समाचारलाई काठमाडौंका मिडियाले उत्साहपूर्वक र दिल्लीका मिडियाले सतर्कतापूर्वक प्रकाशित गरेका छन् । बुधबार सुरु भएको यातायातको नयाँ सञ्जालले चीन र नेपालको व्यापारलाई धेरै सहज बनाएको छ । समुद्री बाटोबाट महिनौँ लगाउने सामान अब १० दिनको सेरोफेरोमै काठमाडौं पुग्नेछन् । यसरी अहिलेसम्म लाग्दै आएको ३५ दिनको बाटो जोगिने भएको छ । 

 रेल प्रस्थान गर्नुअघि लान्चोउमा औपचारिक कार्यक्रम गरिएको थियो । लान्चोउ अन्तर्राष्ट्रिय पोर्ट डिस्ट्रिक्टबाट प्रान्तीय कमिटी तथा पार्टी सेक्रेटरी यू हैयानले रेल प्रस्थानको घोषणा गरेका थिए । नेपालबाट गएका व्यापारीहरूले ताली पिटेर उनलाई साथ दिएका थिए । कार्यक्रममा नेपालबाट काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी रुद्रसिंह तामाङ पनि उपस्थित थिए । उनी काठमाडौं र लान्चोउलाई भगिनी महानगर बनाउने औपचारिक कार्यक्रममा त्यहाँ पुगेका हुन् । लान्चोउ डिस्ट्रिक्टका व्यवस्थापकीय समितिका उपनिर्देशक निउ सियाङतोङले यो नयाँ रेल सेवाले भारतीय मार्गलाई उपेक्षा नगरेको बताए । 

‘रेल खुल्नु भनेको चीनका प्रान्तहरुबाट दक्षिण एसिया सामग्री र्पुयाउन भारतीय समुन्द्रलाई बाइपास गर्नु होइन् तर जमिनबाट सीधा सर्कल हुँदा यातायात खर्च कम हुनेछ । हाम्रो उद्देश्य त्यतिमात्र हो ।’ चीन रेलवे कन्टेनर यातायात लिमिटेड कम्पनीका अध्यक्ष उ युनथियान, तिब्बत स्वायत्त क्षेत्रका उपमहासचिव लोङ इन वाटरसिड, कान्सु प्रान्तीय सरकारका उपमहासचिव जर्नेल चियाङ युनपिङ, ल्हासा नगरपालिका कमिटीका उपमेयर छन वनछियाङ, सिगात्सेका उपमेयर चाङ सिउऊ कार्यक्रममा उपस्थित थिए । 

पिपुल्स डेलीका अनुसार रेलका ४३ वटा डिब्बाले ८६ वटा कन्टेनर बोकेका छन् । त्यसमा दैनिक उपभोग्य सामग्री रहे पनि विवरण उपलब्ध छैन । रेलले २ हजार ४ सय ३१ किलोमिटर यात्रा तय गरी सिगात्से पुग्नेछ । त्यहाँबाट केरुङसम्म ५ सय ६५ किलोमिटर र केरुङबाट काठमाडौंसम्म १६० किलोमिटरको सडकमार्ग तय गर्नेछ । आजको नयाँ पत्रिकामा समाचार छ।

,

0 comments

Write Down Your Responses