तपाईलाई कति पर्ला शेयर ? मेरो माइक्रोफाइनान्सको साधारण शेयर बाँडफाँड आज...
कान्तिपथस्थित होटल यल्लो पागोडामा बिहान ९ बजे माइक्रोफाइनान्सको साधारण शेयर बाँडफाँड हुँदैछ । ५० दिनमा बाँडफाँड गर्नुपर्ने मेरो माइक्रोफाइनान्सको साधारण शेयर धितोपत्र बोर्डको स्वीकृतिमा १० दिन ढिलो गरि बुधबार बाँडफाँड गर्न लागिएको हो ।
माइक्रोफाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बैशखा १९ भित्रमा बाँडफाँड गरिसक्नु पर्ने शेयर प्राविधिक कारणले १० दिन पर सरेको हो ।
क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले मेरोलगानीसंग कुरा गर्दै भने ‘धेरै आवेदन परेका कारण पनि बाँडफाँड केही पर सरेको हो । यस पटकको शेयर बाँडफाँड अलि फरक किसिमको हुने देखियो, कारण साना लगानीकर्ताले सोचे जसरी शेयर नपाउने अवस्था छ ।’
प्रारम्भिक तथ्यांक अनुसार शेयर बाँडफाँडका दौरान गोला प्रथा गरिने भएका कारण थोरै आवेदकले मात्र शेयर पाउने छन् । झण्डै १ सय ९५ गुणा बढी आवेदन परेको साधारण शेयरका लागि १२ अर्ब ६६ करोड रुपैंयाको आवेदन परेको थियो । यस आधारमा साना लगानीकर्तालाई पर्ने शेयरको संख्यासंगै शेयर पाउनेको संख्या पनि कम हुने देखिएको हो ।
आंकलन अनुसार २ लाख ३० हजार रुपैंया भन्दा कमको शेयर माग्नेहरुलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गर्नुपर्ने हुन्छ । तर बाँडफाँडका दौरान माइक्रोफाइनान्स र शेयर निष्काशकले गर्ने निर्णयले फरक पार्न सक्छ । १ लाख ६८ हजार आवेदन परेको साधारण शेयर ठुला लगानीकर्ताका लागि शुन्य दशमलव ४१ प्रतिशतका दरले बाँडफाँड गर्न सक्ने अवस्था छ ।
साना लगानीकर्ताको हकमा भने गोलाप्रथाबाट सबै आवेदकमध्ये गोलाप्रथामा पर्नेहरुले १० कित्ता मात्र शेयर पाउने पछन् ।
ठुला लगानीकर्ता मध्ये पनि ५० हजार माथिदेखि २ लाख ५० हजार रुपैंयासम्मका आवेदकले पनि १० कित्ता शेयर पाउने छन् । २ लाख ५० हजार रुपैंयाभन्दा माथिका आवेदकको हकमा मात्र शुन्य दशमलव ४१ प्रतिशत शेयर बाँडफाँड हुन सक्छ ।
माइक्रोफाइनान्सले गत फागुन २७ गतेदेखि चैत १ गतेसम्म ६ लाख १२ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । १४ करोड १८ लाख रुपैंया चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सले ६ करोड १२ लाख रुपैंयाको शेयर निष्काशन गरेपछि चुक्ता पूँजी २० करोड रुपैंया पुग्नेछ ।
शेयर निष्काशन पश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकको ६९.४० तथा सर्वसाधारणको ३०.६० प्रतिशत हुनेछ ।
माइक्रोफाइनान्सले यस अघि नै ६ लाख १२ हजार कित्ता मध्येबाट ३० हजार ६ सय कित्ता शेयर ६ वटा म्युचुअल फण्डका लागि तथा २४ हजार ४ सय ८० कित्ता शेयर मेरोमाइक्रोफाइनान्सका कर्मचारीका लागि सुरक्षित गरिसकेको छ । माइक्रो फाइनान्सले गत आर्थिक वर्षको चैत मसान्तमा २ करोड ९९ लाख ८० हजार रुपैंया खुद नाफा कमाएकोमा यस पटक झण्डै ३ करोड रुपैंयाले खुद नाफा बढाएर ५ करोड ५३ लाख २९ हजार रुपैंया पुर्याएको छ ।

0 comments
Write Down Your Responses